Ezequiel 22
npioncb (NPIONCB) vs VC
1 याहवेहको वचन मकहाँ आयो:
1 A palavra do Senhor foi-me dirigida nestes termos:
2 “हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्,
2 E tu, filho do homem, não julgarás, não julgarás esta cidade sanguinária? Faze-lhe conhecer todas as suas abominações.
3 र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्,
3 Dize-lhe: eis o que diz o Senhor Javé: ah! cidade que espalhas o sangue em tuas ruas para que chegue a tua hora, que eriges ídolos para te sujares,
4 तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु।
4 pelo sangue que tens derramado tu te tornaste culpada e te poluíste pelos teus ídolos que talhaste; precipitaste a tua hora, adiantaste o termo de teus anos. Por isso vou abandonar-te aos ultrajes das nações, e ao escárnio de todos os países.
5 हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्ला गर्नेछन्।
5 Próximos ou distantes, eles zombarão de ti, cidade cujo nome é odioso, cidade cheia de desordens.
6 “ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्।
6 Vê: os príncipes de Israel estão em ti ocupados, cada um por si, a derramar sangue.
7 तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्।
7 Em ti, desprezam-se pai e mãe, violenta-se o hóspede estrangeiro, maltratam-se o órfão e a viúva.
8 तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारेको छस्।
8 Tens aviltado meus santuários e profanado os meus sábados.
9 तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्।
9 Há em ti delatores que fazem derramar sangue; gente de tua casa que vai comer na montanha. Cometem-se infâmias no meio de ti:
10 तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्।
10 descobre-se a nudez de seu pai, faz-se violência à mulher durante o período da menstruação;
11 तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ।
11 um comete horrores com a mulher do próximo, outro desonra incestuosamente sua nora, outro viola sua irmã, filha de seu pai.
12 तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्नुहुन्छ।
12 Em ti aceitam-se presentes para derramar sangue, tu recebes a usura e os juros, fazes violência ao próximo para despojá-lo; e a mim tu me esqueces - oráculo do Senhor Javé.
13 “ ‘तैँले अन्यायपूर्वक फाइदा लिएको कारण र तैँले आफ्नो बीचमा रक्तपात गरेको कारण म निश्चय नै रिसमा मेरो दुवै हात ठटाउनेछु।
13 Muito em breve, porém, vou bater palmas devido às pilhagens que tens feito e ao sangue em ti derramado.
14 जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु।
14 Poderá resistir teu coração, tuas mãos poderão agüentar, ao chegarem os dias em que eu me levantar contra ti? Sou eu, o Senhor, que o digo, e que o executarei.
15 म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्न-भिन्न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु।
15 Eu te disseminarei entre as nações, te dispersarei através dos povos. Limparei totalmente a tua mancha,
16 जब तँ जाति-जातिहरूको दृष्टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्नेछस्।’ ”
16 serás aviltada, por tua culpa, aos olhos das nações, e reconhecerás assim que sou eu o Senhor.
17 तब याहवेहको वचन मकहाँ आयो:
17 A palavra do Senhor foi-me dirigida nestes termos:
18 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्।
18 Filho do homem, a casa de Israel tornou-se para mim escória. São todos {como} cobre, estanho e ferro e chumbo no cadinho: são escória da prata.
19 यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरू सबै काम नलाग्ने फोहोर भएका कारण म तिमीहरूलाई यरूशलेममा भेला गर्नेछु।
19 Por isso, eis o que diz o senhor Javé: já que todos vós sois escórias, vou reunir-vos em Jerusalém.
20 जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु।
20 Do mesmo modo como se ajunta no meio do forno a prata, o cobre, o ferro, o chumbo e o estanho, e como se atiça o fogo sobre eles para fundi-los, do mesmo modo, no furor da minha cólera, eu vos amontoarei todos juntos lá para vos fazer fundir.
21 म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ।
21 Eu vos reunirei e atiçarei sobre vós o fogo do meu furor, para vos fazer fundir em Jerusalém.
22 जसरी चाँदी आगोको भट्टीभित्र पग्लिन्छ, त्यसरी नै तिमीहरू त्यसभित्र पग्लिनेछौ; अनि तिमीहरूले म याहवेहले नै मेरो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्नेछौ।’ ”
22 Semelhantes à prata, que se funde no cadinho, sereis fundidos no meio da cidade e assim reconhecereis que sou eu, o Senhor, que desencadeei sobre vós o meu furor.
23 याहवेहको वचन फेरि मकहाँ आयो:
23 A palavra do Senhor foi-me dirigida nestes termos:
24 “हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’
24 filho do homem, dize a Jerusalém: és uma terra que não recebeu nem chuva nem aguaceiro, na estação da cólera.
25 त्यसमा भएका अगमवक्ताहरूले गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्।
25 Há em teu seio uma conspiração de príncipes. Como o leão que ruge, que arrebata a presa, eles devoram as pessoas, tomam-lhes os bens e as riquezas, e multiplicam as viúvas.
26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथ दिनहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु।
26 Seus sacerdotes violam a minha lei, profanam o meu santuário, tratam indiferentemente o sagrado e o profano e não ensinam a distinguir o que é puro do que é impuro; fecham os olhos para não ver os meus sábados; no meio deles a minha santidade é profanada.
27 सहरभित्र भएका अधिकारीहरू आफ्ना शिकारलाई फहराउने ब्वाँसाहरूजस्ता छन्; तिनीहरूले रक्तपात गर्छन् र अन्यायपूर्वक फाइदा उठाउनका निम्ति मानिसहरूलाई मार्छन्।
27 Seus chefes lá estão como lobos que despedaçam a presa, derramando sangue, perdendo vidas para tirar proveitos.
28 सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
28 Seus profetas cobrem tudo com uma argamassa: têm visões de mentira e oráculos enganadores. Dizem: eis o que diz o Senhor, quando o Senhor nada disse.
29 देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्।
29 A população da terra se entrega à violência e à rapina, à opressão do pobre e do indigente, e às vexações injustificáveis contra o estrangeiro.
30 “मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ।
30 Tenho procurado entre eles alguém que construísse o muro e se detivesse sobre a brecha diante de mim, em favor da terra, a fim de prevenir a sua destruição, mas não encontrei ninguém.
31 यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्नुहुन्छ।”
31 Por isso vou desencadear sobre eles o meu furor e exterminá-los no fogo da minha exasperação; farei cair sobre eles o peso de sua conduta - oráculo do Senhor Javé.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.