Deuteronômio 31

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 तब मोशा बाहिर गए, र सारा इस्राएलीहरूलाई यी कुराहरू भने:
1 Moisés dirigiu ainda a todo o Israel o discurso seguinte:
2 “अहिले म एक सय बीस वर्ष पुगेँ; अब तिमीहरूलाई अगुवाइ गर्ने क्षमता मसँग छैनँ। याहवेहले मलाई भन्‍नुभएको छ, ‘तैँले यर्दन पार गर्नेछैनस्।’
2 Eis-me hoje com a idade de cento e vinte anos; não posso mais ir e vir, e o Senhor disse-me que eu não passaria o Jordão.
3 याहवेह तिमीहरूका परमेश्‍वर आफैँ तिमीहरूको अगि यर्दनपारि जानुहुनेछ। उहाँले तिमीहरूका सामु यी जातिहरूलाई नष्‍ट गर्नुहुनेछ र तिमीहरूले तिनीहरूका देशलाई कब्जा गर्नेछौ। याहवेहले भन्‍नुभएअनुसार यहोशू पनि तिमीहरूका अगि यर्दनपारि जानेछ।
3 O Senhor, teu Deus, passará diante de ti; ele mesmo exterminará essas nações para que possuas a sua terra. E Josué vos conduzirá, como o declarou o Senhor.
4 अनि जसरी याहवेहले एमोरीहरूका राजाहरू सीहोन र ओगलाई तिनीहरूका राज्यसँगै नाश पार्नुभएको थियो, त्यसरी नै उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।
4 O Senhor fará a esses povos como fez a Seon e a Og, reis dos amorreus, e à sua terra, aniquilando-os.
5 याहवेहले तिनीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ। अनि तिमीहरूलाई मैले दिएका सबै आज्ञाअनुसार तिनीहरूलाई गर्नुपर्छ।
5 O Senhor vo-los entregará, e vós os tratareis exatamente como vos ordenei.
6 तिमीहरू बलिया र साहसी होओ। तिनीहरूका कारण नडराओ र भयभीत नहोओ; किनकि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग जानुहुनेछ। उहाँले तिमीहरूलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ।”
6 Coragem! E sede fortes. Nada vos atemorize, e não os temais, porque é o Senhor vosso Deus que marcha à vossa frente: ele não vos deixará nem vos abandonará.
7 तब मोशाले यहोशूलाई बोलाइपठाए, र सारा इस्राएलीहरूको उपस्थितिमा तिनलाई भने, “बलियो र साहसी होऊ; किनकि यी मानिसहरूसँग याहवेहले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमी जानुपर्छ। अनि तिमीले त्यस देशलाई यिनीहरूका अधिकारको रूपमा यिनीहरूलाई बाँडिदिनुपर्छ।
7 Moisés chamou em seguida Josué e disse-lhe em presença de todo o Israel: Mostra-te varonil e corajoso, porque entrarás com esse povo na terra que o Senhor jurou a seus pais dar-lhes, e a repartirás entre eles.
8 याहवेह आफैँ तिम्रो अगि जानुहुनेछ र तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै पनि छोड्नुहुनेछैन, न त त्याग्नुहुनेछ। यसकारण तिमी नडराऊ; हतोत्साहित नहोऊ।”
8 O Senhor mesmo marchará diante de ti, e estará contigo, e não te . deixará nem te abandonará. Nada temas, e não te amedrontes.
9 यसकारण मोशाले यो व्यवस्था लेखे, र त्यो लेवी पुजारीहरू, याहवेहको करारका सन्दुक बोक्ने पुजारीहरू र इस्राएलका सबै प्रधानहरूलाई सुम्पिदिए।
9 Moisés escreveu essa lei e deu-a aos sacerdotes filhos de Levi, quê levavam a arca da aliança do Senhor, bem como a todos os anciães de Israel,
10 तब मोशाले तिनीहरूलाई यसरी आज्ञा दिए: “प्रत्येक सात वर्षको अन्त्यमा, छाप्रोबास चाडको समय, ऋण माफ गरिदिने समयमा,
10 dando-lhes esta ordem: Ao fim de cada sete anos, no ano da remissão, por ocasião da festa dos tabernáculos,
11 जब सारा इस्राएलीहरू याहवेह आफ्ना परमेश्‍वरको उपस्थितिमा, उहाँले चुन्‍नुभएको ठाउँमा देखा पर्न आउँछन्, तब तिमीहरूले यो व्यवस्थालाई तिनीहरूले सुन्‍ने गरी पढ्नू।
11 quando todo o Israel vier apresentar-se diante do Senhor, vosso Deus, no lugar escolhido por ele, tu farás a leitura dessa lei a todo o povo israelita.
12 सबै मानिसहरूलाई भेला गर्नू; पुरुष, स्त्री, छोराछोरी र तिमीहरूका सहरहरूमा बसोबास गर्ने विदेशीहरू; ताकि तिनीहरूले पनि सुनून् र याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍न र यस व्यवस्थाका सबै वचन होसियारीसाथ पालन गर्न सिकून्।
12 Juntarás todo o povo num mesmo lugar, homens, mulheres, crianças e o estrangeiro que habita em tuas cidades, para que, ouvindo essa leitura, aprendam a temer o Senhor vosso Deus, e ponham cuidadosamente em prática todas as prescrições dessa lei.
13 यस व्यवस्थालाई नजान्‍ने तिनीहरूका छोराछोरीहरूले यसलाई सुन्‍नैपर्छ। अनि तिमीहरूले यर्दनपारि अधिकार गर्न जाँदैगरेको देशमा बाँचुन्जेल याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍न सिकून्।”
13 Seus filhos, que delas não tiverem conhecimento, as ouvirão, e aprenderão a respeitar o Senhor, vosso Deus, em todo o tempo que viventes nesta terra, cuja posse ides tomar ao passar o Jordão.
14 याहवेहले मोशालाई भन्‍नुभयो, “अब तेरो मृत्युको दिन नजिकै छ। यहोशूलाई बोला, र तँ आफैँ पनि भेट हुने पालमा उपस्थित हुनु। त्यहाँ म त्यसलाई जिम्मेवारी सुम्पनेछु।” यसकारण मोशा र यहोशूले आफूलाई भेट हुने पालमा उपस्थित गराए।
14 O Senhor disse a Moisés: Aproxima-se o dia de tua morte. Chama Josué e apresentai-vos na tenda de reunião, para que eu lhe dê minhas ordens. Apresentaram-se, pois, Moisés e Josué na tenda de reunião.
15 तब याहवेह पालमा बादलको खम्बामा देखा पर्नुभयो; र त्यो बादल भेट हुने पालको प्रवेशद्वारमा खडा भयो।
15 E o Senhor apareceu ali na coluna de fumaça, a qual parou à entrada do pavilhão.
16 अनि याहवेहले मोशालाई भन्‍नुभयो: “सुन्, तँ अब आफ्ना पितापुर्खाहरूसँग विश्राम गर्न जाँदैछस्। अनि यी मानिसहरूले चाँडै नै तिनीहरू प्रवेश गर्न लागेको देशमा विदेशी देवी-देवताहरूसँग व्यभिचार गर्नेछन्। तिनीहरूले मलाई त्याग्नेछन् र मैले तिनीहरूसँग बाँधेको मेरो करार भङ्ग गर्नेछन्।
16 O Senhor disse a Moisés: Eis que vais repousar com teus pais, e esse povo irá prostituir-se aos deuses estrangeiros, entre os quais vai habitar. Ele me abandonará e violará a aliança que fiz com ele.
17 त्यस दिन म तिनीहरूसँग रिसाउनेछु र तिनीहरूलाई त्याग्नेछु; म आफ्नो अनुहार तिनीहरूदेखि लुकाउनेछु। अनि तिनीहरू नाश हुनेछन्। तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्; र त्यस दिन तिनीहरूले सोध्नेछन्, ‘के हाम्रा परमेश्‍वर हामीसँग नहुनुभएकोले नै यी प्रकोपहरू हामीमाथि आएका होइनन् र?’
17 Naquele dia, o meu furor se acenderá contra esse povo: eu o abandonarei e ocultar-lhe-ei a minha face, e ele será devorado, uma multidão de males e angústias virá sobre ele, o que lhe fará dizer: é certamente porque meu Deus não está mais comigo que me vêm todos estes males.
18 अनि तिनीहरूले अरू देवी-देवताहरूतिर लागेर गरेका सबै दुष्‍टताको कारण म त्यस दिन तिनीहरूदेखि निश्‍चय नै आफ्नो मुहार लुकाउनेछु।
18 Eu, porém, ocultarei completamente a minha face naquele momento, por causa do mal que fez o povo, seguindo outros deuses.
19 “अब यो गीत लेख्, र इस्राएलीहरूलाई सिका; अनि तिनीहरूलाई गाउन लगा; ताकि तिनीहरूको विरुद्धमा यो मेरो निम्ति एउटा साक्षी हुनेछ।
19 E agora, escrevei este cântico, ensinai-o aos israelitas e ponde-o nos seus lábios, para que me sirva de testemunho contra eles.
20 जब मैले तिनीहरूलाई दूध र मह बग्ने देशमा, तिनीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा ल्याउँछु, तिनीहरूले अघाउन्जेल खाएर मोटाउनेछन्। अनि मलाई तिरस्कार गरेर मेरा करार भङ्ग गर्दै तिनीहरू अरू देवी-देवताहरूतिर लाग्नेछन्; र तिनीहरूलाई आराधना गर्नेछन्।
20 Com efeito, quando eu os tiver introduzido na terra que mana leite e mel, que prometi a seus pais lhes dar, depois que tiverem comido, e se tiverem saciado e engordado, voltar-se-ão para outros deuses e lhes renderão culto, desprezando-me e violando a minha aliança.
21 अनि जब तिनीहरूमाथि धेरै प्रकोपहरू र विपत्तिहरू आइपर्नेछन्, तब यस गीतले तिनीहरूको विरुद्धमा साक्षी दिनेछ। किनकि तिनीहरूका सन्तानले यसलाई बिर्सेका हुनेछैनन्। मैले तिनीहरूलाई शपथ खाएर प्रतिज्ञा गरेको देशमा मैले तिनीहरूलाई ल्याउन अगि नै तिनीहरूले के गर्ने विचार गरेका छन् भनी म जान्दछु।”
21 Depois que tiverem caído sobre eles muitos males e angústias, deporá contra eles este cântico que seus descendentes repetirão de memória. Eu conheço as disposições que animam esse povo desde o presente, antes mesmo que o tenha introduzido na terra que lhe jurei dar.
22 यसकारण मोशाले त्यही दिन यो गीत लेखे, र इस्राएलीहरूलाई त्यो सिकाए।
22 Nesse mesmo dia, Moisés redigiu o cântico e o ensinou aos israelitas.
23 याहवेहले नूनका छोरा यहोशूलाई यो आज्ञा दिनुभयो: “बलियो बन् र साहस गर्; किनकि मैले शपथ खाएर प्रतिज्ञा गरेको देशमा इस्राएलीहरूलाई तैँले ल्याउनेछस्, र म आफैँ तँसँग हुनेछु।”
23 O Senhor deu a Josué, filho de Nun, as seguintes ordens: Mostra-te varonil e corajoso, porque tu introduzirás os israelitas na terra que lhes jurei dar; e estarei contigo.
24 मोशाले एउटा पुस्तकमा व्यवस्थाका यी वचनहरू सुरुदेखि अन्त्यसम्म लेखिसके,
24 Quando Moisés acabou de escrever todo o texto dessa lei,
25 तब मोशाले याहवेहका करारको सन्दुक बोक्ने लेवीहरूलाई यो आज्ञा दिए:
25 deu aos levitas, que levavam a arca da aliança do Senhor, esta ordem:
26 “यो व्यवस्थाको पुस्तक लिएर याहवेह तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख। अनि त्यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा त्यहाँ रहनेछ।
26 Tomai este livro da lei e colocai-o ao lado da arca da aliança do Senhor, vosso Deus, para aí servir de testemunho contra ti,
27 किनकि तिमीहरू कति विद्रोही र हठी छौ भनी म जान्दछु। म जीवित हुँदा-हुँदै र तिमीहरूसँगै हुँदासमेत तिमीहरू याहवेहको विरुद्धमा बागी भएका छौ भने म मरेपछि तिमीहरूले झन् कति विद्रोह गरौला!
27 porque conheço teu espírito de revolta e sei que tens a cerviz dura. Se hoje, que ainda estou vivo no meio de vós, sois rebeldes ao Senhor, quanto mais o sereis depois de minha morte.
28 मेरो अगि तिमीहरूका कुलका सबै प्रधानहरू र तिमीहरूका सबै अधिकृतहरूलाई भेला गर; ताकि म तिनीहरूले सुन्‍ने गरी यी वचनहरू बोल्न सकूँ; अनि आकाश र पृथ्वीलाई तिनीहरूको विरुद्धमा साक्षी राख्न सकूँ।
28 Reuni junto de mim todos os anciães de vossas tribos e vossos magistrados: dirigir-lhes-ei estas palavras e tomarei o céu e a terra como testemunhas contra eles.
29 किनकि मेरो मृत्युपछि तिमीहरू निश्‍चय नै अति भ्रष्‍ट हुनेछौ; र मैले तिमीहरूलाई आज्ञा गरेको मार्गबाट तर्किजानेछौ भनी म जान्दछु। आउँदा दिनहरूमा तिमीहरूमाथि विपत्ति आइपर्नेछ; किनकि तिमीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरेर तिमीहरूका हातले बनाएका कुराहरूद्वारा उहाँलाई रिस उठाउनेछौ।”
29 Pois sei que depois de minha morte vos corrompereis certamente e vos desviareis do caminho que vos tracei; sei que virão males sobre vós no decorrer dos tempos, porque fareis o mal aos olhos do Senhor, irritando-o com o vosso proceder.
30 अनि मोशाले यस गीतका शब्दहरू इस्राएलका सारा समुदायले सुन्‍ने गरी सुरुदेखि अन्त्यसम्म सुनाइदिए:
30 Então pronunciou Moisés até o fim este cântico, em presença da assembléia:

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.