Deuteronômio 10

npioncb (NPIONCB) vs BKJ

Sair da comparação
1 त्यस बेला याहवेहले मलाई भन्‍नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना।
1 Naquele tempo o ­SENHOR me disse: Talha duas tábuas de pedra, como as primeiras, e vem até mim no monte, e faz uma arca de madeira.
2 म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। त्यसपछि तैँले ती ढुङ्गाका पाटीहरूलाई त्यस सन्दुकमा राख्।”
2 E escreverei nas tábuas as palavras que estavam nas primeiras tábuas que quebraste, e as porás na arca.
3 यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।
3 E fiz uma arca de madeira de acácia, e talhei duas tábuas de pedra como as primeiras, e subi ao monte, levando as duas tábuas na minha mão.
4 याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो।
4 E ele escreveu nas tábuas, conforme a primeira escritura, os dez mandamentos, que o ­SENHOR vos falou no monte, do meio do fogo, no dia da assembleia; e o ­SENHOR as deu a mim.
5 त्यसपछि म पर्वतबाट ओर्लिआएँ। अनि याहवेहले मलाई आज्ञा गर्नुभएझैँ ती पाटीहरूलाई मैले बनाएको सन्दुकमा राखिदिएँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छँदैछन्।
5 E me virei e desci do monte, e coloquei as tábuas na arca que havia feito; e ali elas estão, como o ­SENHOR me ordenou.
6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले।
6 E os filhos de Israel empreenderam sua jornada desde Beerote dos filhos de Jaacã até Mosera; ali morreu Arão, e ali foi sepultado; e Eleazar, seu filho, ministrou na função de sacerdote em seu lugar.
7 त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए।
7 Dali seguiram viagem até Gudgoda; e desde Gudgoda até Jotbatá, uma terra de ribeiros de águas.
8 त्यस बेला याहवेहले लेवीको कुललाई उहाँको करारको सन्दुक बोक्न, उहाँको सामु खडा भई सेवा गर्न र उहाँको नाममा आशिष्‌को घोषणा गर्नको लागि अलग गर्नुभयो, जुन काममा तिनीहरू आज पनि छँदैछन्।
8 Naquela ocasião, o ­SENHOR separou a tribo de Levi, para que levasse a arca do pacto do ­SENHOR, para estarem de pé diante do ­SENHOR, para o ministrar, e para abençoar no seu nome, até este dia.
9 यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)।
9 Por isso, Levi não tem parte nem herança com seus irmãos; o ­SENHOR é a sua herança, conforme o ­SENHOR teu Deus prometeu a ele.
10 पहिलोपल्ट जस्तै म पर्वतमा चालीस दिन र चालीस रात बसेँ। अनि यस पटक पनि याहवेहले मेरो बिन्ती सुन्‍नुभयो। उहाँको इच्छा तिमीहरूलाई नाश गर्नलाई थिएन।
10 E fiquei no monte conforme a primeira vez, quarenta dias e quarenta noites, e o ­SENHOR também me ouviu naquele tempo, e o ­SENHOR não quis destruir-te.
11 याहवेहले मलाई भन्‍नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।”
11 E o ­SENHOR me disse: Levanta-te, segue a tua jornada à frente do povo, para que possam ir e possuir a terra, que eu jurei dar aos seus pais.
12 यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्‍वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्‍वरको सेवा गर्नु,
12 E agora, Israel, o que o ­SENHOR teu Deus exige de ti, apenas que temas ao ­SENHOR teu Deus, que andes em todos os seus caminhos, e que o ames, e que sirvas ao ­SENHOR teu Deus com todo o teu coração e com toda a tua alma,
13 र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
13 que guardes os mandamentos do ­SENHOR e os seus estatutos, que te ordeno neste dia, para o teu bem?
14 आकाश र सर्वोच्‍च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्‍वरकै हुन्।
14 Eis que os céus e os céus dos céus são do ­SENHOR teu Deus, a terra também, com tudo o que nela existe.
15 तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्‍नुभयो, जुन आज तिमीहरूका अगि स्पष्‍ट छ।
15 Somente o ­SENHOR teve deleite em teus pais, para amá-los, e ele escolheu a sua semente depois deles, vós acima de todos os povos, como é neste dia.
16 यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ।
16 Portanto, circuncidai o prepúcio do vosso coração, e não sejais mais obstinados.
17 किनकि याहवेह तिमीहरूका परमेश्‍वर, देवी-देवताहरूका परमेश्‍वर, प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्‍न र घूस लिनुहुन्‍न।
17 Porque o ­SENHOR vosso Deus é Deus dos deuses, e Senhor dos senhores, um grande Deus, poderoso e terrível, que não faz acepção de pessoas, nem aceita recompensas;
18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
18 ele faz justiça ao órfão e à viúva, e ama o estrangeiro, dando-lhe alimento e vestes.
19 यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ।
19 Portanto, amai o estrangeiro; pois fostes estrangeiros na terra do Egito.
20 याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।
20 Temerás ao ­SENHOR teu Deus; a ele servirás, e a ele te apegarás, e jurarás pelo seu nome.
21 याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्‌भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
21 Ele é o teu louvor, e ele é o teu Deus, que fez por ti essas coisas grandes e terríveis, que os teus olhos viram.
22 तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ।
22 Os teus pais desceram ao Egito com setenta pessoas, e agora o ­SENHOR fez com que sejas uma multidão, como as estrelas dos céus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.