Deuteronômio 1
npioncb (NPIONCB) vs VC
1 मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्।
1 Eis os discursos que pronunciou Moisés a todo o Israel do outro lado do Jordão, no deserto, na planície que se estende defronte de Suf, entre Farã, Tofel, Labã, Haserot e Di-Zaab.
2 (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।
2 Desde Horeb até Cades-Barne há uma distância de onze jornadas de marcha pelo caminho da montanha de Seir.
3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे।
3 No quadragésimo ano, no primeiro dia do décimo primeiro mês, diante dos israelitas, Moisés pronunciou todos os discursos que o Senhor lhe tinha ordenado pronunciar,
4 योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
4 depois de ter derrotado Seon, rei dos amorreus que habitava em Hesebon, e Og, rei de Basã, que habitava em Astarot e Edrai.
5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
5 Do outro lado do Jordão, na terra de Moab, Moisés começou a expor a lei, dizendo:
6 होरेब पर्वतमा याहवेह हाम्रा परमेश्वरले हामीलाई भन्नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो।
6 O Senhor, nosso Deus, falou-nos nestes termos em Horeb: tendes-vos demorado muito tempo neste monte.
7 अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।
7 Voltai e parti. Tomai o caminho do monte dos amorreus e das regiões vizinhas; ide às planícies, às montanhas, aos vales, ao Negeb, às costas do mar, à terra dos cananeus, ao Líbano e até o grande rio Eufrates.
8 हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।”
8 Eis que eu vos entrego esta terra. Ide e possuí a terra que jurei dar a vossos pais Abraão, Isaac e Jacó, a eles e à sua posteridade.
9 मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।
9 Eu disse-vos nessa mesma época: eu sozinho não posso tomar conta de vós.
10 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ।
10 O Senhor, vosso Deus, vos multiplicou de tal modo que sois hoje tão numerosos como as estrelas do céu.
11 तिमीहरूका पितापुर्खाहरूका परमेश्वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्।
11 Que o Senhor, o Deus de vossos pais, vos multiplique mil vezes mais e vos abençoe como prometeu.
12 तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र?
12 Como poderia eu sozinho encarregar-me de vós e levar o fardo de vossas contendas?
13 तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।”
13 Escolhei, de cada uma de vossas tribos, homens sábios, prudentes e experimentados, que eu ponha à vossa frente.
14 तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
14 Vós então me respondesses: é uma boa coisa o que nos propões.
15 यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ।
15 Tome, pois, dentre vós, homens sábios e experimentados que pus à vossa frente como chefes de milhares de centenas, de cinqüentenas e de dezenas e como escribas em vossas tribos.
16 अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर।
16 Nesse mesmo tempo dei esta ordem aos vossos juízes: dai audiência aos vossos irmãos e julgai com eqüidade as questões de cada um deles com o seu irmão ou com o estrangeiro que mora com ele.
17 न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्नू। न्याय परमेश्वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
17 Não fareis distinção de pessoas em vossos julgamentos. Ouvireis o pequeno como o grande, sem temor de ninguém, porque o juízo é de Deus. Se uma questão vos parecer muito complicada, trá-la-eis diante de mim para que eu a ouça.
18 अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।
18 É assim que, naquele tempo, vos ordenei tudo o que devíeis fazer.
19 त्यसपछि याहवेह हाम्रा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ।
19 Depois partimos de Horeb para atravessar esse vasto e terrível deserto que vistes, do monte dos amorreus, como nos havia ordenado o Senhor, nosso Deus. E chegamos a Cades-Barne.
20 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुनेछ।
20 Eu disse-vos então: Eis-vos chegados ao monte dos amorreus que o Senhor, nosso Deus, nos dá.
21 हेर, याहवेह तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।”
21 Vê: o Senhor, teu Deus, entrega-te a terra. Subi e possuí-a, como o prometeu o Deus de teus pais. Não tenhas medo; não te assustes.
22 तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”
22 Vós vos aproximasses de mim e dissesses: enviemos homens adiante de nós, que explorem a terra e nos ensinem por que caminho devemos subir, e para que cidades devemos ir.
23 यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ।
23 Vosso parecer agradou-me, e escolhi dentre vós doze homens, um de cada tribo.
24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे।
24 Eles partiram, subiram as montanhas e chegaram ao vale de Escol, explorando a terra.
25 तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
25 Tomaram consigo frutos da terra e no-los trouxeram dizendo: a terra que nos dá o Senhor, nosso Deus, é boa.
26 तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आज्ञाको विरुद्ध विद्रोह गर्यौ।
26 Mas não quisesses subir a ela, e fostes rebeldes ao mandamento do Senhor, nosso Deus.
27 तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
27 E murmurasses em vossas tendas, dizendo: o Senhor tem-nos ódio, e por isso nos tirou da terra do Egito para entregar-nos ao extermínio pelas mãos dos amorreus.
28 हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ”
28 Para onde iremos? Nossos irmãos fizeram-nos perder a coragem quando nos disseram ter visto um povo maior e de estatura mais alta que a nossa, e cidades grandes e fortificadas, cujos muros se elevavam até o céu, e até mesmo filhos de Enacim.
29 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ।
29 Eu vos respondi: não vos assusteis; não tenhais medo deles.
30 याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।
30 o Senhor, vosso Deus, que marcha diante de vós, combaterá ele mesmo em vosso lugar, como sempre o fez sob os vossos olhos, no Egito
31 अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
31 e no deserto. No deserto, tu mesmo viste como o Senhor, teu Deus, te levou por todo caminho por onde andaste, como um homem costuma levar seu filho, até que chegásseis a esse lugar.
32 तर अझ पनि याहवेह तिमीहरूका परमेश्वरमाथि तिमीहरूले भरोसा गरेनौ।
32 E apesar disso não tivesses confiança no Senhor, vosso Deus,
33 उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो।
33 o qual, procurando-vos um lugar onde acampar, marchava adiante de vós no caminho, de noite no fogo, para vos mostrar o caminho, e de dia na nuvem.
34 जब तिमीहरूको गनगन याहवेहले सुन्नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो,
34 O Senhor, tendo ouvido o som de vossas palavras, encolerizou-se e fez este juramento:
35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन।
35 nenhum dos homens desta geração perversa verá a boa terra que eu, com juramento, prometi dar a vossos pais,
36 यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
36 exceto Caleb, filho de Jefoné. Este vê-la-á, e eu darei a ele e a seus filhos o solo que ele pisou, porque cumpriu a vontade do Senhor.
37 तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्।
37 Até contra mim se irritou o Senhor por causa de vós: tu tampouco, disse-me ele, entrarás nessa terra!
38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्याउनेछ।
38 É Josué, filho de Nun, que ali entrará. Anima-o, pois é ele que introduzirá Israel na possessão da terra.
39 अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।
39 Vossos filhinhos, dos quais dissesses que seriam a presa do deserto, e vossos filhos, que hoje ainda não sabem distinguir o bem do mal, estes entrarão; a eles darei a terra e a possuirão.
40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।”
40 Quanto a vós, voltai para trás e parti para o deserto na direção do mar Vermelho.
41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्यौ।
41 Vós respondestes-me: pecamos contra o Senhor. Vamos combater, como o Senhor, nosso Deus, nos ordenou. E quando cada um de vós, tomando as suas armas, vos dispusesses inconsideradamente a marchar sobre o monte,
42 तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
42 o Senhor disse-me: dize-lhes: não subais, não entreis em combate algum, porque não estou no meio de vós. Se o fizerdes, sereis vencidos por vossos inimigos.
43 यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ।
43 Em vão vos referi todas essas palavras: não me ouvisses e tivesses a presunção de subir o monte, a despeito das ordens do Senhor.
44 तब त्यस पहाडी मुलुकमा बस्ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते।
44 Então os amorreus que habitavam nessa montanha saíram contra vós, perseguiram-vos como abelhas e retalharam-vos desde Seir até Horma.
45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्नुभएन।
45 Voltando, chorasses diante do Senhor, mas o Senhor não ouviu os vossos clamores, nem vos inclinou os seus ouvidos.
46 यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।
46 Por isso é que ficastes tanto tempo em Cades, como o sabeis.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.