Deuteronômio 19

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशका जातिहरूलाई नाश गरी सक्नुहुन्छ, र जब तिमीहरूले तिनीहरूलाई धपाएर तिनीहरूका सहरहरू र घरहरूमा बसोबास गर्छौ,
1 Quando o Senhor , teu Deus, eliminar as nações cuja terra te dará o Senhor , teu Deus, e as desapossares e morares nas suas cidades e nas suas casas,
2 तब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिनुहुने देशमा तिमीहरूले आफ्ना लागि तीन वटा सहरहरू अलग गर्नू।
2 três cidades separarás no meio da tua terra que te dará o Senhor , teu Deus, para a possuíres.
3 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशलाई तीन भागमा विभाजन गर्नू। ती सहरहरूमा पुग्नलाई बाटोहरू बनाउनू, ताकि कुनै पनि ज्यानमारा शरण-नगरमा भागेर जान सकोस्।
3 Preparar-te-ás o caminho e os limites da tua terra que te fará possuir o Senhor , teu Deus, dividirás em três; e isto será para que nelas se acolha todo homicida.
4 यो नियम कुनै व्यक्तिलाई मार्ने कुनै पनि हत्यारा सम्बन्धी हो: जो आफ्नो प्राण बचाउनलाई त्यहाँ भागेर जान्छ; जसले आफ्नो छिमेकीलाई कुनै दुश्मनीको कारणविना अनजानमा मार्दछ।
4 Este é o caso tocante ao homicida que nelas se acolher, para que viva: aquele que, sem o querer, ferir o seu próximo, a quem não aborrecia dantes.
5 मानौँ कुनै मानिस आफ्नो छिमेकीसँग दाउरा काट्न वनमा जान्छ, र त्यसले रूख ढाल्नलाई आफ्नो बन्चरो चलाउँदा त्यसको बिँडबाट बन्चरो खुस्केर त्यस छिमेकीलाई लागेर मर्‍यो भने त्यो मानिस यी शरण-नगरहरूमध्ये एउटामा भागेर आफ्नो प्राण बचाउन सक्छ।
5 Assim, aquele que entrar com o seu próximo no bosque, para cortar lenha, e, manejando com impulso o machado para cortar a árvore, o ferro saltar do cabo e atingir o seu próximo, e este morrer, o tal se acolherá em uma destas cidades e viverá;
6 नत्रता शरणस्थानको बाटो लामो भएको कारण बदला लिनेले आफ्नो क्रोधमा उसलाई खेदेर भेट्टाउन सक्छ र मार्न सक्छ; जबकि ऊ मृत्युदण्डको योग्य नै थिएन। किनकि उसको मनमा मृतक छिमेकीप्रति कुनै रिस-राग नै थिएन।
6 para que o vingador do sangue não persiga o homicida, quando se lhe enfurecer o coração, e o alcance, por ser comprido o caminho, e lhe tire a vida, porque não é culpado de morte, pois não o aborrecia dantes.
7 यसैकारण मैले तिमीहरूलाई आफ्ना निम्ति तीन वटा सहरहरू अलग गर्नू भन्‍ने आज्ञा दिँदैछु।
7 Portanto, te ordeno: três cidades separarás.
8 यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ, तिमीहरूका इलाका बढाइदिनुभयो, र उहाँले तिनीहरूसँग प्रतिज्ञा गर्नुभएको सम्पूर्ण देश तिमीहरूलाई दिनुभयो भने,
8 Se o Senhor , teu Deus, dilatar os teus limites, como jurou a teus pais, e te der toda a terra que lhes prometeu,
9 आज मैले तिमीहरूलाई आज्ञा दिएका सबै नियमहरू होसियारीसाथ पालन गर्‍यौ, अर्थात् याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्‍यौ र उहाँका मार्गमा सधैँ आज्ञाकारी भयौ भने तिमीहरूले अझ तीन वटा सहरहरू थप्नू।
9 desde que guardes todos estes mandamentos que hoje te ordeno, para cumpri-los, amando o Senhor , teu Deus, e andando nos seus caminhos todos os dias, então, acrescentarás outras três cidades além destas três,
10 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने तिमीहरूको देशमा निर्दोषको रगत नबगोस् भनेर तिमीहरूले यसो गर्नू; ताकि तिमीहरू रगतको दोषी हुन नपरोस्।
10 para que o sangue inocente se não derrame no meio da tua terra que o Senhor , teu Deus, te dá por herança, pois haveria sangue sobre ti.
11 तर यदि कुनै मानिसले आफ्नो छिमेकीलाई घृणाको भावनाले ढुकेर कुटपिट गरेर मार्‍यो; अनि यी कुनै सहरहरूमा भागेर गयो भने,
11 Mas, havendo alguém que aborrece a seu próximo, e lhe arma ciladas, e se levanta contra ele, e o fere de golpe mortal, e se acolhe em uma dessas cidades,
12 त्यस सहरका प्रधानहरूले हत्यारालाई त्यस सहरबाट फर्काएर ल्याउनेछन् र त्यस दोषीलाई रगतको बदला लिनेको हातमा मार्नको लागि सुम्पिदिनेछन्।
12 os anciãos da sua cidade enviarão a tirá-lo dali e a entregá-lo na mão do vingador do sangue, para que morra.
13 त्यस हत्यारालाई दया नदेखाउनू। तिमीहरूले इस्राएलबाट निर्दोषको रगत बगाउनेको दोष हटाउनुपर्छ, ताकि तिमीहरूको भलो होस्।
13 Não o olharás com piedade; antes, exterminarás de Israel a culpa do sangue inocente, para que te vá bem.
14 याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्नू भनी दिनुहुने देशमा तिमीहरूले पाएको अधिकारको भागमा तिमीहरूका पुर्खाहरूले लगाएका तिमीहरूका छिमेकीका साँधसिमानाको ढुङ्गा नहटाउनू।
14 Não mudes os marcos do teu próximo, que os antigos fixaram na tua herança, na terra que o Senhor , teu Deus, te dá para a possuíres.
15 कुनै अपराध वा अभियोग लगाइएको व्यक्तिलाई दोषी ठहराउन एक जना साक्षी मात्र पर्याप्‍त हुँदैन। दुई वा तीन जना व्यक्तिहरूको साक्षीद्वारा मात्र अपराधीलाई दोषी प्रमाणित गर्न सकिन्छ।
15 Uma só testemunha não se levantará contra alguém por qualquer iniquidade ou por qualquer pecado, seja qual for que cometer; pelo depoimento de duas ou três testemunhas, se estabelecerá o fato.
16 यदि कसैलाई अपराधको अभियोग लगाउन कोही झूटो साक्षी खडा भयो भने,
16 Quando se levantar testemunha falsa contra alguém, para o acusar de algum transvio,
17 त्यस झगडामा संलग्न रहने ती दुई मानिसहरूलाई त्यस बेलाका पुजारीहरू र न्यायकर्ताहरूको सामु याहवेहको उपस्थितिमा खडा गराउनुपर्छ।
17 então, os dois homens que tiverem a demanda se apresentarão perante o Senhor , diante dos sacerdotes e dos juízes que houver naqueles dias.
18 ती न्यायकर्ताहरूले पूरा रूपले जाँच गर्नुपर्छ। यदि त्यस साक्षीले आफ्नो इस्राएली दाजुभाइको विरुद्धमा झूटो साक्षी दिएर दोष लगाएको कुरा प्रमाणित भयो भने,
18 Os juízes indagarão bem; se a testemunha for falsa e tiver testemunhado falsamente contra seu irmão,
19 त्यसलाई दोष लगाएको व्यक्तिले पाउनुपर्ने सजायजस्तै सजाय दिनू। यसरी तिमीहरूका बीचबाट तिमीहरूले दुष्‍टता हटाउनुपर्छ।
19 far-lhe-eis como cuidou fazer a seu irmão; e, assim, exterminarás o mal do meio de ti;
20 बाँकी रहेका मानिसहरूले यस कुरालाई सुन्‍नेछन् र डराउनेछन्। अनि तिमीहरूको बीचमा यस्तो दुष्‍ट कुरा कहिल्यै हुनेछैन।
20 para que os que ficarem o ouçam, e temam, e nunca mais tornem a fazer semelhante mal no meio de ti.
21 तिमीहरूले अपराधीलाई दया नदेखाओ: प्राणको सट्टा प्राण, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा हुनुपर्छ।
21 Não o olharás com piedade: vida por vida, olho por olho, dente por dente, mão por mão, pé por pé.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.