2 Coríntios 10
npioncb (NPIONCB) vs NVI
1 म पावल, ख्रीष्टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु।
1 Eu, Paulo, pela mansidão e pela bondade de Cristo, apelo para vocês; eu, que sou "humilde" quando estou face a face com vocês, mas "audaz" quando ausente!
2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्।
2 Rogo-lhes que, quando estiver presente, não me obriguem a agir com audácia, tal como penso que ousarei fazer, para com alguns que acham que procedemos segundo os padrões humanos.
3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ।
3 Pois, embora vivamos como homens, não lutamos segundo os padrões humanos.
4 हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्वरीय शक्ति हुन्छ।
4 As armas com as quais lutamos não são humanas; pelo contrário, são poderosas em Deus para destruir fortalezas.
5 हामी परमेश्वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ।
5 Destruímos argumentos e toda pretensão que se levanta contra o conhecimento de Deus, e levamos cativo todo pensamento, para torná-lo obediente a Cristo.
6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ।
6 E estaremos prontos para punir todo ato de desobediência, uma vez completa a obediência de vocês.
7 तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्टको हुँ” भन्ने विश्वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्टका हौँ।
7 Vocês observam apenas a aparência das coisas. Se alguém está convencido de que pertence a Cristo, deveria considerar novamente consigo mesmo que, assim como ele, nós também pertencemos a Cristo.
8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्नतिका निम्ति दिनुभएको हो।
8 Pois mesmo que eu tenha me orgulhado um pouco mais da autoridade que o Senhor nos deu, não me envergonho disso, pois essa autoridade é para edificá-los, e não para destruí-los.
9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्नँ।
9 Não quero que pareça que estou tentando amedrontá-los com as minhas cartas.
10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।”
10 Pois alguns dizem: "As cartas dele são duras e fortes, mas ele pessoalmente não impressiona, e a sua palavra é desprezível".
11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ।
11 Saibam tais pessoas que aquilo que somos em cartas, quando estamos ausentes, seremos em atos, quando estivermos presentes.
12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्।
12 Não temos a pretensão de nos igualar ou de nos comparar com alguns que se recomendam a si mesmos. Quando eles se medem e se comparam consigo mesmos, agem sem entendimento.
13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।
13 Nós, porém, não nos gloriaremos além do limite adequado, mas limitaremos nosso orgulho à esfera de ação que Deus nos confiou, a qual alcança vocês inclusive.
14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्टको सुसमाचार लिएर आयौँ।
14 Não estamos indo longe demais em nosso orgulho, como seria o caso se não tivéssemos chegado até vocês, pois chegamos a vocês com o evangelho de Cristo.
15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ।
15 Da mesma forma, não vamos além de nossos limites, gloriando-nos de trabalhos que outros fizeram. Nossa esperança é que, à medida que for crescendo a fé que vocês têm, nossa atuação entre vocês aumente ainda mais,
16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ।
16 para que possamos pregar o evangelho nas regiões que estão além de vocês, sem nos vangloriarmos de trabalho já realizado em território de outro.
17 तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
17 Contudo, "quem se gloriar, glorie-se no Senhor",
18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।
18 pois não é aprovado quem a si mesmo se recomenda, mas aquele a quem o Senhor recomenda.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.