Atos 4

npioncb (NPIONCB) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 पत्रुस र यूहन्‍ना जुन बेला मानिसहरूका सामु बोलिरहेका थिए, त्यसै समयमा पुजारीहरू, मन्दिरका रक्षकहरूका सेनापति र सदुकीहरू तिनीहरूकहाँ आए।
1 Enquanto eles estavam falando ao povo, sobrevieram-lhes os sacerdotes, o capitão do templo e os saduceus,
2 तिनीहरू निकै चिढिएका थिए। किनकि प्रेरितहरूले मानिसहरूलाई उपदेश दिँदै येशूमा मरेकाहरू पुनरुत्थान पारिन्छन् भन्‍ने घोषणा गरिरहेका थिए।
2 doendo-se muito de que eles ensinassem o povo, e anunciassem em Jesus a ressurreição dentre os mortos,
3 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई बन्दी बनाए। त्यस बेला साँझ परिसकेको हुनाले तिनीहरूले उनीहरूलाई अर्को दिनसम्मका निम्ति झ्यालखानामा हाले।
3 deitaram mão neles, e os encerraram na prisão até o dia seguinte; pois era já tarde.
4 तर उनीहरूको वचन सुन्‍नेहरूमध्ये धेरै जनाले त्यसमा विश्‍वास गरे। यसरी विश्‍वास गर्नेहरूको संख्या बढेर प्रायः पाँच हजार पुग्यो।
4 Muitos, porém, dos que ouviram a palavra, creram, e se elevou o número dos homens a quase cinco mil.
5 भोलिपल्ट तिनीहरूका शासकहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू यरूशलेममा भेला भए।
5 No dia seguinte, reuniram-se em Jerusalém as autoridades, os anciãos, os escribas,
6 प्रधान पुजारी हन्‍नास त्यहाँ थिए। त्यसै गरी कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पुजारीको परिवारका अन्य मानिसहरू पनि त्यहाँ थिए।
6 e Anás, o sumo sacerdote, e Caifás, João, Alexandre, e todos quantos eram da linhagem do sumo sacerdote.
7 तिनीहरूले पत्रुस र यूहन्‍नालाई आफ्ना सामु उपस्थित गराए। अनि तिनीहरूसँग प्रश्न गर्न थाले: “कसको शक्तिबाट वा कसको नाममा तिमीहरूले यो गरेका हौ?”
7 E, pondo-os no meio deles, perguntaram: Com que poder ou em nome de quem fizestes vós isto?
8 त्यसपछि पवित्र आत्माले भरिएर पत्रुसले तिनीहरूलाई यस्तो जवाफ दिए: “हे जनताका शासकहरू र प्रधानहरू हो!
8 Então Pedro, cheio do Espírito Santo, lhes disse: Autoridades do povo e vós, anciãos,
9 हामीले एउटा लङ्गडो मानिसप्रति देखाएको दयालु कामको हिसाब मागिन्छ, र ऊ कसरी निको भयो भनी प्रश्न गरिन्छ भने,
9 se nós hoje somos inquiridos acerca do benefício feito a um enfermo, e do modo como foi curado,
10 तपाईं र इस्राएलका सबै मानिसहरूलाई यो कुरा थाहा होस्: नासरतका येशू ख्रीष्‍टको नामद्वारा यो काम भएको हो। उहाँलाई तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। उहाँकै नामद्वारा यो मानिस पूर्ण निको भई तपाईंहरूका सामु उभिएको छ।
10 seja conhecido de vós todos, e de todo o povo de Israel, que em nome de Jesus Cristo, o nazareno, aquele a quem vós crucificastes e a quem Deus ressuscitou dentre os mortos, nesse nome está este aqui, são diante de vós.
11 येशू ख्रीष्‍ट,
11 Ele é a pedra que foi rejeitada por vós, os edificadores, a qual foi posta como pedra angular.
12 अरू कसैमा मुक्ति पाइँदैन; किनकि स्वर्गमुनि अर्को कुनै नाम मानिसहरूलाई दिइएको छैन, जसबाट हामीले उद्धार प्राप्‍त गर्न सक्छौँ।”
12 E em nenhum outro há salvação; porque debaixo do céu nenhum outro nome há, dado entre os homens, em que devamos ser salvos.
13 जब तिनीहरूले पत्रुस र यूहन्‍नाको यस्तो साहस देखेर तिनीहरू अनपढ र साधारण मानिसहरू हुन् भनी बुझे, तब तिनीहरू आश्‍चर्यचकित भए। ती मानिसहरू येशूसँगै थिए भनेर तिनीहरूले थाहा पाए।
13 Então eles, vendo a intrepidez de Pedro e João, e tendo percebido que eram homens iletrados e indoutos, se admiravam; e reconheciam que haviam estado com Jesus.
14 तर पूर्ण निको भएको व्यक्ति तिनीहरू नजिकै उभिरहेको देखिसकेपछि तिनीहरूले केही भन्‍न सकेनन्।
14 E vendo em pé com eles o homem que fora curado, nada tinham que dizer em contrário.
15 त्यसैले तिनीहरूले पत्रुस र यूहन्‍नालाई महासभाबाट बाहिर जाने आदेश दिए। उनीहरू बाहिर गएपछि तिनीहरूले आपसमा यसो भन्दै सरसल्‍लाह गर्न थाले।
15 Todavia, mandando-os sair do sinédrio, conferenciaram entre si,
16 “यी मानिसहरूसँग हामीले कस्तो व्यवहार गरौँ?” तिनीहरूले सोध्न थाले। “तिनीहरूले गरेका अलौकिक चिन्हहरूको बारेमा यरूशलेममा बस्‍ने हरेक व्यक्तिले थाहा पाएका छन्, र हामी पनि यो कुरा इन्कार गर्न सक्दैनौँ।
16 dizendo: Que havemos de fazer a estes homens? porque a todos os que habitam em Jerusalém é manifesto que por eles foi feito um sinal notório, e não o podemos negar.
17 तर यो कुरा अरू बढी मानिसहरूमा प्रचार हुनबाट रोक्नका निम्ति येशूको नाममा अब उप्रान्त कसैसँग नबोल्नू भनेर यिनीहरूलाई हामीले चेतावनी दिनैपर्छ।”
17 Mas, para que não se divulgue mais entre o povo, ameacemo-los para que de ora em diante não falem neste nome a homem algum.
18 त्यसपछि तिनीहरूले उनीहरूलाई फेरि भित्र बोलाए; अनि येशूको नाममा केही पनि प्रचार नगर्नू र नसिकाउनू भनी आदेश दिए।
18 E, chamando-os, ordenaram-lhes que absolutamente não falassem nem ensinassem em nome de Jesus.
19 तर पत्रुस र यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरको कुरा नसुनेर तपाईंहरूको कुरा सुन्‍नु परमेश्‍वरका दृष्‍टिमा कुनचाहिँ उचित हुनेछ? आफैँ न्याय गर्नुहोस्!
19 Mas Pedro e João, respondendo, lhes disseram: Julgai vós se é justo diante de Deus ouvir-nos antes a vós do que a Deus;
20 किनकि जे कुरा हामीले देख्यौँ र सुन्यौँ, त्यो वचन नबोली हामी बस्‍न पटक्‍कै सक्दैनौँ।”
20 pois nós não podemos deixar de falar das coisas que temos visto e ouvido.
21 यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए।
21 Mas eles ainda os ameaçaram mais, e, não achando motivo para os castigar, soltaram-nos, por causa do povo; porque todos glorificavam a Deus pelo que acontecera;
22 किनकि आश्‍चर्य प्रकारले निको पारिएको त्यो मानिसको उमेर चालीस वर्षभन्दा बढी थियो।
22 pois tinha mais de quarenta anos o homem em quem se operara esta cura milagrosa.
23 उनीहरू छोडिएपछि पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ फर्केर गए। मुख्य पुजारीहरू र प्रधानहरूले तिनीहरूलाई भनेका कुराको बेलीबिस्तार लगाए।
23 E soltos eles, foram para os seus, e contaram tudo o que lhes haviam dito os principais sacerdotes e os anciãos.
24 तिनीहरूले ती कुरा सुनिसकेपछि सबैले एकैसाथ उच्‍च सोरमा परमेश्‍वरसँग प्रार्थना गर्न लागे। तिनीहरूले भने, “हे हाम्रा सार्वभौम प्रभु, तपाईंले स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराको सृष्‍टि गर्नुभयो।
24 Ao ouvirem isto, levantaram unanimemente a voz a Deus e disseram: Senhor, tu que fizeste o céu, a terra, o mar, e tudo o que neles há;
25 तपाईंको सेवक हाम्रा पुर्खा दावीदको मुखबाट पवित्र आत्माद्वारा तपाईंले यस्तो वचन बोल्नुभयो:
25 que pelo Espírito Santo, por boca de nosso pai Davi, teu servo, disseste: Por que se enfureceram os gentios, e os povos imaginaram coisas vãs?
26 प्रभु र उहाँका अभिषिक्त जनका विरुद्धमा
26 Levantaram-se os reis da terra, e as autoridades ajuntaram-se à uma, contra o Senhor e contra o seu Ungido.
27 तपाईंले अभिषेक गर्नुभएको तपाईंको पवित्र सेवक येशूका विरुद्ध षड्यन्त्र रच्न हेरोद र पन्तियस पिलातसले साँच्‍चै नै गैरयहूदीहरू र इस्राएलका बासिन्दाहरूसँग यो सहरमा भेटघाट गरेका थिए।
27 Porque verdadeiramente se ajuntaram, nesta cidade, contra o teu santo Servo Jesus, ao qual ungiste, não só Herodes, mas também Pôncio Pilatos com os gentios e os povos de Israel;
28 तिनीहरूले त्यही गरे, जुन तपाईंको शक्ति र इच्छाले यही गर्ने भनेर पहिलेबाट नै निर्णय गरिइएको थियो।
28 para fazerem tudo o que a tua mão e o teu conselho predeterminaram que se fizesse.
29 अब हे प्रभु, तिनीहरूका धम्कीलाई विचार गर्नुहोस्, र तपाईंका सेवकहरूलाई तपाईंका वचनहरू साहससाथ बोल्ने तुल्याउनुहोस्।
29 Agora pois, ó Senhor, olha para as suas ameaças, e concede aos teus servos que falem com toda a intrepidez a tua palavra,
30 तपाईंको पवित्र सेवक येशूको नामद्वारा बिरामीहरूलाई पूर्ण निको तुल्याउन अनि अलौकिक चिन्हहरू देखाउन र अद्‌भुत कार्यहरू गर्न आफ्नो बाहुली अगाडि बढाउनुहोस्।”
30 enquanto estendes a mão para curar e para que se façam sinais e prodígios pelo nome de teu santo Servo Jesus.
31 तिनीहरूका प्रार्थनापछि तिनीहरू बसिरहेको ठाउँ हल्‍लियो। अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिएर परमेश्‍वरको वचन साहससाथ बोल्न थाले।
31 E, tendo eles orado, tremeu o lugar em que estavam reunidos; e todos foram cheios do Espírito Santo, e anunciavam com intrepidez a palavra de Deus.
32 सबै विश्‍वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे।
32 Da multidão dos que criam, era um só o coração e uma só a alma, e ninguém dizia que coisa alguma das que possuía era sua própria, mas todas as coisas lhes eram comuns.
33 प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो।
33 Com grande poder os apóstolos davam testemunho da ressurreição do Senhor Jesus, e em todos eles havia abundante graça.
34 तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे।
34 Pois não havia entre eles necessitado algum; porque todos os que possuíam terras ou casas, vendendo-as, traziam o preço do que vendiam e o depositavam aos pés dos apóstolos.
35 अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो।
35 E se repartia a qualquer um que tivesse necessidade.
36 साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे,
36 Então José, cognominado pelos apóstolos Barnabé {que quer dizer, filho de consolação}, levita, natural de Chipre,
37 उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।
37 possuindo um campo, vendeu-o, trouxe o preço e o depositou aos pés dos apóstolos.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.