Ezequiel 34

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 याहवेहको यो वचन मकहाँ आयो:
1 Veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूको विरुद्धमा बोल्, र अगमवाणी गर्; अनि तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: धिक्‍कार इस्राएलका गोठालाहरूलाई, जसले आफ्नै मात्र वास्ता गर्छन्! के गोठालाहरूले बगालको हेरचाह गर्नुपर्ने होइन र?
2 Filho do homem, profetiza contra os pastores de Israel; profetiza e dize-lhes: Assim diz o Senhor Deus: Ai dos pastores de Israel que se apascentam a si mesmos! Não apascentarão os pastores as ovelhas?
3 तिमीहरू दही खान्छौ, ऊनीको वस्त्र लगाउँछौ र मोटा-मोटा पशुहरू मार्छौ, तर आफ्ना बगालको हेरचाह गर्दैनौ।
3 Comeis a gordura, vestis-vos da lã e degolais o cevado; mas não apascentais as ovelhas.
4 तिमीहरूले कमजोरहरूलाई बलिया पारेका छैनौ, रोगीहरूलाई निको पारेका छैनौ र घाइतेहरूलाई मलमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकाहरूलाई फर्काएर ल्याएका छैनौ, न त हराएकाहरूलाई खोजेका छौ। तिमीहरूले तिनीहरूमाथि कठोरता र क्रूरतासाथ शासन गरेका छौ।
4 A fraca não fortalecestes, a doente não curastes, a quebrada não ligastes, a desgarrada não tornastes a trazer e a perdida não buscastes; mas dominais sobre elas com rigor e dureza.
5 यसकारण तिनीहरू राम्रोसँग हेरचाह गर्ने गोठाला नभएर तितरबितर भएका छन्; अनि जब तिनीहरू छरपस्ट भए, तब तिनीहरू सबै जङ्गली पशुहरूका निम्ति आहारा बने।
5 Assim, se espalharam, por não haver pastor, e se tornaram pasto para todas as feras do campo.
6 मेरा भेडाहरू सबै पहाडहरूतिर र हरेक अग्ला पर्वततिर यताउता भौँतारिरहेका छन्। तिनीहरू सबै पृथ्वीभरि नै छरपस्ट भएका छन्; अनि तिनीहरूलाई कसैले पनि खोजी गरेका र वास्ता गरेका छैनन्।
6 As minhas ovelhas andam desgarradas por todos os montes e por todo elevado outeiro; as minhas ovelhas andam espalhadas por toda a terra, sem haver quem as procure ou quem as busque.
7 “ ‘यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
7 Portanto, ó pastores, ouvi a palavra do Senhor :
8 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ; मेरो बगाल असल गोठालो नभएको कारण लुटिएका छन्, र सबै जङ्गली पशुहरूका निम्ति आहारा भएका छन्; किनकि मेरा गोठालाहरूले मेरा बगालको खोजी गरेनन्, तर मेरो बगालको सट्टा आफ्नै निम्ति मात्र सोचे।
8 Tão certo como eu vivo, diz o Senhor Deus, visto que as minhas ovelhas foram entregues à rapina e se tornaram pasto para todas as feras do campo, por não haver pastor, e que os meus pastores não procuram as minhas ovelhas, pois se apascentam a si mesmos e não apascentam as minhas ovelhas, —
9 यसकारण हे गोठालाहरू हो, याहवेहको वचन सुन:
9 portanto, ó pastores, ouvi a palavra do Senhor :
10 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म गोठालाहरूको विरुद्धमा छु; अनि म मेरा बगालका निम्ति तिनीहरूलाई जिम्मेवार ठहराउनेछु। म तिनीहरूलाई बगालको हेरचाह गर्नबाट हटाउनेछु, ताकि गोठालाहरू आफैँले मात्र फेरि कहिल्यै खान पाउनेछैनन्। म मेरो बगाललाई तिनीहरूका मुखबाट छुटाउनेछु; अनि अब उसो भेडाहरू गोठालाहरूका भोजन हुनेछैनन्।
10 Assim diz o Senhor Deus: Eis que eu estou contra os pastores e deles demandarei as minhas ovelhas; porei termo no seu pastoreio, e não se apascentarão mais a si mesmos; livrarei as minhas ovelhas da sua boca, para que já não lhes sirvam de pasto.
11 “ ‘किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म आफैँले मेरा भेडाहरूको खोजी गर्नेछु र तिनीहरूलाई हेरचाह गर्नेछु।
11 Porque assim diz o Senhor Deus: Eis que eu mesmo procurarei as minhas ovelhas e as buscarei.
12 जसरी भेडाहरूसँगै हुँदा गोठालाले आफ्ना छरपस्ट भएका भेडाहरूको हेरचाह गर्छ, त्यसरी नै म मेरा भेडाहरूको हेरचाह गर्नेछु। म तिनीहरूलाई बादल लागेको र अन्धकारको दिनमा तिनीहरू छरपस्ट भएका सबै ठाउँहरूबाट बचाउनेछु।
12 Como o pastor busca o seu rebanho, no dia em que encontra ovelhas dispersas, assim buscarei as minhas ovelhas; livrá-las-ei de todos os lugares para onde foram espalhadas no dia de nuvens e de escuridão.
13 म तिनीहरूलाई जातिहरूबाट निकालेर ल्याउनेछु, र विदेशी देशहरूबाट भेला गर्नेछु, अनि म तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पर्वतहरूमा खोलाहरूको किनारमा र देशका सबै बस्तीहरूमा चराउनेछु।
13 Tirá-las-ei dos povos, e as congregarei dos diversos países, e as introduzirei na sua terra; apascentá-las-ei nos montes de Israel, junto às correntes e em todos os lugares habitados da terra.
14 म तिनीहरूलाई असल खर्कहरूमा चराउनेछु; अनि इस्राएलका अग्ला पर्वतहरू तिनीहरूका निम्ति खर्क हुनेछन्। त्यहाँ तिनीहरू असल खर्कमा ढल्कनेछन्, र तिनीहरूले इस्राएलका पर्वतहरूमा असल हरियो खर्कमा चर्नेछन्।
14 Apascentá-las-ei de bons pastos, e nos altos montes de Israel será a sua pastagem; deitar-se-ão ali em boa pastagem e terão pastos bons nos montes de Israel.
15 म आफैँ मेरा भेडाहरूको हेरचाह गर्नेछु, र तिनीहरूलाई विश्राम गर्न दिनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
15 Eu mesmo apascentarei as minhas ovelhas e as farei repousar, diz o Senhor Deus.
16 म हराएकाहरूलाई खोज्नेछु, र बाटो बिराएकाहरूलाई फर्काएर ल्याउनेछु। म घाइतेहरूलाई मलमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो बनाउनेछु, तर म मोटाएका र बलिया गोठालाहरूलाई नष्‍ट गर्नेछु। म न्यायपूर्वक बगालको हेरचाह गर्नेछु।
16 A perdida buscarei, a desgarrada tornarei a trazer, a quebrada ligarei e a enferma fortalecerei; mas a gorda e a forte destruirei; apascentá-las-ei com justiça.
17 “ ‘हे मेरा बगाल हो, तिमीहरूका बारेमा प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म भेडा-भेडाको बीचमा, र साँढभेडा र बाख्राको बीचमा न्याय गर्नेछु।
17 Quanto a vós outras, ó ovelhas minhas, assim diz o Senhor Deus: Eis que julgarei entre ovelhas e ovelhas, entre carneiros e bodes.
18 के असल खर्कमा चरेर तिमीहरूलाई पुगेन? के तिमीहरूले अरू बाँकी रहेका घाँसहरूलाई पनि आफ्ना खुट्टाले कुल्चीमिल्ची पार्ने? के स्वच्छ पानी पिएर तिमीहरूलाई पर्याप्‍त भएन? के तिमीहरूले बाँकी रहेको पानीलाई समेत धमिलो पार्ने?
18 Acaso, não vos basta a boa pastagem? Haveis de pisar aos pés o resto do vosso pasto? E não vos basta o terdes bebido as águas claras? Haveis de turvar o resto com os pés?
19 के मेरा बगालले तिमीहरूका खुट्टाहरूले कुल्चीमिल्ची पारेको घाँस खानुपर्ने र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्ने?
19 Quanto às minhas ovelhas, elas pastam o que haveis pisado com os pés e bebem o que haveis turvado com os pés.
20 “ ‘यसकारण प्रभु याहवेह तिनीहरूलाई यसो भन्‍नुहुन्छ: हेर, म आफैँले मोटो भेडा र दुब्लो भेडाहरूको बीचमा न्याय गर्नेछु।
20 Por isso, assim lhes diz o Senhor Deus: Eis que eu mesmo julgarei entre ovelhas gordas e ovelhas magras.
21 किनकि तिमीहरूले दुब्ला भेडाहरूलाई आफ्ना काँधले घचेट्यौ र तिनीहरू नभागेसम्म आफ्ना सिङले हान्यौ,
21 Visto que, com o lado e com o ombro, dais empurrões e, com os chifres, impelis as fracas até as espalhardes fora,
22 म मेरो बगाललाई बचाउनेछु, र अब उसो तिनीहरू लुटिनेछैनन्। म भेडा-भेडाको बीचमा न्याय गर्नेछु।
22 eu livrarei as minhas ovelhas, para que já não sirvam de rapina, e julgarei entre ovelhas e ovelhas.
23 म तिनीहरूमाथि एउटा असल गोठालो, मेरो सेवक दावीदलाई नियुक्त गर्नेछु; अनि त्यसले तिनीहरूलाई हेरचाह गर्नेछ, र त्योचाहिँ तिनीहरूको गोठाला हुनेछ।
23 Suscitarei para elas um só pastor, e ele as apascentará; o meu servo Davi é que as apascentará; ele lhes servirá de pastor.
24 म याहवेह त्यसको परमेश्‍वर हुनेछु, अनि मेरो सेवक दावीद तिनीहरूका बीचमा राजा हुनेछ; म याहवेहले भनेको हुँ।
24 Eu, o Senhor , lhes serei por Deus, e o meu servo Davi será príncipe no meio delas; eu, o Senhor , o disse.
25 “ ‘म तिनीहरूसित शान्तिको करार बाँध्नेछु, र देशलाई जङ्गली पशुहरूबाट मुक्त गरिदिनेछु, ताकि तिनीहरू मरुभूमिमा बसोबास गरून् र जङ्गलहरूमा सुरक्षितसाथ सुतून्।
25 Farei com elas aliança de paz e acabarei com as bestas-feras da terra; seguras habitarão no deserto e dormirão nos bosques.
26 म तिनीहरूलाई र मेरो डाँडा वरिपरिका ठाउँहरूलाई आशिष् दिनेछु। म ठिक ऋतुमा झरी पठाइदिनेछु; त्यहाँ आशिष्‌को झरी हुनेछ।
26 Delas e dos lugares ao redor do meu outeiro, eu farei bênção; farei descer a chuva a seu tempo, serão chuvas de bênçãos.
27 खेतका रूखहरूले आफ्ना फल दिनेछन्, र जमिनले आफ्नो अन्‍न उत्पन्‍न गर्नेछ; मानिसहरू आफ्नो देशमा सुरक्षित हुनेछन्। जब म तिनीहरूका जुवाका बारहरू भाँचिदिनेछु, र तिनीहरूलाई दासत्वमा लैजानेहरूका हातबाट छुटकारा दिनेछु, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
27 As árvores do campo darão o seu fruto, e a terra dará a sua novidade, e estarão seguras na sua terra; e saberão que eu sou o Senhor , quando eu quebrar as varas do seu jugo e as livrar das mãos dos que as escravizavam.
28 तिनीहरू फेरि जातिहरूद्वारा लुटिनेछैनन्, न त जङ्गली पशुहरूले तिनीहरूलाई खानेछन्। तिनीहरू सुरक्षित बस्‍नेछन् र कसैले पनि तिनीहरूलाई डर देखाउनेछैन।
28 Já não servirão de rapina aos gentios, e as feras da terra nunca mais as comerão; e habitarão seguramente, e ninguém haverá que as espante.
29 म तिनीहरूलाई अन्‍न फलाउनको निम्ति एउटा देश प्रदान गर्नेछु, र तिनीहरू फेरि पनि देशमा अनिकालको शिकार हुनुपर्नेछैन, न त जातिहरूको गिल्‍ला सहनुपर्नेछ।
29 Levantar-lhes-ei plantação memorável, e nunca mais serão consumidas pela fome na terra, nem mais levarão sobre si o opróbrio dos gentios.
30 तब तिनीहरूले म याहवेह तिनीहरूका परमेश्‍वर तिनीहरूसँग छु, र इस्राएलका मानिसहरू मेरा प्रजा हुन् भनी जान्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
30 Saberão, porém, que eu, o Senhor , seu Deus, estou com elas e que elas são o meu povo, a casa de Israel, diz o Senhor Deus.
31 तिमीहरू मेरा भेडाहरू हौ, मेरो खर्कका भेडाहरू, र म तिमीहरूका परमेश्‍वर हुँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
31 Vós, pois, ó ovelhas minhas, ovelhas do meu pasto; homens sois, mas eu sou o vosso Deus, diz o Senhor Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.