Atos 11
npioncb (NPIONCB) vs ARC
1 गैरयहूदीहरूले पनि परमेश्वरको वचन ग्रहण गरेछन् भन्ने यहूदियाभरि भएका सबै प्रेरितहरू र दाजुभाइ-दिदीबहिनीहरूले सुने।
1 E ouviram os apóstolos e os irmãos que estavam na Judeia que também os gentios tinham recebido a palavra de Deus.
2 त्यसकारण जब पत्रुस यरूशलेम फर्किए, तब खतना भएका विश्वासीहरूले उनको आलोचना गरे,
2 E, subindo Pedro a Jerusalém, disputavam com ele os que eram da circuncisão,
3 र यसो भने, “तपाईं खतना नगरिएका मानिसहरूका घरमा गएर उनीहरूसँग भोजन गर्नुभयो।”
3 dizendo: Entraste em casa de varões incircuncisos e comeste com eles.
4 तब पत्रुसले सुरुदेखि जे-जे भए सबै कुरा तिनीहरूलाई भने:
4 Mas Pedro começou a fazer-lhes uma exposição por ordem, dizendo:
5 “म योप्पा सहरमा प्रार्थना गरिरहेको थिएँ। त्यसै बेला ध्यानमग्न हुँदा मैले एउटा दर्शन देखेँ। एउटा ठूलो तन्नाजस्तो चारै कुनामा बाँधिएको कुनै चीज स्वर्गबाट तल जमिनमा ओरालिएको मैले देखेँ। म जुन ठाउँमा थिएँ, त्यो मकहाँ आयो।
5 Estando eu orando na cidade de Jope, tive, num arrebatamento dos sentidos, uma visão; via um vaso, como um grande lençol que descia do céu e vinha até junto de mim.
6 जब मैले त्यसलाई नियालेर हेरेँ, तब सबै किसिमका चारखुट्टे जनावरहरू, जङ्गली पशुहरू, पृथ्वीमा घस्रने प्राणीहरू र आकाशमा उड्ने चराचुरुङ्गीहरू थिए।
6 E, pondo nele os olhos, considerei e vi animais da terra, quadrúpedes, e feras, e répteis, e aves do céu.
7 त्यसपछि एउटा आवाजले मलाई यसो भनिरहेको सुनेँ, ‘ए पत्रुस, उठ! तिनीहरूलाई मारेर खाऊ।’
7 E ouvi uma voz que me dizia: Levanta-te, Pedro! Mata e come.
8 “तर मैले जवाफ दिएँ, ‘कदापि होइन प्रभु! मैले कुनै पनि अपवित्र र अशुद्ध कुरा कहिल्यै खाएको छैनँ।’
8 Mas eu disse: De maneira nenhuma, Senhor; pois nunca em minha boca entrou coisa alguma comum ou imunda.
9 “स्वर्गबाट आएको आवाजले दोस्रो पटक भन्यो, ‘परमेश्वरले शुद्ध पार्नुभएको कुनै पनि वस्तुलाई अपवित्र नभन।’
9 Mas a voz respondeu-me do céu segunda vez: Não chames tu comum ao que Deus purificou.
10 अनि तीनपल्टसम्म त्यस्तै भइरह्यो। त्यसपछि त्यो तन्ना फेरि स्वर्गतिर फिर्ता लगियो।
10 E sucedeu isto por três vezes; e tudo tornou a recolher-se no céu.
11 “ठिक त्यसै बेला कर्नेलियसले कैसरियाबाट मलाई बोलाउन पठाइएका तीन जना मानिसहरू म बसेको घरको ढोकामा आइपुगे।
11 E eis que, na mesma hora, pararam junto da casa em que eu estava três varões que me foram enviados de Cesareia.
12 मलाई पवित्र आत्माले तिनीहरूसँग कुनै किसिमको सङ्कोच नमानी जान भन्नुभयो। यी छ जना दाजुभाइहरू पनि मसँगै गए। अनि हामी त्यस मानिसको घरभित्र गयौँ।
12 E disse-me o Espírito que fosse com eles, nada duvidando; e também estes seis irmãos foram comigo, e entramos em casa daquele varão.
13 तिनले हामीलाई भने कि उनको घरमा एक जना स्वर्गदूत यसो भन्दै देखा परे, ‘पत्रुस भनिने सिमोनलाई बोलाउन योप्पामा मानिस पठाऊ।
13 E contou-nos como vira em pé um anjo em sua casa, e lhe dissera: Envia varões a Jope e manda chamar a Simão, que tem por sobrenome Pedro,
14 तिनले तिम्रो निम्ति वचन सुनाउनेछन्, जसद्वारा तिमी र तिम्रा सबै परिवारको उद्धार हुनेछ।’
14 o qual te dirá palavras com que te salves, tu e toda a tua casa.
15 “जब म बोल्न थालेँ, जसरी सुरुमा हामीहरूमाथि पवित्र आत्मा आउनुभएको थियो, त्यसरी नै सुन्नेहरूमाथि पनि पवित्र आत्मा आउनुभयो।
15 E, quando comecei a falar, caiu sobre eles o Espírito Santo, como também sobre nós ao princípio.
16 त्यसपछि प्रभुले जे भन्नुभएको थियो, त्यो मैले सम्झें: ‘यूहन्नाले पानीले बप्तिस्मा दिए, तर तिमीहरूले पवित्र आत्मामा बप्तिस्मा पाउनेछौ।’
16 E lembrei-me do dito do Senhor, quando disse: João certamente batizou com água, mas vós sereis batizados com o Espírito Santo.
17 त्यसैले प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हामीहरूलाई दिएकै वरदान, यदि परमेश्वरले तिनीहरूलाई पनि दिनुभयो भने परमेश्वरको इच्छाविरुद्ध जान खोज्ने म को हुँ र?”
17 Portanto, se Deus lhes deu o mesmo dom que a nós, quando cremos no Senhor Jesus Cristo, quem era, então, eu, para que pudesse resistir a Deus?
18 यस्तो सुनेपछि तिनीहरूले कुनै विवाद गरेनन्, र परमेश्वरको प्रशंसा गर्दै यसो भने, “त्यसो भए, गैरयहूदीहरूलाई पनि जीवनको निम्ति परमेश्वरले पश्चात्ताप दिनुभएछ।”
18 E, ouvindo estas coisas, apaziguaram-se e glorificaram a Deus, dizendo: Na verdade, até aos gentios deu Deus o arrependimento para a vida.
19 स्तिफनसमाथि गरिएको अत्याचारको कारणले तितरबितर भएकाहरूले आफ्ना यात्राका क्रममा यहूदीहरूलाई मात्र सुसमाचारको प्रचार गर्दै फोनिके, साइप्रस र एन्टिओखियासम्म पुगे।
19 E os que foram dispersos pela perseguição que sucedeu por causa de Estêvão caminharam até à Fenícia, Chipre e Antioquia, não anunciando a ninguém a palavra senão somente aos judeus.
20 तिनीहरूमध्ये कति मानिसहरूचाहिँ साइप्रस र साइरिनीका थिए। तिनीहरूचाहिँ एन्टिओखिया गए, र ग्रीक बोल्ने यहूदीहरूमा पनि प्रभु येशूको बारेमा सुसमाचार प्रचार गर्न थाले।
20 E havia entre eles alguns varões de Chipre e de Cirene, os quais, entrando em Antioquia, falaram aos gregos, anunciando o Senhor Jesus.
21 प्रभुको आशिष् तिनीहरूमाथि थियो। धेरै मानिसहरूले विश्वास गरे, र प्रभुकहाँ फर्के।
21 E a mão do Senhor era com eles; e grande número creu e se converteu ao Senhor.
22 यो खबर यरूशलेमको मण्डलीमा पुग्यो; अनि तिनीहरूले बारनाबासलाई एन्टिओखियामा पठाए।
22 E chegou a fama destas coisas aos ouvidos da igreja que estava em Jerusalém; e enviaram Barnabé até Antioquia,
23 जब तिनी त्यहाँ पुगे, तब परमेश्वरको अनुग्रहको प्रमाण देखेर प्रसन्न भए। तिनले तिनीहरू सबैलाई सम्पूर्ण हृदयले प्रभुमा दृढ भइरहन उत्साह दिए।
23 o qual, quando chegou e viu a graça de Deus, se alegrou e exortou a todos a que, com firmeza de coração, permanecessem no Senhor.
24 किनभने उनी एक असल, पवित्र आत्मा र विश्वासले भरिपूर्ण मानिस थिए। अनि त्यहाँ ठूलो संख्यामा मानिसहरू प्रभुमा ल्याइए।
24 Porque era homem de bem e cheio do Espírito Santo e de fé. E muita gente se uniu ao Senhor.
25 त्यसपछि बारनाबास शाऊललाई खोज्न टार्ससतिर गए।
25 E partiu Barnabé para Tarso, a buscar Saulo; e, achando-o, o conduziu para Antioquia.
26 शाऊललाई फेला पारेपछि उनलाई लिएर तिनी एन्टिओखियामा आए। बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। यसरी चेलाहरू पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए।
26 E sucedeu que todo um ano se reuniram naquela igreja e ensinaram muita gente. Em Antioquia, foram os discípulos, pela primeira vez, chamados cristãos.
27 यसै समयमा केही अगमवक्ताहरू यरूशलेमबाट एन्टिओखियातिर झरे।
27 Naqueles dias, desceram profetas de Jerusalém para Antioquia.
28 तिनीहरूमध्ये अगाबस नामका एक जना उठे र रोम लगायत संसारभरि नै ठूलो अनिकाल पर्नेछ भनी पवित्र आत्माको सहायताद्वारा अगमवाणी बोले। (त्यो अनिकाल क्लौडियसको शासनकालमा भएको थियो।)
28 E, levantando-se um deles, por nome Ágabo, dava a entender, pelo Espírito, que haveria uma grande fome em todo o mundo, e isso aconteceu no tempo de Cláudio César.
29 चेलाहरूले आ-आफ्नो सामर्थ्यअनुसार यहूदियामा बसिरहेका दाजुभाइ-दिदीबहिनीहरूका निम्ति सहायता पुर्याउने अठोट गरे।
29 E os discípulos determinaram mandar, cada um conforme o que pudesse, socorro aos irmãos que habitavam na Judeia.
30 यसरी तिनीहरूले बारनाबास र शाऊलको हातद्वारा आफ्ना दानहरू मण्डलीका प्रधानहरूकहाँ पठाए।
30 O que eles com efeito fizeram, enviando-o aos anciãos por mão de Barnabé e de Saulo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Atos 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.