Atos 18
npioncb (NPIONCB) vs NAA
1 यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए।
1 Depois disso, deixando Atenas, Paulo foi a Corinto.
2 त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।
2 Lá, encontrou um judeu chamado Áquila, natural do Ponto, recentemente chegado da Itália, com Priscila, sua mulher, porque o imperador Cláudio havia decretado que todos os judeus deviam sair de Roma. Paulo aproximou-se deles.
3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे।
3 E, como tinham o mesmo ofício, passou a morar com eles e ali trabalhava. O ofício deles era fazer tendas.
4 पावलले हरेक शब्बाथको दिन सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।
4 E todos os sábados Paulo falava na sinagoga, persuadindo tanto judeus como gregos.
5 जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।
5 Quando Silas e Timóteo chegaram da Macedônia, Paulo se entregou totalmente à palavra, testemunhando aos judeus que Jesus é o Cristo.
6 तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”
6 Como eles se opuseram e blasfemaram, Paulo sacudiu as roupas e disse-lhes: — Que o sangue de vocês caia sobre a cabeça de vocês! Eu estou limpo dele e, a partir de agora, vou para os gentios.
7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्वरको भक्ति गर्ने मानिस थिए।
7 Saindo dali, entrou na casa de um homem chamado Tício Justo, que era temente a Deus; a casa dele ficava ao lado da sinagoga.
8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्वास गरे; त्यसै गरी पावललाई सुन्नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्वास गरे र तिनीहरूले बप्तिस्मा लिए।
8 Crispo, o chefe da sinagoga, creu no Senhor, com toda a sua casa; também muitos dos coríntios, ouvindo, creram e foram batizados.
9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग;
9 Certa noite Paulo teve uma visão em que o Senhor lhe disse:
10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
10 porque eu estou com você, e ninguém ousará lhe fazer mal, pois tenho muito povo nesta cidade.
11 यसरी पावलले तिनीहरूलाई परमेश्वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।
11 Assim, Paulo permaneceu em Corinto um ano e seis meses, ensinando entre eles a palavra de Deus.
12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए।
12 Quando Gálio era procônsul da Acaia, os judeus, de comum acordo, se levantaram contra Paulo e o levaram ao tribunal,
13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।”
13 dizendo: — Este homem quer persuadir as pessoas a adorar a Deus de um modo contrário à lei.
14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्न मलाई न्यायोचित हुनेछ।
14 Quando Paulo ia falar, Gálio disse aos judeus: — Se fosse, de fato, alguma injustiça ou crime de maior gravidade, ó judeus, eu teria motivo para acolher a queixa que vocês estão trazendo.
15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।”
15 Mas como é uma questão de palavras, de nomes e da própria lei de vocês, resolvam isso vocês mesmos; eu não quero ser juiz dessas coisas!
16 तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए।
16 E os expulsou do tribunal.
17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।
17 Então todos agarraram Sóstenes, o chefe da sinagoga, e começaram a espancá-lo diante do tribunal; Gálio, todavia, não se incomodava com estas coisas.
18 पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि
18 Paulo ficou ainda muitos dias em Corinto. Por fim, despedindo-se dos irmãos, navegou para a Síria, levando em sua companhia Priscila e Áquila. Antes de embarcar, rapou a cabeça em Cencreia, porque tinha feito um voto.
19 तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।
19 Quando chegaram a Éfeso, Paulo deixou ali Priscila e Áquila. Ele, porém, entrando na sinagoga, pregava aos judeus.
20 तिनीहरूले अझ केही समय बस्न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्।
20 Pediram-lhe que ficasse mais algum tempo, mas Paulo não quis.
21 तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे।
21 Ao se despedir, disse: — Se Deus quiser, virei visitá-los outra vez. E, embarcando, partiu de Éfeso.
22 जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।
22 Chegando a Cesareia, foi logo para Jerusalém. E, tendo saudado a igreja, seguiu para Antioquia.
23 एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।
23 Havendo passado ali algum tempo, saiu, atravessando sucessivamente a região da Galácia e Frígia, fortalecendo todos os discípulos.
24 अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए।
24 Nesse meio-tempo, chegou a Éfeso um judeu, natural de Alexandria, chamado Apolo, homem eloquente e poderoso nas Escrituras.
25 तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्नाको बप्तिस्माको बारेमा मात्रै थाहा थियो।
25 Ele era instruído no caminho do Senhor; e, sendo fervoroso de espírito, falava e ensinava com precisão a respeito de Jesus, conhecendo apenas o batismo de João.
26 तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्वरको मार्गका बारेमा अझ प्रष्टसँग तिनलाई सम्झाइदिए।
26 Apolo começou a falar ousadamente na sinagoga. Quando Priscila e Áquila o ouviram falar, levaram-no consigo e, com mais exatidão, lhe expuseram o caminho de Deus.
27 जब अपोल्लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे।
27 Quando ele resolveu percorrer a Acaia, os irmãos o animaram e escreveram aos discípulos para que o recebessem bem. Tendo chegado, Apolo auxiliou muito aqueles que, mediante a graça, haviam crido;
28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुनुहुन्छ भनी प्रमाण दिए।
28 porque, com grande poder, convencia publicamente os judeus, provando, por meio das Escrituras, que Jesus é o Cristo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.