Atos 11

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेछन् भन्‍ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने।
1 Os apóstolos e os irmãos da Judéia ouviram dizer que também os pagãos haviam recebido a palavra de Deus.
2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्‍वासीहरूले उनको आलोचना गरे,
2 E, quando Pedro subiu a Jerusalém, os fiéis que eram da circuncisão repreenderam-no:
3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।”
3 Por que entraste em casa de incircuncisos e comeste com eles?
4 तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने:
4 Mas Pedro fez-lhes uma exposição de tudo o que acontecera, dizendo:
5 “म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्‍नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो।
5 Eu estava orando na cidade de Jope e, arrebatado em espírito, tive uma visão: uma coisa, à maneira duma grande toalha, presa pelas quatro pontas, descia do céu até perto de mim.
6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
6 Olhei-a atentamente e distingui claramente quadrúpedes terrestres, feras, répteis e aves do céu.
7 त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’
7 Ouvi também uma voz que me dizia: Levanta-te, Pedro! Mata e come.
8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’
8 Eu, porém, disse: De nenhum modo, Senhor, pois nunca entrou em minha boca coisa profana ou impura.
9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्‍वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’
9 Outra vez falou a voz do céu: O que Deus purificou não chames tu de impuro.
10 अनि तीनपल्टसम्म त्यस्तै भइरह्‍यो। त्यसपछि त्यो तन्‍ना फेरि स्वर्गतिर फिर्ता लगियो।
10 Isto aconteceu três vezes e tudo tornou a ser levado ao céu.
11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।
11 Nisso chegaram três homens à casa onde eu estava, enviados a mim de Cesaréia.
12 मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्‍नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ।
12 O Espírito me disse que fosse com eles sem hesitar. Foram comigo também os seis irmãos aqui presentes e entramos na casa de Cornélio.
13 तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
13 Este nos referiu então como em casa tinha visto um anjo diante de si, que lhe dissera: Envia alguém a Jope e chama Simão, que tem por sobrenome Pedro.
14 तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’
14 Ele te dirá as palavras pelas quais serás salvo tu e toda a tua casa.
15 “जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्‍नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो।
15 Apenas comecei a falar, quando desceu o Espírito Santo sobre eles, como no princípio descera também sobre nós.
16 त्यसपछि प्रभुले जे भन्‍नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्‍तिस्मा पाउनेछौ।’
16 Lembrei-me então das palavras do Senhor, quando disse: João batizou em água, mas vós sereis batizados no Espírito Santo.
17 त्यसैले प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्‍वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्‍वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”
17 Pois, se Deus lhes deu a mesma graça que a nós, que cremos no Senhor Jesus Cristo, com que direito me oporia eu a Deus?
18 यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्‍वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्‍वरले पश्‍चात्ताप दिनुभएछ।”
18 Depois de terem ouvido essas palavras, eles se calaram e deram glória a Deus, dizendo: Portanto, também aos pagãos concedeu Deus o arrependimento que conduz à vida!
19 स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।
19 Entretanto, aqueles que foram dispersados pela perseguição que houve no tempo de Estêvão chegaram até a Fenícia, Chipre e Antioquia, pregando a palavra só aos judeus.
20 तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।
20 Alguns deles, porém, que eram de Chipre e de Cirene, entrando em Antioquia, dirigiram-se também aos gregos, anunciando-lhes o Evangelho do Senhor Jesus.
21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्‍वास गरे, र प्रभुकहाँ फर्के।
21 A mão do Senhor estava com eles e grande foi o número dos que receberam a fé e se converteram ao Senhor.
22 यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।
22 A notícia dessas coisas chegou aos ouvidos da Igreja de Jerusalém. Enviaram então Barnabé até Antioquia.
23 जब तिनी त्यहाँ पुगे, तब परमेश्‍वरको अनुग्रहको प्रमाण देखेर प्रसन्‍न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए।
23 Ao chegar lá, alegrou-se, vendo a graça de Deus, e a todos exortava a perseverar no Senhor com firmeza de coração,
24 किनभने उनी एक असल, पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।
24 pois era um homem de bem e cheio do Espírito Santo e de fé. Assim uma grande multidão uniu-se ao Senhor.
25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए।
25 Em seguida, partiu Barnabé para Tarso, à procura de Saulo. Achou-o e levou-o para Antioquia.
26 शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्‍टियान भनिए।
26 Durante um ano inteiro eles tomaram parte nas reuniões da comunidade e instruíram grande multidão, de maneira que em Antioquia é que os discípulos, pela primeira vez, foram chamados pelo nome de cristãos.
27 यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे।
27 Por aqueles dias desceram alguns profetas de Jerusalém a Antioquia.
28 तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)
28 Um deles, chamado Ágabo, levantou-se e deu a entender pelo Espírito que haveria uma grande fome em toda a terra. Esta, com efeito, veio no reinado de Cláudio.
29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्‍याउने अठोट गरे।
29 Os discípulos resolveram, cada um conforme as suas posses, enviar socorro aos irmãos da Judéia.
30 यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।
30 Assim o fizeram e o enviaram aos anciãos por intermédio de Barnabé e Saulo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Atos 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.