Ezequiel 20

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 सातौँ वर्षको पाँचौँ महिनाको दसौँ दिनमा, इस्राएलका केही प्रधानहरू याहवेहकहाँ सल्‍लाह लिन आए, र तिनीहरू मेरो सामु बसे।
1 E aconteceu, no sétimo ano, no mês quinto, aos dez do mês, que vieram alguns dos anciãos de Israel para consultarem o Senhor ; e assentaram-se diante de mim.
2 तब याहवेहको वचन मकहाँ आयो:
2 Então, veio a mim a palavra do Senhor , dizendo:
3 “हे मानिसको छोरा, इस्राएलका प्रधानहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू मसँग सल्‍लाह लिन आएका हौ? म जीवित भएझैँ, तिमीहरूलाई मसँग सल्‍लाह लिन दिनेछैन, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’
3 Filho do homem, fala aos anciãos de Israel e dize-lhes: Assim diz o Senhor Jeová : Vós vindes consultar-me? Vivo eu, que vós não me consultareis, diz o Senhor Jeová .
4 “के तँ तिनीहरूको न्याय गर्छस्? हे मानिसको छोरा, के तँ तिनीहरूको न्याय गर्छस्? त्यसो भए तिनीहरूलाई तिनीहरूका पितापुर्खाहरूका घिनलाग्दा कामहरूबारे प्रस्ट बताइदे,
4 Julgá-los-ias tu, ó filho do homem, julgá-los-ias? Faze-lhes saber as abominações de seus pais;
5 र तिनीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जुन दिन मैले इस्राएललाई चुनेँ, र मैले आफ्नो हात उचालेर याकोबका सन्तानहरूसँग शपथ खाएँ; अनि आफूलाई इजिप्टमा प्रकट गर्दै मैले आफ्नो हात उचालेर तिनीहरूलाई भनेँ, “म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
5 e dize-lhes: Assim diz o Senhor Jeová : No dia em que escolhi a Israel, levantei a mão para a descendência da casa de Jacó, e me dei a conhecer a eles na terra do Egito, e levantei a mão para eles, dizendo: Eu sou o Senhor , vosso Deus.
6 त्यस दिन मैले तिनीहरूलाई इजिप्टबाट निकालेर मैले तिनीहरूका निम्ति खोजेको देशमा, अर्थात् दूध र मह बग्ने देशमा तिनीहरूलाई ल्याउनेछु भनी शपथ खाएँ, जुन देशचाहिँ सबै देशहरूमध्ये सुन्दर थियो।
6 Naquele dia, levantei a mão para eles, para os tirar da terra do Egito para uma terra que tinha previsto para eles, a qual mana leite e mel e é a glória de todas as terras.
7 मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आँखा लगाएका ती घृणित मूर्तिहरू त्यागिदेओ, र इजिप्टका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध नपार! म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।”
7 Então, lhes disse: Cada um lance de si as abominações dos seus olhos, e não vos contamineis com os ídolos do Egito; eu sou o Senhor , vosso Deus.
8 “ ‘तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरा कुरा सुनेनन्; तिनीहरूले आफ्ना आँखा गाडेका ती घृणित मूर्तिहरूलाई त्यागेनन्, न त तिनीहरूले इजिप्टका मूर्तिहरूलाई नै त्यागे। यसैकारण मैले भनेँ, म तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु, र इजिप्टमा तिनीहरूको विरुद्ध मेरो रिस खन्याउनेछु।
8 Mas rebelaram-se contra mim e não me quiseram ouvir; ninguém lançava de si as abominações dos seus olhos, nem deixava os ídolos do Egito; então, eu disse que derramaria sobre eles o meu furor, para cumprir a minha ira contra eles no meio da terra do Egito.
9 तर मेरो नामको खातिर मैले तिनीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ। तिनीहरू जुन जातिहरूको बीचमा बसोबास गरेका थिए, र जसको आँखाको अगाडि मैले आफूलाई इस्राएलीहरूकहाँ प्रकट गरेको थिएँ, तिनीहरूकै अगाडि मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
9 O que fiz, porém, foi por amor do meu nome, para que não fosse profanado diante dos olhos das nações, no meio das quais eles estavam, a cujos olhos eu me dei a conhecer a eles, para os tirar da terra do Egito.
10 यसकारण मैले तिनीहरूलाई इजिप्टबाट निकालेर उजाडस्थानमा ल्याएँ।
10 E os tirei da terra do Egito e os levei ao deserto.
11 मैले तिनीहरूलाई मेरा उर्दीहरू दिएँ, र तिनीहरूलाई मेरा व्यवस्थाहरू सिकाएँ, ताकि ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहोस्।
11 E dei-lhes os meus estatutos e lhes mostrei os meus juízos, os quais, cumprindo-os o homem, viverá por eles.
12 मेरो र तिनीहरूको बीचमा एउटा चिन्हको रूपमा मैले तिनीहरूलाई मेरा शब्बाथ दिनहरू पनि दिएँ, ताकि म याहवेहले नै ती शब्बाथहरूलाई पवित्र बनाएको हुँ भनी तिनीहरूले जानून्।
12 E também lhes dei os meus sábados, para que servissem de sinal entre mim e eles, para que soubessem que eu sou o Senhor que os santifica.
13 “ ‘तापनि इस्राएलका मानिसहरूले उजाडस्थानमा मेरो विरुद्धमा विद्रोह गरे। तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्, तर तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरे; यद्यपि ती नियमहरू पालन गर्ने मानिस तीद्वारा नै जीवित रहनेछ; अनि तिनीहरूले मेरा शब्बाथहरूलाई पूर्ण रूपमा अपवित्र तुल्याए। यसकारण मैले भनेँ, म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र तिनीहरूलाई उजाडस्थानमा नष्‍ट गर्नेछु।
13 Mas a casa de Israel se rebelou contra mim no deserto, não andando nos meus estatutos e rejeitando os meus juízos, os quais, cumprindo-os o homem, viverá por eles; e profanaram grandemente os meus sábados; e eu disse que derramaria sobre eles o meu furor no deserto, para os consumir.
14 तर मेरो नामको खातिर जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
14 O que fiz, porém, foi por amor do meu nome, para que não fosse profanado diante dos olhos das nações perante as quais os fiz sair.
15 मैले तिनीहरूलाई उजाडस्थानमा हात उचालेर तिनीहरूसँग शपथ पनि खाएँ, कि म तिनीहरूलाई मैले दिएको देशमा ल्याउनेछैनँ—दूध र मह बग्ने देश, सबै देशहरूमध्ये सबैभन्दा सुन्दर देश;
15 E, contudo, eu levantei a mão para eles no deserto, para os não deixar entrar na terra que lhes tinha dado, a qual mana leite e mel e é a glória de todas as terras.
16 किनकि तिनीहरूले मेरा व्यवस्थाहरूलाई त्यागिदिए, र मेरा उर्दीहरू पालन गरेनन्; अनि मेरा शब्बाथ दिनहरू अपवित्र पारे। किनकि तिनीहरूको हृदय तिनीहरूका मूर्तिहरूप्रति समर्पित थिए।
16 Porque rejeitaram os meus juízos, e não andaram nos meus estatutos, e profanaram os meus sábados; porque o seu coração andava após os seus ídolos.
17 तापनि मैले तिनीहरूलाई दयाको दृष्‍टिले हेरेँ, र तिनीहरूलाई नाश गरिनँ, अथवा तिनीहरूलाई उजाडस्थानमा सर्वनाश गरिनँ।
17 Não obstante, o meu olho lhes perdoou, para não os destruir nem os consumir no deserto.
18 मैले उजाडस्थानमा तिनीहरूका छोराछोरीहरूलाई भनेँ, “तिमीहरूका आमाबुबाहरूका आदेशहरूअनुसार नहिँड, अथवा तिनीहरूका नियमहरू पालन नगर, न त तिनीहरूका मूर्तिहरूद्वारा आफूलाई अपवित्र पार।
18 Mas disse eu a seus filhos no deserto: Não andeis nos estatutos de vossos pais, nem guardeis os seus juízos, nem vos contamineis com os seus ídolos.
19 म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ; मेरा उर्दीहरू पालन गर र तिनलाई होसियारीसाथ पछ्याओ।
19 Eu sou o Senhor , vosso Deus; andai nos meus estatutos, e guardai os meus juízos, e executai-os.
20 मेरा शब्बाथ दिनहरू पवित्र राख; तब ती शब्बाथहरू हाम्रो बीचमा एउटा चिन्ह होऊन्। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।”
20 E santificai os meus sábados, e servirão de sinal entre mim e vós, para que saibais que eu sou o Senhor , vosso Deus.
21 “ ‘तर तिनीहरूका सन्तानले पनि मेरो विरुद्धमा विद्रोह गरे: तिनीहरूले मेरा उर्दीहरू पालन गरेनन्; तिनीहरूले मेरा व्यवस्थाहरू होसियारीसाथ पालन गरेनन्, जसका विषयमा मैले भनेको थिएँ, “ती पालन गर्ने मानिस ती व्यवस्थाहरूद्वारा नै जीवित रहनेछ,” र तिनीहरूले मेरा शब्बाथ दिनहरूलाई अपवित्र पारे। यसकारण मैले भनेँ: म तिनीहरूमाथि मेरो क्रोध खन्याउनेछु, र उजाडस्थानमा म मेरो रिस तिनीहरूको विरुद्धमा पोखाउनेछु।
21 Mas também os filhos se rebelaram contra mim e não andaram nos meus estatutos, nem guardaram os meus juízos, os quais, cumprindo-os o homem, viverá por eles; eles profanaram os meus sábados; por isso, eu disse que derramaria sobre eles o meu furor, para cumprir contra eles a minha ira no deserto.
22 तर मैले मेरो हातलाई रोकेँ, र मेरो नामको खातिर, जुन जातिहरूको आँखाको अगाडि मैले तिनीहरूलाई निकालेर ल्याएको थिएँ, तिनीहरूको दृष्‍टिमा मेरो नाम अपवित्र नहोस् भनेर मैले यसो गरेँ।
22 Mas contive a mão e o fiz por amor do meu nome, para que não fosse profanado aos olhos das nações, à vista das quais os fiz sair.
23 साथै मैले उजाडस्थानमा हात उठाएर तिनीहरूलाई जातिहरूको बीचमा तितरबितर पारिदिनेछु र तिनीहरूलाई देशभरि छरपस्ट पारिदिनेछु भनी शपथ पनि खाएँ;
23 Também levantei a mão para eles no deserto, para os espalhar entre as nações e os derramar pelas terras;
24 किनकि तिनीहरूले मेरा नियमहरू पालन गरेका थिएनन्, तर मेरा उर्दीहरूलाई त्यागेका थिए, र मेरा शब्बाथ दिनहरू अपवित्र तुल्याइएका थिए; अनि तिनीहरूका आँखा तिनीहरूका आमाबुबाहरूका मूर्तिहरूमा गाडेका थिए।
24 porque não executaram os meus juízos, e rejeitaram os meus estatutos, e profanaram os meus sábados, e os seus olhos se iam após os ídolos de seus pais.
25 यसकारण मैले तिनीहरूलाई अरू धार्मिक विधिहरू दिएँ, जुन तिनीहरूका निम्ति असल थिएनन् र यस्ता नियमहरू जसद्वारा तिनीहरू जीवित रहन सक्दैनथे;
25 Pelo que também lhes dei estatutos que não eram bons, e juízos pelos quais não haviam de viver;
26 मैले तिनीहरूलाई तिनीहरूका उपहारहरूद्वारा हरेक जेठा छोराहरूलाई बलिदानहरूद्वारा अशुद्ध हुन दिएँ, ताकि तिनीहरू आतङ्कले भरिऊन्; यसरी तिनीहरूले म नै याहवेह हुँ भनी जानून्।’
26 e os contaminei em seus próprios dons, nos quais faziam passar pelo fogo tudo o que abre a madre; para os assolar, para que soubessem que eu sou o Senhor .
27 “यसकारण हे मानिसको छोरा, इस्राएलका मानिसहरूसँग कुरा गरेर तिनीहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: यसमा पनि तिमीहरूका पितापुर्खाहरू विश्‍वासघाती भएर मलाई त्यागेर मेरो निन्दा गरे:
27 Portanto, fala à casa de Israel, ó filho do homem, e dize-lhe: Assim diz o Senhor Jeová : Ainda nisto me blasfemaram vossos pais, e transgrediram contra mim.
28 जब मैले तिनीहरूलाई दिन्छु भनी शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ; जब तिनीहरूले कुनै पनि अग्लो स्थान, अथवा कुनै पनि झ्याम्म परेको रूख देख्थे, तब त्यहाँ तिनीहरूले आफ्ना बलिदानहरू चढाए, र तिनीहरूले मूर्तिहरूलाई भेटीहरू चढाए; अनि तिनीहरूका सुगन्धित धूप चढाए। यसरी तिनीहरूले आफ्ना अर्घबलिहरू चढाएर मलाई रिस उठाए।
28 Porque, havendo-os eu introduzido na terra sobre a qual eu levantara a mão, para lha dar, então, olharam para todo outeiro alto e para toda árvore frondosa, e sacrificaram ali os seus sacrifícios, e apresentaram ali a provocação das suas ofertas, e puseram ali os seus cheiros suaves, e ali derramaram as suas libações.
29 तब मैले तिनीहरूलाई भनेँ: तिमीहरू जाने गरेका ती अग्लो स्थान के हो र?’ (यसलाई आजको दिनसम्मै बामा भनिन्छ)।
29 E eu lhes disse: Que alto é este, aonde vós ides? E seu nome tem sido Bamá, até ao dia de hoje.
30 “यसकारण इस्राएलीहरूलाई भन्: ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: के तिमीहरू पनि आफ्ना पितापुर्खाहरूले जस्तै आफूलाई अपवित्र पार्छौ? र तिनीहरूका घिनलाग्दा आकृतिहरूसँग व्यभिचार गर्छौ?
30 Portanto, dize à casa de Israel: Assim diz o Senhor Jeová : Vós vos contaminais a vós mesmos, à maneira de vossos pais? E vos prostituís com as suas abominações?
31 जब तिमीहरूले तिमीहरूका उपहारहरू अर्पण गर्छौ, आफ्ना छोराछोरीहरूलाई आगोमा बलि चढाउँछौ, तब तिमीहरूले आजको दिनसम्मै तिमीहरूका मूर्तिहरूद्वारा आफूलाई अशुद्ध पारिरहेका छौ। हे इस्राएलीहरू हो, के तिमीहरूले मसँग सोधपुछ गर्न पाऔला र? म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूलाई मसँग सोधपुछ गर्न दिनेछैनँ।
31 E, quando ofereceis os vossos dons e fazeis passar os vossos filhos pelo fogo, não é certo que estais contaminados com todos os vossos ídolos, até este dia? E vós me consultaríeis, ó casa de Israel? Vivo eu, diz o Senhor Jeová , que vós me não consultareis.
32 “ ‘तिमीहरू भन्छौ, “हामी ती अरू देशहरूजस्तै, संसारका ती अरू जातिहरूजस्तै हुन चाहन्छौँ, जसले काठ र ढुङ्गालाई पूजा गर्दछन्।” तर तिमीहरूका मनमा भएका कुरा कहिल्यै पूरा हुनेछैन।
32 E o que veio ao vosso espírito de maneira alguma sucederá, quando dizeis: Seremos como as nações, como as outras gerações da terra, servindo ao madeiro e à pedra.
33 म जीवित भएझैँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म तिमीहरूमाथि शक्तिशाली हात र फैलिएको पाखुराद्वारा र पोखिएको क्रोधसँग शासन गर्नेछु।
33 Vivo eu, diz o Senhor Jeová , que, com mão forte, e com braço estendido, e com indignação derramada, hei de reinar sobre vós;
34 म तिमीहरूलाई भेला गर्नेछु, जुन देशहरूमा तिमीहरू छरपस्ट भएका छौ। म तिमीहरूलाई शक्तिशाली हात र फैलिएको पाखुरा र पोखिएको क्रोधसँग जाति-जातिहरूका बीचबाट निकालेर ल्याउनेछु।
34 e vos tirarei dentre os povos e vos congregarei das terras nas quais andais espalhados, com mão forte, e com braço estendido, e com indignação derramada.
35 म तिमीहरूलाई जातिहरूको मरुभूमिमा ल्याउनेछु, र त्यहाँ म तिमीहरूलाई आमने-सामने न्याय गर्नेछु।
35 E vos levarei ao deserto dos povos e ali entrarei em juízo convosco face a face.
36 जसरी मैले इजिप्टको मरुभूमिमा तिमीहरूका पितापुर्खाहरूको न्याय गरेको थिएँ, त्यसरी नै म तिमीहरूको न्याय गर्नेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
36 Como entrei em juízo com vossos pais, no deserto da terra do Egito, assim entrarei em juízo convosco, diz o Senhor Jeová .
37 तिमीहरू मेरो लहुरोमुनिबाट भएर छिर्दा म तिमीहरूलाई हेर्नेछु, र म तिमीहरूलाई करारको बन्धनमा ल्याउनेछु।
37 E vos farei passar debaixo da vara e vos farei entrar no vínculo do concerto;
38 म तिमीहरूलाई मलाई विरोध गर्नेहरू र मेरो विरुद्धमा विद्रोह गर्नेहरूबाट शुद्ध गर्नेछु। यद्यपि म तिनीहरू बसिरहेका देशबाट तिनीहरूलाई निकालेर ल्याउनेछु, तर पनि तिनीहरू इस्राएलमा प्रवेश गर्न पाउनेछैनन्। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
38 e separarei dentre vós os rebeldes e os que prevaricaram contra mim; da terra das suas peregrinações os tirarei, mas à terra de Israel não voltarão; e sabereis que eu sou o Senhor .
39 “ ‘तिमीहरूको बारेमा हे इस्राएलका मानिसहरू हो, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जाओ र हरेकले आफ्ना मूर्तिहरूको सेवा गर! तर पछिबाट तिमीहरूले निश्‍चय नै मेरा कुरा सुन्‍नेछौ, र मेरो पवित्र नामलाई तिमीहरूका उपहारहरू र मूर्तिहरूद्वारा कहिल्यै पनि अपवित्र तुल्याउनेछैनौ।
39 Quanto a vós, ó casa de Israel, assim diz o Senhor Jeová : Ide, sirva cada um aos seus ídolos, pois que a mim me não quereis ouvir; mas não profaneis mais o meu santo nome com as vossas dádivas e com os vossos ídolos.
40 किनकि मेरो पवित्र पर्वतमा, इस्राएलको अग्लो पर्वतमा, प्रभु याहवेह घोषणा गर्नुहुन्छ, त्यहाँ त्यस देशमा इस्राएलका सारा मानिसहरूले मेरो सेवा गर्नेछन्, र त्यहाँ म तिनीहरूलाई ग्रहण गर्नेछु। त्यहाँ म तिमीहरूका अति उत्तम उपहारहरूका साथै तिमीहरूका सबै पवित्र बलिदानहरू ग्रहण गर्नेछु।
40 Porque no meu santo monte, no monte alto de Israel, diz o Senhor Jeová , ali me servirá toda a casa de Israel, toda ela naquela terra; ali me deleitarei neles e ali demandarei as vossas ofertas alçadas e as primícias das vossas dádivas, com todas as vossas coisas santas.
41 जब म तिमीहरूलाई जातिहरूबाट निकालेर तिमीहरू छरपस्ट भएका देशहरूबाट भेला गर्नेछु, तब म तिमीहरूलाई सुगन्धित धूपझैँ ग्रहण गर्नेछु; अनि जातिहरूको दृष्‍टिमा म तिमीहरूका बीचमा पवित्र प्रमाणित हुनेछु।
41 Com cheiro suave me deleitarei em vós, quando eu vos tirar dentre os povos e vos congregar das terras em que andais espalhados; e serei santificado em vós ante os olhos das nações.
42 जब म तिमीहरूलाई इस्राएल देशमा ल्याउनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी हात उचालेर शपथ खाएको थिएँ, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
42 E sabereis que eu sou o Senhor , quando eu vos fizer voltar à terra de Israel, à terra para a qual levantei a mão, para a dar a vossos pais.
43 त्यहाँ तिमीहरूले आफ्ना चालचलन र तिमीहरूले आफूलाई अशुद्ध बनाएका सबै कामहरू सम्झनेछौ; अनि तिमीहरूले गरेका सबै दुष्‍ट कामहरूका निम्ति तिमीहरूले आफैँलाई घृणा गर्नेछौ।
43 E ali vos lembrareis de vossos caminhos e de todos os vossos atos com que vos contaminastes e tereis nojo de vós mesmos, por todas as vossas maldades que tendes cometido.
44 हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूसँग तिमीहरूका दुष्‍ट चालहरू र तिमीहरूका भ्रष्‍ट कामहरूअनुसार होइन, तर जब म मेरो नामको खातिर व्यवहार गर्छु, तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।’ ”
44 E sabereis que eu sou o Senhor , quando eu proceder para convosco por amor do meu nome, não conforme os vossos maus caminhos, nem conforme os vossos atos corruptos, ó casa de Israel, disse o Senhor Jeová .
45 अनि याहवेहको यसो भन्‍ने वचन मकहाँ आयो:
45 E veio a mim a palavra do Senhor , dizendo:
46 “हे मानिसको छोरा, तेरो अनुहार दक्षिणतिर फर्का; दक्षिणको विरुद्धमा प्रचार गर्, र दक्षिण देशको जङ्गलको विरुद्धमा अगमवाणी गर्।
46 Filho do homem, dirige o rosto para o caminho do Sul, e derrama as tuas palavras contra o Sul, e profetiza contra o bosque do campo do Sul.
47 दक्षिणको जङ्गललाई भन्: ‘याहवेहको वचन सुन्। प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर्, मैले तँलाई आगो लगाउन आँटेको छु; अनि यसले तेरा सबै हरिया रूखहरू र सबै सुक्खा रूखहरू भस्म पार्नेछ। त्यो दन्केको आगोको ज्वाला कसैले निभाउन सक्नेछैन र दक्षिणबाट उत्तरसम्मका सबैका अनुहार आगोको ज्वालाद्वारा पोल्नेछ।
47 E dize ao bosque do Sul: Ouve a palavra do Senhor : Assim diz o Senhor Jeová : Eis que acenderei em ti um fogo que em ti consumirá toda árvore verde e toda árvore seca; não se apagará a chama flamejante; antes, com ela se queimarão todos os rostos, desde o Sul até ao Norte.
48 हरेक मानिसले म याहवेहले नै यो आगो सल्काएको हुँ भनी जान्‍नेछन्; यो आगो निभ्नेछैन।’ ”
48 E verá toda carne que eu, o Senhor , o acendi; não se apagará.
49 तब मैले भनेँ, “हे, प्रभु याहवेह! तिनीहरूले मेरो बारेमा भन्दैछन्, ‘त्यसले दृष्‍टान्तहरू मात्र त बोलेको होइन र?’ ”
49 Então, disse eu: Ah! Senhor Jeová ! Eles dizem de mim: Não é este um dizedor de parábolas?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.