Ezequiel 22

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 याहवेहको वचन मकहाँ आयो:
1 Além disso, a palavra do SENHOR veio a mim, dizendo:
2 “हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्,
2 Tu, pois, ó filho do homem, porventura julgarás, julgarás a cidade sanguinária? Sim, tu mostrarás a ela todas as suas abominações.
3 र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्,
3 Então, dize: Assim diz o Senhor DEUS: A cidade que derrama sangue no seu meio, para que seu tempo possa vir, e fazer ídolos contra si mesma para se contaminar!
4 तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्‍लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु।
4 Tu te tornaste culpada em teu sangue que derramaste; e contaminaste a ti mesma em teus ídolos que fabricaste, e fizeste com que seus dias se aproximassem, e chegaste até mesmo aos teus anos; portanto, eu te fiz uma vergonha para os pagãos, e um escárnio para todos os países.
5 हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्‍ला गर्नेछन्।
5 Aqueles que estiverem perto, e aqueles que estiverem longe de ti, te escarnecerão, que és infame, e muito aborrecida.
6 “ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्।
6 Eis os príncipes de Israel, cada um estavam em ti com o poder de derramar sangue.
7 तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्।
7 Em ti eles colocaram a luz, pelo pai e pela mãe; no meio de ti eles trataram com opressão o estrangeiro; em ti eles aborreceram o órfão e a viúva.
8 तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारेको छस्।
8 Tu desprezaste as minhas coisas santas, e profanaste os meus shabats.
9 तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्।
9 Em ti há homens que carregam contos para derramarem sangue; e em ti eles comem sobre os montes; no meio de ti cometem lascívia.
10 तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्।
10 Em ti eles descobriram a nudez do pai; em ti eles humilharam aquela que estava separada por poluição.
11 तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ।
11 Um cometeu abominação com a mulher do seu vizinho, e outro lascivamente contaminou sua nora; e outro em ti humilhou sua irmã, filha de seu pai.
12 तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्‍नुहुन्छ।
12 Em ti eles tomaram presentes para derramarem sangue; tu tomaste a usura e o aumento, e gananciosamente ganhaste de teus vizinhos pela extorsão, e me esqueceste, diz o Senhor DEUS.
13 “ ‘तैँले अन्यायपूर्वक फाइदा लिएको कारण र तैँले आफ्नो बीचमा रक्तपात गरेको कारण म निश्‍चय नै रिसमा मेरो दुवै हात ठटाउनेछु।
13 Eis que, portanto, eu bati minha mão no teu ganho desonesto que fizeste, e no teu sangue que está no meio de ti.
14 जब म तेरो न्याय गर्छु, के तेरो साहस स्थिर रहला? अथवा तेरा हातहरू दह्रिला रहलान्? म याहवेहले नै भनेको हुँ, र म यो गर्ने नै छु।
14 Pode teu coração suportar, ou podem tuas mãos estar fortes nos dias em que eu tratar contigo? Eu, o SENHOR, o disse, e o farei.
15 म तँलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र तँलाई भिन्‍न-भिन्‍न देशभरि छरपस्ट पारिदिनेछु; अनि म तेरो अशुद्धताको अन्त्य गरिदिनेछु।
15 E espalhar-te-ei entre os pagãos, e dispersar-te-ei nos países, e consumirei tua imundície de ti.
16 जब तँ जाति-जातिहरूको दृष्‍टिमा अशुद्ध पारिन्छस्, तब तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्।’ ”
16 E tu tomarás a tua herança em ti mesmo à vista dos pagãos, e saberás que eu sou o SENHOR.
17 तब याहवेहको वचन मकहाँ आयो:
17 E a palavra do SENHOR veio a mim, dizendo:
18 “हे मानिसको छोरा, इस्राएलका मानिसहरू मेरा निम्ति फोहोर भएका छन्; तिनीहरू सबै आगोको भट्टीभित्र छोडिएका तामा, टिन, फलाम र सीसाका खार हुन्। तिनीहरू चाँदीका काम नलाग्ने फोहोर मात्र हुन्।
18 Filho do homem, a casa de Israel está para se tornar escória; todos eles são bronze, e estanho, e ferro, e chumbo no meio da fornalha; eles são a escória da prata.
19 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘तिमीहरू सबै काम नलाग्ने फोहोर भएका कारण म तिमीहरूलाई यरूशलेममा भेला गर्नेछु।
19 Portanto, assim diz o Senhor DEUS: Porque vós todos vos tornastes em escória, por isso, eis que eu vos ajuntarei no meio de Jerusalém.
20 जसरी मानिसहरूले चाँदी, तामा, फलाम, सिसा र टिन भट्टीभित्र दन्केको ज्वालाले पगाल्नलाई बटुल्छन्; त्यसरी नै म तिमीहरूलाई मेरो रिस र मेरो क्रोधमा भेला गर्नेछु, र तिमीहरूलाई सहरभित्र हालेर पगाल्नेछु।
20 Como eles juntam a prata, e o bronze, e o ferro, e o chumbo, e o estanho, no meio da fornalha, para assoprar o fogo sobre eles, para os derreter; assim eu vos juntarei na minha ira e na minha fúria, e vos deixarei lá e vos derreterei.
21 म तिमीहरूलाई भेला गराउनेछु, र मेरो अग्निमय क्रोध तिमीहरूमाथि फुकिदिनेछु; अनि तिमीहरू त्यसभित्र पग्लिनेछौ।
21 Sim, eu vos juntarei, e vos assoprarei no fogo da minha ira, e sereis derretidos no seu meio.
22 जसरी चाँदी आगोको भट्टीभित्र पग्लिन्छ, त्यसरी नै तिमीहरू त्यसभित्र पग्लिनेछौ; अनि तिमीहरूले म याहवेहले नै मेरो क्रोध तिमीहरूमाथि खन्याएको हुँ भनी जान्‍नेछौ।’ ”
22 Como a prata é derretida no meio da fornalha, assim sereis fundidos no meio dela; e sabereis que eu, o SENHOR, derramei a minha fúria sobre vós.
23 याहवेहको वचन फेरि मकहाँ आयो:
23 E a palavra do SENHOR veio a mim, dizendo:
24 “हे मानिसको छोरा, त्यो देशलाई भन्, ‘तँ एउटा यस्तो देश होस्, जो मेरो क्रोधको दिनमा सफा हुनेछैन, अथवा झरी पर्नेछैन।’
24 Filho do homem, dize-lhe: Tu és a terra que não está purificada, sem chuva no dia da indignação.
25 त्यसमा भएका अगमवक्ताहरूले गर्जने सिंहले आफ्नो शिकार च्यातेझैँ एउटा षड्यन्त्र रच्दछन्; तिनीहरूले मानिसहरूलाई निल्छन्, तिनीहरूले धनसम्पत्ति र बहुमूल्य चीजहरू लुट्छन् र सहरभित्र धेरैलाई विधवा बनाउँछन्।
25 Há uma conspiração dos seus profetas no meio dela, como um leão que ruge, devorando a presa; eles devoraram as almas; tomaram o tesouro e coisas preciosas, fizeram muitas viúvas no meio dela.
26 त्यसका पुजारीहरूले मेरो व्यवस्था भङ्ग गर्छन्, र मेरो पवित्र चीजहरूलाई अपवित्र पार्छन्; तिनीहरूले पवित्र र साधारण थोकहरू पनि छुट्याउँदैनन्; तिनीहरूले शुद्ध र अशुद्धमा केही भिन्‍नता छैन भनी सिकाउँछन्; अनि तिनीहरू शब्बाथ दिनहरू पालन गर्नलाई तिनीहरूका आँखा चिम्‍लन्छन्; यसैले म इस्राएलीहरूको बीचमा अपवित्र पारिएको छु।
26 Os seus sacerdotes transgridem a minha lei, e profanam as minhas coisas santas; eles não põem diferença entre o santo e o profano, nem mostram diferença entre o imundo e o limpo; e eles escondem seus olhos dos meus shabats, e eu sou profanado no meio deles.
27 सहरभित्र भएका अधिकारीहरू आफ्ना शिकारलाई फहराउने ब्वाँसाहरूजस्ता छन्; तिनीहरूले रक्तपात गर्छन् र अन्यायपूर्वक फाइदा उठाउनका निम्ति मानिसहरूलाई मार्छन्।
27 Os seus príncipes no meio dela são como lobos devorando a presa, para derramarem sangue, e para destruírem as almas, para conseguirem o ganho desonesto.
28 सहरका अगमवक्ताहरूले झूटा दर्शनहरू र झूटा जोखनाहरूद्वारा तिनीहरूका दुष्‍ट कामहरूमाथि सेतो चूना पोतिदिन्छन्। याहवेह तिनीहरूसित नबोल्नू भए तापनि ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ’ भनी तिनीहरू भन्छन्।
28 E os seus profetas os cobriram com argamassa de lodo, vendo a vaidade, e adivinhando-lhes mentiras, dizendo: Assim diz o Senhor DEUS; quando o SENHOR não falou.
29 देशका मानिसहरूले जबरजस्ती खोसेर लुट्ने काम गर्छन्; तिनीहरूले गरिब र खाँचोमा परेकाहरूमाथि अत्याचार गर्छन्; अनि विदेशीहरूसित दुर्व्यवहार गर्छन् र तिनीहरूलाई न्याय दिन इन्कार गर्छन्।
29 O povo da terra usou de opressão, exercitou o roubo, e aborreceu o pobre e o necessitado; sim, eles oprimiram o estranho injustamente.
30 “मैले तिनीहरूको बीचमा यस्तो एउटा मानिस खोजेँ, जसले पर्खाल बनाउँछ र देशको पक्षमा मेरो अगि धाँदोमा त्यो उभिनेछ, ताकि मैले त्यसलाई नाश नगरूँ, तर मैले एउटै पनि व्यक्तिलाई भेट्टाइनँ।
30 E eu busquei por um homem entre eles, que fizesse o cerco, e que se pusesse na brecha diante de mim pela terra, para que eu não a destruísse; mas eu não encontrei nenhum.
31 यसकारण म मेरो क्रोध तिनीहरूमाथि खन्याउनेछु; अनि तिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु, र तिनीहरूले गरेका सबै कामहरूको दण्ड तिनीहरूकै शिरमाथि ल्याइदिनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।”
31 Portanto, eu derramei a minha indignação sobre eles; eu os consumi com o fogo da minha ira; seu próprio caminho eu recompensei sobre suas cabeças, diz o Senhor DEUS.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.