Daniel 11
npioncb (NPIONCB) vs NVI
1 अनि मचाहिँ मादीका राजा दाराको शासनकालको पहिलो वर्षमा, तिनलाई सहायता गर्न र तिनलाई रक्षा गर्न खडा भएँ।)
1 sendo que, no primeiro ano de Dario, rei dos medos, ajudei-o e dei-lhe apoio.
2 “अब म तिमीलाई सत्य कुरा बताउँछु: परसीयामा अझ तीन जना राजाहरू खडा हुनेछन्; त्यसपछि चौथो राजा पनि खडा हुनेछन्, जोचाहिँ अरू सबै राजाहरूभन्दा धेरै धनी हुनेछन्। जब तिनले आफ्नो धनले शक्ति प्राप्त गर्नेछन्, तब तिनले हरेकलाई ग्रीसको विरुद्धमा सुर्याउनेछन्।
2 "Agora, pois, vou dar-lhe a conhecer a verdade: Outros três reis aparecerão na Pérsia, e depois virá um quarto rei, que será bem mais rico do que todos os outros. Quando ele tiver conquistado o poder com sua riqueza, instigará todos contra o reino da Grécia.
3 त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।
3 Então surgirá um rei guerreiro, que governará com grande poder e fará o que quiser.
4 तब तिनी शक्तिशाली हुनसाथ तिनको राज्य टुक्रिनेछ, र आकाशका चारै दिशाका बतासहरूजस्तै चार भागमा विभाजित भएर जानेछ। त्यो राज्य तिनका सन्तानहरूकहाँ जानेछैन, न त तिनको जस्तो शक्ति सन्तानहरूमा हुनेछ; किनकि तिनको साम्राज्य जरैसमेत उखेलिनेछ र अरूलाई दिइनेछ।
4 Depois que ele surgir, o seu império se desfará e será repartido para os quatro ventos do céu. Não passará para os seus descendentes, e o império não será poderoso como antes, pois será desarraigado e dado a outros.
5 “अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।
5 "O rei do sul se tornará forte, mas um dos seus príncipes se tornará ainda mais forte que ele e governará o seu próprio reino com grande poder.
6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ।
6 Depois de alguns anos, eles se tornarão aliados. A filha do rei do sul fará um tratado com o rei do norte, mas ela não manterá o seu poder, nem ele conservará o dele. Naqueles dias ela será entregue à morte, junto com sua escolta real e com seu pai e com aquele que a apoiou.
7 “तिनको स्थान लिन तिनकै वंशबाट एक जना मानिस उठ्नेछन्। अनि तिनले उत्तरका राजाको सेना दलहरूलाई आक्रमण गर्नेछन्, र उनको किल्लाभित्र पस्नेछन्; तिनले उनीहरूको विरुद्धमा लडाइँ गर्नेछन् र विजयी हुनेछन्।
7 "Alguém da linhagem dela se levantará para tomar-lhe o lugar. Ele atacará as forças do rei do norte e invadirá a sua fortaleza; lutará contra eles e será vitorioso.
8 तिनले उनीहरूका देवताहरू, उनीहरूका धातुका मूर्तिहरू, उनीहरूका सुन र चाँदीका बहुमूल्य सामग्रीहरू कब्जा गरेर ती इजिप्टमा लैजानेछन्। केही वर्षको लागि तिनले उत्तरको राजालाई एकलै छोड्नेछन्।
8 Também se apoderará dos deuses deles, das suas imagens de metal e dos seus utensílios valiosos de prata e de ouro, e os levará para o Egito. E por alguns anos ele deixará o rei do norte em paz.
9 त्यसपछि उत्तरका राजाले दक्षिणका राजाको राज्यमाथि आक्रमण गर्नेछन्, तर तिनी आफ्नै देशमा फर्किनेछन्।
9 Então o rei do norte invadirá as terras do rei do sul, mas terá que se retirar para a sua própria terra.
10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्लासम्म नै युद्ध गर्नेछन्।
10 Seus filhos se prepararão para a guerra e reunirão um grande exército, que avançará como uma inundação irresistível e levará os combates até a fortaleza do rei do sul.
11 “तब दक्षिणका राजा क्रोधित भएर युद्ध मोर्चामा निस्कनेछन्, र उत्तर सिरियाको राजाको विरुद्धमा युद्ध गर्नेछन्; अनि सिरियाको राजाले ठूलो सेना खडा गर्नेछन्, तर पनि ती ठूलो सेना पराजित हुनेछ।
11 "Em face disso, o rei do sul marchará furioso para combater o rei do norte, que o enfrentará com um enorme exército, mas mesmo assim será derrotado.
12 जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्।
12 Quando o exército for vencido, o rei do sul se encherá de orgulho e matará milhares, mas o seu triunfo será breve.
13 किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्।
13 Pois o rei do norte reunirá um outro exército, maior do que o primeiro; e depois de alguns anos voltará a atacá-lo com um exército enorme e bem equipado.
14 “ती दिनहरूमा धेरै मानिसहरू दक्षिणका राजाको विरुद्धमा खडा हुनेछन्। अनि यो दर्शन पूरा हुनलाई तिम्रो आफ्नै जातिबाट हिंसात्मक मानिसहरू निस्कनेछन् र विद्रोह गर्नेछन्, तर सफल हुनेछैनन्।
14 "Naquela época muitos se rebelarão contra o rei do sul. E os homens violentos do povo a que você pertence se revoltarão para cumprirem esta visão, mas não terão sucesso.
15 तब उत्तरका राजा आउनेछन्, र घेराबन्दी गर्ने मोर्चाहरू निर्माण गर्नेछन्; अनि एउटा सुरक्षित सहरलाई कब्जा गर्नेछन्। दक्षिणका सेनाहरूले प्रतिरोध गर्न सक्नेछैनन्; तिनीहरूका उत्तम लडाकु सेनाहरूमा पनि खडा हुनसक्ने शक्ति रहनेछैन।
15 Então o rei do norte virá e construirá rampas de cerco e conquistará uma cidade fortificada. As forças do sul serão incapazes de resistir; mesmo as suas melhores tropas não terão forças para resistir.
16 आक्रमणकारीले आफूले चाहेअनुसार गर्नेछन्; उनको विरुद्धमा कोही पनि खडा रहन सक्नेछैन। उनले आफूलाई सुन्दर देशमा स्थापित गर्नेछ, र यसलाई नष्ट गर्ने शक्ति उनीसँग हुनेछ।
16 O invasor fará o que bem entender; ninguém conseguirá resistir-lhe. Ele se instalará na Terra Magnífica e terá poder para destruí-la.
17 सिरियाका राजाले आफ्नो सम्पूर्ण राज्यको सैनिक शक्तिको साथ आउने निर्णय गर्नेछन्, र दक्षिणको राजासँग मित्रता गर्नेछन्। अनि त्यस राज्यलाई नष्ट गर्नलाई आफ्नी छोरी तिनलाई विवाहमा दिनेछन्, तर उनको योजना सफल हुनेछैन, अथवा त्यस कुराले उनलाई सहायता पुग्नेछैन।
17 Virá com o poder de todo o seu reino e fará uma aliança com o rei do sul. Ele lhe dará uma filha em casamento a fim de derrubar o reino, mas o seu plano não terá sucesso nem o ajudará.
18 तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्।
18 Então ele voltará a atenção para as regiões costeiras e tomará muitas delas, mas um comandante dará fim à arrogância dele e lhe devolverá a sua arrogância.
19 त्यसपछि ती सिरियाका राजा आफ्नै देशको सुरक्षित किल्लातिर फर्कनेछन्; तर उनी ठक्कर खानेछन्, लड्नेछन् र फेरि कहिल्यै भेट्टाइनेछैनन्।
19 Depois disso ele se dirigirá para as fortalezas de sua própria terra, mas tropeçará e cairá, para nunca mais aparecer.
20 “तिनका उत्तराधिकारीले राजकीय वैभवलाई कायम राख्न एक जना कर उठाउने व्यक्तिलाई पठाउनेछन्। तर केही वर्षपछि नै तिनको अन्त्य हुनेछ; कुनै पनि लडाइँ झगडामा नपरीकनै तिनी मारिनेछन्।
20 "Seu sucessor enviará um cobrador de impostos para manter o esplendor real. Contudo, em poucos anos ele será destruído, ainda que não com ira nem em combate.
21 “अनि तिनको ठाउँमा शासन गर्नलाई एक जना हेला गरिएका व्यक्ति उत्तराधिकारी हुनेछन्, जसलाई राजकीय सम्मान वा मान्यता दिइएको थिएन। त्यस राज्यका मानिसहरूले सुरक्षित अनुभव गरिरहेको बेला तिनले राज्यमाथि आक्रमण गर्नेछन्; अनि तिनले त्यस राज्यलाई षड्यन्त्रद्वारा घेरा हाल्नेछन् र राज्यसत्ता लिनेछन्।
21 "Ele será sucedido por um ser desprezível, a quem não tinha sido dada a honra da realeza. Este invadirá o reino quando o povo do reino sentir-se seguro, e ele se apoderará dele mediante intrigas.
22 त्यसपछि उत्तरका राजाको सामु दक्षिणका विशाल सेनाहरू नाश हुनेछन्; दक्षिणका सेना र करारको राजकुमार दुवै नाश हुनेछन्।
22 Então um exército avassalador será arrasado diante dele; tanto o exército como um príncipe da aliança serão destruídos.
23 तिनीसँग सम्झौता भएपछि उत्तरका राजाले छलपूर्वक काम गर्नेछन्; अनि थोरै मानिसहरूसित मात्र भए तापनि तिनी शक्तिशाली हुनेछन्।
23 Depois de um acordo feito com ele, agirá traiçoeiramente, e com apenas uns poucos chegará ao poder.
24 जब धेरै धनी प्रान्तहरूले सुरक्षित अनुभव गर्छन्, तब तिनले तिनीहरूमाथि आक्रमण गर्नेछन्, र तिनका पितापुर्खाहरू समेतले नपाएको सफलता तिनले पाउनेछन्। तिनले लुटपाट गरेर जम्मा गरेका लुटका मालसामान र धनसम्पत्ति त्यसको पछि लाग्ने मानिसहरूको बीचमा बाँडचुँड गर्नेछन्। तिनले बलियो किल्लाहरू भत्काउने षड्यन्त्र गर्नेछन्—तर केही समयको निम्ति मात्र तिनले यसो गर्नेछन्।
24 Quando as províncias mais ricas se sentirem seguras, ele as invadirá e realizará o que nem seus pais nem seus antepassados conseguiram. Distribuirá despojos, saques e riquezas entre seus seguidores. Ele tramará a tomada de fortalezas, mas só por algum tempo.
25 “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्।
25 "Com um grande exército juntará suas forças e sua coragem contra o rei do sul. O rei do sul guerreará com um exército grande e poderoso, mas não conseguirá resistir por causa dos golpes tramados contra ele.
26 इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्।
26 Mesmo os que estiverem sendo alimentados pelo rei tentarão destruí-lo; seu exército será arrasado, e muitos cairão em combate.
27 अनि यी दुवै राजाहरूका हृदय दुष्टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्कै आउनेछ।
27 Os dois reis, com seus corações inclinados para o mal, sentarão à mesma mesa e mentirão um para o outro, mas sem resultado, pois o fim só virá no tempo determinado.
28 उत्तरको राजा धेरै सम्पत्ति लिएर आफ्नै देशमा फर्कनेछन्, तर तिनको हृदय पवित्र करारको विरुद्धमा हुनेछ। तिनले यरूशलेमको विरुद्धमा इच्छा लागेअनुसार गर्नेछन्, त्यसपछि आफ्नै देशमा फर्किजानेछन्।
28 O rei do norte voltará para a sua terra com grande riqueza, mas o seu coração estará voltado contra a santa aliança. Ele empreenderá ação contra ela e então voltará para a sua terra.
29 “तोकिएको केही समयपछि तिनले दक्षिणमाथि फेरि आक्रमण गर्नेछन्, तर यस बेलाको परिणाम पहिलेको भन्दा फरक हुनेछ।
29 "No tempo determinado ele invadirá de novo o sul, mas dessa vez o resultado será diferente do anterior.
30 पश्चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्।
30 Navios das regiões da costa ocidental se oporão a ele, e ele perderá o ânimo. Então se voltará e despejará sua fúria contra a santa aliança. Ele retornará e será bondoso com aqueles que abandonarem a santa aliança.
31 “तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
31 "Suas forças armadas se levantarão para profanar a fortaleza e o templo, acabarão com o sacrifício diário e colocarão o sacrilégio terrível.
32 तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्ट पार्नेछन्, तर आफ्ना परमेश्वरलाई चिन्ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।
32 Com lisonjas corromperá aqueles que tiverem violado a aliança, mas o povo que conhece o seu Deus resistirá com firmeza.
33 “मानिसहरूको बीचमा रहेका बुद्धिमान्हरूले धेरैलाई बुझ्ने शिक्षा दिनेछन्, तर केही समयका लागि तिनीहरू पनि तरवारद्वारा मारिनेछन्, जलाइनेछन्, कब्जा गरिनेछन् र लुटिनेछन्।
33 "Aqueles que são sábios instruirão a muitos, mas por certo período cairão pela espada e serão queimados, capturados e saqueados.
34 जब तिनीहरू लड्नेछन्, तब तिनीहरूले थोरै मात्र सहायता पाउनेछन्; अनि झूटा मानिसहरू तिनीहरूसित मिल्नेछन्।
34 Quando caírem, receberão uma pequena ajuda, e muitos que não são sinceros se juntarão a eles.
35 बुद्धिमान् अगुवाहरूमध्ये केहीले ठक्कर खानेछन्, ताकि अन्त्यको समयसम्म तिनीहरू चोखिऊन्, शुद्ध पारिऊन् र निष्खोट ठहरिऊन्; किनकि यो त तोकिएको समयमा अवश्य आउनेछ।
35 Alguns dos sábios tropeçarão para que sejam refinados, purificados e alvejados até a época do fim, pois isso só virá no tempo determinado.
36 “राजाले आफूलाई इच्छा लागेअनुसार गर्नेछन्। तिनले आफूलाई सबै देवताभन्दा उच्च पारेर आफूलाई महान् बनाउनेछन्; अनि देवताहरूका परमेश्वरको विरुद्धमा कहिल्यै नसुनिएका कुराहरू भन्नेछन्। क्रोधको समय पूर्ण रूपले पूरा नभएसम्म तिनी सफल हुनेछन्; किनकि जुन कुरा निर्धारण गरिएको छ, त्यो हुनैपर्छ।
36 "O rei fará o que bem entender. Ele se exaltará e se engrandecerá acima de todos os deuses e dirá coisas jamais ouvidas contra o Deus dos deuses. Ele terá sucesso até que o tempo da ira se complete, pois o que foi decidido irá acontecer.
37 तिनले आफ्ना पितापुर्खाहरूका देवताहरू अथवा स्त्रीहरूले चाहेका देवताहरूको पनि वास्ता गर्नेछैनन्, न त तिनले कुनै देवतालाई मान्नेछन्, तर आफूलाई ती सबैभन्दामाथि उच्च तुल्याउनेछन्।
37 Ele não terá consideração pelos deuses dos seus antepassados nem pelo deus preferido das mulheres, nem por deus algum, mas se exaltará acima deles todos.
38 तिनीहरूका सट्टामा तिनले किल्ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्।
38 Em seu lugar adorará um deus das fortalezas; um deus desconhecido de seus antepassados ele honrará com ouro e prata, com pedras preciosas e presentes caros.
39 तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्।
39 Atacará as fortalezas mais poderosas com a ajuda de um deus estrangeiro e dará grande honra àqueles que o reconhecerem. Ele os fará governantes sobre muitos e distribuirá a terra, mas a um preço elevado.
40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्।
40 "No tempo do fim o rei do sul se envolverá em combate, e o rei do norte o atacará com carros e cavaleiros e uma grande frota de navios. Ele invadirá muitos países e avançará por eles como uma inundação.
41 तिनले सुन्दर देशलाई पनि आक्रमण गर्नेछन्। धेरै देशहरू पतन हुनेछन्, तर एदोम, मोआब र अम्मोनका अगुवाहरू त्यसका हातबाट बचाइनेछन्।
41 Também invadirá a Terra Magnífica. Muitos países cairão, mas Edom, Moabe e os líderes de Amom ficarão livres da sua mão.
42 तिनले आफ्नो शक्ति धेरै देशहरूका विरुद्धमा फैलाउनेछन्; इजिप्ट पनि उम्कन पाउनेछैन।
42 Ele estenderá o seu poder sobre muitos países; o Egito não escapará,
43 तिनले इजिप्टका सुन, चाँदी र सबै बहुमूल्य धन सम्पत्तिका भण्डारहरूमाथि अधिकार जमाउनेछन्; अनि लिबिया र कूशीहरू तिनको अधीनमा हुनेछन्।
43 pois ele terá o controle dos tesouros de ouro e de prata e de todas as riquezas do Egito; os líbios e os núbios a ele se submeterão.
44 तर पूर्व र उत्तरतिरबाट आएका खबरहरूले तिनलाई तर्साइदिनेछन्; अनि तिनी अति क्रोधित भएर धेरै मानिसहरूलाई नष्ट गर्न र सखाप पार्नलाई निस्केर जानेछन्।
44 Mas, informações provenientes do leste e do norte o deixarão alarmado, e irado partirá para destruir e aniquilar a muitos.
45 तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन।
45 Armará suas tendas reais entre os mares, no belo monte santo. No entanto, ele chegará ao seu fim, e ninguém o socorrerá.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Daniel 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.