Atos 17

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 पावल र सिलास अम्फिपोलिस र अपोल्‍लोनियाको बाटोहुँदै थेसलोनिकीमा आइपुगे, जहाँ यहूदीहरूको एउटा सभाघर थियो।
1 Tendo passado por Anfípolis e Apolônia, chegaram a Tessalônica, onde havia uma sinagoga de judeus.
2 पावल सधैँजसो त्यस सभाघरमा गए, र तीन हप्‍तासम्म हरेक शब्बाथको दिनमा तिनले पवित्रशास्त्रका वचनहरूको सत्यता बताए।
2 Paulo, segundo o seu costume, foi procurá-los e, por três sábados, arrazoou com eles acerca das Escrituras,
3 ख्रीष्‍टले कष्‍ट भोग्नैपर्थ्यो, र मरेकाहरूबाट उठेर जीवित हुनैपर्थ्यो भन्‍ने कुराको प्रमाण दिँदै वर्णन गरे। तिनले भने, “तपाईंहरूका सामु मैले घोषणा गरेको उहाँ येशू नै ख्रीष्‍ट हुनुहुन्छ।”
3 expondo e demonstrando ter sido necessário que o Cristo padecesse e ressurgisse dentre os mortos; e este, dizia ele, é o Cristo, Jesus, que eu vos anuncio.
4 केही यहूदीहरू तिनको कुराले विश्‍वस्त भएर पावल र सिलासलाई साथ दिए। त्यसै गरी प्रभुको भय मान्‍ने ठूलो संख्यामा ग्रीकहरू र केही प्रतिष्‍ठित महिलाहरूले पनि पावल र सिलासलाई साथ दिए।
4 Alguns deles foram persuadidos e unidos a Paulo e Silas, bem como numerosa multidão de gregos piedosos e muitas distintas mulheres.
5 तर विश्‍वास नगर्ने यहूदीहरूले चाहिँ ईर्ष्या गर्न थाले; त्यसकारण बजारका केही बदमास मानिसहरूको भीड जम्मा पारेर तिनीहरूले सहरमा हुलदङ्गा मच्‍चाउन थाले। त्यसपछि यासोनको घरको सामु तिनीहरूले पावल र सिलासलाई भीडका सामु ल्याउन खोजे।
5 Os judeus, porém, movidos de inveja, trazendo consigo alguns homens maus dentre a malandragem, ajuntando a turba, alvoroçaram a cidade e, assaltando a casa de Jasom, procuravam trazê-los para o meio do povo.
6 तर जब त्यहाँ तिनीहरूलाई पाएनन्, तब तिनीहरूले यासोन र अरू केही विश्‍वासीहरूलाई सहरका अधिकृतहरूका सामु घिस्याउँदै ल्याए, र यसो भनेर कराउन थाले: “संसारभरि समस्या खडा गर्ने यी मानिसहरू यहाँ आएका छन्।
6 Porém, não os encontrando, arrastaram Jasom e alguns irmãos perante as autoridades, clamando: Estes que têm transtornado o mundo chegaram também aqui,
7 अनि तिनीहरूलाई यासोनले आफ्नो घरमा स्वागत गरेको छ। तिनीहरू सबैले ‘येशू’ भन्‍ने अर्कै राजा छन् भन्दै, सिजरको आदेश र हुकुमप्रति अटेरी गरिरहेका छन्।”
7 os quais Jasom hospedou. Todos estes procedem contra os decretos de César, afirmando ser Jesus outro rei.
8 यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए।
8 Tanto a multidão como as autoridades ficaram agitadas ao ouvirem estas palavras;
9 त्यसपछि तिनीहरूले यासोन र उनका साथ ल्याइएका अरूहरूसँग धरौटी लिएर तिनीहरूलाई छोडिदिए।
9 contudo, soltaram Jasom e os mais, após terem recebido deles a fiança estipulada.
10 रात पर्नेबित्तिकै, विश्‍वासीहरूले पावल र सिलासलाई बेरियामा पठाइहाले। त्यहाँ पुगेपछि तिनीहरू यहूदीहरूको सभाघरभित्र गए।
10 E logo, durante a noite, os irmãos enviaram Paulo e Silas para Bereia; ali chegados, dirigiram-se à sinagoga dos judeus.
11 थेसलोनिकीका मानिसहरूभन्दा बेरियाका निवासीहरू बढी भद्र थिए। किनकि तिनीहरूले प्रभुको वचनलाई बडो उत्साहकासाथ ग्रहण गरे। अनि पावलले भनेका कुराहरू मिल्छ कि मिल्दैन भनी हरेक दिन पवित्रशास्त्रहरूमा अध्ययन गरी खोज्दथे।
11 Ora, estes de Bereia eram mais nobres que os de Tessalônica; pois receberam a palavra com toda a avidez, examinando as Escrituras todos os dias para ver se as coisas eram, de fato, assim.
12 परिणाम स्वरूप तिनीहरूमध्ये धेरै जनाले विश्‍वास गरे। त्यसै गरी धेरै संख्यामा प्रतिष्‍ठित ग्रीक महिला र ग्रीक पुरुषहरूले पनि विश्‍वास गरे।
12 Com isso, muitos deles creram, mulheres gregas de alta posição e não poucos homens.
13 पावलले बेरियामा पनि परमेश्‍वरको वचनको प्रचार गरिरहेको भन्‍ने कुरा जब थेसलोनिकीका यहूदीहरूले थाहा पाए, तब तिनीहरू त्यहाँ पनि गए, र भीडलाई उक्साए।
13 Mas, logo que os judeus de Tessalônica souberam que a palavra de Deus era anunciada por Paulo também em Bereia, foram lá excitar e perturbar o povo.
14 अनि तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूले पावललाई समुद्रको किनारतिर पठाइदिए। तर सिलास र तिमोथीचाहिँ बेरियामै बसे।
14 Então, os irmãos promoveram, sem detença, a partida de Paulo para os lados do mar. Porém Silas e Timóteo continuaram ali.
15 पावललाई लिएर जानेहरूले तिनलाई एथेन्ससम्म पुर्‍याए। त्यसपछि सिलास र तिमोथी सकेसम्म आफूकहाँ छिटो आऊन् भन्‍ने पावलको आज्ञा लिएर तिनीहरू फर्के।
15 Os responsáveis por Paulo levaram-no até Atenas e regressaram trazendo ordem a Silas e Timóteo para que, o mais depressa possível, fossem ter com ele.
16 जुन बेला पावल एथेन्समा सिलास र तिमोथीलाई पर्खिरहेका थिए, त्यो सहर धेरै मूर्तिहरूले भरिएको देखेर तिनी असाध्यै दुःखित भए।
16 Enquanto Paulo os esperava em Atenas, o seu espírito se revoltava em face da idolatria dominante na cidade.
17 त्यसैले तिनी सभाघरमा यहूदीहरू र परमेश्‍वरको भय मान्‍ने ग्रीकहरूसँग त्यसै गरी बजारमा भेट्ने मानिसहरूसँग दिनहुँ तर्क गर्दथे।
17 Por isso, dissertava na sinagoga entre os judeus e os gentios piedosos; também na praça, todos os dias, entre os que se encontravam ali.
18 इपिक्युरी र स्तोइकी दार्शनिकहरूका समूहले तिनीसँग वाद-विवाद गर्न थाले। तीमध्ये केहीले सोधे, “यस बकबकेले के भन्‍न खोज्दैछ?” अरू केहीले यसो भने, “यो मानिस अन्य कुनै परदेशी देवताको प्रचारकजस्तो देखिन्छ।” किनकि पावलले येशूको सुसमाचार र पुनरुत्थानको शिक्षा दिएकाले तिनीहरूले यसो भनेका थिए।
18 E alguns dos filósofos epicureus e estoicos contendiam com ele, havendo quem perguntasse: Que quer dizer esse tagarela? E outros: Parece pregador de estranhos deuses; pois pregava a Jesus e a ressurreição.
19 त्यसपछि तिनीहरूले उनलाई समातेर अरियोपागसको सभामा लगेर सोधे, “तपाईंले प्रचार गरिरहनुभएको यो नयाँ शिक्षाका बारेमा के हामी जान्‍न सक्छौँ?
19 Então, tomando-o consigo, o levaram ao Areópago, dizendo: Poderemos saber que nova doutrina é essa que ensinas?
20 तपाईंले भनेका अनौठा कुराहरू हामी सुन्दैछौँ र त्यसको के अर्थ हो सो हामी जान्‍न चाहन्छौँ।”
20 Posto que nos trazes aos ouvidos coisas estranhas, queremos saber o que vem a ser isso.
21 त्यहाँ बस्‍ने सबै एथेनीहरू र परदेशीहरू केही काम गर्दैनथे तर नयाँ कुराहरू सुन्‍ने र त्यस बारेमा कुराकानी गरेर आफ्नो समय बिताउँथे।
21 Pois todos os de Atenas e os estrangeiros residentes de outra coisa não cuidavam senão dizer ou ouvir as últimas novidades.
22 अनि अरियोपागसको त्यस सभामा पावलले उठेर यसो भने, “हे एथेन्सका मानिसहरू हो! म देख्दैछु, तपाईंहरू हरकिसिमले अति धार्मिक हुनुहुँदोरहेछ।
22 Então, Paulo, levantando-se no meio do Areópago, disse: Senhores atenienses! Em tudo vos vejo acentuadamente religiosos;
23 किनकि जब म यस सहरतिर घुम्‍दै जाँदा तपाईंहरूले पूजा गर्ने वस्तुहरूलाई हेरेँ, त्यहाँ एउटा वेदीमा मैले यस्तो लेखिएको भेट्टाएँ:
23 porque, passando e observando os objetos de vosso culto, encontrei também um altar no qual está inscrito: Ao Deus Desconhecido . Pois esse que adorais sem conhecer é precisamente aquele que eu vos anuncio.
24 “यस संसार र यसभित्र भएका हरेक कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वर स्वर्ग र पृथ्वीका प्रभु हुनुहुन्छ र मानिसहरूका हातले निर्माण गरेका मन्दिरहरूमा उहाँ बस्‍नुहुन्‍न।
24 O Deus que fez o mundo e tudo o que nele existe, sendo ele Senhor do céu e da terra, não habita em santuários feitos por mãos humanas.
25 यदि उहाँलाई कुनै कुराको खाँचो पर्‍यो भने मानिसका हातबाट त्यसको सेवा लिनुहुन्‍न; किनकि उहाँ आफैँले सबै मानिसहरूलाई जीवन, सास र अरू सबै कुरा दिनुहुन्छ।
25 Nem é servido por mãos humanas, como se de alguma coisa precisasse; pois ele mesmo é quem a todos dá vida, respiração e tudo mais;
26 अनि उहाँले एक जना मानिसबाट पृथ्वीभरि बसोबास गराउनलाई सबै जातिका मानिसहरूलाई बनाउनुभयो; अनि तिनीहरूले बस्‍नुपर्ने ठाउँहरू र समयको सीमा पनि तोकिदिनुभयो।
26 de um só fez toda a raça humana para habitar sobre toda a face da terra, havendo fixado os tempos previamente estabelecidos e os limites da sua habitação;
27 मानिसहरूले उहाँलाई खोजून् र खोज्दै जाँदा भेट्टाऊन् पनि भनेर परमेश्‍वरले त्यसो गर्नुभयो। तर पनि उहाँ हामीबाट टाढा हुनुहुन्‍न।
27 para buscarem a Deus se, porventura, tateando, o possam achar, bem que não está longe de cada um de nós;
28 ‘किनकि हामी उहाँसँग जिउँदछौँ, हिँड्दछौँ र उहाँमा नै हाम्रो अस्तित्व रहेको छ।’ तपाईंकै केही कविहरूले पनि यही कुरा यसरी भनेका छन्: ‘हामी पनि उहाँकै सन्तान हौँ।’
28 pois nele vivemos, e nos movemos, e existimos, como alguns dos vossos poetas têm dito: Porque dele também somos geração.
29 “त्यसैले हामी परमेश्‍वरका सन्तान भएको कारण ईश्‍वर भनेको सुन वा चाँदी वा ढुङ्गाझैँ, मानिसको दक्षता र योजनाद्वारा निर्माण गरिएको एउटा मूर्तिजस्तो हुनुहुन्छ भनी हामीले सोच्नुहुँदैन।
29 Sendo, pois, geração de Deus, não devemos pensar que a divindade é semelhante ao ouro, à prata ou à pedra, trabalhados pela arte e imaginação do homem.
30 बितेका समयमा यस्ता अज्ञानतामा परमेश्‍वरले ध्यान दिनुभएन, तर अब हरेक ठाउँका सबै मानिसहरूलाई उहाँले पश्‍चात्ताप गर्नू भन्‍ने आज्ञा दिनुहुन्छ।
30 Ora, não levou Deus em conta os tempos da ignorância; agora, porém, notifica aos homens que todos, em toda parte, se arrependam;
31 किनकि उहाँले एउटा दिन निश्‍चित गर्नुभएको छ, जुन दिन आफूले नियुक्त गर्नुभएको मानिसद्वारा न्यायका साथ यस संसारको फैसला गर्नुहुनेछ। उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ।”
31 porquanto estabeleceu um dia em que há de julgar o mundo com justiça, por meio de um varão que destinou e acreditou diante de todos, ressuscitando-o dentre os mortos.
32 जब तिनीहरूले मरेकाहरूको पुनरुत्थानको विषयमा सुने, तब कतिले गिल्‍ला गर्न थाले; तर अरूले भने, “यस विषयमा हामी तपाईंबाट फेरि सुन्‍न चाहन्छौँ।”
32 Quando ouviram falar de ressurreição de mortos, uns escarneceram, e outros disseram: A respeito disso te ouviremos noutra ocasião.
33 अनि पावल त्यस भीडबाट निस्केर बाहिर गए।
33 A essa altura, Paulo se retirou do meio deles.
34 तर कतिपय मानिसहरू पावलसँग मिले, र विश्‍वास गरे। तिनीहरूमध्ये डियनुसियस, अरियोपागसका सदस्य थिए। साथै दामारिस नामकी एउटी स्त्री र अरूहरूले पनि विश्‍वास गरे।
34 Houve, porém, alguns homens que se agregaram a ele e creram; entre eles estava Dionísio, o areopagita, uma mulher chamada Dâmaris e, com eles, outros mais.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.