Deuteronômio 19
npioncb (NPIONCB) vs NAA
1 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,
1 — Quando o Senhor , seu Deus, eliminar as nações cuja terra dará a vocês, e quando vocês desalojarem essas nações e morarem nas cidades e nas casas deles,
2 तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।
2 separem três cidades no meio da terra que o Senhor , seu Deus, dará a vocês para que dela tomem posse.
3 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।
3 Preparem o caminho e dividam em três partes a terra que o Senhor , seu Deus, lhes dará por herança. E isto será para que nelas se refugie todo homicida.
4 यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।
4 — Este é o caso do homicida que nelas se refugiar, para que salve a sua vida: aquele que, involuntariamente, matar o seu próximo, a quem não odiava.
5 मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।
5 Assim, se alguém entrar com o seu próximo na floresta, para cortar lenha, e, manejando com impulso o machado para cortar uma árvore, o ferro saltar do cabo e atingir o seu próximo, e este morrer, aquele homem poderá se refugiar numa dessas cidades e salvar a sua vida.
6 नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।
6 Isto para que o vingador do sangue não persiga o homicida, quando ficar furioso, e o alcance, por ser longo o caminho, e lhe tire a vida, porque não merece morrer, pois não o odiava.
7 यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्ने आज्ञा दिँदैछु।
7 Portanto, ordeno a vocês que separem três cidades.
8 यदि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,
8 — Se o Senhor , seu Deus, ampliar o território de vocês, como jurou aos pais de vocês, e lhes der toda a terra que prometeu a eles,
9 आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।
9 desde que vocês guardem e cumpram todos estes mandamentos que hoje lhes ordeno, amando o Senhor , seu Deus, e andando nos seus caminhos todos os dias, então vocês devem acrescentar mais três cidades além destas três,
10 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।
10 para que não se derrame sangue inocente na terra que o Senhor , seu Deus, lhes está dando por herança, pois vocês seriam culpados da morte de homens inocentes.
11 तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,
11 — Mas, se houver alguém que odeia o seu próximo, arma-lhe ciladas, levanta-se contra ele e o mata, e então se refugia numa dessas cidades,
12 त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।
12 os anciãos da sua cidade mandarão tirá-lo dali e entregá-lo na mão do vingador do sangue, para que seja morto.
13 त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।
13 Não olhem para ele com piedade; pelo contrário, exterminem de Israel a culpa do sangue inocente, para que tudo vá bem com vocês.
14 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।
14 — Não mudem os marcos de divisa do seu próximo, que os antigos fixaram na herança de vocês, na terra que o Senhor , seu Deus, lhes dá para que dela tomem posse.
15 कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।
15 — Uma só testemunha não poderá se levantar contra alguém por qualquer iniquidade ou por qualquer pecado, seja qual for que cometer; pelo depoimento de duas ou três testemunhas se estabelecerá o fato.
16 यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,
16 Quando se levantar testemunha falsa contra alguém, para o acusar de alguma transgressão,
17 त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।
17 então os dois homens que tiverem a demanda se apresentarão diante do Senhor , diante dos sacerdotes e dos juízes que houver naqueles dias.
18 ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,
18 Os juízes examinarão o caso com cuidado e, se a testemunha for falsa e tiver testemunhado falsamente contra o seu irmão,
19 त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्टता हटाउनुपर्छ।
19 receberá o castigo que tinha em vista para o seu irmão. E assim exterminarão o mal do meio de vocês,
20 बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्ट कुरा कहिल्यै हुनेछैन।
20 para que os que ficarem ouçam, temam e nunca mais tornem a fazer semelhante mal no meio de vocês.
21 तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।
21 Não olhem para ele com piedade: vida por vida, olho por olho, dente por dente, mão por mão, pé por pé.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.