Ezequiel 39
npioncb (NPIONCB) vs NVT
1 “हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
1 “Filho do homem, profetize contra Gogue. Transmita-lhe esta mensagem do S enhor Soberano: Sou seu inimigo, ó Gogue, príncipe que governa as nações de Meseque e Tubal.
2 म तँलाई फनक्क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु।
2 Eu o farei dar a volta e o trarei do extremo norte, e o conduzirei em direção aos montes de Israel.
3 तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु।
3 Derrubarei o arco de sua mão esquerda e as flechas de sua mão direita.
4 इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।
4 Você, seu exército e seus aliados morrerão nos montes. Eu os darei como alimento aos abutres e aos animais selvagens.
5 तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
5 Você cairá em campos abertos, pois eu falei, diz o S enhor Soberano.
6 म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
6 Enviarei fogo sobre Magogue e sobre todos os seus aliados que vivem em segurança no litoral. Então eles saberão que eu sou o S enhor .
7 “ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्वर हुँ भनी जान्नेछन्।
7 “Assim, farei conhecido meu santo nome no meio de meu povo, Israel. Não deixarei que ninguém desonre meu nome. E as nações também saberão que eu sou o S enhor , o Santo de Israel.
8 यो आइरहेको छ! यो निश्चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
8 Esse dia de julgamento virá, diz o S enhor Soberano. Tudo acontecerá como eu declarei.
9 “ ‘तब इस्राएलका सहरहरूमा बस्नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।
9 “Então os habitantes das cidades de Israel sairão e recolherão seus escudos pequenos e os grandes, seus arcos e flechas, seus dardos e lanças e os usarão como lenha. Haverá o suficiente para sete anos!
10 तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्नेहरूलाई तिनीहरूले खोस्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10 Não precisarão cortar lenha dos campos nem dos bosques, pois essas armas fornecerão todo o combustível necessário. Eles saquearão aqueles que os saquearam e despojarão aqueles que os despojaram, diz o S enhor Soberano.
11 “ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
11 “Nesse dia, prepararei um enorme cemitério para Gogue e suas multidões no vale dos Viajantes, a leste do mar Morto. Ele impedirá a passagem dos que viajam por ali, e eles mudarão o nome do lugar para vale das Multidões de Gogue.
12 “ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्।
12 O povo de Israel levará sete meses para sepultar os corpos e purificar a terra.
13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
13 Todos em Israel ajudarão a sepultar, pois esse dia em que eu mostrar minha glória será uma data memorável para Israel, diz o S enhor Soberano.
14 देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्।
14 “Depois de sete meses, grupos de homens serão nomeados para percorrer a terra em busca de esqueletos para sepultar, a fim de que a terra seja purificada.
15 जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।
15 Onde forem encontrados ossos, será colocado um sinal para que os coveiros os levem e os enterrem no vale das Multidões de Gogue.
16 त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
16 (Haverá ali uma cidade chamada Hamoná. ) E com isso, enfim, a terra será purificada.
17 “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
17 “Agora, filho do homem, assim diz o S enhor Soberano: Chame todas as aves e todos os animais selvagens e diga-lhes: Reúnam-se para meu grande banquete sacrificial. Venham, de longe e de perto, para os montes de Israel e ali comam carne e bebam sangue!
18 तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।
18 Comam a carne de homens poderosos e bebam o sangue dos príncipes das nações como se fossem carneiros, cordeiros, bodes e touros, todos animais engordados de Basã.
19 मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ।
19 Devorem carne até se empanturrar e bebam sangue até se embriagar. Este é o banquete sacrificial que lhes preparei.
20 मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
20 Comam com fartura à minha mesa; comam cavalos, condutores de carros de guerra, homens valentes e guerreiros de toda espécie, diz o S enhor Soberano.
21 “म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।
21 “Desse modo, mostrarei minha glória às nações. Todos verão o castigo que trouxe sobre eles e o poder de minha mão quando eu castigo.
22 त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्।
22 E, daquele dia em diante, o povo de Israel saberá que sou o S enhor , seu Deus.
23 इस्राएलका मानिसहरू मप्रति अविश्वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।
23 As nações saberão por que Israel foi enviado para o exílio: foi como castigo por causa do pecado, pois foram infiéis a seu Deus. Por isso me afastei deles e os entreguei a seus inimigos, para que os destruíssem.
24 मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
24 Escondi deles o rosto e os castiguei por causa de sua impureza e de seus pecados.”
25 “यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
25 “Portanto, assim diz o S enhor Soberano: Acabarei com o exílio de meu povo; terei compaixão de todo o Israel, pois tenho zelo por meu santo nome.
26 जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्वासनियता बिर्सनेछन्।
26 Quando voltarem para sua terra e viverem em segurança, sem que ninguém lhes cause medo, assumirão a responsabilidade por sua vergonha e infidelidade no passado.
27 जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।
27 Quando eu os trouxer de volta das terras de seus inimigos, mostrarei minha santidade no meio deles, para que todas as nações a vejam.
28 तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्वर हुँ भनी जान्नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
28 Então meu povo saberá que eu sou o S enhor , seu Deus, pois os enviei para o exílio entre as nações e os trouxe de volta para sua terra. Não deixarei nenhum deles para trás
29 म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
29 e nunca mais me afastarei deles, pois derramarei meu Espírito sobre o povo de Israel. Eu, o S enhor Soberano, falei!”.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 39, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.