Êxodo 32

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 जब मानिसहरूले मोशा पर्वतबाट आउन ढिलो गरेका देखे, तब तिनीहरू हारूनका वरिपरि भेला भएर भने, “उठ्नुहोस्, हाम्रा अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशालाई के भयो, हामी जान्दैनौँ।”
1 Mas, vendo o povo que Moisés tardava em descer do monte, ajuntou-se o povo a Arão e disseram-lhe: Levanta-te, faze-nos deuses que vão adiante de nós; porque quanto a este Moisés, a este homem que nos tirou da terra do Egito, não sabemos o que lhe sucedeu.
2 हारूनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूका पत्नीहरू र तिमीहरूका छोराछोरीहरूले लगाइराखेका कानका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”
2 E Arão lhes disse: Arrancai os pendentes de ouro que estão nas orelhas de vossas mulheres, e de vossos filhos, e de vossas filhas e trazei-mos.
3 यसकारण सबै मानिसहरूले आफ्ना कुण्डलहरू फुकालेर हारूनकहाँ ल्याए।
3 Então, todo o povo arrancou os pendentes de ouro que estavam nas suas orelhas, e os trouxeram a Arão,
4 तिनीहरूले दिएका ती चीजहरू हारूनले लिए, र त्यसलाई ढालेर हतियारले खोपेर त्यसबाट एउटा बाछाको मूर्ति बनाए। तब तिनीहरूले भने, “हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने देवता यिनै हुन्।”
4 e ele os tomou das suas mãos, e formou o ouro com um buril, e fez dele um bezerro de fundição. Então, disseram: Estes são teus deuses, ó Israel, que te tiraram da terra do Egito.
5 जब हारूनले यो देखे, तिनले त्यस बाछाको सामु एउटा वेदी बनाएर घोषणा गरे, “भोलि याहवेहका निम्ति एउटा चाड हुनेछ।”
5 E Arão, vendo isto, edificou um altar diante dele; e Arão apregoou e disse: Amanhã será festa ao Senhor .
6 यसकारण भोलिपल्ट मानिसहरूले बिहानै उठेर होमबलि चढाए र मेलबलि पनि ल्याए। त्यसपछि तिनीहरू खानपिन गर्न बसे, र मोज गर्न उठे।
6 E, no dia seguinte, madrugaram, e ofereceram holocaustos, e trouxeram ofertas pacíficas; e o povo assentou-se a comer e a beber; depois, levantaram-se a folgar.
7 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तल ओर्ली; किनकि तैँले इजिप्टबाट निकालेर ल्याएका तेरा मानिसहरू भ्रष्‍ट भएका छन्।
7 Então, disse o Senhor a Moisés: Vai, desce; porque o teu povo, que fizeste subir do Egito, se tem corrompido,
8 मैले तिनीहरूलाई दिएका आज्ञाहरूबाट तिनीहरू चाँडै अर्कोतिर लागेका छन्; र तिनीहरूले आफ्ना लागि ढालिएको एउटा बाछाको रूपमा मूर्ति बनाएका छन्। तिनीहरूले त्यसलाई ढोगेर बलिहरू चढाएर भनेका छन्, ‘हे इस्राएल, तँलाई इजिप्टबाट निकालेर ल्याउने तेरा देवता यिनै हुन्।’
8 e depressa se tem desviado do caminho que eu lhes tinha ordenado; fizeram para si um bezerro de fundição, e perante ele se inclinaram, e sacrificaram-lhe, e disseram: Estes são os teus deuses, ó Israel, que te tiraram da terra do Egito.
9 “याहवेहले मोशालाई भन्‍नुभयो, ‘मैले यी मानिसहरूलाई देखेको छु; यिनीहरू हठी मानिसहरू हुन्।’
9 Disse mais o Senhor a Moisés: Tenho visto a este povo, e eis que é povo obstinado.
10 अब मलाई नरोक्, र मेरो क्रोध यिनीहरूका विरुद्धमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पार्नेछु। तब म तँबाट नै एउटा महान् जाति बनाउनेछु।”
10 Agora, pois, deixa-me, que o meu furor se acenda contra eles, e os consuma; e eu farei de ti uma grande nação.
11 तर मोशाले याहवेह आफ्ना परमेश्‍वरबाट कृपा मागेर भने, “हे याहवेह, तपाईंले महान् शक्ति र सामर्थी हातले इजिप्टबाट ल्याउनुभएको आफ्नो जातिको विरुद्धमा तपाईंको क्रोध किन यति साह्रो दन्केको छ?
11 Porém Moisés suplicou ao Senhor , seu Deus, e disse: Ó Senhor , por que se acende o teu furor contra o teu povo, que tu tiraste da terra do Egito com grande força e com forte mão?
12 ‘उहाँले तिनीहरूलाई पहाडी ठाउँहरूमा मारेर यस पृथ्वीबाट तिनीहरूको नामनिशानै मेटिदिने नराम्रो विचार लिएर तिनीहरूलाई निकालेर ल्याउनुभयो,’ भनेर इजिप्टियनहरूले किन भन्‍न पाऊन्? तपाईंको भयानक क्रोध त्याग्नुहोस्; शान्त हुनुहोस्, र आफ्ना जातिमाथि विपत्ति नल्याउनुहोस्।
12 Por que hão de falar os egípcios, dizendo: Para mal os tirou, para matá-los nos montes e para destruí-los da face da terra? Torna-te da ira do teu furor e arrepende-te deste mal contra o teu povo.
13 तपाईंका सेवकहरू अब्राहाम, इसहाक र याकोबलाई सम्झनुहोस्, जसलाई तपाईंले यसो भनी आफ्नै नाममा शपथ खानुभएको थियो: ‘म तेरा सन्ततिलाई आकाशका ताराहरूझैँ धेरै बनाउनेछु, र मैले तिनीहरूसित प्रतिज्ञा गरेको देश दिनेछु; अनि त्यो अनन्तसम्मका लागि तिनीहरूको उत्तराधिकार हुनेछ।’ ”
13 Lembra-te de Abraão, de Isaque e de Israel, teus servos, aos quais por ti mesmo tens jurado e lhes disseste: Multiplicarei a vossa semente como as estrelas dos céus e darei à vossa semente toda esta terra, de que tenho dito, para que a possuam por herança eternamente.
14 तब याहवेह शान्त हुनुभयो, र आफूले चेतावनी दिनुभएको विपत्ति आफ्ना मानिसहरूमाथि ल्याउनुभएन।
14 Então, o Senhor arrependeu-se do mal que dissera que havia de fazer ao seu povo.
15 मोशा फर्के, र करारका ती दुई ढुङ्गाका पाटीहरू लिएर पर्वतदेखि तल ओर्ले। ती अगाडि र पछाडि, दुवैतिर खोपिएका थिए।
15 E voltou Moisés, e desceu do monte com as duas tábuas do Testemunho na sua mão, tábuas escritas de ambas as bandas; de uma e de outra banda escritas estavam.
16 ती पाटीहरू परमेश्‍वरका काम थिए; त्यो लेखोट पाटीहरूमा खोपिएको परमेश्‍वरको लेखोट थियो।
16 E aquelas tábuas eram obra de Deus; também a escritura era a mesma escritura de Deus, esculpida nas tábuas.
17 यहोशूले मानिसहरू चिच्याएको हल्‍ला सुनेर मोशालाई भने, “तल छाउनीमा लडाइँको आवाज सुनिँदैछ।”
17 E, ouvindo Josué a voz do povo que jubilava, disse a Moisés: Alarido de guerra há no arraial.
18 मोशाले जवाफ दिए:
18 Porém ele disse: Não é alarido dos vitoriosos, nem alarido dos vencidos, mas o alarido dos que cantam eu ouço.
19 जब मोशा छाउनीमा पुगेर बाछाको मूर्ति र नाच देखे, तब तिनी रिसले आगो भए; अनि तिनले ती पाटीहरूलाई आफ्ना हातबाट फ्याँकिदिएर पर्वतको फेदीमा टुक्रा-टुक्रा पारेर फुटाइदिए।
19 E aconteceu que, chegando ele ao arraial e vendo o bezerro e as danças, acendeu-se o furor de Moisés, e arremessou as tábuas das suas mãos, e quebrou-as ao pé do monte,
20 तिनले उनीहरूले बनाएको बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, अनि त्यसलाई धुलोपिठो पारिदिए, र त्यसलाई पानीमा छरिदिए; अनि इस्राएलीहरूलाई त्यो पिउन लाए।
20 e tomou o bezerro que tinham feito, e queimou-o no fogo, moendo-o até que se tornou em pó; e o espargiu sobre as águas e deu-o a beber aos filhos de Israel.
21 अनि मोशाले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे, र तपाईंले तिनीहरूलाई यति ठूलो पाप गर्न लाउनुभयो?”
21 E Moisés disse a Arão: Que te tem feito este povo, que sobre ele trouxeste tamanho pecado?
22 हारूनले जवाफ दिए, “मेरा प्रभु, नरिसाउनुहोस्। यी मानिसहरू दुष्‍टतातिर कतिसम्म झुकेका छन्, त्यो तपाईं जान्‍नुहुन्छ।
22 Então, disse Arão: Não se acenda a ira do meu senhor; tu sabes que este povo é inclinado ao mal;
23 तिनीहरूले मलाई भने, ‘हाम्रो अगि-अगि जानलाई हाम्रा निम्ति देवी-देवताहरू बनाउनुहोस्। हामीलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने यी मोशाको विषयमा तिनलाई के भयो हामी जान्दैनौँ।’
23 e eles me disseram: Faze-nos deuses que vão adiante de nós; porque não sabemos que sucedeu a este Moisés, a este homem que nos tirou da terra do Egito.
24 यसकारण मैले तिनीहरूलाई यसो भनेँ, ‘जस-जससित केही सुनका गहना छन्, त्यो फुकालून्।’ तब तिनीहरूले त्यो सुन मलाई दिए; मैले त्यसलाई आगोमा फालिदिएँ, र यसबाट यो बाछा निस्केर आयो।”
24 Então, eu lhes disse: Quem tem ouro, arranque-o; e deram-mo, e lancei-o no fogo, e saiu este bezerro.
25 मोशाले मानिसहरू असभ्य भइरहेका, र हारूनले तिनीहरूलाई अधीनबाहिर जान दिएर तिनीहरूका शत्रुको निम्ति हाँसोको पात्र बनेका देखे।
25 E, vendo Moisés que o povo estava despido, porque Arão o havia despido para vergonha entre os seus inimigos,
26 यसकारण मोशा छाउनीको प्रवेशद्वारमा उभिएर भने, “जो-जो याहवेहको पक्षमा छ, मकहाँ आओस्।” अनि सबै लेवीहरू तिनीकहाँ भेला भए।
26 pôs-se em pé Moisés na porta do arraial e disse: Quem é do Senhor , venha a mim. Então, se ajuntaram a ele todos os filhos de Levi.
27 तब तिनले उनीहरूलाई भने, “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘प्रत्येक मानिसले तरवार भिर्नू। छाउनीको अगि र पछि एक छेउदेखि अर्को छेउसम्म प्रत्येकले आफ्नो दाजुभाइ, मित्र र छिमेकीलाई मार्दै जानू।’ ”
27 E disse-lhes: Assim diz o Senhor , o Deus de Israel: Cada um ponha a sua espada sobre a sua coxa; e passai e tornai pelo arraial de porta em porta, e mate cada um a seu irmão, e cada um a seu amigo, e cada um a seu próximo.
28 लेवीहरूले मोशाले हुकुम दिएझैँ गरे; अनि त्यस दिन प्राय: तीन हजार मानिसहरू मरे।
28 E os filhos de Levi fizeram conforme a palavra de Moisés; e caíram do povo, aquele dia, uns três mil homens.
29 तब मोशाले भने, “आज तिमीहरू याहवेहका निम्ति अलग गरिएका छौ; किनकि तिमीहरू आफ्नै छोराहरू र दाजुभाइहरूका विरुद्धमा भयौ; अनि उहाँले आजको दिन तिमीहरूलाई आशिष् दिनुभएको छ।”
29 Porquanto Moisés tinha dito: Consagrai hoje as vossas mãos ao Senhor ; porquanto cada um será contra o seu filho e contra o seu irmão; e isto para ele vos dar hoje bênção.
30 भोलिपल्ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले ठूलो पाप गरेका छौ। तर अब म याहवेहकहाँ माथि जानेछु; सायद म तिमीहरूका पापको प्रायश्‍चित गर्न सक्छु कि।”
30 E aconteceu que, no dia seguinte, Moisés disse ao povo: Vós pecastes grande pecado; agora, porém, subirei ao Senhor ; porventura, farei propiciação por vosso pecado.
31 यसकारण मोशा फर्केर याहवेहकहाँ गएर भने, “हाय, यी मानिसहरूले कति ठूलो पाप गरेका छन्! तिनीहरूले आफ्ना निम्ति सुनका देवता बनाएका छन्।
31 Assim, tornou Moisés ao Senhor e disse: Ora, este povo pecou pecado grande, fazendo para si deuses de ouro.
32 तर अब तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। यदि गरिदिनुभएन भने त तपाईंले लेख्नुभएको पुस्तकबाट मेरो नामनिशानै मेटिदिनुहोस्।”
32 Agora, pois, perdoa o seu pecado; se não, risca-me, peço-te, do teu livro, que tens escrito.
33 याहवेहले मोशालाई जवाफ दिनुभयो, “जसले मेरो विरुद्ध पाप गरेको छ, त्यसलाई म मेरो पुस्तकबाट मेटाउनेछु।
33 Então, disse o Senhor a Moisés: Aquele que pecar contra mim, a este riscarei eu do meu livro.
34 अब जा, मानिसहरूलाई मैले भनेको ठाउँमा डोर्‍याएर लैजा, र मेरा दूत तेरो अगि-अगि जानेछन्। तरै पनि जब मैले दण्ड दिने समय आउँछ, म तिनीहरूका पापको निम्ति तिनीहरूलाई दण्ड दिनेछु।”
34 Vai, pois, agora, conduze este povo para onde te tenho dito; eis que o meu Anjo irá adiante de ti; porém, no dia da minha visitação, visitarei, neles, o seu pecado.
35 अनि तिनीहरूले हारूनले बनाएका बाछालाई जे गरेका थिए, त्यसैको कारण याहवेहले मानिसहरूलाई रूढीले मार्नुभयो।
35 Assim, feriu o Senhor o povo, porquanto fizeram o bezerro que Arão tinha feito.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.