Ezequiel 14

npioncb (NPIONCB) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे।
1 Alguns líderes israelitas vieram me perguntar qual era a vontade do Senhor .
2 तब याहवेहको वचन मकहाँ आयो:
2 Então o Senhor me disse o seguinte:
3 “हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्‍कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र?
3 — Homem mortal , esses homens deram o seu coração aos ídolos e estão deixando que os ídolos os façam pecar. Será que pensam que vou lhes dar alguma resposta?
4 यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु।
4 — Pois bem, diga aquilo que eu, o Senhor Deus, estou lhes dizendo: “Todo israelita que sente no coração a vontade de adorar ídolos, que está permitindo que eles o façam pecar e que vai consultar um profeta receberá a minha resposta. E será a resposta que os seus muitos ídolos merecem.
5 इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’
5 Todos esses ídolos desviaram o meu povo de mim, porém com a minha resposta espero que ele volte a ser fiel a mim como antes.”
6 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्‍नुहुन्छ: पश्‍चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ!
6 — Por isso, diga aos israelitas que eu, o Senhor Deus, estou dizendo o seguinte: “Arrependam-se e abandonem os seus ídolos nojentos.”
7 “ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्‍ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्‍कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु।
7 — Quando um israelita ou um estrangeiro que mora em Israel se afastar de mim, e for tentado a adorar ídolos e deixar que eles o façam pecar, e então for consultar um profeta — eu, o Senhor , é que lhe darei a resposta!
8 म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्‍लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ।
8 Eu ficarei contra essa pessoa e farei dela um exemplo. Eu a arrancarei do meio do meu povo, e assim todos ficarão sabendo que eu sou o Senhor .
9 “ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु।
9 — Se um profeta for enganado e der uma resposta falsa, fui eu, o Senhor , quem o enganou. Eu o tirarei do meio do povo de Israel.
10 तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्‍लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्।
10 Tanto o profeta como aquele que o consultar receberão o mesmo castigo.
11 तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्‍वर हुनेछु, प्रभु याहवेह भन्‍नुहुन्छ।’ ”
11 Farei isso para evitar que os israelitas me abandonem e se manchem com os seus pecados. Eles serão o meu povo, e eu serei o Deus deles. Eu, o Senhor Deus, falei.
12 याहवेहको यो वचन मकहाँ आयो:
12 O Senhor me disse o seguinte:
13 “हे मानिसको छोरा, यदि कुनै देशले अविश्‍वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु।
13 — Homem mortal , se uma nação pecar e for infiel a mim, eu levantarei a mão contra ela e destruirei os seus depósitos de alimentos. Farei com que haja fome para matar gente e animais.
14 यी तीन जना मानिसहरू—नोआ, दानिएल र इयोब त्यहाँ भए तापनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउन सक्नेथिए, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
14 Mesmo que Noé, Danel e Jó estivessem vivendo ali, a honestidade desses três homens salvaria apenas a vida deles. Eu, o Senhor Deus, falei.
15 “अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्;
15 — Se eu mandar animais ferozes para matar as pessoas, e por causa deles a terra ficar tão perigosa, que ninguém possa viajar nela,
16 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ, यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले आफ्नै छोराछोरीहरूसमेत बचाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए, तर देशचाहिँ उजाड नै हुनेथियो।
16 mesmo que esses três homens estivessem vivendo ali — juro pela minha vida, diz o Senhor Deus — eles não seriam capazes de salvar nem os seus próprios filhos. Eles salvariam somente a sua própria vida, e a terra viraria um deserto.
17 “अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
17 — Se eu mandar a esse país guerra e armas destruidoras para acabar com pessoas e animais,
18 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए।
18 mesmo que esses três homens estivessem vivendo ali — juro pela minha vida, diz o Senhor Deus — eles não seriam capazes de salvar nem os seus próprios filhos, mas apenas a sua própria vida.
19 “अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
19 — Se eu mandar uma epidemia a esse país e derramar a minha ira sobre a terra para tirar muitas vidas, matando gente e animais,
20 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए।
20 mesmo que Noé, Danel e Jó estivessem vivendo ali — juro pela minha vida, diz o Senhor Deus — eles não seriam capazes de salvar nem os seus próprios filhos. A honestidade deles salvaria apenas a sua própria vida.
21 “किनकि प्रभु याहवेह यसो भन्‍नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला!
21 O Senhor Deus diz o seguinte: — Vou mandar a Jerusalém os meus quatro castigos mais violentos, isto é, guerra, fome, animais ferozes e doenças, para destruir pessoas e animais.
22 तापनि त्यहाँ केही छोडिनेछन्—छोराहरू र छोरीहरू, जो त्यस देशबाट निकालिनेछन्। तिनीहरू तिमीहरूकहाँ आउनेछन्; अनि जब तिमीहरूले तिनीहरूका चाल र कामहरू देख्नेछौ, तब मैले यरूशलेममाथि ल्याएका सर्वनाशहरूको बारेमा तिमीहरूले सान्त्वना पाउनेछौ—मैले त्यस सहरमाथि ल्याएको हरेक विपत्तिको निम्ति सान्त्वना पाउनेछौ।
22 Se alguns escaparem e salvarem os seus filhos, olhem bem para eles quando chegarem. Vocês verão como eles são maus e se convencerão de que o castigo que estou dando a Jerusalém é merecido.
23 तिनीहरूका चाल र तिनीहरूका कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ; किनकि तिमीहरूले जान्‍नेछौ, कि मैले त्यस देशमा विनाकारण केही गरेको थिइनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
23 Quando virem como eles são maus, vocês se convencerão e ficarão sabendo que houve motivo justo para tudo o que fiz. Eu, o Senhor Deus, falei.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.