Daniel 11

npioncb (NPIONCB) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।)
1 Tenho acompanhado Miguel para apoiá-lo e fortalecê-lo desde o primeiro ano do reinado de Dario, o medo.)
2 “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्‍त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्‍याउनेछन्।
2 “Agora, portanto, eu lhe revelarei a verdade. Outros três reis persas reinarão e serão sucedidos pelo quarto rei, muito mais rico que os outros. Ele usará sua riqueza para instigar todos a lutarem contra o reino da Grécia.
3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।
3 “Então surgirá um rei poderoso, que governará com grande autoridade e realizará tudo que desejar fazer.
4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।
4 Mas, no auge de seu poder, seu reino será quebrado e dividido em quatro partes. Não será governado pelos descendentes do rei e o reino não terá a mesma autoridade de antes, pois seu império será arrancado fora e entregue a outros.
5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।
5 “O rei do sul se tornará poderoso, mas um de seus oficiais se tornará ainda mais poderoso e governará seu reino com grande força.
6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्‍नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ।
6 “Alguns anos depois, será formada uma aliança entre o rei do norte e o rei do sul. A filha do rei do sul se casará com o rei do norte para garantir a aliança, mas tanto ela como seu pai perderão a influência sobre ele. Ela será abandonada, junto com aqueles que a apoiam.
7 “तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्‍लाभित्र पस्‍नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्।
7 Mas, quando um de seus parentes se tornar o rei do sul, ele reunirá um exército, entrará na fortaleza do rei do norte e o derrotará.
8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।
8 Quando ele voltar ao Egito, levará os ídolos deles, e também objetos valiosos de ouro e prata. Por alguns anos, deixará o rei do norte em paz.
9 त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्।
9 “Mais tarde, o rei do norte invadirá o reino do sul, mas logo voltará para sua terra.
10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्‍लासम्म नै युद्ध गर्नेछन्।
10 Os filhos do rei do norte, porém, reunirão um exército poderoso que avançará como uma inundação e levará a batalha até a fortaleza do inimigo.
11 “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ।
11 “Enfurecido, o rei do sul sairá para lutar contra o grande exército reunido pelo rei do norte e o derrotará.
12 जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्।
12 Depois que o exército inimigo for vencido, o rei do sul se tornará orgulhoso e executará muitos milhares de inimigos; sua vitória, porém, não durará muito tempo.
13 किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्।
13 “Alguns anos depois, o rei do norte voltará com um exército bem equipado, muito maior que antes.
14 “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्।
14 Nessa ocasião, haverá uma rebelião geral contra o rei do sul. Homens violentos de seu povo, Daniel, se juntarão a eles em cumprimento desta visão, mas serão derrotados.
15 तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन।
15 Então o rei do norte virá e cercará uma cidade fortificada e a conquistará. Nem as melhores tropas do sul conseguirão resistir a esse ataque.
16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्‍ट गर्ने शक्ति उनीसँग हुनेछ।
16 “O rei do norte continuará a avançar sem oposição; ninguém será capaz de resistir-lhe. Ele se deterá na terra gloriosa, decidido a destruí-la.
17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्‍ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
17 Fará planos de vir com a força de todo o seu reino e formará uma aliança com o rei do sul. Dará sua filha em casamento a fim de derrubar o reino, mas seu plano falhará.
18 तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्।
18 “Depois disso, voltará sua atenção para o litoral e conquistará muitas cidades. No entanto, um comandante de outra terra acabará com sua insolência e o fará retirar-se, envergonhado.
19 त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्‍लातिर फर्कनेछन्; तर उनी ठक्‍कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्।
19 Ele se refugiará em sua própria fortaleza, mas tropeçará e nunca mais será visto.
20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।
20 “Seu sucessor enviará um cobrador de impostos para manter o esplendor real. Depois de um breve reinado, porém, ele morrerá, mas não como resultado de ira nem na batalha.
21 “अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्।
21 “O próximo a subir ao poder será um homem desprezível, que não faz parte da linhagem real. Ele se infiltrará quando menos se espera e assumirá o controle do reino por meio de intrigas.
22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्।
22 Diante dele, grandes exércitos serão arrasados, incluindo um príncipe da aliança.
23 तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्।
23 Com promessas enganosas, fará várias alianças. Apesar de ter apenas um punhado de seguidores, ele se tornará forte.
24 जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्‍लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
24 Sem aviso, entrará nas regiões mais ricas da terra e distribuirá entre seus seguidores o despojo e os bens dos ricos, coisa que seus antecessores nunca fizeram. Fará planos para conquistar fortalezas, mas isso durará pouco tempo.
25 “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्।
25 “Então juntará coragem e reunirá um grande exército contra o rei do sul. Este sairá para a batalha, mas de nada adiantará, pois haverá conspirações contra ele.
26 इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्।
26 Sua derrota será causada por gente de sua própria confiança. Seu exército será arrasado, e muitos serão mortos.
27 अनि यी दुवै राजाहरूका हृदय दुष्‍टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्‍नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्‍कै आउनेछ।
27 Decididos a fazer o mal, esses reis tentarão enganar um ao outro enquanto estiverem à mesa de negociações; mas isso não fará diferença alguma, pois o fim chegará no tempo determinado.
28 उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्।
28 “O rei do norte voltará para casa com muitas riquezas. No caminho, ele se colocará contra o povo da santa aliança e fará grandes estragos antes de seguir viagem.
29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ।
29 “Então, no tempo determinado, ele voltará a invadir o sul, mas dessa vez o resultado será diferente.
30 पश्‍चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्।
30 Ele se assustará com os navios de guerra do litoral oeste e voltará para casa. Então descarregará sua ira sobre o povo da santa aliança e recompensará os que abandonarem a aliança.
31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्‍लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
31 “Seu exército tomará a fortaleza do templo, contaminará o santuário, acabará com os sacrifícios diários e colocará ali uma terrível profanação.
32 तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।
32 Ele usará de adulação e conquistará os que violaram a aliança; mas aqueles que conhecem seu Deus serão fortes e resistirão.
33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्‌हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्।
33 “Líderes sábios instruirão a muitos, mas esses mestres morrerão pela espada e pelo fogo, ou serão capturados e saqueados.
34 जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्।
34 Durante essas perseguições, receberão pouca ajuda, e muitos que se juntarem a eles não serão sinceros.
35 बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्‍कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।
35 Alguns dos sábios serão vítimas de perseguição e, desse modo, serão refinados, purificados e limpos até o tempo do fim, pois o tempo determinado ainda está por vir.
36 “राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्‍च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्‍वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्‍नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ।
36 “O rei fará o que bem entender, se exaltará, afirmará ser maior que todos os deuses e chegará a blasfemar contra o Deus dos deuses. Terá êxito, mas apenas até que se complete o tempo da ira; pois aquilo que foi determinado certamente acontecerá.
37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्‍नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्‍च तुल्याउनेछन्।
37 Ele não respeitará os deuses de seus antepassados, nem o deus preferido das mulheres, nem deus algum, pois dirá que é maior que todos eles.
38 तिनीहरूका सट्टामा तिनले किल्‍ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्।
38 Em lugar deles, adorará o deus da fortaleza, um deus que seus antepassados não conheceram, e lhe dará honras com ouro, prata, pedras preciosas e presentes caros.
39 तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्‍ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्।
39 Dizendo contar com a ajuda desse deus estrangeiro, atacará as fortalezas mais poderosas. Honrará os que se sujeitarem a ele, os nomeará para cargos de autoridade e dividirá a terra entre eles como recompensa.
40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्।
40 “Então, no tempo do fim, o rei do sul lutará contra o rei do norte. O rei do norte atacará com carros de guerra e seus condutores e com muitos navios. Invadirá várias terras e as arrasará como uma inundação.
41 तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्।
41 Entrará na terra gloriosa e muitas nações cairão, mas Moabe, Edom e a maior parte de Amom escaparão.
42 तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन।
42 Ele conquistará muitos países, e nem mesmo o Egito escapará.
43 तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्।
43 Tomará para si o ouro, a prata e os tesouros do Egito, e os líbios e os etíopes serão seus servos.
44 तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्‍ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।
44 “Mas, então, chegarão notícias do leste e do norte que o deixarão alarmado, e ele partirá enfurecido para destruir e aniquilar muitos.
45 तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन।
45 Armará suas tendas entre o monte santo e glorioso e o mar. Enquanto estiver lá, porém, chegará a seu fim, e ninguém o ajudará.”

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Daniel 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.