2 Crônicas 19

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 यहूदाका राजा यहोशापात यरूशलेममा आफ्नो महलमा सुरक्षित फर्के।
1 Josafá, rei de Judá, voltou para sua casa em paz, para Jerusalém.
2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न निस्के, र तिनले यहोशापात राजालाई भने, “के तपाईंले दुष्‍टलाई सघाएर याहवेहलाई घृणा गर्नेहरूलाई प्रेम गर्नुहुन्छ? यसकारण तपाईंको यो कार्यको कारण याहवेहको क्रोध तपाईंमाथि पर्नेछ।
2 O vidente Jeú, filho de Hanani, saiu ao encontro do rei Josafá e lhe disse: Devias tu ajudar ao perverso e amar aqueles que aborrecem o Senhor ? Por isso, caiu sobre ti a ira da parte do Senhor .
3 तरै पनि तपाईंमा केही असल कुरा छ; किनकि तपाईंले देशलाई अशेरा देवीका खम्बाहरूदेखि मुक्त गर्नुभएको छ, र आफ्नो हृदय याहवेहको खोजीमा लगाउनुभएको छ।”
3 Boas coisas, contudo, se acharam em ti; porque tiraste os postes-ídolos da terra e dispuseste o coração para buscares a Deus.
4 यहोशापात यरूशलेममा बसोबास गर्थे; अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी मुलुकसम्म मानिसहरूकहाँ गए; अनि तिनीहरूलाई याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरतिर फर्काए।
4 Habitou, pois, Josafá em Jerusalém; tornou a passar pelo povo desde Berseba até à região montanhosa de Efraim e fez que ele tornasse ao Senhor , Deus de seus pais.
5 तिनले देशमा र यहूदाका प्रत्येक सुरक्षित सहरमा न्यायकर्ताहरू नियुक्त गरे।
5 Estabeleceu juízes no país, em todas as cidades fortificadas, de cidade em cidade.
6 तिनले उनीहरूलाई भने, “तिमीहरूले जे गर्छौ, त्यसलाई होसियारीसाथ विचार गर; किनकि तिमीहरूले मानिसहरूका निम्ति न्याय गरेका होइनौ, तर तिमीहरूले न्याय गर्दा तिमीहरूसित हुनुहुने याहवेहका निम्ति न्याय गरेका हुन्छौ।
6 Disse aos juízes: Vede o que fazeis, porque não julgais da parte do homem, e sim da parte do Senhor , e, no julgardes, ele está convosco.
7 अब याहवेहको डर तिमीहरूमा रहोस्। होसियारीसाथ न्याय गर; किनभने याहवेह हाम्रा परमेश्‍वरले अन्याय, पक्षपात अथवा घूस लेनदेन गरेको सहनुहुन्‍न।”
7 Agora, pois, seja o temor do Senhor convosco; tomai cuidado e fazei-o, porque não há no Senhor , nosso Deus, injustiça, nem parcialidade, nem aceita ele suborno.
8 यरूशलेममा पनि यहोशापातले याहवेहको व्यवस्था परिचालन गर्न र झगडा मिलाउनका निम्ति केही लेवीहरू, पुजारीहरू र इस्राएली परिवारहरूका मुखियाहरूलाई नियुक्त गरे।
8 Também, depois de terem voltado para Jerusalém, estabeleceu aí Josafá alguns dos levitas, e dos sacerdotes, e dos cabeças das famílias de Israel para julgarem da parte do Senhor e decidirem as sentenças contestadas.
9 तिनले उनीहरूलाई यी हुकुम दिए: “तिमीहरूले याहवेहको डरमा विश्‍वासयोग्यतामा र सम्पूर्ण हृदयले सेवा गर्नू।
9 Deu-lhes ordem, dizendo: Assim, andai no temor do Senhor , com fidelidade e inteireza de coração.
10 सबै मुद्दा, जो सहरमा बस्‍ने तिमीहरूका सङ्गी नागरिकहरूबाट तिमीहरूका सामु आउँछन्, ती मुद्दाहरू हत्यासम्बन्धी होऊन् वा व्यवस्था वा आज्ञा, धर्मविधि वा नियमहरूका विरुद्धमा होऊन्, तिमीहरूले तिनीहरूलाई याहवेहको विरुद्धमा कुनै किसिमको अपराध नगर्नू भनी चेताउनी दिनू; नत्रता तिमीहरू र तिमीहरूका मानिसहरूमा पनि त्यसको निम्ति उहाँको क्रोध आइपर्नेछ। तिमीहरूले यसो गर्‍यौ भने तिमीहरू सबै दोषी ठहरिनेछैनौ।
10 Toda vez que vier a vós outros sentença contestada de vossos irmãos que habitam nas suas cidades: entre sangue e sangue, lei e mandamento, estatutos e juízos, admoestai-os, que não se façam culpados para com o Senhor , para que não venha grande ira sobre vós e sobre vossos irmãos; fazei assim e não vos tornareis culpados.
11 “याहवेहसम्बन्धी कुनै पनि विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि हुनेछन्। अनि राजासम्बन्धी कुनै पनि विषयमा इश्माएलका छोरा जबदियाह, यहूदाको कुलका अगुवा तिमीहरूमाथि हुनेछन्; र लेवीहरू तिमीहरूका सामु अधिकृतको रूपमा सेवा गर्नेछन्। साहससित काम गर्नू र असल गर्नेहरूसित याहवेह रहून्।”
11 Eis que Amarias, o sumo sacerdote, presidirá nas coisas que dizem respeito ao Senhor ; e Zebadias, filho de Ismael, príncipe da casa de Judá, nas que dizem respeito ao rei. Também os levitas serão oficiais à vossa disposição. Sede fortes no cumprimento disso, e o Senhor será com os bons.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.