2 Tessalonicenses 3
npioncb (NPIONCB) vs NVT
1 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्।
1 Finalmente, irmãos, pedimos que orem por nós. Orem para que a mensagem do Senhor se espalhe rapidamente e seja honrada por onde quer que vá, como aconteceu quando chegou a vocês.
2 सबै जनासँग विश्वास हुँदैन; त्यसकारण हामी दुष्ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।
2 Orem também para que sejamos libertos dos perversos e maus, pois nem todos têm fé.
3 तर प्रभु विश्वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।
3 Mas o Senhor é fiel; ele os fortalecerá e os guardará do maligno.
4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्चित छौँ।
4 E confiamos no Senhor que vocês estão fazendo e continuarão a fazer aquilo que lhes ordenamos.
5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतामा डोर्याऊन्।
5 Que o Senhor conduza o coração de vocês ao amor de Deus e à perseverança que vem de Cristo.
6 हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस।
6 E agora, irmãos, nós lhes damos a seguinte ordem em nome de nosso Senhor Jesus Cristo: mantenham-se afastados de todos os irmãos que vivem ociosamente e não seguem a tradição que receberam de nós.
7 किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ,
7 Pois vocês sabem que devem seguir nosso exemplo. Não ficamos ociosos quando estivemos com vocês,
8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्यौँ।
8 nem nos alimentamos às custas dos outros. Trabalhamos arduamente dia e noite, a fim de não sermos um peso para nenhum de vocês.
9 हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।
9 Embora tivéssemos o direito de pedir que nos alimentassem, queríamos lhes dar o exemplo.
10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”
10 Quando ainda estávamos com vocês, lhes ordenamos: “Quem não quiser trabalhar não deve comer”.
11 तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।
11 Contudo, soubemos que alguns de vocês estão vivendo ociosamente, recusando-se a trabalhar e intrometendo-se em assuntos alheios.
12 यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।
12 Ordenamos e insistimos em nome do Senhor Jesus Cristo que sosseguem e trabalhem para obter o próprio sustento.
13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।
13 Quanto a vocês, irmãos, nunca se cansem de fazer o bem.
14 यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।
14 Observem quem se recusa a obedecer àquilo que lhes digo nesta carta. Afastem-se dele, para que se sinta envergonhado.
15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।
15 Não o considerem como inimigo, mas advirtam-no como a um irmão.
16 अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
16 Que o próprio Senhor da paz lhes dê paz em todos os momentos e situações. Que o Senhor esteja com todos vocês.
17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।
17 Aqui está minha saudação de próprio punho: Paulo. Assim faço em todas as minhas cartas para provar que eu mesmo as escrevi.
18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!
18 Que a graça de nosso Senhor Jesus Cristo esteja com todos vocês.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Tessalonicenses 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.