Êxodo 2
npioncb (NPIONCB) vs ARA
1 लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे।
1 Foi-se um homem da casa de Levi e casou com uma descendente de Levi.
2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।
2 E a mulher concebeu e deu à luz um filho; e, vendo que era formoso, escondeu-o por três meses.
3 तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।
3 Não podendo, porém, escondê-lo por mais tempo, tomou um cesto de junco, calafetou-o com betume e piche e, pondo nele o menino, largou-o no carriçal à beira do rio.
4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्।
4 A irmã do menino ficou de longe, para observar o que lhe haveria de suceder.
5 तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।
5 Desceu a filha de Faraó para se banhar no rio, e as suas donzelas passeavam pela beira do rio; vendo ela o cesto no carriçal, enviou a sua criada e o tomou.
6 जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”
6 Abrindo-o, viu a criança; e eis que o menino chorava. Teve compaixão dele e disse: Este é menino dos hebreus.
7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”
7 Então, disse sua irmã à filha de Faraó: Queres que eu vá chamar uma das hebreias que sirva de ama e te crie a criança?
8 तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई।
8 Respondeu-lhe a filha de Faraó: Vai. Saiu, pois, a moça e chamou a mãe do menino.
9 फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्।
9 Então, lhe disse a filha de Faraó: Leva este menino e cria-mo; pagar-te-ei o teu salário. A mulher tomou o menino e o criou.
10 बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।
10 Sendo o menino já grande, ela o trouxe à filha de Faraó, da qual passou ele a ser filho. Esta lhe chamou Moisés e disse: Porque das águas o tirei.
11 मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे।
11 Naqueles dias, sendo Moisés já homem, saiu a seus irmãos e viu os seus labores penosos; e viu que certo egípcio espancava um hebreu, um do seu povo.
12 तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए।
12 Olhou de um e de outro lado, e, vendo que não havia ali ninguém, matou o egípcio, e o escondeu na areia.
13 अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?”
13 Saiu no dia seguinte, e eis que dois hebreus estavam brigando; e disse ao culpado: Por que espancas o teu próximo?
14 तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”
14 O qual respondeu: Quem te pôs por príncipe e juiz sobre nós? Pensas matar-me, como mataste o egípcio? Temeu, pois, Moisés e disse: Com certeza o descobriram.
15 जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे।
15 Informado desse caso, procurou Faraó matar a Moisés; porém Moisés fugiu da presença de Faraó e se deteve na terra de Midiã; e assentou-se junto a um poço.
16 मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे।
16 O sacerdote de Midiã tinha sete filhas, as quais vieram a tirar água e encheram os bebedouros para dar de beber ao rebanho de seu pai.
17 तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए।
17 Então, vieram os pastores e as enxotaram dali; Moisés, porém, se levantou, e as defendeu, e deu de beber ao rebanho.
18 जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?”
18 Tendo elas voltado a Reuel, seu pai, este lhes perguntou: Por que viestes, hoje, mais cedo?
19 तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।”
19 Responderam elas: Um egípcio nos livrou das mãos dos pastores, e ainda nos tirou água, e deu de beber ao rebanho.
20 उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।”
20 E onde está ele?, disse às filhas; por que deixastes lá o homem? Chamai-o para que coma pão.
21 त्यसपछि मोशा ती मानिससित बस्न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए।
21 Moisés consentiu em morar com aquele homem; e ele deu a Moisés sua filha Zípora,
22 सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम राखे।
22 a qual deu à luz um filho, a quem ele chamou Gérson, porque disse: Sou peregrino em terra estranha.
23 समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्वरकहाँ पुग्यो।
23 Decorridos muitos dias, morreu o rei do Egito; os filhos de Israel gemiam sob a servidão e por causa dela clamaram, e o seu clamor subiu a Deus.
24 तब परमेश्वरले तिनीहरूको सुस्केरा सुन्नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो।
24 Ouvindo Deus o seu gemido, lembrou-se da sua aliança com Abraão, com Isaque e com Jacó.
25 यसकारण परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।
25 E viu Deus os filhos de Israel e atentou para a sua condição.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Êxodo 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.