2 Coríntios 13

npioncb (NPIONCB) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 तिमीहरूसित अब यो मेरो तेस्रोपल्ट भेटघाट हुनेछ। “प्रत्येक कुराको पुष्‍टि दुई वा तीन साक्षीहरूको प्रमाणद्वारा हुनुपर्छ।”
1 Esta é a terceira vez que vou ter convosco. Por boca de duas ou três testemunhas, toda questão será decidida.
2 म तिमीहरूसित दोस्रोपल्ट हुँदा नै मैले पाप गर्नेहरूलाई चेतावनी दिइसकेको छु। अब म अनुपस्थित हुँदा यो दोहोर्‍याउँछु: म फर्केर आएपछि पहिले पाप गर्नेहरू अथवा अरू कसैलाई पनि म बाँकी राख्नेछैनँ।
2 Já o disse anteriormente e torno a dizer, como fiz quando estive presente pela segunda vez; mas, agora, estando ausente, o digo aos que, outrora, pecaram e a todos os mais que, se outra vez for, não os pouparei,
3 ख्रीष्‍ट मद्वारा बोलिरहनुभएको छ भन्‍ने कुरामा तिमीहरूले प्रमाण खोजेको कारण, उहाँ तिमीहरूसित व्यवहार गर्न कमजोर हुनुहुन्‍न, तर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ।
3 posto que buscais prova de que, em mim, Cristo fala, o qual não é fraco para convosco; antes, é poderoso em vós.
4 निश्‍चित होओ, कि उहाँ दुर्बलतामा क्रूसमा चढाइनुभयो, र पनि उहाँ परमेश्‍वरको सामर्थ्यमा जिउनुहुन्छ। यसै गरी हामी उहाँमा दुर्बल छौँ, र पनि तिमीहरूको सेवा गर्न हामी परमेश्‍वरको शक्तिमा उहाँसित जिउँछौँ।
4 Porque, de fato, foi crucificado em fraqueza; contudo, vive pelo poder de Deus. Porque nós também somos fracos nele, mas viveremos, com ele, para vós outros pelo poder de Deus.
5 विश्‍वासमा छौ कि छैनौ भनी आफैँलाई जाँच गर; आफैँलाई जाँच। ख्रीष्‍ट येशू तिमीहरूमा हुनुहुन्छ भनी के तिमीहरू महसुस गर्दैनौ? होइन भने तिमीहरू साँचो विश्‍वासको जाँचमा असफल भयौ।
5 Examinai-vos a vós mesmos se realmente estais na fé; provai-vos a vós mesmos. Ou não reconheceis que Jesus Cristo está em vós? Se não é que já estais reprovados.
6 अनि म विश्‍वास गर्छु, हामी जाँचमा असफल भएनौँ भनेर तिमीहरूले जान्‍नेछौ।
6 Mas espero reconheçais que não somos reprovados.
7 अब हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ, कि तिमीहरूले भूल गर्नेछैनौ। हामी जाँचमा योग्य भएको मानिसहरूझैँ देखा परौँ भनेर होइन, तर हामी असफल भएको देखा परे तापनि तिमीहरूले चाहिँ जे ठिक छ, त्यो गर भनेर हो।
7 Estamos orando a Deus para que não façais mal algum, não para que, simplesmente, pareçamos aprovados, mas para que façais o bem, embora sejamos tidos como reprovados.
8 हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौँ, तर सत्यको पक्षमा मात्र गर्न सक्छौँ।
8 Porque nada podemos contra a verdade, senão em favor da própria verdade.
9 जब-जब हामी कमजोर हुन्छौँ, तिमीहरूचाहिँ बलिया भएको देखेर हामी खुशी हुन्छौँ, र हाम्रो प्रार्थनाचाहिँ तिमीहरू आत्मिक परिपक्व होओ भन्‍ने हो।
9 Porque nos regozijamos quando nós estamos fracos e vós, fortes; e isto é o que pedimos: o vosso aperfeiçoamento.
10 त्यसैले म टाढै भएको बेला तिमीहरूलाई यो लेखिरहेको छु, जसले गर्दा म आउँदा मेरो अधिकार कठोरतापूर्वक प्रयोग गर्न नपरोस्। यो अधिकार प्रभुले मलाई तिमीहरूलाई बिगार्नलाई होइन, तर बनाउनलाई दिनुभएको हो।
10 Portanto, escrevo estas coisas, estando ausente, para que, estando presente, não venha a usar de rigor segundo a autoridade que o Senhor me conferiu para edificação e não para destruir.
11 अन्त्यमा हे दाजुभाइ-दिदीबहिनीहरू हो, आनन्दित होओ! पूर्ण पुनर्स्थापनाको लागि प्रयास गर; एक-अर्कालाई उत्साह देओ, एकै मनका होओ र शान्तिमा जीवन बिताओ। प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसित हुनुहुनेछ।
11 Quanto ao mais, irmãos, adeus! Aperfeiçoai-vos, consolai-vos, sede do mesmo parecer, vivei em paz; e o Deus de amor e de paz estará convosco.
12 ख्रीष्‍टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर।
12 Saudai-vos uns aos outros com ósculo santo. Todos os santos vos saúdam.
13 यहाँ भएका सबै परमेश्‍वरका जनहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
13 A graça do Senhor Jesus Cristo, e o amor de Deus, e a comunhão do Espírito Santo sejam com todos vós.
14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसित रहून्।
14 — ausente —

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.