Deuteronômio 2
npioncb (NPIONCB) vs NVI
1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ।
1 Então demos meia-volta e partimos para o deserto pelo caminho do mar Vermelho, como o Senhor me havia ordenado. E por muitos anos caminhamos em redor dos montes de Seir.
2 तब याहवेहले मलाई भन्नुभयो,
2 Então o Senhor me disse:
3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।
3 "Vocês já caminharam bastante tempo ao redor destas montanhas; agora andem para o norte.
4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू।
4 E diga ao povo: Vocês estão passando pelo território de seus irmãos, os descendentes de Esaú, que vivem em Seir. Eles terão medo de vocês, mas tenham muito cuidado.
5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।
5 Não os provoquem, pois não darei a vocês parte alguma da terra deles, nem mesmo o espaço de um pé. Já dei a Esaú a posse dos montes de Seir.
6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ”
6 Vocês lhes pagarão com prata a comida que comerem e a água que beberem".
7 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।
7 Pois o Senhor, o seu Deus, os tem abençoado em tudo o que vocês têm feito. Ele cuidou de vocês em sua jornada por este grande deserto. Nestes quarenta anos o Senhor, o seu Deus, tem estado com vocês, e não lhes tem faltado coisa alguma.
8 यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्यौँ।
8 Assim, passamos ao largo de nossos irmãos, os descendentes de Esaú, que habitam em Seir. Saímos da rota da Arabá, de Elate e de Eziom-Geber. Voltamos e fomos pela rota do deserto de Moabe.
9 तब याहवेहले मलाई भन्नुभयो, “मोआबलाई दुःख-कष्ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”
9 Então o Senhor me disse: "Não perturbem os moabitas nem os provoquem à guerra, pois não darei a vocês parte alguma da terra deles, pois já entreguei a região de Ar aos descendentes de Ló".
10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।
10 ( Antigamente os emins habitavam nessa terra; era um povo forte e numeroso, alto como os enaquins.
11 अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्ने गर्थे।
11 Como os enaquins, eles também eram considerados refains, mas os moabitas os chamavam emins.
12 होरीहरू सेइरमा बस्ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।)
12 Também em Seir antigamente habitavam os horeus. Mas os descendentes de Esaú os expulsaram e os exterminaram e se estabeleceram no seu lugar, tal como Israel fez com a terra que o Senhor lhe deu. )
13 अनि याहवेहले भन्नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्यौँ।
13 "Agora levantem-se! Atravessem o vale de Zerede". Assim atravessamos o vale.
14 हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए।
14 Passaram-se trinta e oito anos entre a época em que partimos de Cades-Barnéia, até quando atravessamos o vale de Zerede, até que pereceu do acampamento toda aquela geração de homens de guerra, conforme o Senhor lhes havia jurado.
15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो।
15 A mão do Senhor caiu sobre eles e por fim os eliminou completamente do acampamento.
16 जब लडाइँ गर्न सक्ने ती मानिसहरूबाट अन्तिम मानिस मरे,
16 Depois que todos os guerreiros do povo tinham morrido,
17 तब याहवेहले मलाई भन्नुभयो,
17 o Senhor me disse:
18 “आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ।
18 "Vocês estão prestes a passar pelo território de Moabe, pela região de Ar,
19 जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।”
19 e vão chegar perto da fronteira dos amonitas. Não sejam hostis a eles, pois não darei a vocês parte alguma da terra dos amonitas, pois eu a entreguei aos descendentes de Ló".
20 (त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्ने गर्थे।
20 ( Essa região também era considerada terra dos refains, que ali habitaram no passado. Os amonitas os chamavam zanzumins.
21 तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले।
21 Eram fortes, numerosos e altos como os enaquins. O Senhor os exterminou, e os amonitas os expulsaram e se estabeleceram em seu lugar.
22 याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्।
22 O Senhor fez o mesmo com os descendentes de Esaú que vivem em Seir, quando exterminou os horeus diante deles. Os descendentes de Esaú os expulsaram e se estabeleceram em seu lugar até hoje.
23 अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्ने अव्वीहरूलाई चाहिँ कप्तोरबाट आएका कप्तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।)
23 Foi o que também aconteceu aos aveus, que viviam em povoados próximos de Gaza; os caftoritas, vindos de Caftor, os destruíram e se estabeleceram em seu lugar. )
24 “अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर।
24 "Vão agora e atravessem o ribeiro do Arnom. Vejam que eu entreguei em suas mãos Seom o amorreu, rei de Hesbom, e a terra dele. Comecem a ocupação, entrem em guerra contra ele.
25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।”
25 Hoje mesmo começarei a infundir pavor e medo de vocês em todos os povos debaixo do céu. Quando ouvirem da fama de vocês, tremerão e ficarão angustiados".
26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,
26 Do deserto de Quedemote enviei mensageiros a Seom, rei de Hesbom, oferecendo paz e dizendo:
27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ।
27 Deixa-nos passar pela tua terra. Iremos somente pela estrada; não nos desviaremos nem para a direita nem para a esquerda.
28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्,
28 Por prata nos venderás tanto a comida que comermos como a água que bebermos. Apenas deixe-nos passar a pé,
29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।”
29 como fizeram os descendentes de Esaú, que habitam em Seir, e os moabitas, que habitam em Ar. Assim chegarei ao Jordão, e, através dele, à terra que o Senhor, o nosso Deus, nos dá.
30 तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ।
30 Mas Seom, rei de Hesbom, não quis deixar-nos passar; pois o Senhor, o Deus de vocês, tornou-lhe obstinado o espírito e endureceu-lhe o coração, para entregá-lo nas mãos de vocês, como hoje se vê.
31 याहवेहले मलाई भन्नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।”
31 O Senhor me disse: "Estou entregando a você Seom e sua terra. Comece a ocupação, tome posse da terra dele! "
32 जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए,
32 Então Seom saiu à batalha contra nós em Jaza, com todo o seu exército.
33 तब याहवेह हाम्रा परमेश्वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्यौँ।
33 Mas o Senhor, o nosso Deus, entregou-o a nós, e o derrotamos, a ele, aos seus filhos e a todo o seu exército.
34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्ट गर्यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ।
34 Naquela ocasião conquistamos todas as suas cidades e as destruímos totalmente, matando homens, mulheres e crianças, sem deixar nenhum sobrevivente.
35 तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।
35 Tomamos como presa somente os animais e o despojo das cidades que conquistamos.
36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्वरले ती सबै देशहरू हामीलाई दिनुभयो।
36 Desde Aroer, junto ao ribeiro do Arnom, e a cidade que fica no mesmo vale, até Gileade, não houve cidade de muros altos demais para nós. O Senhor, o nosso Deus, entregou-nos tudo.
37 तर याहवेह हाम्रा परमेश्वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
37 Somente da terra dos amonitas vocês não se aproximaram, ou seja, toda a extensão do vale do Rio Jaboque, e as cidades da região montanhosa, conforme o Senhor, o nosso Deus, tinha ordenado.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.