Êxodo 3

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए।
1 E apascentava Moisés o rebanho de Jetro, seu sogro, sacerdote em Midiã; e levou o rebanho atrás do deserto, e chegou ao monte de Deus, a Horebe.
2 त्यहाँ याहवेहका दूत पोथ्राको माझमा जलिरहेको ज्वालाको रूपमा तिनीकहाँ देखा पर्नुभयो। मोशाले देखे, कि त्यो पोथ्रा जलिरहेको थियो; तापनि भस्म भएको थिएन।
2 E apareceu-lhe o anjo do Senhor em uma chama de fogo do meio duma sarça; e olhou, e eis que a sarça ardia no fogo, e a sarça não se consumia.
3 अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।”
3 E Moisés disse: Agora me virarei para lá, e verei esta grande visão, porque a sarça não se queima.
4 जब याहवेहले तिनले हेर्न गएको देख्नुभयो, तब परमेश्‍वरले त्यस पोथ्राभित्रबाट तिनलाई बोलाएर भन्‍नुभयो, “मोशा! ए मोशा!”
4 E vendo o Senhor que se virava para ver, bradou Deus a ele do meio da sarça, e disse: Moisés, Moisés. Respondeu ele: Eis-me aqui.
5 परमेश्‍वरले भन्‍नुभयो, “यता नजिक नआइज! तेरो जुत्ता फुकाल; किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो।”
5 E disse: Não te chegues para cá; tira os sapatos de teus pés; porque o lugar em que tu estás é terra santa.
6 तब उहाँले भन्‍नुभयो, “म तेरा पितापुर्खाका परमेश्‍वर हुँ; अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर।” यो सुनेर मोशाले आफ्नो अनुहार छोपे; किनकि तिनी परमेश्‍वरलाई हेर्न डराए।
6 Disse mais: Eu sou o Deus de teu pai, o Deus de Abraão, o Deus de Isaque, e o Deus de Jacó. E Moisés encobriu o seu rosto, porque temeu olhar para Deus.
7 याहवेहले भन्‍नुभयो, “मैले इजिप्टमा भएका मेरा प्रजाका कष्‍ट साँच्‍चै देखेको छु। परिश्रममा जोतिएकाहरूलाई यातना दिने ठेकेदारहरूका कारण मैले तिनीहरूको चीत्कार सुनेको छु; र तिनीहरूका दुःखप्रति मेरो वास्ता छ।
7 E disse o Senhor: Tenho visto atentamente a aflição do meu povo, que está no Egito, e tenho ouvido o seu clamor por causa dos seus exatores, porque conheci as suas dores.
8 यसकारण म तिनीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन, र त्यस देशबाट निकालेर एउटा असल र ठूलो देश, दूध र मह बग्ने, जो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो, त्यहाँ ल्याउनलाई म ओर्लिएको छु।
8 Portanto desci para livrá-lo da mão dos egípcios, e para fazê-lo subir daquela terra, a uma terra boa e larga, a uma terra que mana leite e mel; ao lugar do cananeu, e do heteu, e do amorreu, e do perizeu, e do heveu, e do jebuseu.
9 अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु।
9 E agora, eis que o clamor dos filhos de Israel é vindo a mim, e também tenho visto a opressão com que os egípcios os oprimem.
10 यसकारण अब जा। म मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई इजिप्टबाट बाहिर ल्याउन तँलाई फारोकहाँ पठाउँदैछु।”
10 Vem agora, pois, e eu te enviarei a Faraó para que tires o meu povo (os filhos de Israel) do Egito.
11 तर मोशाले परमेश्‍वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने म को हुँ र?”
11 Então Moisés disse a Deus: Quem sou eu, que vá a Faraó e tire do Egito os filhos de Israel?
12 तब परमेश्‍वरले भन्‍नुभयो, “म तेरो साथमा हुनेछु। तँलाई पठाउने म नै हुँ भनी देखाउने अद्‌भुत चिन्ह यो हुनेछ: जब तैँले ती मानिसहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनेछस्, तब तिमीहरूले यस पर्वतमा परमेश्‍वरको आराधना गर्नेछौ।”
12 E disse: Certamente eu serei contigo; e isto te será por sinal de que eu te enviei: Quando houveres tirado este povo do Egito, servireis a Deus neste monte.
13 मोशाले परमेश्‍वरलाई भने, “यदि मैले गएर इस्राएलीहरूलाई ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’ भनुँला, र तिनीहरूले मलाई ‘उहाँको नाम के हो?’ भनी सोध्लान्, तब म तिनीहरूलाई त्यस बेला के भनूँ?”
13 Então disse Moisés a Deus: Eis que quando eu for aos filhos de Israel, e lhes disser: O Deus de vossos pais me enviou a vós; e eles me disserem: Qual é o seu nome? Que lhes direi?
14 परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म हुँ, जो म हुँ। तैँले इस्राएलीहरूलाई भन्‍नू: ‘म हुँ भन्‍नेले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ ”
14 E disse Deus a Moisés: EU SOU O QUE SOU. Disse mais: Assim dirás aos filhos de Israel: EU SOU me enviou a vós.
15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पितापुर्खाहरूका याहवेह परमेश्‍वर—अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वरले—मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’
15 E Deus disse mais a Moisés: Assim dirás aos filhos de Israel: O Senhor Deus de vossos pais, o Deus de Abraão, o Deus de Isaque, e o Deus de Jacó, me enviou a vós; este é meu nome eternamente, e este é meu memorial de geração em geração.
16 “जा, इस्राएलका प्रधानहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्, ‘याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर—अब्राहाम, इसहाक र याकोबका परमेश्‍वर—मकहाँ देखा परेर भन्‍नुभयो: मैले तिमीहरूमाथि दृष्‍टि लगाएको छु र तिनीहरूले तिमीहरूलाई इजिप्टमा के-के गरे, सो देखेको छु।
16 Vai, e ajunta os anciãos de Israel e dize-lhes: O Senhor Deus de vossos pais, o Deus de Abraão, de Isaque e de Jacó, me apareceu, dizendo: Certamente vos tenho visitado e visto o que vos é feito no Egito.
17 मैले तिमीहरूलाई इजिप्टको दुःखबाट बाहिर निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनलाई प्रतिज्ञा गरेको छु—जुन दूध र मह बग्ने देश हो।’
17 Portanto eu disse: Far-vos-ei subir da aflição do Egito à terra do cananeu, do heteu, do amorreu, do perizeu, do heveu e do jebuseu, a uma terra que mana leite e mel.
18 “इस्राएलका प्रधानहरूले तेरो कुरा सुन्‍नेछन्। तब तँ र प्रधानहरू इजिप्टका राजाकहाँ गएर यसो भन्‍नू: ‘याहवेह, हिब्रूहरूका परमेश्‍वरले हामीसित भेट गर्नुभयो। हामीलाई तीन दिनको बाटो उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरकहाँ बलिदान चढाउन जान दिनुहोस्।’
18 E ouvirão a tua voz; e irás, tu com os anciãos de Israel, ao rei do Egito, e dir-lhe-eis: O Senhor Deus dos hebreus nos encontrou. Agora, pois, deixa-nos ir caminho de três dias para o deserto, para que sacrifiquemos ao Senhor nosso Deus.
19 तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन।
19 Eu sei, porém, que o rei do Egito não vos deixará ir, nem ainda por uma mão forte.
20 यसकारण म आफ्नो हात पसारेर इजिप्टियनहरूका बीचमा सबै अद्‌भुत कार्यहरू गरेर तिनीहरूलाई प्रहार गर्नेछु। त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ।
20 Porque eu estenderei a minha mão, e ferirei ao Egito com todas as minhas maravilhas que farei no meio dele; depois vos deixará ir.
21 “म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ।
21 E eu darei graça a este povo aos olhos dos egípcios; e acontecerá que, quando sairdes, não saireis vazios,
22 हरेक स्त्रीले आफ्ना छिमेकीसित र उसको घरमा बसेकी कुनै पनि स्त्रीसित सुन र चाँदीका चीजहरू, र लुगाफाटाहरू मागेर ती तिमीहरूका छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले इजिप्टियनहरूलाई लुट्नेछौ।”
22 Porque cada mulher pedirá à sua vizinha e à sua hóspeda jóias de prata, e jóias de ouro, e vestes, as quais poreis sobre vossos filhos e sobre vossas filhas; e despojareis os egípcios.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.