2 Coríntios 13
npioncb (NPIONCB) vs NVI
1 तिमीहरूसित अब यो मेरो तेस्रोपल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”
1 Esta será minha terceira visita a vocês. "Toda questão precisa ser confirmada pelo depoimento de duas ou três testemunhas".
2 म तिमीहरूसित दोस्रोपल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ।
2 Já os adverti quando estive com vocês pela segunda vez. Agora, estando ausente, escrevo aos que antes pecaram e aos demais: quando voltar, não os pouparei,
3 ख्रीष्ट मद्वारा बोलिरहनुभएको छ भन्ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
3 visto que vocês estão exigindo uma prova de que Cristo fala por meu intermédio. Ele não é fraco ao tratar com vocês, mas poderoso entre vocês.
4 निश्चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्वरको शक्तिमा उहाँसित जिउँछौँ।
4 Pois, na verdade, foi crucificado em fraqueza, mas vive pelo poder de Deus. Da mesma forma, somos fracos nele, mas, pelo poder de Deus, viveremos com ele para servir a vocês.
5 विश्वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्वासको जाँचमा असफल भयौ।
5 Examinem-se para ver se vocês estão na fé; provem-se a si mesmos. Não percebem que Cristo Jesus está em vocês? A não ser que tenham sido reprovados!
6 अनि म विश्वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्नेछौ।
6 E espero que saibam que nós não fomos reprovados.
7 अब हामी परमेश्वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो।
7 Agora, oramos a Deus para que vocês não pratiquem mal algum. Não para que os outros vejam que temos sido aprovados, mas para que vocês façam o que é certo, embora pareça que tenhamos falhado.
8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ।
8 Pois nada podemos contra a verdade, mas somente em favor da verdade.
9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्ने हो।
9 Ficamos alegres sempre que estamos fracos, e vocês estão fortes; nossa oração é que vocês sejam aperfeiçoados.
10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।
10 Por isso escrevo estas coisas estando ausente, para que, quando eu for, não precise ser rigoroso no uso da autoridade que o Senhor me deu para edificá-los, e não para destruí-los.
11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्वर तिमीहरूसित हुनुहुनेछ।
11 Sem mais, irmãos, despeço-me de vocês! Procurem aperfeiçoar-se, exortem-se mutuamente, tenham um só pensamento, vivam em paz. E o Deus de amor e paz estará com vocês.
12 ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
12 Saúdem uns aos outros com beijo santo.
13 यहाँ भएका सबै परमेश्वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
13 Todos os santos lhes enviam saudações.
14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
14 A graça do Senhor Jesus Cristo, o amor de Deus e a comunhão do Espírito Santo sejam com todos vocês.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.