Atos 17
npioncb (NPIONCB) vs VC
1 पावल र सिलास अम्फिपोलिस र अपोल्लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
1 Passaram por Anfípolis e Apolônia e chegaram a Tessalônica, onde havia uma sinagoga de judeus.
2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्तासम्म हरेक शब्बाथको दिनमा तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए।
2 Paulo dirigiu-se a eles, segundo o seu costume, e por três sábados disputou com eles.
3 ख्रीष्टले कष्ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्ट हुनुहुन्छ।”
3 Explicava e demonstrava, à base das Escrituras, que era necessário que Cristo padecesse e ressurgisse dos mortos. E este Cristo é Jesus que eu vos anuncio.
4 केही यहूदीहरू तिनको कुराले विश्वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।
4 Alguns deles creram e associaram-se a Paulo e Silas, como também uma grande multidão de prosélitos gentios, e não poucas mulheres de destaque.
5 तर विश्वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।
5 Os judeus, tomados de inveja, ajuntaram alguns homens da plebe e com esta gente amotinaram a cidade. Assaltaram a casa de Jasão, procurando-os para os entregar ao povo.
6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्।
6 Mas como não os achassem, arrastaram Jasão e alguns irmãos à presença dos magistrados, clamando: Estes homens amotinam todo o mundo. Estão agora aqui! E Jasão os acolheu!
7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”
7 Todos eles contrariam os decretos de César, proclamando outro rei: Jesus.
8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए।
8 Assim excitavam o povo e os magistrados.
9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
9 E só depois de receberem uma caução de Jasão e dos outros é que os deixaram ir.
10 रात पर्नेबित्तिकै, विश्वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।
10 Logo que se fez noite, os irmãos enviaram Paulo e Silas para Beréia. Quando ali chegaram, entraram na sinagoga dos judeus.
11 थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे।
11 Estes eram mais nobres do que os de Tessalônica e receberam a palavra com ansioso desejo, indagando todos os dias, nas Escrituras, se essas coisas eram de fato assim.
12 परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्वास गरे।
12 Muitos deles creram, como também muitas mulheres gregas da aristocracia, e não poucos homens.
13 पावलले बेरियामा पनि परमेश्वरको वचनको प्रचार गरिरहेको भन्ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।
13 Mas os judeus de Tessalônica, sabendo que também em Beréia tinha sido pregada por Paulo a palavra de Deus, foram para lá agitar e sublevar o povo.
14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे।
14 Então os irmãos fizeram que Paulo se retirasse e fosse até o mar, ao passo que Silas e Timóteo ficaram ali.
15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।
15 Os que conduziam Paulo levaram-no até Atenas. De lá voltaram e transmitiram para Silas e Timóteo a ordem de que fossem ter com ele o mais cedo possível.
16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए।
16 Enquanto Paulo os esperava em Atenas, à vista da cidade entregue à idolatria, o seu coração enchia-se de amargura.
17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्वरको भय मान्ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे।
17 Disputava na sinagoga com os judeus e prosélitos, e todos os dias, na praça, com os que ali se encontravam.
18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए।
18 Alguns filósofos epicureus e estóicos conversaram com ele. Diziam uns: Que quer dizer esse tagarela? Outros: Parece que é pregador de novos deuses. Pois lhes anunciava Jesus e a Ressurreição.
19 त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्न सक्छौँ?
19 Tomaram-no consigo e levaram-no ao Areópago, e lhe perguntaram: Podemos saber que nova doutrina é essa que pregas?
20 तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्न चाहन्छौँ।”
20 Pois o que nos trazes aos ouvidos nos parece muito estranho. Queremos saber o que vem a ser isso.
21 त्यहाँ बस्ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।
21 Ora {como se sabe}, todos os atenienses e os forasteiros que ali se fixaram não se ocupavam de outra coisa senão a de dizer ou de ouvir as últimas novidades.
22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ।
22 Paulo, em pé no meio do Areópago, disse: Homens de Atenas, em tudo vos vejo muitíssimo religiosos.
23 किनकि जब म यस सहरतिर घुम्दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ:
23 Percorrendo a cidade e considerando os monumentos do vosso culto, encontrei também um altar com esta inscrição: A um Deus desconhecido. O que adorais sem o conhecer, eu vo-lo anuncio!
24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्टि गर्नुहुने परमेश्वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्नुहुन्न।
24 O Deus, que fez o mundo e tudo o que nele há, é o Senhor do céu e da terra, e não habita em templos feitos por mãos humanas.
25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ।
25 Nem é servido por mãos de homens, como se necessitasse de alguma coisa, porque é ele quem dá a todos a vida, a respiração e todas as coisas.
26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।
26 Ele fez nascer de um só homem todo o gênero humano, para que habitasse sobre toda a face da terra. Fixou aos povos os tempos e os limites da sua habitação.
27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्न।
27 Tudo isso para que procurem a Deus e se esforcem por encontrá-lo como que às apalpadelas, pois na verdade ele não está longe de cada um de nós.
28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
28 Porque é nele que temos a vida, o movimento e o ser, como até alguns dos vossos poetas disseram: Nós somos também de sua raça...
29 “त्यसैले हामी परमेश्वरका सन्तान भएको कारण ईश्वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।
29 Se, pois, somos da raça de Deus, não devemos pensar que a divindade é semelhante ao ouro, à prata ou à pedra lavrada por arte e gênio dos homens.
30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्चात्ताप गर्नू भन्ने आज्ञा दिनुहुन्छ।
30 Deus, porém, não levando em conta os tempos da ignorância, convida agora a todos os homens de todos os lugares a se arrependerem.
31 किनकि उहाँले एउटा दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
31 Porquanto fixou o dia em que há de julgar o mundo com justiça, pelo ministério de um homem que para isso destinou. Para todos deu como garantia disso o fato de tê-lo ressuscitado dentre os mortos.
32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्न चाहन्छौँ।”
32 Quando o ouviram falar de ressurreição dos mortos, uns zombavam e outros diziam: A respeito disso te ouviremos outra vez.
33 अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए।
33 Assim saiu Paulo do meio deles.
34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्वास गरे।
34 Todavia, alguns homens aderiram a ele e creram: entre eles, Dionísio, o areopagita, e uma mulher chamada Dâmaris; e com eles ainda outros.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.