Atos 18

npioncb (NPIONCB) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 यसपछि पावल एथेन्सलाई छोडेर कोरिन्थमा गए।
1 E depois disto partiu Paulo de Atenas, e chegou a Corinto.
2 त्यहाँ उनले पोन्टसका निवासी अक्विला नाम गरेका एक जना यहूदीलाई भेटे। तिनी आफ्नी पत्नी प्रिस्किलासँग इटालीयाबाट हालसालै त्यहाँ आएका थिए। किनकि क्लौडियसले सबै यहूदीहरूलाई रोमबाट निस्केर जानू भनी हुकुम गरेका थिए। पावल तिनलाई भेट्न गए।
2 E, achando um certo judeu por nome Áqüila, natural do Ponto, que havia pouco tinha vindo da Itália, e Priscila, sua mulher (pois Cláudio tinha mandado que todos os judeus saíssem de Roma), ajuntou-se com eles,
3 तिनको पेसा पनि पाल बनाउने भएकोले पावल पनि तिनीहरूसँगै बसे, र काम गर्न लागे।
3 E, como era do mesmo ofício, ficou com eles, e trabalhava; pois tinham por ofício fazer tendas.
4 पावलले हरेक शब्बाथको दिन सभाघरहरूमा यहूदी र ग्रीकहरूसँग तर्कवितर्क गर्थे, र तिनीहरूलाई बुझाउने गर्थे।
4 E todos os sábados disputava na sinagoga, e convencia a judeus e gregos.
5 जब सिलास र तिमोथी म्यासिडोनियाबाट त्यहाँ आए, तब पावलले यहूदीहरूलाई येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने साक्षी दिँदै, उहाँको प्रचारमा आफूलाई पूर्ण समर्पित गराइरहे।
5 E, quando Silas e Timóteo desceram da Macedônia, foi Paulo impulsionado no espírito, testificando aos judeus que Jesus era o Cristo.
6 तर जब यहूदीहरूले पावलको विरोध गर्दै तिनको अपमान गरे, तब त्यसको प्रतिवादमा तिनले आफ्नो लुगा टक्टक्याउँदै तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूमाथि नै परोस्! मचाहिँ यसमा निर्दोष छु। अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु।”
6 Mas, resistindo e blasfemando eles, sacudiu as vestes, e disse-lhes: O vosso sangue seja sobre a vossa cabeça; eu estou limpo, e desde agora parto para os gentios.
7 त्यसपछि पावल सभाघर छोडेर नजिकैको तीतस युस्तसको घरमा गए, जो परमेश्‍वरको भक्ति गर्ने मानिस थिए।
7 E, saindo dali, entrou em casa de um homem chamado chamado Justo, que servia a Deus, e cuja casa estava junto da sinagoga.
8 सभाघरका शासक क्रिस्पस र उनका सम्पूर्ण परिवारले प्रभुमा विश्‍वास गरे; त्यसै गरी पावललाई सुन्‍नेहरूमध्ये धेरैजसो कोरिन्थीहरूले पनि विश्‍वास गरे र तिनीहरूले बप्‍तिस्मा लिए।
8 E Crispo, principal da sinagoga, creu no Senhor com toda a sua casa; e muitos dos coríntios, ouvindo-o, creram e foram batizados.
9 एक रात पावलसँग प्रभुले दर्शनमा यसो भन्‍नुभयो: “तिमी नडराऊ; वचनको प्रचार गरिराख, चुप नलाग;
9 E disse o Senhor em visão a Paulo: Não temas, mas fala, e não te cales;
10 किनकि म तिम्रो साथमा छु, र कसैले तिमीमाथि आक्रमण गर्नेछैन र तिमीलाई चोट पुर्‍याउनेछैन। किनकि यस सहरमा मेरा धेरै मानिसहरू छन्।”
10 Porque eu sou contigo, e ninguém lançará mão de ti para te fazer mal, pois tenho muito povo nesta cidade.
11 यसरी पावलले तिनीहरूलाई परमेश्‍वरको वचनको शिक्षा दिँदै कोरिन्थ सहरमा डेढ वर्षसम्म बसे।
11 E ficou ali um ano e seis meses, ensinando entre eles a palavra de Deus.
12 गलियोन अखैयाका शासक भएको समयमा कोरिन्थका यहूदीहरूले संयुक्त रूपमा पावलमाथि आक्रमण गरे, र उनलाई अदालतसमक्ष ल्याए।
12 Mas, sendo Gálio procônsul da Acaia, levantaram-se os judeus concordemente contra Paulo, e o levaram ao tribunal,
13 उनलाई तिनीहरूले यस्तो आरोप लगाए, “यो मानिसले हाम्रो व्यवस्थाका विरुद्ध परमेश्‍वरको आराधना गर्न यहाँका मानिसहरूलाई उक्साइरहेको छ।”
13 Dizendo: Este persuade os homens a servir a Deus contra a lei.
14 जब पावल बोल्नै लागेका थिए, गलियोनले तिनीहरूलाई भने, “यदि तिमी यहूदीहरू कुनै किसिमको गम्भीर अपराध वा दुर्व्यवहारका बारेमा असन्तोष प्रकट गर्दैछौ भने तिमीहरूका कुरा सुन्‍न मलाई न्यायोचित हुनेछ।
14 E, querendo Paulo abrir a boca, disse Gálio aos judeus: Se houvesse, ó judeus, algum agravo ou crime enorme, com razão vos sofreria,
15 तर यो त वचनहरू, नामहरू र तिमीहरूका आफ्नै व्यवस्थाका बारेमा प्रश्नहरू भएकाले यो विवाद तिमीहरू आफैँले मिलाउनू; मचाहिँ यस्ता कुराहरूमा न्याय गर्दिनँ।”
15 Mas, se a questão é de palavras, e de nomes, e da lei que entre vós há, vede-o vós mesmos; porque eu não quero ser juiz dessas coisas.
16 तसर्थ उनले तिनीहरूलाई अदालतबाट लखेटिदिए।
16 E expulsou-os do tribunal.
17 अनि भीड सभाघरका शासक सोस्थेनेसमाथि जाईलागे र तिनलाई अदालतमै कुट्न थाले। तर गलियोनले कुनै चासो देखाएनन्।
17 Então todos os gregos agarraram Sóstenes, principal da sinagoga, e o feriram diante do tribunal; e a Gálio nada destas coisas o incomodava.
18 पावल धेरै दिनसम्म कोरिन्थमै बसे। त्यसपछि तिनी विश्‍वासीहरूसँग बिदा भएर प्रिस्किला र अक्विलालाई आफ्नो साथ लिएर जहाजबाट सिरियातिर लागे। जहाजमा चढ्नुभन्दा अगि आफ्नो एउटा भाकलको कारण उनले किंक्रियामा कपाल खौरे। अनि
18 E Paulo, ficando ainda ali muitos dias, despediu-se dos irmãos, e dali navegou para a Síria, e com ele Priscila e Áqüila, tendo rapado a cabeça em Cencréia, porque tinha voto.
19 तिनीहरू एफिसस आइपुगेपछि पावलले प्रिस्किला र अक्विलालाई त्यहीँ छोडे। उनीचाहिँ त्यहाँको एउटा सभाघरमा गए र यहूदीहरूसँग तर्क गर्न लागे।
19 E chegou a Éfeso, e deixou-os ali; mas ele, entrando na sinagoga, disputava com os judeus.
20 तिनीहरूले अझ केही समय बस्‍न उनलाई अनुरोध गरे, तर उनले सो मानेनन्।
20 E, rogando-lhe eles que ficasse por mais algum tempo, não conveio nisso.
21 तर त्यहाँबाट बिदा लिने बेलामा पावलले यसरी प्रतिज्ञा गरे, “परमेश्‍वरको इच्छा भयो भने म फेरि आउनेछु।” त्यसपछि उनले एफिससबाट जहाजको यात्रा गरे।
21 Antes se despediu deles, dizendo: É-me de todo preciso celebrar a solenidade que vem em Jerusalém; mas querendo Deus, outra vez voltarei a vós. E partiu de Éfeso.
22 जब तिनी कैसरियामा उत्रिए, तब यरूशलेममा गए। अनि मण्डलीमा सबैलाई अभिवादन गरेर तल एन्टिओखियातिर गए।
22 E, chegando a Cesaréia, subiu a Jerusalém e, saudando a igreja, desceu a Antioquia.
23 एन्टिओखियामा केही समय बसेर, पावल त्यहाँबाट पनि हिँडे; अनि गलातिया र फ्रिगियाका सम्पूर्ण क्षेत्रहरूका चेलाहरूलाई सामर्थी बनाउँदै एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दैगए।
23 E, estando ali algum tempo, partiu, passando sucessivamente pela província da Galácia e da Frígia, confirmando a todos os discípulos.
24 अलेक्जेन्ड्रियामा जन्मेका बासिन्दा अपोल्‍लोस नाम गरेका एक जना यहूदी मानिस एफिससमा आए। तिनी कुशल वक्ता र पवित्रशास्त्रको धेरै ज्ञान भएका मानिस थिए।
24 E chegou a Éfeso um certo judeu chamado Apolo, natural de Alexandria, homem eloqüente e poderoso nas Escrituras.
25 तिनी प्रभुको मार्गमा शिक्षा पाएका थिए। तिनी आत्मामा बडो उत्साहकासाथ बोल्थे। अनि येशूका बारेमा सही शिक्षा दिन्थे; तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्रै थाहा थियो।
25 Este era instruído no caminho do Senhor e, fervoroso de espírito, falava e ensinava diligentemente as coisas do Senhor, conhecendo somente o batismo de João.
26 तिनी बडो साहससाथ सभाघरहरूमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले तिनका कुरा सुने, तब तिनलाई उनीहरूले आफ्ना घरमा निमन्त्रणा गरे। अनि परमेश्‍वरको मार्गका बारेमा अझ प्रष्‍टसँग तिनलाई सम्झाइदिए।
26 Ele começou a falar ousadamente na sinagoga; e, quando o ouviram Priscila e Aqüila, o levaram consigo e lhe declararam mais precisamente o caminho de Deus.
27 जब अपोल्‍लोसले अखैया जाने इच्छा गरे, तब दाजुभाइ-दिदीबहिनीहरूले तिनलाई उत्साह दिएर त्यहाँका चेलाहरूले तिनलाई स्वागत गरून् भनी पत्र लेखे। तिनी त्यहाँ पुगेर अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई धेरै सहायता गरे।
27 Querendo ele passar à Acaia, o animaram os irmãos, e escreveram aos discípulos que o recebessem; o qual, tendo chegado, aproveitou muito aos que pela graça criam.
28 किनकि तिनले यहूदीहरूलाई खण्डन गर्दै पवित्रशास्त्रको आधारमा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी प्रमाण दिए।
28 Porque com grande veemência, convencia publicamente os judeus, mostrando pelas Escrituras que Jesus era o Cristo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.