Deuteronômio 1

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 मोशाले यर्दनको पूर्वको उजाडस्थानमा अर्थात् अराबामा सूपको सामु—पारान एकापट्टि र अर्कोपट्टि तोफेल, लाबान, हसेरोत र दीसाहाबको बीचमा सबै इस्राएलीहरूलाई भनेका वचनहरू यिनै हुन्।
1 Estas são as palavras que Moisés disse a todo o povo de Israel quando estavam no deserto, a leste do rio Jordão, acampados no vale do Jordão, perto de Sufe, entre Parã, de um lado, e Tofel, Labã, Hazerote e Di-Zaabe, do outro.
2 (सेइर पर्वतको बाटोबाट होरेब पर्वतहुँदै कादेश-बर्नेसम्म जानलाई एघार दिन लाग्छ)।
2 Normalmente, são necessários apenas onze dias para viajar do monte Sinai até Cades-Barneia pelo caminho do monte Seir.
3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे।
3 No entanto, quarenta anos depois da saída do Egito, no primeiro dia do décimo primeiro mês, Moisés se dirigiu aos israelitas e lhes transmitiu tudo que o S enhor lhe havia ordenado.
4 योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
4 Isso aconteceu depois que ele derrotou Seom, rei dos amorreus que vivia em Hesbom, e, em Edrei, derrotou Ogue, o rei de Basã que vivia em Astarote.
5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
5 Enquanto estavam na terra de Moabe, a leste do Jordão, Moisés começou a lhes explicar as seguintes instruções.
6 होरेब पर्वतमा याहवेह हाम्रा परमेश्‍वरले हामीलाई भन्‍नुभयो, “तिमीहरू यस पर्वतमा बसेको धेरै समय भइसक्यो।
6 “Quando estávamos no monte Sinai, o S enhor , nosso Deus, nos disse: ‘Vocês já ficaram muito tempo neste monte.
7 अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्‍चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ।
7 É hora de levantar acampamento e seguir viagem. Vão à região montanhosa dos amorreus e a todas as regiões vizinhas: o vale do Jordão, a região montanhosa, as colinas do oeste, o Neguebe e a planície costeira. Vão à terra dos cananeus e ao Líbano, e avancem até o grande rio Eufrates.
8 हेर, मैले यो देश तिमीहरूलाई दिएको छु। मैले तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक, याकोब र तिनीहरूका सन्ततिलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा तिमीहरू गएर अधिकार गर।”
8 Vejam, eu lhes dou toda esta terra! Entrem e tomem posse dela, pois é a terra que o S enhor jurou dar a seus antepassados Abraão, Isaque e Jacó, e a todos os seus descendentes’.”
9 मोशाले भने, “त्यस समय मैले तिमीहरूलाई भनेको थिएँ, म एकलै तिमीहरूको बोझ उठाउन सक्दिनँ।
9 Moisés continuou: “Naquela ocasião, eu lhes disse: ‘Vocês são um peso grande demais para eu carregar sozinho.
10 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूको संख्यामा वृद्धि गरिदिनुभएको छ। आज तिमीहरू आकाशका ताराहरूझैँ अनगन्ती भएका छौ।
10 O S enhor , seu Deus, aumentou sua população e os tornou tão numerosos quanto as estrelas do céu.
11 तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वर याहवेहले प्रतिज्ञा गर्नुभएअनुसार उहाँले तिमीहरूलाई हजार गुणा वृद्धि गरिदेऊन्, र आशिष् देऊन्।
11 Que o S enhor , o Deus de seus antepassados, os multiplique mil vezes mais e os abençoe como ele prometeu.
12 तर म आफैँले मात्र तिमीहरूका समस्याहरू, तिमीहरूका बोझहरू र तिमीहरूका झगडाहरू कसरी झेल्न सक्छु र?
12 Mas vocês são um peso grande demais para mim! Como poderei lidar com todos os seus problemas e conflitos?
13 तिमीहरूका कुलहरूबाट केही बुद्धिमान्, समझदार र अनुभवी मानिसहरूलाई रोज। अनि म तिनीहरूलाई तिमीहरूमाथि अगुवा नियुक्त गर्नेछु।”
13 Escolham alguns homens respeitados de cada tribo, conhecidos por sua sabedoria e entendimento, e eu os designarei para serem seus líderes’.
14 तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
14 “Então vocês responderam: ‘Seu plano é bom!’.
15 यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ।
15 Assim, convoquei os homens respeitados que vocês selecionaram de suas tribos e os nomeei para serem juízes e oficiais sobre vocês. Alguns ficaram responsáveis por mil pessoas, outros por cem, outros por cinquenta, e outros por dez.
16 अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर।
16 “Naquela ocasião, ordenei aos juízes: ‘Deem atenção aos casos de seus irmãos israelitas e também dos estrangeiros que vivem entre vocês. Sejam completamente justos em todas as suas decisões
17 न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्‍नू। न्याय परमेश्‍वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”
17 e imparciais em seus julgamentos. Cuidem tanto dos casos dos pobres como dos ricos. Não deixem que ninguém os intimide, pois Deus dará a decisão por seu intermédio. Tragam-me os casos que forem difíceis demais para vocês, e eu cuidarei deles’.
18 अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।
18 “Naquela ocasião, eu lhes ordenei tudo que deveriam fazer.”
19 त्यसपछि याहवेह हाम्रा परमेश्‍वरले हामीलाई आज्ञा गर्नुभएझैँ, हामी होरेब पर्वतबाट निस्क्यौँ। अनि तिमीहरूले देखेका डरलाग्दो र ठूलो उजाडस्थानबाट भएर हामी एमोरीहरूको पहाडी देशतिर गयौँ। यसरी हामी कादेश-बर्नेमा पुग्यौँ।
19 “Em seguida, conforme o S enhor , nosso Deus, ordenou, partimos do monte Sinai e atravessamos o deserto imenso e assustador, como vocês lembram, e nos dirigimos à região montanhosa dos amorreus. Quando chegamos a Cades-Barneia,
20 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू एमोरीहरूको पहाडी देशमा आइपुगेका छौ, जुन देश याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुनेछ।
20 eu lhes disse: ‘Vocês chegaram à região montanhosa dos amorreus, que o S enhor , nosso Deus, nos dá.
21 हेर, याहवेह तिमीहरूका परमेश्‍वरले यो देश तिमीहरूलाई दिनुभएको छ। याहवेह तिमीहरूका पितापुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ त्यस देशमा तिमीहरू उक्लेर जाओ, र अधिकार गर। तिमीहरू नडराओ; हतोत्साहित नहोओ।”
21 Vejam, o S enhor , seu Deus, colocou a terra diante de vocês! Vão e tomem posse dela, conforme o S enhor , o Deus de seus antepassados, lhes prometeu. Não tenham medo nem desanimem!’.
22 तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”
22 “Então todos vocês vieram e me disseram: ‘Primeiro, enviemos espiões para que façam o reconhecimento da terra para nós. Eles recomendarão o melhor caminho e indicarão em quais cidades devemos entrar’.
23 यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ।
23 “A ideia me pareceu boa, por isso escolhi doze espiões, um de cada tribo.
24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे।
24 Eles foram à região montanhosa, chegaram ao vale de Escol e fizeram o reconhecimento.
25 तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
25 Pegaram alguns dos frutos da região e os trouxeram para nós. Então, relataram: ‘A terra que o S enhor , nosso Deus, nos dá é, de fato, uma terra boa’.”
26 तर तिमीहरूले अगि जाने इच्छा गरेनौ; तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्ध विद्रोह गर्‍यौ।
26 “Contudo, vocês se rebelaram contra a ordem do S enhor , seu Deus, e se recusaram a entrar.
27 तिमीहरूले आफ्ना पालहरूमा गनगन गर्दै भन्यौ, “याहवेहले हामीलाई घृणा गर्नुहुन्छ। यसैकारण उहाँले हामीलाई एमोरीहरूका हातद्वारा नष्‍ट गर्नलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
27 Queixaram-se dentro de suas tendas e disseram: ‘Com certeza o S enhor nos odeia. Por isso nos trouxe do Egito, a fim de nos entregar nas mãos dos amorreus para sermos exterminados.
28 हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ”
28 Para onde podemos ir? Nossos irmãos nos desanimaram com seu relatório. Eles disseram: ‘Os habitantes da terra são mais altos e poderosos que nós, e suas cidades são grandes, com muros que sobem até o céu! Vimos até os descendentes de Enaque!’.
29 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ।
29 “Eu lhes disse: ‘Não entrem em pânico nem tenham medo deles!
30 याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो।
30 O S enhor , seu Deus, irá adiante de vocês. Ele lutará em seu favor, conforme tudo que vocês o viram fazer no Egito.
31 अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्‍वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
31 Também viram como o S enhor , seu Deus, cuidou de vocês ao longo do caminho, enquanto viajavam pelo deserto, como um pai cuida de seu filho. Agora ele os trouxe a este lugar’.
32 तर अझ पनि याहवेह तिमीहरूका परमेश्‍वरमाथि तिमीहरूले भरोसा गरेनौ।
32 “No entanto, mesmo depois de tudo que ele fez, vocês se recusaram a confiar no S enhor , seu Deus,
33 उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो।
33 que vai adiante de vocês buscando lugares para acamparem e guiando-os com uma coluna de fogo durante a noite e uma coluna de nuvem durante o dia.
34 जब तिमीहरूको गनगन याहवेहले सुन्‍नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो,
34 “Quando o S enhor ouviu vocês se queixarem, ficou irado e, por isso, fez um juramento:
35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्‍ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन।
35 ‘Nenhum de vocês desta geração perversa viverá para ver a boa terra que eu jurei dar a seus antepassados.
36 यपून्‍नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
36 A única exceção será Calebe, filho de Jefoné. Ele verá a terra, pois seguiu o S enhor em tudo. Darei a ele e a seus descendentes parte da terra que ele explorou durante sua missão de reconhecimento’.
37 तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्‍नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्।
37 “Foi por causa de vocês que o S enhor se irou contra mim. Ele me disse: ‘Você também não entrará na terra!
38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्‍याउनेछ।
38 Seu auxiliar, Josué, filho de Num, entrará na terra. Encoraje-o, pois ele conduzirá o povo quando Israel tomar posse dela.
39 अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्।
39 Darei a terra a seus filhos pequenos, às crianças que não sabem a diferença entre certo e errado. Vocês temiam que seus pequeninos fossem capturados, mas serão eles que tomarão posse da terra.
40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।”
40 Quanto a vocês, deem meia-volta e retornem ao deserto, em direção ao mar Vermelho’.
41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्‍यौ।
41 “Então vocês admitiram: ‘Pecamos contra o S enhor ! Agora, subiremos e lutaremos pela terra, como o S enhor , nosso Deus, ordenou’. Seus homens se armaram para a guerra, pensando que seria fácil atacar a região montanhosa.
42 तर याहवेहले मलाई भन्‍नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
42 “Mas o S enhor me encarregou de lhes dizer: ‘Não ataquem, pois não estou com vocês. Se forem por conta própria, serão derrotados por seus inimigos’.
43 यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्‍यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ।
43 “Foi o que eu lhes disse, mas vocês não deram ouvidos. Em vez disso, rebelaram-se mais uma vez contra a ordem do S enhor e, arrogantemente, foram à região montanhosa para lutar.
44 तब त्यस पहाडी मुलुकमा बस्‍ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते।
44 Os amorreus que viviam ali saíram e os atacaram como um enxame de abelhas. Eles os perseguiram e os massacraram ao longo de todo o caminho, desde Seir até Hormá.
45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्‍नुभएन।
45 Então vocês voltaram e choraram diante do S enhor , mas o S enhor se recusou a ouvi-los.
46 यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।
46 Por isso, ficaram em Cades por um longo tempo.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.