2 Tessalonicenses 2

npioncb (NPIONCB) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ।
1 Irmãos, no que diz respeito à vinda de nosso Senhor Jesus Cristo e à nossa reunião com ele, pedimos
2 प्रभुको दिन आइसकेको छ भन्‍नेहरूद्वारा सजिलैसित अस्थिर वा विचलित नहोओ। तिनीहरूले अगमवाणी, आत्माद्वारा प्रकाश पाएको, अथवा हामीबाटै आएको पत्र भनी दाबी गरे तापनि तिनीहरूलाई विश्‍वास नगर।
2 que vocês não se deixem demover facilmente de seu modo de pensar, nem fiquem perturbados, quer por espírito, quer por palavra, quer por carta, como se procedesse de nós, dando a entender que o Dia do Senhor já chegou.
3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्‍वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।
3 Ninguém, de modo nenhum, os engane, porque isto não acontecerá sem que primeiro venha a apostasia e seja revelado o homem da iniquidade, o filho da perdição,
4 त्यसले ईश्‍वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्‍च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्‍वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्‍वरको मन्दिरमा स्थापना गर्नेछ।
4 o qual se opõe e se levanta contra tudo o que se chama Deus ou é objeto de culto, a ponto de assentar-se no santuário de Deus, apresentando-se como se fosse o próprio Deus.
5 म तिमीहरूसित रहँदा यी कुराहरू मैले तिमीहरूलाई बताएको थिएँ, के तिमीहरूलाई सम्झना छैन र?
5 Vocês não lembram que eu costumava lhes dizer estas coisas, quando ainda estava com vocês?
6 अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्।
6 E, agora, vocês sabem o que o detém, para que ele seja revelado a seu tempo.
7 किनकि अधर्मको शक्ति गुप्‍त रूपले अगिबाटै सक्रिय छ; तर अहिले त्यसलाई रोकिराख्नु हुनेले आफ्नो बाटोबाट त्यसलाई नहटाउन्जेल रोकिराख्नुहुनेछ।
7 Porque o mistério da iniquidade já opera e aguarda somente que seja afastado aquele que agora o detém.
8 अनि तब त्यो अधर्मीको प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले हटाउनुहुनेछ र आफ्नो दोस्रो आगमनको प्रतापले नष्‍ट पार्नुहुनेछ।
8 Então será revelado o iníquo, a quem o Senhor Jesus matará com o sopro de sua boca e destruirá pela manifestação de sua vinda.
9 त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।
9 Ora, o aparecimento do iníquo é segundo a ação de Satanás, com todo poder, sinais e prodígios da mentira,
10 अनि नष्‍ट हुनेहरूलाई भ्रममा पार्न हरेक किसिमको दुष्‍टतासहित आउनेछ। तिनीहरू नष्‍ट हुन्छन्; किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र बचाइन इन्कार गरेका छन्।
10 e com todo engano de injustiça aos que estão perecendo, porque não acolheram o amor da verdade para serem salvos.
11 यसकारण त्यस झूटमा तिनीहरूले विश्‍वास गरून् भनेर परमेश्‍वरले तिनीहरूमा शक्तिशाली भ्रम पठाउनुहुनेछ
11 É por este motivo que Deus lhes envia a operação do erro, para darem crédito à mentira,
12 र सत्यतामा विश्‍वास नगर्ने, तर दुष्‍टतामा आनन्दित हुनेहरू सबै दोषी ठहराइनेछन्।
12 a fim de serem condenados todos os que não creram na verdade, mas tiveram prazer na injustiça.
13 तर प्रभुद्वारा प्रेम गरिएका हे दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूका लागि हामीले परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउनैपर्छ; किनकि परमेश्‍वरले तिमीहरूलाई पवित्र आत्माको शुद्धीकरणद्वारा र सत्यतामाथिको विश्‍वासद्वारा सुरुदेखि नै मुक्तिको लागि पहिलो फलको रूपमा चुन्‍नुभयो।
13 Mas devemos sempre dar graças a Deus por vocês, irmãos amados pelo Senhor, porque Deus os escolheu desde o princípio para a salvação, pela santificação do Espírito e fé na verdade.
14 उहाँले तिमीहरूलाई हामीले प्रचार गरेको सुसमाचारद्वारा यसैको निम्ति बोलाउनुभयो, ताकि तिमीहरू पनि हाम्रा प्रभु येशू ख्रीष्‍टको महिमामा सहभागी हुन सक।
14 Foi para isso que também Deus os chamou mediante o nosso evangelho, para que vocês alcancem a glória de nosso Senhor Jesus Cristo.
15 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले तिमीहरूलाई मुखका वचनद्वारा अथवा पत्रद्वारा दिइएका शिक्षाहरूमा अटल रहनू र यसलाई थामिराख्नू।
15 Assim, pois, irmãos, fiquem firmes e guardem as tradições que lhes foram ensinadas, seja por palavra, seja por carta nossa.
16 हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैँले, र हाम्रा परमेश्‍वर पिता, जसले हामीलाई प्रेम गर्नुभयो; अनि हामीलाई अनन्तको उत्साह र असल आशा उहाँको अनुग्रहद्वारा दिनुभयो;
16 Que o próprio Jesus Cristo, nosso Senhor, e Deus, o nosso Pai, que nos amou e nos deu eterna consolação e boa esperança, pela graça,
17 उहाँले नै तिमीहरूका हृदयलाई उत्साहित र तिमीहरूलाई हरेक असल काम र वचनमा बलियो पारून्।
17 console o coração de vocês e os fortaleça em toda boa obra e boa palavra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Tessalonicenses 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.