Deuteronômio 20

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।
1 Quando saíres à guerra contra teus inimigos e vires cavalos, carros e um exército mais numeroso que o teu, não tenhas medo, porque o Senhor, teu Deus, que te tirou do Egito, está contigo.
2 जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।
2 Quando se aproximar o momento do combate, o sacerdote se adiantará para falar ao povo: Ouve, Israel! lhe dirá ele.
3 त्यसले यसो भन्‍नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।
3 Ides hoje combater contra os vossos inimigos: que vossa coragem não desfaleça! Não temais, nem vos perturbeis, nem vos deixeis amedrontar por eles.
4 किनकि याहवेह तिमीहरूका परमेश्‍वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”
4 Porque o Senhor, vosso Deus, marcha convosco para combater contra os vossos inimigos e para vos dar a vitória.
5 तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।
5 Os oficiais dirão em seguida ao povo: há alguém entre vós que tenha edificado uma casa e não a tenha ainda inaugurado? Que esse volte para a sua casa; não suceda que morra no combate e um outro venha a habitar primeiro do que ele em sua casa.
6 कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।
6 Há alguém entre vós que tenha plantado uma vinha e não tenha ainda desfrutado dela? Que esse volte para a sua casa; não suceda que pereça no combate e outro venha a colher os primeiros frutos.
7 कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”
7 Há alguém que tenha desposado uma mulher e não a tenha ainda recebido? Que esse volte para a sua casa; não suceda que morra no combate e outro a despose.
8 त्यसपछि अधिकृतहरूले यसो पनि भन्‍नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”
8 Os oficiais dirão ainda ao povo: há alguém medroso e de coração tímido? Que esse volte para a sua casa; não suceda que o coração de seus irmãos desfaleça como o seu.
9 अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्।
9 Quando os oficiais tiverem acabado de falar ao povo, serão colocados os chefes das tropas à testa do povo.
10 जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू।
10 Quando te aproximares para combater uma cidade, oferecer-lhe-ás primeiramente a paz.
11 यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्।
11 Se ela concordar e te abrir suas portas, toda a população te pagará tributo e te servirá.
12 यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।
12 Se te recusar a paz e começar a guerra contra ti, tu a cercarás,
13 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू।
13 e quando o Senhor, teu Deus, ta houver entregue nas mãos, passarás a fio de espada todos os varões que nela houver.
14 तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।
14 Só tomarás para ti as mulheres, as crianças, os rebanhos e tudo o que se encontrar na cidade, e viverás dos despojos dos teus inimigos que o Senhor, teu Deus, e tiver dado.
15 तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।
15 Farás assim a todas as cidades muito afastadas, que não são do número das cidades dessas nações.
16 तरै पनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू।
16 Quanto às cidades daqueles povos cuja possessão te dá o Senhor, teu Deus, não deixarás nelas alma viva.
17 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।
17 Segundo a ordem do Senhor, teu Deus, votarás ao interdito os hiteus, os amorreus, os cananeus, os ferezeus, os heveus e os jebuseus,
18 नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गर्नेछौ।
18 para que não suceda que eles vos ensinem a imitar as abominações que praticam em honra de seus deuses, e venhais a pecar contra o Senhor, vosso Deus.
19 जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्‍ट गर्छौ?
19 Quando sitiares uma cidade durante longo tempo e tiveres de lutar para apoderar-te dela, não cortarás as árvores a golpe de machado; comerás os seus frutos, mas não derrubarás as árvores. A árvore do campo seria porventura um homem para que a ataques?
20 तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।
20 Somente aquelas árvores que souberes não serem frutíferas poderás destruí-las e abatê-las para os trabalhos do cerco contra a cidade inimiga, ate que ela sucumba.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.