Deuteronômio 2

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 त्यसपछि हामी फेरि फर्क्यौँ, र याहवेहले मलाई आज्ञा गर्नुभएअनुसार लाल समुद्र जाने बाटो भएर उजाडस्थानतिर लाग्यौँ। धेरै लामो समयसम्म हामी सेइरको पहाडी देशको वरपर भौँतारी हिँड्यौँ।
1 Depois, viramo-nos, e seguimos para o deserto, caminho do mar Vermelho como o Senhor me dissera, e muitos dias rodeamos a montanha de Seir.
2 तब याहवेहले मलाई भन्‍नुभयो,
2 Então, o Senhor me falou, dizendo:
3 “तिमीहरू यस पहाडी देशको वरपर घुमिरहेको धेरै भयो। अब तिमीहरू उत्तरतर्फ लाग।
3 Tendes já rodeado bastante esta montanha; virai-vos para o norte.
4 मानिसहरूलाई यो आज्ञा दे: ‘तिमीहरू आफ्ना आफन्त एसावका सन्तानका इलाकाबाट भएर जान लागेका छौ, जो सेइरमा बस्छ। तिनीहरू तिमीहरूसँग डराउनेछन्, तर तिमीहरू होशियार रहनू।
4 Ordena ao povo, dizendo: Passareis pelos limites de vossos irmãos, os filhos de Esaú, que habitam em Seir; e eles terão medo de vós; portanto, guardai-vos bem.
5 तिनीहरूलाई लडाइँ गर्न नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका कुनै पनि जमिनको खुट्टा टेक्ने भागधरि दिनेछैनँ। मैले सेइरको पहाडी देश एसावलाई त्यसको आफ्नो अधीनमा हुनलाई दिएको छु।
5 Não vos entremetais com eles, porque vos não darei da sua terra nem ainda a pisada da planta de um pé; pois a Esaú dei por possessão a montanha de Seir.
6 तिमीहरूले खाएका भोजन र पिएका पानीको लागि तिमीहरूले तिनीहरूलाई मूल्यको रूपमा चाँदी तिर्नुपर्छ।’ ”
6 Comprareis deles, por dinheiro, comida que comais; também água que bebais comprareis por dinheiro.
7 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा आशिष् दिनुभएको छ। यस विशाल उजाडस्थानबाट भएर जाने तिमीहरूका यात्रामा उहाँले तिमीहरूलाई हेरचाह गर्नुभएको छ। यी चालीस वर्षहरूमा याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग रहनुभएको छ। अनि तिमीहरूलाई कुनै पनि कुराको अभाव भएको छैन।
7 Pois o Senhor , teu Deus, te abençoou em toda a obra das tuas mãos; ele sabe que andas por este grande deserto; estes quarenta anos o Senhor , teu Deus, esteve contigo; coisa nenhuma te faltou.
8 यसरी हामीले एसावका सन्तानहरू हाम्रा आफन्तहरूलाई पार गर्‍यौँ, जो सेइरमा बस्दछन्। एलात र एस्योन-गेबेरबाट माथि पर्ने अराबाको बाटोबाट हामी फर्केर मोआबको उजाडस्थानको बाटोतिर यात्रा गर्‍यौँ।
8 Passamos, pois, flanqueando assim nossos irmãos, os filhos de Esaú, que habitavam em Seir, como o caminho da Arabá, de Elate e de Eziom-Geber, viramo-nos e seguimos o caminho do deserto de Moabe.
9 तब याहवेहले मलाई भन्‍नुभयो, “मोआबलाई दुःख-कष्‍ट नदिनू, अथवा तिनीहरूलाई लडाइँका निम्ति नउक्साउनू। किनकि म तिमीहरूलाई तिनीहरूका जमिनको कुनै भागसमेत दिनेछैनँ। मैले लोतका सन्ततिलाई आर जमिन अधिकारको रूपमा दिएको छु।”
9 Então, o Senhor me disse: Não molestes Moabe e não contendas com eles em peleja, porque te não darei possessão da sua terra; pois dei Ar em possessão aos filhos de Ló.
10 (पहिले त्यहाँ एमी भनिने जातिहरू बस्दथे—अनाकीजस्तै अग्ला, बलिया र असंख्य।
10 (Os emins, dantes, habitavam nela, povo grande, numeroso e alto como os anaquins;
11 अनाकीहरूजस्तै, तिनीहरूलाई पनि रपाईहरू भनिन्थ्यो। तर मोआबीहरूले तिनीहरूलाई एमीहरू भन्‍ने गर्थे।
11 também eles foram considerados refains, como os anaquins; e os moabitas lhes chamavam emins.
12 होरीहरू सेइरमा बस्‍ने गर्दथे। तर एसावका सन्ततिले तिनीहरूलाई धपाए। याहवेहले अधिकार गर्न दिनुभएको देशका मानिसहरूलाई इस्राएलीहरूले नाश पारेझैँ, तिनीहरूले पनि होरवंशीहरूलाई नाश पारे। अनि तिनीहरूका ठाउँमा बसोबास गरेका थिए।)
12 Os horeus também habitavam, outrora, em Seir; porém os filhos de Esaú os desapossaram, e os destruíram de diante de si, e habitaram no lugar deles, assim como Israel fez à terra da sua possessão, que o Senhor lhes tinha dado.)
13 अनि याहवेहले भन्‍नुभयो, “अब उठ र जेरेदको बेँसी पार गर।” यसकारण हामीले जेरेद बेँसीलाई पार गर्‍यौँ।
13 Levantai-vos, agora, e passai o ribeiro de Zerede; assim, passamos o ribeiro de Zerede.
14 हामीले कादेश-बर्ने छोडेको समयदेखि जेरेद बेँसी पार गर्दासम्म अठतीस वर्ष बितिसकेको थियो। त्यस बेलासम्म याहवेहले तिनीहरूसँग शपथ खानुभएझैँ लडाइँ गर्न सक्ने सबै मानिसहरू छाउनीमा नाश भइसकेका थिए।
14 O tempo que caminhamos, desde Cades-Barneia até passarmos o ribeiro de Zerede, foram trinta e oito anos, até que toda aquela geração dos homens de guerra se consumiu do meio do arraial, como o Senhor lhes jurara.
15 तिनीहरू छाउनीबाट सम्पूर्ण रूपले नाश नहोउन्जेल याहवेहको हात तिनीहरूको विरुद्धमा थियो।
15 Também foi contra eles a mão do Senhor , para os destruir do meio do arraial, até os haver consumido.
16 जब लडाइँ गर्न सक्ने ती मानिसहरूबाट अन्तिम मानिस मरे,
16 Sucedeu que, consumidos já todos os homens de guerra pela morte, do meio do povo,
17 तब याहवेहले मलाई भन्‍नुभयो,
17 o Senhor me falou, dizendo:
18 “आज तिमीहरूले मोआबको इलाका भएर आरको जमिन पार गर्नुपर्छ।
18 Hoje, passarás por Ar, pelos limites de Moabe,
19 जब तिमीहरू अम्मोनीकहाँ आउँछौ, तब तिनीहरूलाई दुःख नदिनू, अथवा लडाइँका लागि नउक्साउनू। किनकि म तिमीहरूलाई अम्मोनीहरूको देशको कुनै पनि भाग अधिकार गर्न दिनेछैनँ। मैले अम्मोन देश लोतका सन्ततिलाई अधिकार गर्न दिएको छु।”
19 e chegarás até defronte dos filhos de Amom; não os molestes e com eles não contendas, porque da terra dos filhos de Amom te não darei possessão, porquanto aos filhos de Ló a tenho dado por possessão.
20 (त्यो देश पनि रपाईहरूको देश थियो। तिनीहरू त्यहाँ बस्दथे। तर अम्मोनीहरूले तिनीहरूलाई जमजुम्मीहरू भन्‍ने गर्थे।
20 (Também esta é considerada terra dos refains; dantes, habitavam nela refains, e os amonitas lhes chamavam zanzumins,
21 तिनीहरू बलिया, असंख्य र अनाकीहरूजस्तै अग्ला थिए। याहवेहले तिनीहरूलाई अम्मोनीहरूको सामुबाट नष्‍ट गरिदिनुभयो। अम्मोनीहरूले तिनीहरूलाई धपाए। अनि तिनीहरूको ठाउँमा बसोबास गर्न थाले।
21 povo grande, numeroso e alto como os anaquins; o Senhor os destruiu diante dos amonitas; e estes, tendo-os desapossado, habitaram no lugar deles;
22 याहवेहले एसावका सन्ततिलाई पनि त्यसै गर्नुभयो, जो सेइरमा बस्दथे। उहाँले होरीहरूलाई तिनीहरूको सामुबाट नष्‍ट गरिदिनुभयो। एदोमीहरूले तिनीहरूलाई धपाइदिए। तिनीहरू आजसम्म त्यहाँ बसेका छन्।
22 assim como fez com os filhos de Esaú que habitavam em Seir, de diante dos quais destruiu os horeus. Os filhos de Esaú, tendo-os desapossado, habitaram no lugar deles até este dia;
23 अनि गाजा सहरसम्म रहेका टाढाका गाउँहरूमा बस्‍ने अव्वीहरूलाई चाहिँ कप्‍तोरबाट आएका कप्‍तोरीहरूले नाश गरे, र तिनीहरूका ठाउँमा बसोबास गरे।)
23 também os caftorins que saíram de Caftor destruíram os aveus, que habitavam em vilas até Gaza, e habitaram no lugar deles.)
24 “अब यात्रा सुरु गर, र अर्नोन बेँसी पार गर। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देशलाई तिमीहरूका हातमा दिएको छु। त्यसलाई अधिकार गर्न सुरु गर, र त्यससँग युद्ध गर।
24 Levantai-vos, parti e passai o ribeiro de Arnom; eis aqui na tua mão tenho dado a Seom, amorreu, rei de Hesbom, e a sua terra; passa a possuí-la e contende com eles em peleja.
25 आजको दिनबाट म आकाशमुनि भएका सबै जातिहरूमाथि तिमीहरूको डर र भय हालिदिनेछु। जब तिनीहरूले तिमीहरूको बारेमा सुन्‍नेछन्, तब तिनीहरू डर, भय र तनावले काम्नेछन्।”
25 Hoje, começarei a meter o terror e o medo de ti aos povos que estão debaixo de todo o céu; os que ouvirem a tua fama tremerão diante de ti e se angustiarão.
26 कदेमोतको उजाडस्थानबाट मैले हेश्बोनको राजा सीहोनकहाँ शान्ति प्रस्तावसहित राजदूतहरूद्वारा यो सन्देश पठाएँ,
26 Então, mandei mensageiros desde o deserto de Quedemote a Seom, rei de Hesbom, com palavras de paz, dizendo:
27 “हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी राजमार्गबाट भएर जानेछौँ। हामी दाहिने अथवा देब्रेतिर फर्कनेछैनौँ।
27 deixa-me passar pela tua terra; somente pela estrada irei; não me desviarei para a direita nem para a esquerda.
28 तपाईंले हामीलाई चाँदीको मूल्यमा खानेकुरा र पिउने पानी बेच्नुहोस्। हामीलाई यस देशबाट पैदल जान अनुमति दिनुहोस्,
28 A comida que eu coma vender-me-ás por dinheiro e dar-me-ás também por dinheiro a água que beba; tão somente deixa-me passar a pé,
29 जसरी सेइरवासी एसावका सन्तान र आरको जमिनमा बस्‍ने मोआबीहरूले हामीलाई जान दिए; ताकि हामी यर्दन पार गरेर याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुभएको देशमा पुग्न सकौँ।”
29 como fizeram comigo os filhos de Esaú, que habitam em Seir, e os moabitas, que habitam em Ar; até que eu passe o Jordão, à terra que o Senhor , nosso Deus, nos dá.
30 तर हेश्बोनका राजा सीहोनले हामीलाई त्यस देशबाट भएर जान दिएनन्। किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिनलाई तिमीहरूको हातमा सुम्पिदिनका लागि तिनको मन कठोर र हृदय अटेरी बनाउनुभएको थियो; जस्तो आज पनि छ।
30 Mas Seom, rei de Hesbom, não nos quis deixar passar por sua terra, porquanto o Senhor , teu Deus, endurecera o seu espírito e fizera obstinado o seu coração, para to dar nas mãos, como hoje se vê.
31 याहवेहले मलाई भन्‍नुभयो, “हेर्, मैले सीहोन र त्यसको देशलाई तेरो हातमा सुम्पिदिन थालेको छु। अब त्यसलाई आक्रमण गर्न र अधिकार गर्न सुरु गर्।”
31 Disse-me, pois, o Senhor : Eis aqui, tenho começado a dar-te Seom e a sua terra; passa a desapossá-lo, para lhe ocupares o país.
32 जब सीहोन र तिनका सबै सेना यहसाको जमिनमा हामीसँग युद्ध गर्न आए,
32 Então, Seom saiu-nos ao encontro, ele e todo o seu povo, à peleja em Jasa.
33 तब याहवेह हाम्रा परमेश्‍वरले तिनलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनलाई, तिनका छोराहरू र सारा सेनाहरूसमेत मार्‍यौँ।
33 E o Senhor , nosso Deus, no-lo entregou, e o derrotamos, a ele, e a seus filhos, e a todo o seu povo.
34 त्यस बेला हामीले तिनका सबै सहरहरू लियौँ। तिनीहरूका मानिसहरू, स्त्रीहरू र छोराछोरीहरू सबैलाई सम्पूर्ण रूपले नष्‍ट गर्‍यौँ। हामीले कसैलाई पनि जीवित छोडेनौँ।
34 Naquele tempo, tomamos todas as suas cidades e a cada uma destruímos com os seus homens, mulheres e crianças; não deixamos sobrevivente algum.
35 तर हामीले कब्जा गरेका सहरहरूका गाईबस्तु र लुटको मालसामानचाहिँ आफ्नै लागि लिएर गयौँ।
35 Somente tomamos, por presa, o gado para nós e o despojo das cidades que tínhamos tomado.
36 अर्नोन बेँसीको छेउमा भएको अरोएरदेखि र बेँसीमा भएको सहरदेखि गिलाद प्रान्तसम्मै भएका कुनै पनि सहर हाम्रा लागि शक्तिशाली थिएनन्। याहवेह हाम्रा परमेश्‍वरले ती सबै देशहरू हामीलाई दिनुभयो।
36 Desde Aroer, que está à borda do vale de Arnom, e a cidade que nele está, até Gileade, nenhuma cidade houve alta demais para nós; tudo isto o Senhor , nosso Deus, nos entregou.
37 तर याहवेह हाम्रा परमेश्‍वरको आज्ञाअनुसार तिमीहरूले अम्मोनीहरूका कुनै पनि ठाउँ मिचेनौ, न त यब्बोक नदीका किनारका देश वा पहाडका वरपरका सहरहरूलाई मिच्यौ।
37 Somente à terra dos filhos de Amom não chegaste; nem a toda a borda do ribeiro de Jaboque, nem às cidades da região montanhosa, nem a lugar algum que nos proibira o Senhor , nosso Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.