Deuteronômio 4

npioncb (NPIONCB) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ।
1 E agora, ó Israel, ouça os decretos e as leis que lhes estou ensinando a cumprir, para que vivam e tomem posse da terra, que o Senhor, o Deus dos seus antepassados, dá a vocês.
2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्नू।
2 Nada acrescentem às palavras que eu lhes ordeno e delas nada retirem, mas obedeçam aos mandamentos do Senhor, o Deus de vocês, que eu lhes ordeno.
3 बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्‍वरले नाश गर्नुभयो।
3 Vocês viram com os próprios olhos o que o Senhor fez em Baal-Peor. O Senhor, o seu Deus, destruiu do meio de vocês todos os que seguiram a Baal-Peor,
4 तर याहवेह तिमीहरूका परमेश्‍वरसँग विश्‍वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ।
4 mas vocês, que permaneceram fiéis ao Senhor, o Deus de vocês, estão hoje todos vivos.
5 हेर, मैले याहवेह मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक।
5 Eu lhes ensinei decretos e leis, como me ordenou o Senhor, o meu Deus, para que sejam cumpridos na terra na qual vocês estão entrando para dela tomar posse.
6 तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्‍नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।”
6 Vocês devem obedecer-lhes e cumpri-los, pois assim os outros povos verão a sabedoria e o discernimento de vocês. Quando eles ouvirem todos estes decretos dirão: "De fato esta grande nação é um povo sábio e inteligente".
7 हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्‍वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्‍वर तिनीहरूका नजिक रहन्छ?
7 Pois, que grande nação tem um Deus tão próximo como o Senhor, o nosso Deus, sempre que o invocamos?
8 अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र?
8 Ou, que grande nação tem decretos e preceitos tão justos como esta lei que estou apresentando a vocês hoje?
9 केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ।
9 Apenas cuidado! Muito cuidado, para que vocês nunca se esqueçam das coisas que os seus olhos viram; conservem-nas na memória por toda a sua vida. Contem-nas a seus filhos e a seus netos.
10 तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्‍वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्‍नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्‍न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।”
10 Houve um dia em que vocês estiveram diante do Senhor, o seu Deus, em Horebe, quando o Senhor me disse: "Reúna o povo diante de mim para ouvir as minhas palavras, a fim de que aprendam a me temer enquanto viverem sobre a terra, e as ensinem a seus filhos".
11 तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो।
11 Vocês se aproximaram e ficaram ao pé do monte. O monte ardia em chamas que subiam até o céu, e estava envolvido por uma nuvem escura e densa.
12 तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो।
12 Então o Senhor falou a vocês do meio do fogo. Vocês ouviram as palavras, mas não viram forma alguma; apenas se ouvia a voz.
13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो।
13 Ele lhes anunciou a sua aliança, os Dez Mandamentos. E escreveu-os sobre duas tábuas de pedra e ordenou que os cumprissem.
14 अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्‍ने आज्ञा दिनुभयो।
14 Naquela ocasião, o Senhor mandou-me ensinar-lhes decretos e leis para que vocês os cumprissem na terra da qual vão tomar posse.
15 होरेब पर्वतमा याहवेह तिमीहरूसँग आगोबाट कुरा गर्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। यसकारण तिमीहरू आफैँ होशियार बस।
15 No dia em que o Senhor lhes falou do meio do fogo em Horebe, vocês não viram forma alguma. Portanto, tenham muito cuidado,
16 यसकारण भ्रष्‍ट भएर आफ्ना निम्ति कुनै प्रकारको प्रतिमूर्ति, पुरुष अथवा स्त्रीको रूपमा,
16 para que não se corrompam e não façam para si um ídolo, uma imagem de qualquer forma semelhante a homem ou mulher,
17 अथवा पृथ्वीमा भएको कुनै पशुको अथवा आकाशमा उड्ने कुनै चराको,
17 ou a qualquer animal da terra ou a qualquer ave que voa no céu,
18 अथवा जमिनमा हिँड्ने कुनै जन्तुको अथवा पानीमा भएको माछाको प्रतिमूर्ति नबनाउनू।
18 ou a qualquer criatura que se move rente ao chão ou a qualquer peixe que vive nas águas debaixo da terra.
19 अनि तिमीहरूले आकाशतिर हेर्दा घाम, जुन र ताराहरू सबै शक्तिहरू देख्यौ भने तिनीहरूका अगि ननिहुरनू। अनि याहवेह तिमीहरूका परमेश्‍वरले आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएका सबै चीजहरू पूजा गर्नलाई तिमीहरू नलोभिनू।
19 E para que, ao erguerem os olhos ao céu e virem o sol, a lua e as estrelas, todos os corpos celestes, vocês não se desviem e se prostrem diante deles, e prestem culto àquilo que o Senhor, o seu Deus, distribuiu a todos os povos debaixo do céu.
20 तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्‍न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो।
20 A vocês, o Senhor tomou e os tirou da fornalha de fundir ferro, do Egito, para serem o povo de sua herança, como hoje se pode ver.
21 तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभयो। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पैतृक अधिकारझैँ दिनुहुने उत्तम देशमा जानलाई मैले यर्दन पार गर्न पाउनेछैन भनी उहाँले शपथ खानुभयो।
21 O Senhor irou-se contra mim por causa de vocês e jurou que eu não atravessaria o Jordão e não entraria na boa terra que o Senhor, o seu Deus, está lhes dando por herança.
22 म त यसै देशमा मर्नेछु। म यर्दन नदी पार गर्नेछैन; तर तिमीहरू यर्दन पार भएर त्यस उत्तम देशमा अधिकार गर्न लागेका छौ।
22 Eu morrerei nesta terra; não atravessarei o Jordão. Mas vocês atravessarão e tomarão posse daquela boa terra.
23 यसैले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूसँग गर्नुभएको करार नबिर्सनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मनाही गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू।
23 Tenham o cuidado de não esquecer da aliança que o Senhor, o seu Deus, fez com vocês; não façam para si ídolo algum com a forma de qualquer coisa que o Senhor, o seu Deus, proibiu.
24 किनकि याहवेह तिमीहरूका परमेश्‍वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्‍वर हुनुहुन्छ।
24 Pois o Senhor, o seu Deus, é Deus zeloso; é fogo consumidor.
25 तिमीहरूका छोराछोरी र नातिनातिना जन्मिसकेपछि र त्यस देशमा धेरै समय बसिसकेपछि, अर्थात् यदि तिमीहरू भ्रष्‍ट भएर कुनै किसिमका प्रतिमूर्ति बनायौ र याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई रिस उठायौ भने,
25 Quando vocês tiverem filhos e netos, e já estiverem a muito tempo na terra, e se corromperem e fizerem ídolos de qualquer tipo, fazendo o que o Senhor, o seu Deus, reprova, provocando a sua ira,
26 म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु। तिमीहरू अधिकार गर्नलाई यर्दन नदी पार गरेर जान लागेको त्यस देशबाट चाँडै नष्‍ट हुनेछौ। तिमीहरू त्यहाँ लामो समयसम्म बस्‍न पाउनेछैनौ, तर निश्‍चय नै नष्‍ट पारिनेछौ।
26 invoco hoje o céu e a terra como testemunhas contra vocês de que vocês serão rapidamente eliminados da terra, da qual estão tomando posse ao atravessar o Jordão. Vocês não viverão muito ali; serão totalmente destruídos.
27 याहवेहले तिमीहरूलाई जाति-जातिहरूका बीचमा छरपस्ट पार्नुहुनेछ। अनि जुन जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र जीवित रहनेछौ।
27 O Senhor os espalhará entre os povos, e restarão apenas alguns de vocês entre as nações às quais o Senhor os levará.
28 त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्‍न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ।
28 Lá vocês prestarão culto a deuses de madeira e de pedra, deuses feitos por mãos humanas, deuses que não podem ver, nem ouvir, nem comer, nem cheirar.
29 तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्‍यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
29 E lá procurarão o Senhor, o seu Deus, e o acharão, se o procurarem de todo o seu coração e de toda a sua alma.
30 जब तिमीहरू सङ्कष्‍टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ।
30 Quando vocês estiverem sofrendo e todas essas coisas tiverem acontecido com vocês, então, em dias futuros, vocês voltarão para o Senhor, o seu Deus, e lhe obedecerão.
31 किनकि याहवेह तिमीहरूका परमेश्‍वर कृपालु परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्‍चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
31 Pois o Senhor, o seu Deus, é Deus misericordioso; ele não os abandonará, nem os destruirá nem se esquecerá da aliança que com juramento fez com os seus antepassados.
32 अब पहिलेका दिनहरूको बारेमा तिमीहरूका समयभन्दा धेरै पहिलेका समयको, जुन दिन परमेश्‍वरले पृथ्वीमा मानिसलाई सृष्‍टि गर्नुभयो, त्यस बारेमा सोधिहेर। आकाशका एक छेउदेखि अर्को छेउसम्मका कुराहरू सोधपुछ गरिहेर। के यस्तो महान् कुरा कहिल्यै भएको छ, अथवा के यस्तो कुनै कुरा कहिल्यै सुनिएको छ?
32 Perguntem, agora, aos tempos antigos, antes de vocês existirem, desde o dia em que Deus criou o homem sobre a terra. Perguntem de um lado ao outro do céu: Já aconteceu algo tão grandioso ou já se ouviu algo parecido?
33 के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्‍वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्?
33 Que povo ouviu a voz de Deus falando do meio do fogo, como vocês ouviram, e continua vivo?
34 याहवेह तिमीहरूका परमेश्‍वरले इजिप्टमा तिमीहरूकै आँखाको सामु गर्नुभएका विपत्तिद्वारा, अलौकिक चिन्हहरूद्वारा, अद्‌भुत कार्यहरूद्वारा, चमत्कारद्वारा, युद्धद्वारा, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा अथवा महान् र उदेकका कामहरूद्वारा के कुनै देवताले यी कार्यद्वारा अरू जातिहरूबाट आफ्ना निम्ति एउटा जातिलाई कहिल्यै लिएको छ?
34 Ou que deus decidiu tirar uma nação do meio de outra para lhe pertencer, com provas, sinais, maravilhas e lutas, com mão poderosa e braço forte, e com feitos temíveis e grandiosos, conforme tudo o que o Senhor fez por vocês no Egito, como vocês viram com os seus próprios olhos?
35 याहवेह नै परमेश्‍वर हुनुहुन्छ; उहाँबाहेक अर्को परमेश्‍वर कोही छैन भनी बुझाउनलाई यी सबै कुराहरू तिमीहरूलाई देखाइएका हुन्।
35 Tudo isso foi mostrado a vocês para que soubessem que o Senhor é Deus; e que não há outro além dele.
36 तिमीहरूलाई शिक्षा दिनलाई स्वर्गबाट उहाँले तिमीहरूलाई आफ्नो सोर सुन्‍न लगाउनुभयो। पृथ्वीमा उहाँले तिमीहरूलाई आफ्नो महान् आगो देखाउनुभयो र आगोको बीचबाट तिमीहरूले उहाँका शब्दहरू सुन्यौ।
36 Do céu ele fez com que vocês ouvissem a sua voz, para discipliná-los. Na terra, mostrou-lhes o seu grande fogo, e vocês ouviram as suas palavras vindas do meio do fogo.
37 उहाँले तिमीहरूका पितापुर्खाहरूलाई प्रेम गर्नुभएको कारण तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो। उहाँले तिमीहरूलाई उहाँको उपस्थिति र उहाँको महान् शक्तिद्वारा इजिप्टबाट बाहिर निकालेर ल्याउनुभयो।
37 E porque amou os seus antepassados e escolheu a descendência deles, ele foi em pessoa tirá-los do Egito com o seu grande poder,
38 उहाँले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई तिमीहरूकै सामु धपाउन र तिनीहरूको देशमा तिमीहरूलाई ल्याउनुभएको थियो, र त्यो तिमीहरूलाई पैतृक अधिकारको रूपमा दिनलाई यस्तो गर्नुभएको थियो; जुन आजसम्मै तिमीहरूसँग छँदैछ।
38 para expulsar diante de vocês nações maiores e mais fortes, a fim de fazê-los entrar e possuir como herança a terra deles, como hoje se vê.
39 माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्‍वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर।
39 Reconheçam isso hoje, e ponham no coração que o Senhor é Deus em cima nos céus e embaixo na terra. Não há nenhum outro.
40 मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।
40 Obedeçam aos seus decretos e mandamentos que hoje eu lhes ordeno, para que tudo vá bem com vocês e com seus descendentes, e para que vivam muito tempo na terra que o Senhor, o seu Deus, lhes dá para sempre.
41 तब मोशाले यर्दन नदीको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।
41 Então Moisés separou três cidades a leste do Jordão,
42 यदि कसैले योजना गरेर जानाजानी होइन, तर अनजानमा आफ्नो छिमेकीलाई मारेको छ भने त्यो मानिस ती सहरहरूमा भागेर जाओस्। हत्याराले यी सहरहरूमध्ये कुनै एक सहरमा भागेर आफ्नो प्राण बचाओस्।
42 para onde poderia fugir quem tivesse matado alguém sem intenção e sem premeditação. O perseguido poderia fugir para uma dessas cidades a fim de salvar a vida.
43 ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर।
43 As cidades eram as seguintes: Bezer, no planalto do deserto, para a tribo de Rúben; Ramote, em Gileade, para a tribo de Gade; e Golã, em Basã, para a tribo de Manassés.
44 मोशाले इस्राएलीहरूको सामु राखिदिएको व्यवस्था यही हो।
44 Esta é a lei que Moisés apresentou aos israelitas.
45 तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
45 Estes são os mandamentos, os decretos e as ordenanças que Moisés promulgou como leis para os israelitas quando saíram do Egito,
46 त्यस बेला तिनीहरू हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा यर्दन नदीको पूर्वपट्टिको बेथ-पोर सहरको नजिक बेँसीमा थिए। इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा मोशाले सीहोन राजालाई पराजित गरेका थिए।
46 do outro lado do Jordão, no vale fronteiro a Bete-Peor, na terra de Seom, rei dos amorreus, que habitava em Hesbom, a quem Moisés e os israelitas derrotaram quando saíram do Egito.
47 तिनीहरूले यर्दन नदीको पूर्वपट्टि भएका एमोरीहरूका दुई जना राजाहरू अर्थात् सीहोन र बाशानका राजा ओगका देशहरूलाई अधीनमा लिए।
47 Eles tomaram posse da terra dele e da terra de Ogue, rei de Basã, os dois reis amorreus que viviam a leste do Jordão.
48 यो देश अर्नोन बेँसीमा भएको अरोएर सहरदेखि सिरियोन पर्वत (अर्थात् हेर्मोन) सम्म फैलिएको थियो।
48 Essa terra estendia-se desde Aroer, na margem do ribeiro do Arnom, até o monte Siom, isto é, o Hermom,
49 अनि पिसगाको भीरदेखि मुन्तिर मृत सागर हुँदै यर्दन नदीको पूर्वपट्टिको सम्पूर्ण अराबा मैदानसम्म थियो।
49 e incluía toda a região da Arabá, a leste do Jordão, até o mar da Arabá, abaixo das encostas do Pisga.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.