Êxodo 32
npioncb (NPIONCB) vs NAA
1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।”
1 O povo viu que Moisés demorava para descer do monte. Então reuniu-se em volta de Arão e lhe disse: — Levante-se, faça para nós deuses que vão adiante de nós; pois, quanto a este Moisés, o homem que nos tirou do Egito, não sabemos o que lhe aconteceu.
2 हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”
2 Arão respondeu: — Tirem as argolas de ouro das orelhas de suas mulheres, de seus filhos e de suas filhas e tragam para mim.
3 यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
3 Então todo o povo tirou das orelhas as argolas e as trouxe a Arão.
4 तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।”
4 Este, recebendo-as das mãos deles, trabalhou o ouro com buril e fez dele um bezerro de metal fundido. Então disseram: — São estes, ó Israel, os seus deuses, que tiraram você da terra do Egito.
5 जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।”
5 Arão, vendo isso, edificou um altar diante do bezerro e fez a seguinte proclamação: — Amanhã haverá festa ao
6 यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
6 No dia seguinte, madrugaram, ofereceram holocaustos e trouxeram ofertas pacíficas. E o povo sentou-se para comer e beber e levantou-se para se divertir.
7 तब याहवेहले मोशालाई भन्नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्ट भएका छन्।
7 Então o Senhor disse a Moisés: — Vá, desça; porque o seu povo, o povo que você tirou do Egito, se corrompeu
8 मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
8 e depressa se desviou do caminho que eu lhe havia ordenado; fez para si um bezerro de metal fundido, o adorou e lhe ofereceu sacrifícios, dizendo: “São estes, ó Israel, os seus deuses, que tiraram você da terra do Egito.”
9 “याहवेहले मोशालाई भन्नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु; यिनीहरू हठी मानिसहरू हुन्।’
9 O Senhor disse ainda a Moisés: — Tenho visto este povo, e eis que é povo teimoso.
10 अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।”
10 Agora, pois, deixe-me, para que se acenda contra eles o meu furor, e eu os consuma; e de você farei uma grande nação.
11 तर मोशाले याहवेह आफ्ना परमेश्वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ?
11 Porém Moisés suplicou ao Senhor , seu Deus, dizendo: — Ó
12 ‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्।
12 Por que deixar que os egípcios digam: “Ele os tirou de lá com más intenções, para matá-los nos montes e para eliminá-los da face da terra”? Deixa de lado o furor da tua ira e muda de ideia quanto a este mal contra o teu povo.
13 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’ ”
13 Lembra-te de Abraão, de Isaque e de Israel, teus servos, aos quais por ti mesmo juraste, dizendo: “Multiplicarei a descendência de vocês como as estrelas do céu, e toda esta terra de que tenho falado, eu a darei à sua descendência, para que a possuam por herança eternamente.”
14 तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन।
14 Então o Senhor mudou de ideia quanto ao mal que ele tinha dito que traria sobre o povo.
15 मोशा फर्के, र करारका ती दुई ढुङ्गाका पाटीहरू लिएर पर्वतदेखि तल ओर्ले। ती अगाडि र पछाडि, दुवैतिर खोपिएका थिए।
15 Moisés voltou-se e desceu do monte com as duas tábuas do testemunho nas mãos, tábuas escritas de ambos os lados; de um e de outro lado estavam escritas.
16 ती पाटीहरू परमेश्वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्वरको लेखोट थियो।
16 As tábuas eram obra de Deus; também o que estava escrito tinha sido escrito pelo próprio Deus, esculpido nas tábuas.
17 यहोशूले मानिसहरू चिच्याएको हल्ला सुनेर मोशालाई भने, “तल छाउनीमा लडाइँको आवाज सुनिँदैछ।”
17 Quando Josué ouviu a voz do povo que gritava, disse a Moisés: — Há um alarido de guerra no arraial.
18 मोशाले जवाफ दिए:
18 Moisés respondeu: — O que ouço não é alarido de vencedores nem de vencidos, mas o alarido de pessoas cantando.
19 जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए।
19 Logo que se aproximou do arraial e viu o bezerro e as danças, Moisés ficou muito irado. Arremessou as tábuas de pedra das suas mãos e quebrou-as ao pé do monte.
20 तिनले उनीहरूले बनाएको बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, अनि त्यसलाई धुलोपिठो पारिदिए, र त्यसलाई पानीमा छरिदिए; अनि इस्राएलीहरूलाई त्यो पिउन लाए।
20 E, pegando o bezerro que tinham feito, queimou-o e o reduziu a pó, que espalhou sobre a água, e deu de beber aos filhos de Israel.
21 अनि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले तिनीहरूलाई यति ठूलो पाप गर्न लाउनुभयो?”
21 Depois, Moisés perguntou a Arão: — O que foi que esse povo fez a você, para que você trouxesse sobre ele tão grande pecado?
22 हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्नुहुन्छ।
22 Arão respondeu: — Não fique irado, meu senhor. Você sabe que este povo é propenso para o mal.
23 तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’
23 Pois me disseram: “Faça para nós deuses que vão adiante de nós; pois, quanto a este Moisés, o homem que nos tirou da terra do Egito, não sabemos o que lhe aconteceu.”
24 यसकारण मैले तिनीहरूलाई यसो भनेँ, ‘जस-जससित केही सुनका गहना छन्, त्यो फुकालून्।’ तब तिनीहरूले त्यो सुन मलाई दिए; मैले त्यसलाई आगोमा फालिदिएँ, र यसबाट यो बाछा निस्केर आयो।”
24 Então eu lhes disse: “Quem tem ouro, tire-o.” Eles o deram para mim, eu o lancei no fogo, e saiu este bezerro.
25 मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे।
25 Quando Moisés viu que o povo estava sem controle, pois Arão o tinha deixado à solta para vergonha no meio dos seus inimigos,
26 यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए।
26 pôs-se em pé à entrada do arraial e disse: — Quem é do Então se juntaram a ele todos os filhos de Levi,
27 तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’ ”
27 aos quais ele disse: — Assim diz o
28 लेवीहरूले मोशाले हुकुम दिएझैँ गरे; अनि त्यस दिन प्राय: तीन हजार मानिसहरू मरे।
28 E os filhos de Levi fizeram segundo a palavra de Moisés e, naquele dia, morreram uns três mil homens.
29 तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।”
29 Pois Moisés tinha dito: “Consagrem-se hoje ao Senhor , cada um contra o seu filho e contra o seu irmão, para que hoje Deus lhes conceda uma bênção.”
30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्चित गर्न सक्छु कि।”
30 No dia seguinte, Moisés disse ao povo: — Vocês cometeram um grande pecado. Agora, porém, subirei ao
31 यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्।
31 Moisés voltou ao Senhor e disse: — Ah! O povo cometeu grande pecado, fazendo para si deuses de ouro.
32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।”
32 Agora, pois, perdoa-lhe o pecado; ou, se não, peço-te que me risques do livro que escreveste.
33 याहवेहले मोशालाई जवाफ दिनुभयो, “जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु।
33 Então o Senhor disse a Moisés: — Riscarei do meu livro todo aquele que pecar contra mim.
34 अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।”
34 Vá, pois, agora, e conduza o povo para o lugar do qual falei a você. Eis que o meu Anjo irá adiante de você. Porém, no dia da minha visitação, eu os castigarei pelo pecado que cometeram.
35 अनि तिनीहरूले हारूनले बनाएका बाछालाई जे गरेका थिए, त्यसैको कारण याहवेहले मानिसहरूलाई रूढीले मार्नुभयो।
35 Assim, o Senhor feriu o povo, porque fizeram o bezerro — aquele que Arão tinha feito.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Êxodo 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.