Deuteronômio 10
npioncb (NPIONCB) vs ARA
1 त्यस बेला याहवेहले मलाई भन्नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर मकहाँ माथि पर्वतमा लिएर आइज। एउटा काठको सन्दुक पनि बना।
1 Naquele tempo, me disse o Senhor : Lavra duas tábuas de pedra, como as primeiras, e sobe a mim ao monte, e faze uma arca de madeira.
2 म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। त्यसपछि तैँले ती ढुङ्गाका पाटीहरूलाई त्यस सन्दुकमा राख्।”
2 Escreverei nas duas tábuas as palavras que estavam nas primeiras que quebraste, e as porás na arca.
3 यसकारण मैले बबुल काठको सन्दुक बनाएँ। अनि पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू खोपेर निकालेँ। त्यसपछि ती दुई पाटीहरू आफ्ना हातमा बोकेर पर्वतमा उक्लेर गएँ।
3 Assim, fiz uma arca de madeira de acácia, lavrei duas tábuas de pedra, como as primeiras, e subi ao monte com as duas tábuas na mão.
4 याहवेहले ती दुई ढुङ्गाका पाटीहरूमा पहिलाको जस्तै जे लेख्नुभएको थियो, त्यही नै सभाको दिन पर्वतमा आगोबाट तिमीहरूलाई घोषणा गर्नुभएका दश आज्ञाहरू लेखिदिनुभयो। अनि ती ढुङ्गाका पाटीहरू मलाई दिनुभयो।
4 Então, escreveu o Senhor nas tábuas, segundo a primeira escritura, os dez mandamentos que ele vos falara no dia da congregação, no monte, no meio do fogo; e o Senhor mas deu a mim.
5 त्यसपछि म पर्वतबाट ओर्लिआएँ। अनि याहवेहले मलाई आज्ञा गर्नुभएझैँ ती पाटीहरूलाई मैले बनाएको सन्दुकमा राखिदिएँ। ती पाटीहरू अहिलेसम्म त्यहीँ छँदैछन्।
5 Virei-me, e desci do monte, e pus as tábuas na arca que eu fizera; e ali estão, como o Senhor me ordenou.
6 (इस्राएलीहरू बेरोतको बेने-याकानहरूको इनारहरूदेखि मोसेरासम्म यात्रा गरे। त्यहाँ हारून मरे, र त्यहीँ तिनी गाडिए। अनि तिनका छोरा एलाजारले तिनीपछि प्रधान पुजारीको जिम्मेवारी सम्हाले।
6 Partiram os filhos de Israel de Beerote-Benê-Jaacã para Mosera. Ali faleceu Arão e ali foi sepultado. Eleazar, seu filho, oficiou como sacerdote em seu lugar.
7 त्यहाँबाट तिनीहरू गुदगोदासम्म यात्रा गरेर पानीको खोलाहरू भएको ठाउँ योतबातामा गए।
7 Dali partiram para Gudgoda e de Gudgoda para Jotbatá, terra de ribeiros de águas.
8 त्यस बेला याहवेहले लेवीको कुललाई उहाँको करारको सन्दुक बोक्न, उहाँको सामु खडा भई सेवा गर्न र उहाँको नाममा आशिष्को घोषणा गर्नको लागि अलग गर्नुभयो, जुन काममा तिनीहरू आज पनि छँदैछन्।
8 Por esse mesmo tempo, o Senhor separou a tribo de Levi para levar a arca da Aliança do Senhor , para estar diante do Senhor , para o servir e para abençoar em seu nome até ao dia de hoje.
9 यसैकारण तिनीहरूका दाजुभाइहरूबीच लेवीहरूको सम्पत्तिको अधिकारको भाग छैन। याहवेह तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ)।
9 Pelo que Levi não tem parte nem herança com seus irmãos; o Senhor é a sua herança, como o Senhor , teu Deus, lhe tem prometido.
10 पहिलोपल्ट जस्तै म पर्वतमा चालीस दिन र चालीस रात बसेँ। अनि यस पटक पनि याहवेहले मेरो बिन्ती सुन्नुभयो। उहाँको इच्छा तिमीहरूलाई नाश गर्नलाई थिएन।
10 Permaneci no monte, como da primeira vez, quarenta dias e quarenta noites; o Senhor me ouviu ainda por esta vez; não quis o Senhor destruir-te.
11 याहवेहले मलाई भन्नुभयो, “उठेर जा, र यी मानिसहरूलाई तिनीहरूको मार्गमा अगुवाइ गर्। मैले तिनीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको देशमा तिनीहरू प्रवेश गरून्। अनि त्यस देशमा अधिकार गरून्।”
11 Porém o Senhor me disse: Levanta-te, põe-te a caminho diante do povo, para que entre e possua a terra que, sob juramento, prometi dar a seus pais.
12 यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्वरको सेवा गर्नु,
12 Agora, pois, ó Israel, que é que o Senhor requer de ti? Não é que temas o Senhor , teu Deus, e andes em todos os seus caminhos, e o ames, e sirvas ao Senhor , teu Deus, de todo o teu coração e de toda a tua alma,
13 र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु।
13 para guardares os mandamentos do Senhor e os seus estatutos que hoje te ordeno, para o teu bem?
14 आकाश र सर्वोच्च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्वरकै हुन्।
14 Eis que os céus e os céus dos céus são do Senhor , teu Deus, a terra e tudo o que nela há.
15 तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्नुभयो, जुन आज तिमीहरूका अगि स्पष्ट छ।
15 Tão somente o Senhor se afeiçoou a teus pais para os amar; a vós outros, descendentes deles, escolheu de todos os povos, como hoje se vê.
16 यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ।
16 Circuncidai, pois, o vosso coração e não mais endureçais a vossa cerviz.
17 किनकि याहवेह तिमीहरूका परमेश्वर, देवी-देवताहरूका परमेश्वर, प्रभुहरूका प्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्न र घूस लिनुहुन्न।
17 Pois o Senhor , vosso Deus, é o Deus dos deuses e o Senhor dos senhores, o Deus grande, poderoso e temível, que não faz acepção de pessoas, nem aceita suborno;
18 उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।
18 que faz justiça ao órfão e à viúva e ama o estrangeiro, dando-lhe pão e vestes.
19 यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ।
19 Amai, pois, o estrangeiro, porque fostes estrangeiros na terra do Egito.
20 याहवेह तिमीहरूका परमेश्वरको डर मान्नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू।
20 Ao Senhor , teu Deus, temerás; a ele servirás, a ele te chegarás e, pelo seu nome, jurarás.
21 याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्।
21 Ele é o teu louvor e o teu Deus, que te fez estas grandes e temíveis coisas que os teus olhos têm visto.
22 तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ।
22 Com setenta almas, teus pais desceram ao Egito; e, agora, o Senhor , teu Deus, te pôs como as estrelas dos céus em multidão.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.