2 Crônicas 19
npioncb (NPIONCB) vs BKJ
1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के।
1 E Josafá, o rei de Judá, retornou em paz para a sua casa em Jerusalém.
2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ।
2 E Jeú, o filho de Hanani, o vidente, saiu a seu encontro, e disse ao rei Josafá: Deverias tu ajudar os ímpios, e amar aqueles que odeiam o SENHOR? Por isso virá sobre ti grande ira da parte do SENHOR.
3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।”
3 Todavia, há boas coisas encontradas em ti, ao teres removido os bosques da terra, e teres preparado o teu coração para buscares a Deus.
4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरतिर फर्काए।
4 E Josafá habitou em Jerusalém; e ele saiu novamente pelo meio do povo, de Berseba até o monte Efraim, e os trouxe de volta ao SENHOR Deus dos seus pais.
5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे।
5 E ele pôs juízes na terra, em todas as cidades fortificadas de Judá, cidade por cidade,
6 तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
6 e disse aos juízes: Vede o que fazeis; porque não julgais da parte do homem, senão da parte do SENHOR, e ele está convosco quando julgardes.
7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्न।”
7 Porquanto, agora, que o temor do SENHOR seja sobre vós; atentai e fazei-o; porque não há iniquidade com o SENHOR nosso Deus, nem acepção de pessoas, nem aceitação de presentes.
8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे।
8 Além disso, em Jerusalém Josafá colocou os levitas, e os sacerdotes, e os chefes dos pais de Israel, para o juízo do SENHOR, e para controvérsias, e voltaram a Jerusalém.
9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू।
9 E ele os encarregou, dizendo: Assim fareis no temor do SENHOR, fielmente, e com um coração perfeito.
10 सबै मुद्दा, जो सहरमा बस्ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।
10 E qualquer que seja a causa que vier até vós dos vossos irmãos que habitam nas cidades, entre sangue e sangue, entre lei e mandamento, estatutos e juízos, vós, adverti-los-ei para que não transgridam contra o SENHOR, e assim venha a ira sobre vós, e sobre os vossos irmãos; fazei isso, e vós não transgredireis.
11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।”
11 E, eis que Amarias, o sumo sacerdote está sobre vós em todas as questões do SENHOR; e Zebadias, o filho de Ismael, o soberano da casa de Judá, em todos os assuntos do rei; também os levitas serão oficiais diante de vós. Procedei corajosamente, e o SENHOR será com os bons.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.