Ezequiel 34
npioncb (NPIONCB) vs BKJ
1 याहवेहको यो वचन मकहाँ आयो:
1 E a palavra do SENHOR veio a mim, dizendo:
2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: धिक्कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र?
2 Filho do homem, profetiza contra os pastores de Israel; profetiza, e dize a eles: Assim diz o Senhor DEUS aos pastores: Ai dos pastores de Israel que se alimentam a si mesmos! Não deveriam os pastores apascentar as ovelhas?
3 तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ।
3 Comeis a gordura, e vos vestis da lã; matais aqueles que são alimentados; mas não alimentais as ovelhas.
4 तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ।
4 As adoentadas não fortalecestes, nem curastes aquelas que estavam enfermas, nem ligastes aquela que estava quebrada, nem trouxeste novamente aquela que havia se desgarrado, nem buscastes a que estava perdida; mas com força e com crueldade as dominaste.
5 यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने।
5 E elas estavam espalhadas, porque ali não há pastor, e elas se tornaram alimento para todos os animais do campo, quando estavam espalhadas.
6 मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्।
6 Minhas ovelhas vaguearam por todos os montes, e sobre cada alta colina; sim, meu rebanho foi espalhado sobre toda a face da terra, e nenhum procurou ou buscou por elas.
7 “ ‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
7 Portanto, vós pastores, ouvi a palavra do SENHOR:
8 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे।
8 Como eu vivo, diz o Senhor DEUS, certamente porque meu rebanho se tornou uma presa, e meu rebanho se tornou alimento para todo animal do campo, porque ali não havia pastor, nem meus pastores procuraram pelo meu rebanho, mas os pastores se alimentaram, e não alimentaram meu rebanho;
9 यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
9 portanto, ó vós pastores, ouvi a palavra do SENHOR:
10 प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्।
10 Assim diz o Senhor DEUS: Eis que eu estou contra os pastores; e eu requererei meu rebanho de sua mão, e os farei cessar de alimentar o rebanho, nem os pastores se alimentarão mais, porque eu livrarei o meu rebanho da sua boca, para que não sejam mais alimento para eles.
11 “ ‘किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु।
11 Porque assim diz o Senhor DEUS: Eis que eu, eu mesmo, procurarei pelas minhas ovelhas, e as buscarei.
12 जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
12 Como o pastor busca o seu rebanho, no dia em que ele está entre suas ovelhas que estão espalhadas; assim eu buscarei as minhas ovelhas, e as livrarei de todos os lugares onde elas estiveram espalhadas no dia nublado e escuro.
13 म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
13 E eu as trarei dos povos, e as juntarei das nações, e as trarei à sua própria terra, e as alimentarei sobre os montes de Israel, junto aos rios, e em todos os lugares habitados do país.
14 म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्।
14 Eu as alimentarei em um bom pasto, sobre os altos montes de Israel será o seu aprisco; lá viverão em um bom aprisco, em um pasto gordo elas se alimentarão sobre os montes de Israel.
15 म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15 Eu alimentarei meu rebanho, e eu os farei deitar-se, diz o Senhor DEUS.
16 म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।
16 Eu buscarei aquela que estava perdida, e trarei novamente aquela que estava desgarrada, e ligarei a que estava quebrada, e fortalecerei a que estava enferma; mas eu destruirei a gorda e a forte; alimentá-las-ei com juízo.
17 “ ‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु।
17 E quanto a vós, ó meu rebanho, assim diz o Senhor DEUS: Eis que eu julgo entre rebanho e rebanho, entre os carneiros e os bodes.
18 के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने?
18 Parece uma coisa pequena para vós terdes comido do bom pasto, mas deveis pisotear com vossos pés o resíduo de vossos pastos? E ter bebido das águas profundas, mas deveis sujar os resíduos com vossos pés?
19 के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने?
19 E quanto ao meu rebanho, eles comem aquilo que pisoteastes com os vossos pés, e bebem aquilo que sujastes com vossos pés.
20 “ ‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु।
20 Portanto, assim diz o Senhor DEUS a eles: Eis que eu, eu mesmo, julgarei entre o rebanho gordo e entre o rebanho magro.
21 किनकि तिमीहरूले दुब्ला भेडाहरूलाई आफ्ना काँधले घचेट्यौ र तिनीहरू नभागेसम्म आफ्ना सिङले हान्यौ,
21 Porquanto empurrastes com o lado e com o ombro, e empurrastes todas as adoentadas com os vossos chifres, até as terdes espalhado para fora.
22 म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु।
22 Portanto, eu salvarei o meu rebanho, e eles não serão mais uma presa, e eu julgarei entre rebanho e rebanho.
23 म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ।
23 E estabelecerei um pastor sobre eles, e ele os alimentará, o meu servo Davi, ele os alimentará e será o seu pastor.
24 म याहवेह त्यसको परमेश्वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ।
24 E eu, o SENHOR, serei o seu Deus, e o meu servo Davi, um príncipe entre eles; eu, o SENHOR, o disse.
25 “ ‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्।
25 E eu farei com eles um pacto de paz, e farei cessar da terra os animais perversos; e eles habitarão em segurança no deserto, e dormirão nos bosques.
26 म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्को झरी हुनेछ।
26 E eu farei deles, e dos lugares ao redor sobre a minha colina, uma bênção; e farei com que a chuva desça na sua época; haverá chuvas de bênçãos.
27 खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्न उत्पन्न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।
27 E a árvore do campo dará o seu fruto, e a terra dará o seu aumento, e estarão seguros na sua terra; e eles saberão que eu sou o SENHOR, quando eu tiver quebrado as ataduras do seu jugo, e as livrado da mão daqueles que se serviam deles.
28 तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन।
28 E eles não mais serão uma presa para os pagãos, nem o animal da terra os devorará; mas habitarão seguramente, e ninguém as deixará com medo.
29 म तिनीहरूलाई अन्न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्ला सहनुपर्नेछ।
29 E eu lhes levantarei uma planta de renome, e eles nunca mais serão consumidos pela fome na terra, nem mais carregarão a vergonha dos pagãos.
30 तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
30 Assim, eles saberão que eu, o SENHOR seu Deus, estou com eles, e que eles, a casa de Israel, são o meu povo, diz o Senhor DEUS.
31 तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
31 E vós, meu rebanho, o rebanho do meu pasto, sois homens, e eu sou o vosso Deus, diz o Senhor DEUS.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.