Colossenses 4
npioncb (NPIONCB) vs ACF
1 हे मालिकहरू हो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर; किनकि तिमीहरू जान्दछौ स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।
1 Vós, senhores, fazei o que for de justiça e eqüidade a vossos servos, sabendo que também tendes um Senhor nos céus.
2 सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर।
2 Perseverai em oração, velando nela com ação de graças;
3 अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु।
3 Orando também juntamente por nós, para que Deus nos abra a porta da palavra, a fim de falarmos do mistério de Cristo, pelo qual estou também preso;
4 जसरी मैले स्पष्टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर;
4 Para que o manifeste, como me convém falar.
5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।
5 Andai com sabedoria para com os que estão de fora, remindo o tempo.
6 तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक।
6 A vossa palavra seja sempre agradável, temperada com sal, para que saibais como vos convém responder a cada um.
7 तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।
7 Tíquico, irmão amado e fiel ministro, e conservo no Senhor, vos fará saber o meu estado;
8 मैले तिनलाई यस उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्।
8 O qual vos enviei para o mesmo fim, para que saiba do vosso estado e console os vossos corações;
9 तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरूमध्येका एक हुन्, र जो हाम्रा विश्वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।
9 Juntamente com Onésimo, amado e fiel irmão, que é dos vossos; eles vos farão saber tudo o que por aqui se passa.
10 मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)
10 Aristarco, que está preso comigo, vos saúda, e Marcos, o sobrinho de Barnabé, acerca do qual já recebestes mandamentos; se ele for ter convosco, recebei-o;
11 युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन्, र यिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।
11 E Jesus, chamado Justo; os quais são da circuncisão; são estes unicamente os meus cooperadores no reino de Deus; e para mim têm sido consolação.
12 तिमीहरूमध्येका एक जना र ख्रीष्ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिमीहरूका निम्ति तिनले जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्चित र परिपक्व भई परमेश्वरको सारा इच्छामा स्थिर भई लागिरहन सक।
12 Saúda-vos Epafras, que é dos vossos, servo de Cristo, combatendo sempre por vós em orações, para que vos conserveis firmes, perfeitos e consumados em toda a vontade de Deus.
13 म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्।
13 Pois eu lhe dou testemunho de que tem grande zelo por vós, e pelos que estão em Laodicéia, e pelos que estão em Hierápolis.
14 हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्।
14 Saúda-vos Lucas, o médico amado, e Demas.
15 लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।
15 Saudai aos irmãos que estão em Laodicéia e a Ninfa e à igreja que está em sua casa.
16 तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।
16 E, quando esta epístola tiver sido lida entre vós, fazei que também o seja na igreja dos laodicenses, e a que veio de Laodicéia lede-a vós também.
17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।”
17 E dizei a Arquipo: Atenta para o ministério que recebeste no Senhor, para que o cumpras.
18 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!
18 Saudação de minha mão, de Paulo. Lembrai-vos das minhas prisões. A graça seja convosco. Amém.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Colossenses 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.