Atos 4
npioncb (NPIONCB) vs ARA
1 पत्रुस र यूहन्ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।
1 Falavam eles ainda ao povo quando sobrevieram os sacerdotes, o capitão do templo e os saduceus,
2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्ने घोषणा गरिरहेका थिए।
2 ressentidos por ensinarem eles o povo e anunciarem, em Jesus, a ressurreição dentre os mortos;
3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।
3 e os prenderam, recolhendo-os ao cárcere até ao dia seguinte, pois já era tarde.
4 तर उनीहरूको वचन सुन्नेहरूमध्ये धेरै जनाले त्यसमा विश्वास गरे। यसरी विश्वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।
4 Muitos, porém, dos que ouviram a palavra a aceitaram, subindo o número de homens a quase cinco mil.
5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।
5 No dia seguinte, reuniram-se em Jerusalém as autoridades, os anciãos e os escribas
6 प्रधान पुजारी हन्नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
6 com o sumo sacerdote Anás, Caifás, João, Alexandre e todos os que eram da linhagem do sumo sacerdote;
7 तिनीहरूले पत्रुस र यूहन्नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”
7 e, pondo-os perante eles, os arguiram: Com que poder ou em nome de quem fizestes isto?
8 त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो!
8 Então, Pedro, cheio do Espírito Santo, lhes disse: Autoridades do povo e anciãos,
9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,
9 visto que hoje somos interrogados a propósito do benefício feito a um homem enfermo e do modo por que foi curado,
10 तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।
10 tomai conhecimento, vós todos e todo o povo de Israel, de que, em nome de Jesus Cristo, o Nazareno, a quem vós crucificastes, e a quem Deus ressuscitou dentre os mortos, sim, em seu nome é que este está curado perante vós.
11 येशू ख्रीष्ट,
11 Este Jesus é pedra rejeitada por vós, os construtores, a qual se tornou a pedra angular.
12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्त गर्न सक्छौँ।”
12 E não há salvação em nenhum outro; porque abaixo do céu não existe nenhum outro nome, dado entre os homens, pelo qual importa que sejamos salvos.
13 जब तिनीहरूले पत्रुस र यूहन्नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
13 Ao verem a intrepidez de Pedro e João, sabendo que eram homens iletrados e incultos, admiraram-se; e reconheceram que haviam eles estado com Jesus.
14 तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्न सकेनन्।
14 Vendo com eles o homem que fora curado, nada tinham que dizer em contrário.
15 त्यसैले तिनीहरूले पत्रुस र यूहन्नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्लाह गर्न थाले।
15 E, mandando-os sair do Sinédrio, consultavam entre si,
16 “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ।
16 dizendo: Que faremos com estes homens? Pois, na verdade, é manifesto a todos os habitantes de Jerusalém que um sinal notório foi feito por eles, e não o podemos negar;
17 तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।”
17 mas, para que não haja maior divulgação entre o povo, ameacemo-los para não mais falarem neste nome a quem quer que seja.
18 त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए।
18 Chamando-os, ordenaram-lhes que absolutamente não falassem, nem ensinassem em o nome de Jesus.
19 तर पत्रुस र यूहन्नाले जवाफ दिए, “परमेश्वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्नु परमेश्वरका दृष्टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्!
19 Mas Pedro e João lhes responderam: Julgai se é justo diante de Deus ouvir-vos antes a vós outros do que a Deus;
20 किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्न पटक्कै सक्दैनौँ।”
20 pois nós não podemos deixar de falar das coisas que vimos e ouvimos.
21 यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए।
21 Depois, ameaçando-os mais ainda, os soltaram, não tendo achado como os castigar, por causa do povo, porque todos glorificavam a Deus pelo que acontecera.
22 किनकि आश्चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो।
22 Ora, tinha mais de quarenta anos aquele em quem se operara essa cura milagrosa.
23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।
23 Uma vez soltos, procuraram os irmãos e lhes contaram quantas coisas lhes haviam dito os principais sacerdotes e os anciãos.
24 तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्च सोरमा परमेश्वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्टि गर्नुभयो।
24 Ouvindo isto, unânimes, levantaram a voz a Deus e disseram: Tu, Soberano Senhor, que fizeste o céu, a terra, o mar e tudo o que neles há;
25 तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो:
25 que disseste por intermédio do Espírito Santo, por boca de Davi, nosso pai, teu servo: Por que se enfureceram os gentios, e os povos imaginaram coisas vãs?
26 प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा
26 Levantaram-se os reis da terra, e as autoridades ajuntaram-se à uma contra o Senhor e contra o seu Ungido;
27 तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए।
27 porque verdadeiramente se ajuntaram nesta cidade contra o teu santo Servo Jesus, ao qual ungiste, Herodes e Pôncio Pilatos, com gentios e gente de Israel,
28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।
28 para fazerem tudo o que a tua mão e o teu propósito predeterminaram;
29 अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्।
29 agora, Senhor, olha para as suas ameaças e concede aos teus servos que anunciem com toda a intrepidez a tua palavra,
30 तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”
30 enquanto estendes a mão para fazer curas, sinais e prodígios por intermédio do nome do teu santo Servo Jesus.
31 तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्वरको वचन साहससाथ बोल्न थाले।
31 Tendo eles orado, tremeu o lugar onde estavam reunidos; todos ficaram cheios do Espírito Santo e, com intrepidez, anunciavam a palavra de Deus.
32 सबै विश्वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
32 Da multidão dos que creram era um o coração e a alma. Ninguém considerava exclusivamente sua nem uma das coisas que possuía; tudo, porém, lhes era comum.
33 प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्वरको प्रशस्त अनुग्रह थियो।
33 Com grande poder, os apóstolos davam testemunho da ressurreição do Senhor Jesus, e em todos eles havia abundante graça.
34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।
34 Pois nenhum necessitado havia entre eles, porquanto os que possuíam terras ou casas, vendendo-as, traziam os valores correspondentes
35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
35 e depositavam aos pés dos apóstolos; então, se distribuía a qualquer um à medida que alguém tinha necessidade.
36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्ने गर्थे,
36 José, a quem os apóstolos deram o sobrenome de Barnabé, que quer dizer filho de exortação, levita, natural de Chipre,
37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।
37 como tivesse um campo, vendendo-o, trouxe o preço e o depositou aos pés dos apóstolos.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.