Deuteronômio 20
npioncb (NPIONCB) vs ARA
1 जब तिमीहरू आफ्ना शत्रुहरूका विरुद्धमा युद्ध गर्न जान्छौ, र आफ्नोभन्दा बढी घोडा, रथ र फौज देख्छौ, तब तिनीहरूदेखि नडराओ; किनकि तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
1 Quando saíres à peleja contra os teus inimigos e vires cavalos, e carros, e povo maior em número do que tu, não os temerás; pois o Senhor , teu Deus, que te fez sair da terra do Egito, está contigo.
2 जब तिमीहरू युद्धमा जान लाग्छौ, तब तिमीहरूको अगि पुजारी आउनेछ, र सेनाहरूलाई सम्बोधन गर्नेछ।
2 Quando vos achegardes à peleja, o sacerdote se adiantará, e falará ao povo,
3 त्यसले यसो भन्नेछ, “हे इस्राएलीहरू हो, सुन! आज तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्ध लड्न जाँदैछौ। आफ्नो मन सानो नगर, वा नडराओ; नआत्तिओ अथवा तिनीहरूसँग भयभीत नहोओ।
3 e dir-lhe-á: Ouvi, ó Israel, hoje, vos achegais à peleja contra os vossos inimigos; que não desfaleça o vosso coração; não tenhais medo, não tremais, nem vos aterrorizeis diante deles,
4 किनकि याहवेह तिमीहरूका परमेश्वर नै तिमीहरूलाई विजयी तुल्याउन तिमीहरूका निम्ति तिमीहरूका शत्रुहरूको विरुद्धमा युद्ध गर्न तिमीहरूसँगै जानुहुन्छ।”
4 pois o Senhor , vosso Deus, é quem vai convosco a pelejar por vós contra os vossos inimigos, para vos salvar.
5 तब अधिकृतहरूले सेनाहरूलाई यसो भनून्, “कसैले नयाँ घर बनाएर त्यसलाई समर्पण नगरी आएको कोही छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस घरको समर्पण गर्नुपर्ला।
5 Os oficiais falarão ao povo, dizendo: Qual o homem que edificou casa nova e ainda não a consagrou? Vá, torne-se para casa, para que não morra na peleja, e outrem a consagre.
6 कसैले दाखबारी लगाएर फल उपभोग गर्न पाएको छैन? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले फललाई उपभोग गर्ला।
6 Qual o homem que plantou uma vinha e ainda não a desfrutou? Vá, torne-se para casa, para que não morra na peleja, e outrem a desfrute.
7 कसैले कुनै स्त्रीसँग विवाहको वाचा गरेको छ र त्यसलाई विवाह नगरी आएको छ? त्यो घर जाओस्; नत्रता त्यो युद्धमा मर्ला, र अरू कसैले त्यस स्त्रीलाई विवाह गर्ला।”
7 Qual o homem que está desposado com alguma mulher e ainda não a recebeu? Vá, torne-se para casa, para que não morra na peleja, e outro homem a receba.
8 त्यसपछि अधिकृतहरूले यसो पनि भन्नेछन्, “के कुनै मानिस डरपोक र कातर छ? त्यो घर जाओस्; ताकि त्यसका कारणले त्यसका दाजुभाइहरू पनि हताश नहोऊन्।”
8 E continuarão os oficiais a falar ao povo, dizendo: Qual o homem medroso e de coração tímido? Vá, torne-se para casa, para que o coração de seus irmãos se não derreta como o seu coração.
9 अधिकृतहरूले सेनाहरूसँग कुरा गरिसकेपछि तिनीहरूले सेनाहरूमाथि सेनापतिहरू नियुक्त गरून्।
9 Quando os oficiais tiverem falado ao povo, designarão os capitães dos exércitos para a dianteira do povo.
10 जब तिमीहरू कुनै सहरमाथि मोर्चा बाँधेर आक्रमण गर्न जान्छौ, तब त्यहाँका मानिसहरूसँग शान्तिको प्रस्ताव राख्नू।
10 Quando te aproximares de alguma cidade para pelejar contra ela, oferecer-lhe-ás a paz.
11 यदि तिनीहरूले त्यो प्रस्ताव स्वीकार गरे, र तिनीहरूका मूलढोकाहरू खोलिदिए भने त्यहाँका सबै मानिसहरू तिमीहरूका बेगारी हुनेछन्। अनि तिमीहरूका निम्ति काम गर्नेछन्।
11 Se a sua resposta é de paz, e te abrir as portas, todo o povo que nela se achar será sujeito a trabalhos forçados e te servirá.
12 यदि तिनीहरूले शान्तिको प्रस्ताव स्वीकार गरेनन्, तर लडाइँ गर्न तयार भए भने त्यस सहरलाई घेरा हाल्नू।
12 Porém, se ela não fizer paz contigo, mas te fizer guerra, então, a sitiarás.
13 जब याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुहुन्छ, तब त्यहाँ भएका सबै पुरुषहरूलाई तरवारले मार्नू।
13 E o Senhor , teu Deus, a dará na tua mão; e todos os do sexo masculino que houver nela passarás a fio de espada;
14 तर सहरमा भएका स्त्रीहरू, बालबालिकाहरू, गाईबस्तु र हरेक थोक तिमीहरूले लुटको मालसामानको रूपमा आफ्ना निम्ति लिन सक्छौ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूबाट तिमीहरूलाई दिनुभएको लुटको मालसामान प्रयोग गर्न सक्छौ।
14 mas as mulheres, e as crianças, e os animais, e tudo o que houver na cidade, todo o seu despojo, tomarás para ti; e desfrutarás o despojo dos inimigos que o Senhor , teu Deus, te deu.
15 तिमीहरूबाट टाढा रहेका सहरहरूसँग यस्तो व्यवहार गर्नू, जुन सहरहरू तिमीहरूका छेउछाउका जातिहरूका होइनन्।
15 Assim farás a todas as cidades que estiverem mui longe de ti, que não forem das cidades destes povos.
16 तरै पनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकारको रूपमा दिनुहुने जातिहरूका सहरहरूमा सास हुने कुनै पनि प्राणीलाई जीवित नछोड्नू।
16 Porém, das cidades destas nações que o Senhor , teu Deus, te dá em herança, não deixarás com vida tudo o que tem fôlego.
17 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई सम्पूर्ण रूपले नाश गर्नू।
17 Antes, como te ordenou o Senhor , teu Deus, destruí-las-ás totalmente: os heteus, os amorreus, os cananeus, os ferezeus, os heveus e os jebuseus,
18 नत्रता तिनीहरूले तिमीहरूलाई आफ्ना देवी-देवताहरूका पूजा गर्दा गरिने सबै घृणित कुराहरूका अनुसरण गर्नलाई सिकाउनेछन्। अनि तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा पाप गर्नेछौ।
18 para que não vos ensinem a fazer segundo todas as suas abominações, que fizeram a seus deuses, pois pecaríeis contra o Senhor , vosso Deus.
19 जब तिमीहरू कुनै सहरलाई कब्जा गर्न त्यसको विरुद्धमा लामो समयसम्म लडाइँ गर्छौ, तब त्यस सहरलाई घेरामा राख्दा त्यहाँका रूखहरूलाई काटेर नाश नगर। किनकि तिमीहरूले तिनका फलहरू खान सक्छौ। ती काटेर नढाल्नू। के खेतका रूखहरू मानिसहरू हुन्, र तिमीहरूले तिनीहरूलाई नष्ट गर्छौ?
19 Quando sitiares uma cidade por muito tempo, pelejando contra ela para a tomar, não destruirás o seu arvoredo, metendo nele o machado, porque dele comerás; pelo que não o cortarás, pois será a árvore do campo algum homem, para que fosse sitiada por ti?
20 तरै पनि, तिमीहरूले फल नफल्ने रूखहरूलाई चाहिँ काटेर ढाल्न सक्छौ। अनि तिमीहरूसँग युद्धमा रहेको सहर परास्त नभएसम्म घेरा हाल्ने कामहरूमा प्रयोग गर्न सक्छौ।
20 Mas as árvores cujos frutos souberes não se comem, destruí-las-ás, cortando-as; e, contra a cidade que guerrear contra ti, edificarás baluartes, até que seja derribada.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.