Deuteronômio 4
npioncb (NPIONCB) vs NTLH
1 अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ।
1 Depois Moisés disse ao povo de Israel: — Obedeçam a todas as
2 मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही नथप्नू, न त त्यसबाट केही घटाउनू। तर मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्नू।
2 Não acrescentem nada à lei que lhes estou dando, nem tirem dela uma só palavra. Guardem todos os mandamentos do Senhor , nosso Deus.
3 बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्वरले नाश गर्नुभयो।
3 Vocês mesmos viram o que o Senhor fez perto do monte Peor, como matou todas as pessoas do nosso povo que ali adoraram o deus Baal .
4 तर याहवेह तिमीहरूका परमेश्वरसँग विश्वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ।
4 Mas aqueles que continuaram fiéis a Deus, o Senhor , ainda estão vivos.
5 हेर, मैले याहवेह मेरा परमेश्वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक।
5 — Como o Senhor , meu Deus, me ordenou, eu lhes tenho ensinado as leis e os mandamentos que vocês deverão guardar na terra que vão invadir e que vai ser de vocês.
6 तिमीहरूले ती होसियारीसाथ पालन गर; किनकि ती पालन गर्नाले जाति-जातिहरूले तिमीहरूका बुद्धि र समझशक्ति देख्नेछन्, र तिनीहरूले यी उर्दीहरू सुनेर भन्नेछन्, “वास्तवमै यो महान् जाति बुद्धिमान् र समझदार मानिसहरू रहेछन्।”
6 Portanto, obedeçam fielmente a todas essas leis, e assim os outros povos verão que vocês são sábios e inteligentes. Quando ouvirem falar dessas leis, eles dirão: “Como é sábio e inteligente o povo dessa grande nação!”
7 हामीले प्रार्थना गर्दा याहवेह हाम्रा परमेश्वर नजिक हुनुभएजस्तै, अरू कुनचाहिँ जाति यति महान् होला, जसको ईश्वर तिनीहरूका नजिक रहन्छ?
7 — Nenhuma outra grande nação tem um deus que fique tão perto do seu povo como o Senhor , nosso Deus, fica perto de nós. Ele nos ouve todas as vezes que pedimos a sua ajuda.
8 अनि मैले आज तिमीहरूलाई दिएका व्यवस्थाहरूजस्तै धार्मिक उर्दीहरू र व्यवस्थाहरू भएका अर्को कुनचाहिँ महान् जाति छ र?
8 E será que existe outra grande nação que tenha mandamentos e ensinamentos tão direitos como essa lei que estou lhes dando hoje?
9 केवल होशियार बस, र आफूलाई नियालेर हेर; ताकि तिमीहरू बाँचुन्जेल तिमीहरूका आँखाले देखेका कुराहरू नबिर्सिऊन् अथवा ती तिमीहरूका हृदयबाट हराएर नजाऊन्। ती आफ्ना छोराछोरीहरू र नातिनातिनाहरूलाई सिकाओ।
9 Portanto, tenham cuidado e sejam fiéis para que nunca esqueçam as coisas que viram. E contem aos seus filhos e netos
10 तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्नुभएको थियो, “समुदायलाई मेरो कुरा सुन्न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।”
10 o que aconteceu no monte Sinai naquele dia em que vocês estiveram na presença do Senhor , nosso Deus, quando ele me disse: “Reúna esse povo na minha presença para que escutem o que vou dizer, a fim de que aprendam a temer-me a vida inteira e assim ensinem os seus filhos.”
11 तिमीहरू नजिक आएर पर्वतको फेदमा उभियौ। त्यस पर्वतमा घोर अन्धकार र कालो बादल घोर अन्धकारसँगै आगोको ज्वाला आकाशसम्मै उठिरहेको थियो।
11 — Então vocês foram e ficaram ao pé do monte Sinai, que estava completamente coberto de escuridão e de nuvens negras. Em cima do monte havia um fogo, e as suas chamas subiam até o céu.
12 तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो।
12 Do meio do fogo o Senhor Deus falou com vocês; vocês ouviram a voz dele, mas não viram ninguém; só escutaram a voz.
13 उहाँले आफ्नो करार, आफ्ना दश आज्ञाहरू तिमीहरूले पालन गर्नू भनेर तिमीहरूलाई घोषणा गर्नुभयो। त्यसपछि ती आज्ञाहरूलाई ढुङ्गाका दुई वटा पाटीहरूमा लेखिदिनुभयो।
13 Deus lhes anunciou a aliança que estava fazendo com vocês e mandou que obedecessem aos dez mandamentos, que depois escreveu em duas placas de pedra.
14 अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्ने आज्ञा दिनुभयो।
14 E ao mesmo tempo o Senhor mandou que eu lhes ensinasse as leis e os mandamentos que vocês devem seguir na terra que vão invadir e que vai ser de vocês.
15 होरेब पर्वतमा याहवेह तिमीहरूसँग आगोबाट कुरा गर्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। यसकारण तिमीहरू आफैँ होशियार बस।
15 Moisés continuou: — Quando o
16 यसकारण भ्रष्ट भएर आफ्ना निम्ति कुनै प्रकारको प्रतिमूर्ति, पुरुष अथवा स्त्रीको रूपमा,
16 e não cometam o erro de fazer imagens para adorar. Não façam nenhuma imagem que sirva de ídolo, seja em forma de homem, ou de mulher,
17 अथवा पृथ्वीमा भएको कुनै पशुको अथवा आकाशमा उड्ने कुनै चराको,
17 ou de animal, ou de ave,
18 अथवा जमिनमा हिँड्ने कुनै जन्तुको अथवा पानीमा भएको माछाको प्रतिमूर्ति नबनाउनू।
18 ou de animal que se arrasta pelo chão, ou de peixe.
19 अनि तिमीहरूले आकाशतिर हेर्दा घाम, जुन र ताराहरू सबै शक्तिहरू देख्यौ भने तिनीहरूका अगि ननिहुरनू। अनि याहवेह तिमीहरूका परमेश्वरले आकाशमुनि भएका सबै जातिहरूलाई दिनुभएका सबै चीजहरू पूजा गर्नलाई तिमीहरू नलोभिनू।
19 E, quando olharem para o céu, não caiam na tentação de adorar o sol, a lua ou as estrelas. Pois o Senhor , nosso Deus, repartiu o sol, a lua e as estrelas entre os outros povos, para que eles os adorem.
20 तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो।
20 Mas vocês são o povo que o Senhor tirou do Egito, aquela fornalha acesa, para serem somente dele, como, de fato, são.
21 तर तिमीहरूको कारण याहवेह मसँग रिसाउनुभयो। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक अधिकारझैँ दिनुहुने उत्तम देशमा जानलाई मैले यर्दन पार गर्न पाउनेछैन भनी उहाँले शपथ खानुभयो।
21 Por causa de vocês o Senhor Deus ficou irado comigo e jurou que eu nunca atravessaria o rio Jordão, nem entraria na boa terra que o Senhor , nosso Deus, lhes está dando.
22 म त यसै देशमा मर्नेछु। म यर्दन नदी पार गर्नेछैन; तर तिमीहरू यर्दन पार भएर त्यस उत्तम देशमा अधिकार गर्न लागेका छौ।
22 Eu não vou atravessar o rio Jordão; vou morrer aqui mesmo. Mas vocês vão atravessá-lo e tomar posse daquela boa terra.
23 यसैले याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूसँग गर्नुभएको करार नबिर्सनू। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई मनाही गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू।
23 Tenham o cuidado de não esquecerem a aliança que o Senhor , nosso Deus, fez com vocês. Obedeçam à sua ordem e não façam nenhuma imagem para adorar.
24 किनकि याहवेह तिमीहरूका परमेश्वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्वर हुनुहुन्छ।
24 Pois o Senhor , nosso Deus, é um fogo destruidor; ele não tolera outros deuses.
25 तिमीहरूका छोराछोरी र नातिनातिना जन्मिसकेपछि र त्यस देशमा धेरै समय बसिसकेपछि, अर्थात् यदि तिमीहरू भ्रष्ट भएर कुनै किसिमका प्रतिमूर्ति बनायौ र याहवेह तिमीहरूका परमेश्वरको दृष्टिमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने,
25 — E mesmo depois de muitos anos na terra de Canaã, quando vocês já estiverem velhos e tiverem filhos e netos, não cometam o erro de fazer ídolos. Para Deus isso é um pecado grave, e ele ficará irado com vocês.
26 म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु। तिमीहरू अधिकार गर्नलाई यर्दन नदी पार गरेर जान लागेको त्यस देशबाट चाँडै नष्ट हुनेछौ। तिमीहरू त्यहाँ लामो समयसम्म बस्न पाउनेछैनौ, तर निश्चय नै नष्ट पारिनेछौ।
26 Chamo o céu e a terra como testemunhas contra vocês: se adorarem ídolos, vocês desaparecerão logo da terra que vai ser de vocês no outro lado do rio Jordão. Vocês viverão pouco tempo naquela terra e logo serão completamente destruídos.
27 याहवेहले तिमीहरूलाई जाति-जातिहरूका बीचमा छरपस्ट पार्नुहुनेछ। अनि जुन जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाउनुहुनेछ, त्यहाँ तिमीहरू थोरै मात्र जीवित रहनेछौ।
27 O Senhor Deus os espalhará pelas nações estrangeiras, onde poucos de vocês ficarão vivos.
28 त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ।
28 Naquelas nações vocês adorarão deuses feitos de madeira e de pedra, que não veem, nem ouvem, não comem, nem cheiram.
29 तर यदि त्यहाँबाट पनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सारा हृदयले र सारा प्राणले खोजी गर्यौ भने तिमीहरूले उहाँलाई भेट्टाउनेछौ।
29 Lá vocês procurarão o Senhor , seu Deus, e o encontrarão, se o buscarem com todo o coração e com toda a alma.
30 जब तिमीहरू सङ्कष्टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ।
30 E, no futuro, quando estiverem em dificuldades, e tudo isso acontecer, então se vocês voltarem para o Senhor , nosso Deus, e obedecerem aos seus mandamentos,
31 किनकि याहवेह तिमीहरूका परमेश्वर कृपालु परमेश्वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन; न त नाश गर्नुहुनेछ अथवा तिमीहरूका पुर्खाहरूसँग शपथद्वारा निश्चित गर्नुभएको करार उहाँले बिर्सनुहुनेछैन।
31 ele não os abandonará. Ele é Deus misericordioso e não os destruirá, nem esquecerá a aliança que fez com os nossos antepassados e que jurou cumprir.
32 अब पहिलेका दिनहरूको बारेमा तिमीहरूका समयभन्दा धेरै पहिलेका समयको, जुन दिन परमेश्वरले पृथ्वीमा मानिसलाई सृष्टि गर्नुभयो, त्यस बारेमा सोधिहेर। आकाशका एक छेउदेखि अर्को छेउसम्मका कुराहरू सोधपुछ गरिहेर। के यस्तो महान् कुरा कहिल्यै भएको छ, अथवा के यस्तो कुनै कुरा कहिल्यै सुनिएको छ?
32 — Estudem o passado, toda a história desde a criação da humanidade. Caminhem pelo mundo inteiro e perguntem se alguém já viu ou ouviu falar de haver acontecido alguma coisa tão impressionante como esta.
33 के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्?
33 Será que já houve alguém que, depois de ter ouvido um deus falando do meio do fogo, ainda continuasse vivo, como aconteceu com vocês?
34 याहवेह तिमीहरूका परमेश्वरले इजिप्टमा तिमीहरूकै आँखाको सामु गर्नुभएका विपत्तिद्वारा, अलौकिक चिन्हहरूद्वारा, अद्भुत कार्यहरूद्वारा, चमत्कारद्वारा, युद्धद्वारा, शक्तिशाली हात र फैलिएको पाखुराद्वारा अथवा महान् र उदेकका कामहरूद्वारा के कुनै देवताले यी कार्यद्वारा अरू जातिहरूबाट आफ्ना निम्ति एउटा जातिलाई कहिल्यै लिएको छ?
34 Será que já houve um deus que resolveu ir tirar do meio de outra nação um povo para ser completamente dele, como o Senhor , nosso Deus, fez com vocês? Vocês viram como ele mostrou o seu poder e a sua força; viram como ele, por meio de pragas e milagres maravilhosos, de guerras e feitos espantosos, tirou vocês do Egito.
35 याहवेह नै परमेश्वर हुनुहुन्छ; उहाँबाहेक अर्को परमेश्वर कोही छैन भनी बुझाउनलाई यी सबै कुराहरू तिमीहरूलाई देखाइएका हुन्।
35 Deus deixou que vocês vissem tudo isso para que soubessem que o Senhor é Deus; não há nenhum outro deus, a não ser ele.
36 तिमीहरूलाई शिक्षा दिनलाई स्वर्गबाट उहाँले तिमीहरूलाई आफ्नो सोर सुन्न लगाउनुभयो। पृथ्वीमा उहाँले तिमीहरूलाई आफ्नो महान् आगो देखाउनुभयो र आगोको बीचबाट तिमीहरूले उहाँका शब्दहरू सुन्यौ।
36 Para ensiná-los, Deus falou do céu, e na terra ele lhes mostrou um grande fogo, e do meio desse fogo falou com vocês.
37 उहाँले तिमीहरूका पितापुर्खाहरूलाई प्रेम गर्नुभएको कारण तिनीहरूका सन्तानहरूलाई चुन्नुभयो। उहाँले तिमीहरूलाई उहाँको उपस्थिति र उहाँको महान् शक्तिद्वारा इजिप्टबाट बाहिर निकालेर ल्याउनुभयो।
37 Deus amou os nossos antepassados e por isso escolheu vocês; e ele mesmo, com a sua grande força, os tirou do Egito.
38 उहाँले तिमीहरूभन्दा महान् र शक्तिशाली जातिहरूलाई तिमीहरूकै सामु धपाउन र तिनीहरूको देशमा तिमीहरूलाई ल्याउनुभएको थियो, र त्यो तिमीहरूलाई पैतृक अधिकारको रूपमा दिनलाई यस्तो गर्नुभएको थियो; जुन आजसम्मै तिमीहरूसँग छँदैछ।
38 Depois foi na frente de vocês, expulsando povos que eram mais numerosos e mais poderosos do que vocês, e assim deu a vocês as terras daquelas nações, onde vocês estão morando agora.
39 माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर।
39 — Fiquem sabendo agora e nunca esqueçam isto: somente o Senhor é Deus lá em cima no céu e aqui embaixo na terra. Não há outro deus.
40 मैले आज तिमीहरूलाई दिएका उहाँका उर्दीहरू र आज्ञाहरू पालन गर; ताकि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई सधैँका निम्ति दिनुभएको देशमा तिमीहरू र तिमीहरूका भावी सन्तानहरूलाई असल होस्।
40 Portanto, obedeçam a todas as suas leis que eu lhes estou dando hoje. Assim vocês e os seus descendentes serão felizes e viverão muitos anos na terra que o Senhor , nosso Deus, lhes está dando para sempre.
41 तब मोशाले यर्दन नदीको पूर्वपट्टि तीन वटा सहरहरू अलग गरे।
41 Depois Moisés escolheu três cidades no lado leste do rio Jordão
42 यदि कसैले योजना गरेर जानाजानी होइन, तर अनजानमा आफ्नो छिमेकीलाई मारेको छ भने त्यो मानिस ती सहरहरूमा भागेर जाओस्। हत्याराले यी सहरहरूमध्ये कुनै एक सहरमा भागेर आफ्नो प्राण बचाओस्।
42 para onde poderia fugir qualquer homem que, sem querer ou por engano, tivesse matado alguém de quem não tinha ódio. Em qualquer uma dessas cidades esse homem estaria seguro, e ninguém poderia matá-lo.
43 ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर।
43 Para a tribo de Rúben, Moisés escolheu Bezer, no deserto, no planalto; para a tribo de Gade, ele escolheu Ramote, na região de Gileade; e, para a tribo de Manassés do Leste, ele escolheu Golã, na região de Basã. O segundo discurso de Moisés
44 मोशाले इस्राएलीहरूको सामु राखिदिएको व्यवस्था यही हो।
44 Moisés deu ao povo de Israel a lei de Deus,
45 तिनीहरू इजिप्टबाट निस्केर आएपछि मोशाले तिनीहरूलाई दिएका नियमहरू, उर्दीहरू र व्यवस्थाहरू यिनै हुन्।
45 com os seus mandamentos, ordens e ensinamentos. Isso foi depois que os israelitas tinham saído do Egito
46 त्यस बेला तिनीहरू हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा यर्दन नदीको पूर्वपट्टिको बेथ-पोर सहरको नजिक बेँसीमा थिए। इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा मोशाले सीहोन राजालाई पराजित गरेका थिए।
46 e haviam chegado ao vale que fica perto de Bete-Peor, na região a leste do rio Jordão. Essa terra era de Seom, o rei dos amorreus, que morava em Hesbom. Moisés e os israelitas derrotaram Seom
47 तिनीहरूले यर्दन नदीको पूर्वपट्टि भएका एमोरीहरूका दुई जना राजाहरू अर्थात् सीहोन र बाशानका राजा ओगका देशहरूलाई अधीनमा लिए।
47 e tomaram posse da sua terra. E fizeram a mesma coisa com Ogue, rei de Basã. Assim os israelitas invadiram e ocuparam as terras desses dois reis amorreus, a leste do rio Jordão.
48 यो देश अर्नोन बेँसीमा भएको अरोएर सहरदेखि सिरियोन पर्वत (अर्थात् हेर्मोन) सम्म फैलिएको थियो।
48 As terras deles iam desde a cidade de Aroer, que fica perto do vale do rio Arnom, no Sul, até o monte Siriom (isto é, o monte Hermom), no Norte.
49 अनि पिसगाको भीरदेखि मुन्तिर मृत सागर हुँदै यर्दन नदीको पूर्वपट्टिको सम्पूर्ण अराबा मैदानसम्म थियो।
49 Fazia parte delas a região a leste do rio Jordão até o mar Morto, no Sul, e até o pé do monte Pisga, no Leste.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.