Êxodo 18

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 मिद्यानका पुजारी, मोशाका ससुरा यित्रोले मोशा र आफ्नो प्रजा इस्राएलका निम्ति परमेश्‍वरले गर्नुभएका सबै कुरा, र याहवेहले इस्राएलीहरूलाई इजिप्टबाट कसरी बाहिर निकालेर ल्याउनुभएको कुरा सुने।
1 Ora, Jetro, sacerdote de Midiã, sogro de Moisés, ouviu todas as coisas que Deus tinha feito a Moisés e a Israel, seu povo; como o Senhor trouxera a Israel do Egito.
2 मोशाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएपछि यित्रोले आफ्नी छोरी सिप्पोरा,
2 Jetro, sogro de Moisés, tomou a Zípora, mulher de Moisés, depois que este lha enviara,
3 र तिनका दुई जना छोरालाई लिए। मोशाले एउटा छोराको नाम गेर्शोम राखेका थिए; किनकि तिनले “म परदेशमा प्रवासी भएको छु” भनेका थिए;
3 com os dois filhos dela, dos quais um se chamava Gérson, pois disse Moisés: Fui peregrino em terra estrangeira;
4 अनि अर्कोचाहिँको नाम एलीएजर राखिएको थियो; किनकि तिनले भने, “मेरा पिताका परमेश्‍वर मेरो सहायक हुनुहुन्छ; उहाँले मलाई फारोको तरवारबाट बचाउनुभयो।”
4 e o outro, Eliézer, pois disse: O Deus de meu pai foi a minha ajuda e me livrou da espada de Faraó.
5 मोशाका ससुरा यित्रो तिनका दुई जना छोरा र तिनकी पत्नीसँग उजाडस्थानमा मोशाकहाँ आए, जहाँ तिनले परमेश्‍वरको पर्वत नजिक पाल टाँगेर बसेका थिए।
5 Veio Jetro, sogro de Moisés, com os filhos e a mulher deste, a Moisés no deserto onde se achava acampado, junto ao monte de Deus,
6 यित्रोले मोशाकहाँ “म, तिम्रो ससुरा यित्रो, तिम्री पत्नी र तिम्रा दुई छोरासित तिमीकहाँ आउँदैछौँ” भनेर खबर पठाएका थिए।
6 e mandou dizer a Moisés: Eu, teu sogro Jetro, venho a ti, com a tua mulher e seus dois filhos.
7 यसकारण मोशा आफ्ना ससुरालाई भेट्न बाहिर निस्के, र तिनलाई भेटेर दण्डवत् गरे; अनि म्वाइँ खाए। तिनीहरू एक-अर्कालाई हालखबर सोधेर पालभित्र गए।
7 Então, saiu Moisés ao encontro do seu sogro, inclinou-se e o beijou; e, indagando pelo bem-estar um do outro, entraram na tenda.
8 इस्राएलीहरूका निम्ति याहवेहले फारो र इजिप्टियनहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि के कस्ता कष्‍टहरू आइपरेका थिए, र याहवेहले तिनीहरूलाई कसरी छुटाउनुभएको थियो, ती सबै मोशाले आफ्ना ससुरोलाई बताए।
8 Contou Moisés a seu sogro tudo o que o Senhor havia feito a Faraó e aos egípcios por amor de Israel, e todo o trabalho que passaram no Egito, e como o Senhor os livrara.
9 याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउन तिनीहरूका निम्ति कस्ता-कस्ता असल कुराहरू गर्नुभएको थियो, ती सुनेर यित्रो खुशी भए।
9 Alegrou-se Jetro de todo o bem que o Senhor fizera a Israel, livrando-o da mão dos egípcios,
10 अनि यित्रोले भने, “याहवेहको प्रशंसा होस्, जसले तिमीहरूलाई इजिप्टियनहरू र फारोका हातबाट छुटाउनुभयो, जसले मानिसहरूलाई इजिप्टियनहरूका हातबाट छुटाउनुभयो।
10 e disse: Bendito seja o Senhor , que vos livrou da mão dos egípcios e da mão de Faraó;
11 अब मलाई थाहा भयो कि याहवेह अरू सबै देवी-देवताहरूभन्दा महान् हुनुहुन्छ; किनकि उहाँले इस्राएलीहरूसित अभिमानी व्यवहार गर्नेलाई यस्तो व्यवहार गर्नुभयो।”
11 agora, sei que o Senhor é maior que todos os deuses, porque livrou este povo de debaixo da mão dos egípcios, quando agiram arrogantemente contra o povo.
12 तब मोशाका ससुरा यित्रोले याहवेहका निम्ति होमबलि र अरू बलिदानहरू ल्याए; अनि हारून र इस्राएलका सबै प्रधानहरू परमेश्‍वरको सामु मोशाका ससुरासित रोटी खान आए।
12 Então, Jetro, sogro de Moisés, tomou holocausto e sacrifícios para Deus; e veio Arão e todos os anciãos de Israel para comerem pão com o sogro de Moisés, diante de Deus.
13 भोलिपल्ट मोशा मानिसहरूको न्याय गर्नलाई बसे; अनि बिहानदेखि बेलुकासम्म मानिसहरू मोशाको वरिपरि उभिरहे।
13 No dia seguinte, assentou-se Moisés para julgar o povo; e o povo estava em pé diante de Moisés desde a manhã até ao pôr do sol.
14 मोशाले मानिसहरूका लागि गरिरहेका सबै काम देखेपछि तिनका ससुराले भने, “तिमीले मानिसहरूका लागि यो के गरिरहेका छौ? यी मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो वरिपरि उभिरहन्छन्, तिमी एकलै मात्र किन न्यायकर्ता भएर बसिरहन्छौ?”
14 Vendo, pois, o sogro de Moisés tudo o que ele fazia ao povo, disse: Que é isto que fazes ao povo? Por que te assentas só, e todo o povo está em pé diante de ti, desde a manhã até ao pôr do sol?
15 मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्‍वरको इच्छा खोज्न मकहाँ आउँछन्।
15 Respondeu Moisés a seu sogro: É porque o povo me vem a mim para consultar a Deus;
16 जब तिनीहरूको बीचमा विवाद हुन्छ, तब त्यसलाई मकहाँ ल्याउँछन्, र मैले दुवै पक्षका बीचमा निर्णय गरेर तिनीहरूलाई परमेश्‍वरको उर्दी र उहाँका व्यवस्थाहरू बताइदिन्छु।”
16 quando tem alguma questão, vem a mim, para que eu julgue entre um e outro e lhes declare os estatutos de Deus e as suas leis.
17 मोशाका ससुराले तिनलाई भने, “तिमीले जे गर्दैछौ, त्यो ठिक छैन।
17 O sogro de Moisés, porém, lhe disse: Não é bom o que fazes.
18 पक्‍कै पनि तिमी र तिमीसित हुने यी मानिसहरू एकदम थाक्नेछौ; यो काम तिम्रो निम्ति अति गाह्रो छ; र तिमी एकलैले यो गर्न सक्दैनौ।
18 Sem dúvida, desfalecerás, tanto tu como este povo que está contigo; pois isto é pesado demais para ti; tu só não o podes fazer.
19 अब मेरो कुरा सुन, र म तिमीलाई केही सल्‍लाह दिनेछु, र परमेश्‍वर तिमीसित रहून्। तिमी परमेश्‍वरको सामु मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका विवादहरू उहाँकहाँ लैजाऊ।
19 Ouve, pois, as minhas palavras; eu te aconselharei, e Deus seja contigo; representa o povo perante Deus, leva as suas causas a Deus,
20 तिनीहरूलाई उर्दी र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई जिउने तरिका र पालना गर्नुपर्ने कर्तव्य देखाइदेऊ।
20 ensina-lhes os estatutos e as leis e faze-lhes saber o caminho em que devem andar e a obra que devem fazer.
21 यसकासाथै यस्ता मानिसहरूलाई चुन, जो सबै मानिसहरूमध्येबाट सक्षम अर्थात् परमेश्‍वरको डर मान्‍ने विश्‍वासयोग्य मानिसहरू जसले बेइमानीसित लाभ लिन घृणा गर्छन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दश जनामाथि अगुवा नियुक्त गर।
21 Procura dentre o povo homens capazes, tementes a Deus, homens de verdade, que aborreçam a avareza; põe-nos sobre eles por chefes de mil, chefes de cem, chefes de cinquenta e chefes de dez;
22 हरेक समय मानिसहरूमाथि तिनीहरूले न्यायकर्ता भएर सेवा गरून्; तर तिनीहरूले हरेक गाह्रो मुद्दाचाहिँ तिम्रो सामु ल्याऊन्; साना-साना मुद्दाहरूको निर्णयचाहिँ तिनीहरूले नै गरून्। यसो गर्दा तिम्रो भार हलुका हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्।
22 para que julguem este povo em todo tempo. Toda causa grave trarão a ti, mas toda causa pequena eles mesmos julgarão; será assim mais fácil para ti, e eles levarão a carga contigo.
23 तिमीले यसो गर्‍यौ भने, र परमेश्‍वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।”
23 Se isto fizeres, e assim Deus to mandar, poderás, então, suportar; e assim também todo este povo tornará em paz ao seu lugar.
24 मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका हरेक कुरा गरे।
24 Moisés atendeu às palavras de seu sogro e fez tudo quanto este lhe dissera.
25 तब मोशाले इस्राएलबाट सक्षम मानिसहरूलाई चुने, र तिनीहरूलाई मानिसहरूमाथि अगुवा अर्थात् हजार-हजार, सय-सय, दश-दश जनामाथि अधिकारीहरू तुल्याइदिए।
25 Escolheu Moisés homens capazes, de todo o Israel, e os constituiu por cabeças sobre o povo: chefes de mil, chefes de cem, chefes de cinquenta e chefes de dez.
26 तिनीहरूले हर समय मानिसहरूमाथि न्यायकर्ताको रूपमा सेवा गर्थे। कठिन मुद्दाहरू तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक स-साना मुद्दाहरूको फैसला तिनीहरू आफूले नै गर्थे।
26 Estes julgaram o povo em todo tempo; a causa grave trouxeram a Moisés e toda causa simples julgaram eles.
27 तब मोशाले आफ्ना ससुरालाई बिदा गरे; अनि यित्रो आफ्नो देशको बाटो लागे।
27 Então, se despediu Moisés de seu sogro, e este se foi para a sua terra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.