Ezequiel 20
npioncb (NPIONCB) vs BKJ
1 सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्लाह लिन आए, र तिनीहरू मेरो सामु बसे।
1 E aconteceu no sétimo ano, no quinto mês, no décimo dia do mês, que alguns dos anciãos de Israel vieram para inquirir do SENHOR, e sentaram-se diante de mim.
2 तब याहवेहको वचन मकहाँ आयो:
2 Então, veio a mim a palavra do SENHOR, dizendo:
3 “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: के तिमीहरू मसँग सल्लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
3 Filho do homem, fala aos anciãos de Israel, e dize-lhes: Assim diz o Senhor DEUS: Viestes para me inquirir? Como eu vivo, diz o Senhor DEUS, eu não serei inquirido por vós.
4 “के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे,
4 Tu os julgarás, filho do homem, julgarás tu a eles? Faze-lhes conhecer as abominações de seus pais.
5 र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।”
5 E dize-lhes: Assim diz o Senhor DEUS: No dia quando eu escolhi a Israel, e levantei a minha mão para a semente da casa de Jacó, e me fiz conhecido àqueles na terra do Egito, quando eu levantei a minha mão para eles, dizendo: Eu sou o SENHOR vosso Deus.
6 त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो।
6 No dia em que eu levantei a minha mão para eles, para trazê-los da terra do Egito, para uma terra que eu já tinha descoberto para eles, fluindo leite e mel, que é a glória de todas as terras.
7 मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।”
7 Então, lhes disse: Lançai fora cada homem as abominações de seus olhos, e não vos corrompeis com os ídolos do Egito; eu sou o SENHOR vosso Deus.
8 “ ‘तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरा कुरा सुनेनन्; तिनीहरूले आफ्ना आँखा गाडेका ती घृणित मूर्तिहरूलाई त्यागेनन्, न त तिनीहरूले इजिप्टका मूर्तिहरूलाई नै त्यागे। यसैकारण मैले भनेँ, म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु, र इजिप्टमा तिनीहरूको विरुद्ध मेरो रिस खन्याउनेछु।
8 Mas eles rebelaram-se contra mim, e não quiseram me ouvir; eles não lançaram, cada homem, as abominações de seus olhos, nem abandonaram os ídolos do Egito; então eu disse: Eu derramarei minha fúria sobre eles, para concluir minha ira contra eles no meio da terra do Egito.
9 तर मेरो नामको खातिर मैले तिनीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ। तिनीहरू जुन जातिहरूको बीचमा बसोबास गरेका थिए, र जसको आँखाको अगाडि मैले आफूलाई इस्राएलीहरूकहाँ प्रकट गरेको थिएँ, तिनीहरूकै अगाडि मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
9 Mas eu forjei por causa do meu nome, para que não fosse poluído diante dos pagãos, no meio dos quais estavam, a cuja vista eu me fiz conhecido por eles, trazendo-os para fora da terra do Egito.
10 यसकारण मैले तिनीहरूलाई इजिप्टबाट निकालेर उजाडस्थानमा ल्याएँ।
10 Portanto, eu os fiz sair da terra do Egito, e os trouxe ao deserto.
11 मैले तिनीहरूलाई मेरा उर्दीहरू दिएँ, र तिनीहरूलाई मेरा व्यवस्थाहरू सिकाएँ, ताकि ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहोस्।
11 E eu dei-lhes os meus estatutos, e lhes mostrei os meus juízos, os quais, se um homem cumprir, ele viverá neles.
12 मेरो र तिनीहरूको बीचमा एउटा चिन्हको रूपमा मैले तिनीहरूलाई मेरा शब्बाथ दिनहरू पनि दिएँ, ताकि म याहवेहले नै ती शब्बाथहरूलाई पवित्र बनाएको हुँ भनी तिनीहरूले जानून्।
12 Além disso, eu também lhes dei os meus shabats, para serem um sinal entre mim e eles; para que eles pudessem saber que eu sou o SENHOR que os santifica.
13 “ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्ट गर्नेछु।
13 Mas a casa de Israel se rebelou contra mim no deserto; eles não andaram nos meus estatutos, e desprezaram os meus juízos, o que, se um homem o fizer, ele viverá neles; e os meus shabats poluíram grandemente; então, eu disse que derramaria minha fúria sobre eles no deserto, para os consumir.
14 तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
14 Mas eu forjei por causa do meu nome, para que este não fosse poluído diante dos pagãos, a cuja vista eu os trouxe para fora.
15 मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश;
15 Ainda assim, eu também levantei a minha mão para eles no deserto, para que eu não os trouxesse para a terra, que eu lhes tinha dado, fluindo leite e mel, que é a glória de todas as terras.
16 किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथ दिनहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए।
16 Porque eles desprezaram os meus juízos, e não andaram nos meus estatutos, mas poluíram os meus shabats; porque o seu coração ia após os seus ídolos.
17 तापनि मैले तिनीहरूलाई दयाको दृष्टिले हेरेँ, र तिनीहरूलाई नाश गरिनँ, अथवा तिनीहरूलाई उजाडस्थानमा सर्वनाश गरिनँ।
17 Todavia, o meu olho lhes poupou de destruí-los, nem fiz um fim deles no deserto.
18 मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार।
18 Mas eu disse a seus filhos no deserto: Não andeis nos estatutos de vossos pais, nem observais os seus juízos, nem vos contamineis com os seus ídolos.
19 म याहवेह नै तिमीहरूका परमेश्वर हुँ; मेरा उर्दीहरू पालन गर र तिनलाई होसियारीसाथ पछ्याओ।
19 Eu sou o SENHOR vosso Deus; andai nos meus estatutos, e guardai os meus juízos, e executai-os.
20 मेरा शब्बाथ दिनहरू पवित्र राख; तब ती शब्बाथहरू हाम्रो बीचमा एउटा चिन्ह होऊन्। तब म नै याहवेह तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ।”
20 E santificai os meus shabats, e eles serão um sinal entre mim e vós, para que possais saber que eu sou o SENHOR vosso Deus.
21 “ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु।
21 Porém, os filhos se rebelaram contra mim, e eles não andaram nos meus estatutos, nem guardaram os meus juízos para os executar, o que, se um homem o fizer, ele viverá neles; eles poluíram os meus shabats; então, eu disse que derramaria minha fúria sobre eles, para cumprir minha ira contra eles no deserto.
22 तर मैले मेरो हातलाई रोकेँ, र मेरो नामको खातिर, जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएको थिएँ, तिनीहरूको दृष्टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
22 Todavia, eu retirei a minha mão, e forjei por causa do meu nome, para que não fosse poluído à vista dos pagãos, a cuja vista eu os trouxe adiante.
23 साथै मैले उजाडस्थानमा हात उठाएर तिनीहरूलाई जातिहरूको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देशभरि छरपस्ट पारिदिनेछु भनी शपथ पनि खाएँ;
23 Eu também levantei a minha mão para eles no deserto, para que eu os espalhasse entre os pagãos, e os dispersasse pelas nações.
24 किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथ दिनहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए।
24 Porque eles não haviam executado os meus juízos, mas desprezado os meus estatutos, e poluído os meus shabats, e os seus olhos estavam atrás dos ídolos de seus pais.
25 यसकारण मैले तिनीहरूलाई अरू धार्मिक विधिहरू दिएँ, जुन तिनीहरूका निम्ति असल थिएनन् र यस्ता नियमहरू जसद्वारा तिनीहरू जीवित रहन सक्दैनथे;
25 Portanto, eu dei-lhes também estatutos que não eram bons, e juízos pelos quais não haviam de viver;
26 मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’
26 e eu os poluí em seus próprios dons, nos quais eles faziam passar pelo fogo tudo o que abre o útero; para que eu pudesse fazê-los desolados, para que, no fim, eles pudessem saber que eu sou o SENHOR.
27 “यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे:
27 Portanto, filho do homem, fala à casa de Israel, e dize-lhes: Assim diz o Senhor DEUS: Ainda assim nisto vossos pais me blasfemaram, e nisso eles cometeram transgressão contra mim.
28 जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए।
28 Pois quando eu os trouxe para a terra, pela qual eu levantei a minha mão, para dá-la a eles, então eles viram toda alta colina, e todas as árvores espessas, e eles ofereceram ali os seus sacrifícios e lá apresentaram a provocação das suas ofertas; ali também eles fizeram seu doce sabor, e ali derramaram as suas ofertas de bebidas.
29 तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा भनिन्छ)।
29 Então, eu lhes disse: O que é o alto lugar para onde vós ides? E seu nome é chamado de Bamá até este dia.
30 “यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ?
30 Portanto, dize à casa de Israel: Assim diz o Senhor DEUS: Vós estais poluídos segundo a maneira de vossos pais? E cometestes prostituição segundo suas abominações?
31 जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ।
31 Pois, quando ofereceis os vossos dons, e fazeis vossos filhos passarem pelo fogo, poluís a vós mesmos com todos os vossos ídolos, até este dia; e eu serei inquirido por vós, ó casa de Israel? Como eu vivo, diz o Senhor DEUS, eu não serei inquirido por vós.
32 “ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन।
32 E aquilo que vem à vossa mente de modo algum sucederá, isto que dizei: Nós seremos como os pagãos, como as outras famílias das nações, para servir à madeira e à pedra.
33 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूमाथि शक्तिशाली हात र फैलिएको पाखुराद्वारा र पोखिएको क्रोधसँग शासन गर्नेछु।
33 Como eu vivo, diz o Senhor DEUS, certamente que, com mão poderosa, e com braço estendido, e com a fúria derramada, eu governarei sobre vós.
34 म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु।
34 E eu vos trarei para fora dos povos, e vos ajuntarei fora das terras nas quais estais espalhados, com mão poderosa, e com braço estendido, e com fúria derramada.
35 म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु।
35 E eu vos trarei para dentro do deserto do povo; e ali, eu pleitearei convosco face a face.
36 जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
36 Como eu pleiteei com vossos pais no deserto da terra do Egito, assim eu pleitearei convosco, diz o Senhor DEUS.
37 तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु।
37 E eu vos farei passar debaixo da vara, e eu vou trazê-los para o vínculo do pacto.
38 म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
38 E eu purgarei dentre vós os rebeldes, e aqueles que transgridem contra mim; eu os trarei adiante para fora da nação onde eles permanecem temporariamente, e eles não entrarão na terra de Israel; e vós sabereis que eu sou o SENHOR.
39 “ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्चय नै मेरा कुरा सुन्नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ।
39 Quanto a vós, ó casa de Israel, assim diz o Senhor DEUS: Se a mim não me ouvirdes, de hoje em diante, ide cada um atrás de seus ídolos e sirva-os; mas não poluís mais o meu santo nome com vossos presentes e com vossos ídolos.
40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु।
40 Porque no meu santo monte, no monte da altura de Israel, diz o Senhor DEUS, ali me servirá toda a casa de Israel, todos eles na terra; ali eu os aceitarei e requererei vossas ofertas, e as primícias das vossas oblações, com todas as vossas coisas santas.
41 जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु।
41 Eu vos aceitarei com vosso doce cheiro, quando eu vos trouxer para fora dos povos, e vos ajuntar fora das nações por onde estivestes espalhados; e eu serei santificado em vós diante dos pagãos.
42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
42 E vós sabereis que eu sou o SENHOR, quando eu vos trouxer para dentro da terra de Israel, na terra pela qual eu levantei a minha mão para dá-la a vossos pais.
43 त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ।
43 E ali vos lembrareis de vossos caminhos, e de todos os vossos feitos com que fostes contaminados, e detestareis a vós mesmos, à vossa própria vista por todos os males que cometestes.
44 हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्ट चालहरू र तिमीहरूका भ्रष्ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
44 E vós sabereis que eu sou o SENHOR, quando eu tiver forjado para convosco, por causa do meu nome; não de acordo com os vossos caminhos perversos, nem de acordo com as vossas ações corruptas, ó vós casa de Israel, diz o Senhor DEUS.
45 अनि याहवेहको यसो भन्ने वचन मकहाँ आयो:
45 Além disso, a palavra do SENHOR veio a mim, dizendo:
46 “हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्।
46 Filho do homem, coloca a tua face em direção ao sul, e derrama a tua palavra em direção ao sul, e profetiza contra a floresta do campo do sul.
47 दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ।
47 E dize à floresta do sul: Ouve a palavra do SENHOR: Assim diz o Senhor DEUS: Eis que eu acenderei um fogo em ti, e ele devorará toda a árvore verde em ti, e toda a árvore seca; a chama flamejante não se apagará, e todas as faces do sul ao norte se queimarão lá.
48 हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्नेछन्; यो आगो निभ्नेछैन।’ ”
48 E toda carne verá que eu, o SENHOR, o acendi; isto não se apagará.
49 तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्टान्तहरू मात्र त बोलेको होइन र?’ ”
49 Então, disse eu: Ah! Senhor DEUS! Eles dizem de mim: Ele não fala parábolas?
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.