Ezequiel 14
npioncb (NPIONCB) vs BKJ
1 इस्राएलका केही प्रधानहरू मकहाँ आएर मेरो सामु बसे।
1 Então, vieram alguns dos anciãos de Israel a mim, e se assentaram diante de mim.
2 तब याहवेहको वचन मकहाँ आयो:
2 E a palavra do SENHOR veio a mim, dizendo:
3 “हे मानिसको छोरा, यी मानिसहरूले आफ्ना हृदयमा मूर्तिहरू खडा गरेका छन्, र तिनीहरूले अधर्मका ठक्कर लाग्ने ढुङ्गा आफ्नै अनुहारको सामु राखेका छन्। तिनीहरूले मलाई केही सोधखोज गर्न आउँदा के मैले अनुमति दिनुपर्छ र?
3 Filho do homem, estes homens estabeleceram os seus ídolos em seu coração, e puseram a pedra de tropeço da sua iniquidade diante da sua face; deveria eu ser inquirido em tudo por eles?
4 यसकारण तिनीहरूसँग कुरा गर् र तिनीहरूलाई भनिदे, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: जब कुनै इस्राएलीले आफ्नो हृदयमा मूर्तिहरू बसाल्छ, र तिनीहरूका अधर्मको ठक्कर लाग्ने ढुङ्गा राख्छ र अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूको ठूलो मूर्तिपूजाको निम्ति तिनीहरूलाई जवाफ दिनेछु।
4 Portanto, fala a eles, e dize-lhes: Assim diz o Senhor DEUS: Todo homem da casa de Israel que estabelecer os seus ídolos no seu coração, e puser a pedra de tropeço da sua iniquidade diante da sua face, e vier ao profeta, eu, o SENHOR, responderei àquele que vier de acordo com a multidão dos seus ídolos;
5 इस्राएलका मानिसहरू, जसले आफ्ना मूर्तिहरूका कारण मलाई त्यागिदिएका छन्; तिनीहरूका हृदयलाई फेरि आफूतिर फर्काउनलाई म यो काम गर्नेछु।’
5 para que eu possa apanhar a casa de Israel no seu próprio coração, porquanto estão todos afastados de mim através de seus ídolos.
6 “यसकारण इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: पश्चात्ताप गर! तिमीहरूका मूर्तिहरूबाट फर्क र आफ्ना सबै घिनलाग्दा कामहरूलाई छोडिदेओ!
6 Portanto, dize à casa de Israel: Assim diz o Senhor DEUS: Arrependei-vos, e tornai-vos dos vossos ídolos; e desviai as vossas faces de todas as vossas abominações.
7 “ ‘जब कुनै इस्राएली अथवा इस्राएलमा बस्ने कुनै पनि विदेशीले आफूलाई मदेखि अलग गरेर आफ्नो हृदयमा मूर्ति बसाल्छ, र तिनीहरूको अधर्मको ठक्कर लाग्ने ढुङ्गा आफ्नो अनुहारको सामु राख्छ; अनि त्यसपछि मसँग सोधखोज गर्न अगमवक्ताकहाँ जान्छ, म याहवेह आफैँले तिनीहरूलाई जवाफ दिनेछु।
7 Porque cada um da casa de Israel, ou do estranho que peregrina em Israel, que se separar de mim, e estabelecer os seus ídolos no seu coração, e puser a pedra de tropeço da sua iniquidade diante da sua face, e vier ao profeta, para inquirir dele a meu respeito, eu, o SENHOR, lhe responderei por mim mesmo.
8 म मेरो मुख त्यसको विरुद्धमा फर्काउनेछु; अनि त्यसलाई एउटा नमुना र गिल्लाको पात्र तुल्याउनेछु। म त्यसलाई मेरा प्रजाबाट अलग गर्नेछु। तब तिमीहरूले म नै याहवेह हुँ भनी जान्नेछौ।
8 E eu colocarei a minha face contra aquele homem, e farei dele um sinal e um provérbio, e o cortarei fora do meio de meu povo; e sabereis que eu sou o SENHOR.
9 “ ‘अनि यदि अगमवक्तालाई लोभ्याएर अगमवाणी गर्न लगाइएको छ भने म याहवेहले नै त्यस अगमवक्तालाई लोभ्याएको हुँ; अनि म आफ्नो हात त्यसको विरुद्धमा पसार्नेछु र त्यसलाई मेरा प्रजा इस्राएलको बीचबाट नाश गरिदिनेछु।
9 E, se o profeta for enganado quando tiver falado alguma coisa, eu, o SENHOR, terei enganado esse profeta; e estenderei a minha mão sobre ele, e destrui-lo-ei do meio do meu povo Israel.
10 तिनीहरूले आफ्ना दोष बोक्नेछन्—अगमवक्ता र सल्लाह लिन आउने दुवै बराबर दोषी ठहरिनेछन्।
10 E eles carregarão a punição da sua iniquidade; a punição do profeta será como a punição daquele que o buscar.
11 तब इस्राएलका मानिसहरू मदेखि फेरि कहिल्यै बरालिएर जानेछैनन्, न त तिनीहरूले आफैँलाई आफ्ना पापहरूद्वारा फेरि कहिल्यै अशुद्ध पार्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्; अनि म तिनीहरूका परमेश्वर हुनेछु, प्रभु याहवेह भन्नुहुन्छ।’ ”
11 Para que a casa de Israel não possa mais se desviar de mim, nem mais se poluir com todas as suas transgressões; mas para que eles possam ser o meu povo, e eu possa ser o seu Deus, diz o Senhor DEUS.
12 याहवेहको यो वचन मकहाँ आयो:
12 A palavra do SENHOR veio a mim, dizendo:
13 “हे मानिसको छोरा, यदि कुनै देशले अविश्वासी भएर मेरो विरुद्धमा पाप गर्छ भने त्यसको विरुद्धमा म आफ्नो हात पसारेर त्यसको खानेकुराको भण्डार बन्द गरिदिनेछु। म त्यसमाथि अनिकाल पठाएर मानिसहरू र पशुहरूलाई मार्नेछु।
13 Filho do homem, quando uma terra pecar contra mim, transgredindo gravemente, então eu estenderei a minha mão sobre ela, e lhe quebrarei o báculo do seu pão, e enviarei a fome sobre ela, e cortarei fora dela homens e animais;
14 यी तीन जना मानिसहरू—नोआ, दानिएल र इयोब त्यहाँ भए तापनि तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउन सक्नेथिए, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
14 embora estes três homens: Noé, Daniel e Jó, estivessem nela, eles livrariam somente as suas próprias almas pela sua justiça, diz o Senhor DEUS.
15 “अथवा यदि मैले त्यस देशमा जङ्गली पशुहरू हिँड्न लगाएँ भने, र तिनीहरूलाई सन्तानविहीन पारिदिएँ; अनि त्यो देश उजाड बनाइदिएँ भने ती जङ्गली पशुहरूको कारण त्यो ठाउँबाट कोही पनि नहिँडून्;
15 Se eu fizer passar os animais nocivos pela terra, e eles a estragarem, de modo que seja desolada, para que nenhum homem possa passar através por causa dos animais;
16 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ, यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले आफ्नै छोराछोरीहरूसमेत बचाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए, तर देशचाहिँ उजाड नै हुनेथियो।
16 embora estes três homens estivessem nela, como eu vivo, diz o Senhor DEUS, eles não livrarão nem seus filhos nem suas filhas; apenas eles seriam libertos, mas a terra será desolada.
17 “अथवा यदि मैले त्यस देशको विरुद्धमा तरवार ल्याएँ भने, र ‘यो तरवार देशभरि नै चलोस्,’ भनेर त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
17 Ou, se eu trouxer uma espada sobre aquela terra, e disser: Espada, passa pela terra; para que eu corte fora dela homens e animais.
18 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि यी तीन जना मानिसहरू नै त्यहाँ भए तापनि तिनीहरूले पनि आफ्नै छोराछोरीहरू छुटाउन सक्नेथिएनन्। तिनीहरू आफैँ मात्र छुटाइनेथिए।
18 Embora estes três homens estivessem nela, como eu vivo, diz o Senhor DEUS, eles não libertariam nem seus filhos nem filhas, mas somente eles se libertariam.
19 “अथवा यदि मैले त्यस देशमा रूढी पठाएँ, र रक्तपातद्वारा आफ्नो क्रोध त्यसमाथि खन्याएँ, र देशका मानिसहरू र तिनीहरूका पशुहरू मारिदिएँ भने,
19 Ou, se eu enviar a peste àquela terra, e derramar a minha fúria sobre ela em sangue, para cortar fora dela homens e animais.
20 प्रभु याहवेह घोषणा गर्नुहुन्छ, म जीवित भएझैँ; यदि त्यस देशमा नोआ, दानिएल र इयोब नै भए तापनि तिनीहरूले न त छोरा, न त छोरीलाई बचाउन सक्नेथिए। तिनीहरूले आफ्ना धार्मिकताद्वारा आफूलाई मात्र बचाउनेथिए।
20 Ainda que Noé, Daniel e Jó estivessem nela, como eu vivo, diz o Senhor DEUS, eles não libertarão nem filhos nem filha; mas libertarão suas próprias almas pela sua justiça.
21 “किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: मैले यरूशलेमको विरुद्धमा मेरा चार वटा डरलाग्दा दण्डहरू—तरवार, अनिकाल, जङ्गली पशुहरू र रूढी; अनि त्यस देशका मानिसहरू र तिनीहरूका पशुहरू मार्नलाई पठाउँदा झन् कति खराब होला!
21 Porque assim diz o Senhor DEUS: Quanto mais, quando eu enviar os meus quatro juízos dolorosos sobre Jerusalém; a espada, a fome, o animal nocivo, e a peste, para cortar fora dela homens e animais?
22 तापनि त्यहाँ केही छोडिनेछन्—छोराहरू र छोरीहरू, जो त्यस देशबाट निकालिनेछन्। तिनीहरू तिमीहरूकहाँ आउनेछन्; अनि जब तिमीहरूले तिनीहरूका चाल र कामहरू देख्नेछौ, तब मैले यरूशलेममाथि ल्याएका सर्वनाशहरूको बारेमा तिमीहरूले सान्त्वना पाउनेछौ—मैले त्यस सहरमाथि ल्याएको हरेक विपत्तिको निम्ति सान्त्वना पाउनेछौ।
22 Mas eis que lá deverá ser deixado um remanescente que será trazido para fora, ambos filhos e filhas; eis que eles virão diante de vós, e vereis o seu caminho e os seus feitos; e sereis consolados em relação ao mal que eu trouxe sobre Jerusalém, em relação a tudo o que trouxe sobre ela.
23 तिनीहरूका चाल र तिनीहरूका कामहरू देखेर तिमीहरूले सान्त्वना पाउनेछौ; किनकि तिमीहरूले जान्नेछौ, कि मैले त्यस देशमा विनाकारण केही गरेको थिइनँ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
23 E eles vos consolarão, quando virdes os seus caminhos e os seus feitos; e sabereis que eu não tenho feito sem motivo tudo o que eu tenho feito nela, diz o Senhor DEUS.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Ezequiel 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.