Ezequiel 39

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 “हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु।
1 — Filho do homem, profetize contra Gogue e diga: Assim diz o Senhor Deus: “Eis que estou contra você, Gogue, príncipe de Rôs, de Meseque e Tubal.
2 म तँलाई फनक्‍क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु।
2 Eu o farei mudar de direção e o conduzirei. Farei com que você venha dos lados do Norte e o trarei aos montes de Israel.
3 तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु।
3 Então tirarei o arco da sua mão esquerda e farei cair as flechas que estão em sua mão direita.
4 इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु।
4 Nos montes de Israel, você cairá — você, todas as suas tropas e os povos que estão com você. Eu o entregarei a todo tipo de ave de rapina e aos animais selvagens, para que o devorem.
5 तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
5 Você cairá em campo aberto, porque eu falei, diz o Senhor Deus.
6 म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
6 Porei fogo em Magogue e nos que vivem em segurança nas terras do mar. Então eles saberão que eu sou o Senhor .
7 “ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्।
7 Farei conhecido o meu santo nome no meio do meu povo de Israel e nunca mais deixarei que o meu santo nome seja profanado. Então as nações saberão que eu sou o Senhor , o Santo em Israel.”
8 यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
8 — Eis que vem e se cumprirá, diz o Senhor Deus; este é o dia de que tenho falado.
9 “ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्।
9 Os moradores das cidades de Israel sairão e farão fogo com as armas, queimando as couraças e os escudos, os arcos e as flechas, os porretes e as lanças; farão fogo com tudo isso durante sete anos.
10 तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्‍नेहरूलाई तिनीहरूले खोस्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
10 Não terão de trazer lenha do campo, nem a cortarão dos bosques, mas com as armas acenderão fogo. Saquearão aqueles que os saquearam e despojarão aqueles que os despojaram, diz o Senhor Deus.
11 “ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
11 — Naquele dia, darei a Gogue um lugar de sepultura em Israel, o vale dos Viajantes, a leste do mar, que fará parar os que passarem por esse lugar. Gogue e todo o seu exército serão sepultados ali, e aquele lugar será chamado de Hamom-Gogue.
12 “ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्।
12 A casa de Israel levará sete meses para sepultá-los, a fim de limpar a terra.
13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
13 Sim, todo o povo da terra os sepultará. E o dia em que eu for glorificado será para eles um dia memorável, diz o Senhor Deus.
14 देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्।
14 Serão separados homens que, sem cessar, percorrerão a terra para sepultar os que tenham ficado nela, para a limpar; depois de sete meses, iniciarão a busca.
15 जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्।
15 Ao percorrerem a terra, se um deles encontrar um osso humano, porá ao lado um sinal, até que os coveiros o sepultem no vale do Exército de Gogue.
16 त्यहाँ सहरको नजिक हमोनाह नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
16 Também haverá uma cidade com o nome de Hamoná. Assim, limparão a terra.
17 “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।
17 — Filho do homem, assim diz o Senhor Deus: Diga às aves de toda espécie e a todos os animais selvagens: “Reúnam-se e venham! Venham de toda parte para o sacrifício que eu estou oferecendo por vocês, um grande sacrifício nos montes de Israel. Vocês comerão carne e beberão sangue.
18 तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए।
18 Comerão a carne dos poderosos e beberão o sangue dos príncipes da terra — os carneiros e cordeiros, os bodes e novilhos, todos engordados em Basã.
19 मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्‍क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ।
19 Vocês comerão gordura até se fartarem e beberão sangue até ficarem embriagados, no sacrifício que oferecerei por vocês.
20 मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
20 À minha mesa, vocês se fartarão de cavalos e de cavaleiros, de valentes e de todos os homens de guerra”, diz o Senhor Deus.
21 “म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्।
21 — Manifestarei a minha glória entre as nações, e todas as nações verão o meu juízo, que eu tiver executado, e a minha mão, que eu tiver posto sobre elas.
22 त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्।
22 Desse dia em diante, a casa de Israel saberá que eu sou o Senhor , seu Deus.
23 इस्राएलका मानिसहरू मप्रति अविश्‍वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्‍नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए।
23 As nações saberão que a casa de Israel foi levada para o exílio por causa da sua iniquidade, porque foram infiéis a mim. Assim, escondi deles o meu rosto e os entreguei nas mãos dos seus adversários, e todos eles caíram à espada.
24 मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
24 Eu os tratei de acordo com a sua impureza e as suas transgressões, e escondi deles o meu rosto.
25 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु।
25 — Portanto, assim diz o Senhor Deus: Agora, restaurarei a sorte de Jacó e me compadecerei de toda a casa de Israel; terei zelo pelo meu santo nome.
26 जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्‍नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्‍वासनियता बिर्सनेछन्।
26 Quando eles habitarem seguros na sua terra, sem haver quem os atemorize, esquecerão a sua vergonha e toda a infidelidade com que se rebelaram contra mim.
27 जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु।
27 Quando eu tornar a trazê-los do meio dos povos, e os houver ajuntado das terras de seus inimigos, revelarei neles a minha santidade diante de muitas nações.
28 तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु।
28 Saberão que eu sou o Senhor , seu Deus, quando virem que eu os enviei para o cativeiro entre as nações, e os tornei a ajuntar para voltarem à sua terra, e que não deixarei que nenhum deles fique no exílio.
29 म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
29 Nunca mais esconderei deles o meu rosto, pois derramarei o meu Espírito sobre a casa de Israel, diz o Senhor Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 39, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.