2 Coríntios 10

npioncb (NPIONCB) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 म पावल, ख्रीष्‍टको नम्रता र भद्रताद्वारा तिमीहरूलाई यो बिन्ती गर्दछु; म तिमीहरूका सामु हुँदा “नम्र” हुन्छु, तर टाढा हुँदाचाहिँ तिमीहरूप्रति “कडा” हुन्छु।
1 Além disso, eu, Paulo, vos rogo, pela mansidão e benignidade de Cristo, eu que, na verdade, quando presente entre vós, sou humilde, mas ausente, ousado para convosco;
2 म तिमीहरूलाई बिन्ती गर्छु, कि म त्यहाँ आउँदा हामी यस संसारको नापले जिउँछौँ भन्‍ने कति मानिसहरूप्रति म जति कडा छु, त्यस्तै हुन नपरोस्।
2 rogo- vos, pois, que, quando estiver presente, não me veja obrigado a usar com confiança da ousadia que espero ter com alguns que nos julgam como se andássemos segundo a carne.
3 किनकि हामी यस शरीरमा रहे तापनि हामी सांसारिक मानिसले गरेजस्तो युद्ध गर्दैनौँ।
3 Porque, andando na carne, não militamos segundo a carne.
4 हामीले चलाउने हतियार यस संसारका हतियार होइनन्। तर गढहरू भत्काउनका लागि हाम्रा हतियारहरू चाहिँ ईश्‍वरीय शक्ति हुन्छ।
4 Porque as armas da nossa milícia não são carnais, mas, sim, poderosas em Deus, para destruição das fortalezas;
5 हामी परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने तर्कहरू र प्रत्येक आडम्बरहरू नाश गर्छौँ, र ख्रीष्‍टप्रति आज्ञाकारी बनाउन प्रत्येक विचारलाई कैदी बनाउँछौँ।
5 destruindo os conselhos e toda altivez que se levanta contra o conhecimento de Deus, e levando cativo todo entendimento à obediência de Cristo,
6 जब तिमीहरूको आज्ञाकारिता पूर्ण हुन्छ, तब हामी अनाज्ञाकारिताको प्रत्येक कामलाई दण्ड दिनेछौँ।
6 e estando prontos para vingar toda desobediência, quando for cumprida a vossa obediência.
7 तिमीहरूले बाहिरी कुराहरूलाई मात्र हेरिरहेका छौ। यदि कसैलाई “म ख्रीष्‍टको हुँ” भन्‍ने विश्‍वास छ भने त्यसले यो पनि ठानोस् कि हामी पनि त्यसरी नै ख्रीष्‍टका हौँ।
7 Olhais para as coisas segundo a aparência? Se alguém confia de si mesmo que é de Cristo, pense outra vez isto consigo: assim como ele é de Cristo, também nós de Cristo somos.
8 प्रभुले हामीलाई दिनुभएको अधिकारबारे मैले धेरै नै घमण्ड गरे तापनि म यसको लागि शर्म मान्‍नेछैनँ; किनकि यो तिमीहरूलाई नाश गर्न होइन, तर आत्मिक उन्‍नतिका निम्ति दिनुभएको हो।
8 Porque, ainda que eu me glorie mais alguma coisa do nosso poder, o qual o Senhor nos deu para edificação e não para vossa destruição, não me envergonharei,
9 तिमीहरूलाई मेरा पत्रहरूद्वारा डर देखाउनेजस्तो देखिन म चाहन्‍नँ।
9 para que não pareça como se quisera intimidar-vos por cartas.
10 किनकि कतिले भन्छन्, “उसका पत्रहरू गहकिला र प्रभावशाली हुन्छन्, तर व्यक्तिगत रूपमा त्यो प्रभावहीन र उसको बोली पनि व्यर्थको छ।”
10 Porque as suas cartas, dizem, são graves e fortes, mas a presença do corpo é fraca, e a palavra, desprezível.
11 यस्ता मानिसहरूले यो थाहा गरून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूमा जस्ता छौँ, उपस्थित हुँदा पनि हाम्रा कामहरूमा त्यस्तै हुनेछौँ।
11 Pense o tal isto: quais somos na palavra por cartas, estando ausentes, tais seremos também por obra, estando presentes.
12 आफ्नै प्रशंसा गर्ने कति जनासित हामी आफूलाई एकै दर्जामा राखेर तुलना गर्ने आँट गर्दैनौँ। यदि तिनीहरूले आफैँले आफूसित नाप्छन् र आफ्नो तुलना आफैँसित गर्छन् भने तिनीहरू बुद्धिमान् होइनन्।
12 Porque não ousamos classificar-nos ou comparar-nos com alguns que se louvam a si mesmos; mas esses que se medem a si mesmos e se comparam consigo mesmos estão sem entendimento.
13 हामी सीमा नाघेर घमण्ड गर्दैनौँ, तर परमेश्‍वरले तोकिदिनुभएको क्षेत्रभित्र आफ्नो घमण्डलाई सीमित राख्दछौँ, अर्थात् त्यो क्षेत्र, जहाँ तिमीहरू पनि समावेश छौ।
13 Porém não nos gloriaremos fora de medida, mas conforme a reta medida que Deus nos deu, para chegarmos até vós;
14 यदि हामी तिमीहरूका बीचमा नआएको भए हाम्रो घमण्ड ज्यादा हुनेथियो, तर हामी तिमीहरूको बीचमा ख्रीष्‍टको सुसमाचार लिएर आयौँ।
14 porque não nos estendemos além do que convém, como se não houvéssemos de chegar até vós, pois já chegamos também até vós no evangelho de Cristo;
15 हामी अरूले गरेका कामहरूको लागि घमण्ड गरेर सीमा नाघ्न चाहँदैनौँ। हाम्रो आशाचाहिँ यही हो, जब तिमीहरूको विश्‍वास बढ्दैजान्छ, त्यसरी नै तिमीहरूका बीचमा हाम्रो कर्मक्षेत्र पनि प्रशस्त बढ्नेछ।
15 não nos gloriando fora de medida nos trabalhos alheios; antes, tendo esperança de que, crescendo a vossa fé, seremos abundantemente engrandecidos entre vós, conforme a nossa regra,
16 ताकि यसरी हामी तिमीहरूभन्दा टाढासम्म सुसमाचार प्रचार गर्न सकौँ। किनकि अरू मानिसको क्षेत्रमा भइसकेको कामको लागि हामी घमण्ड गर्न चाहँदैनौँ।
16 para anunciar o evangelho nos lugares que estão além de vós e não em campo de outrem, para nos não gloriarmos no que estava já preparado.
17 तर “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
17 Aquele, porém, que se gloria, glorie-se no Senhor.
18 किनकि आफूलाई प्रशंसा गर्ने मानिस स्वीकार गरिँदैन, तर जसको प्रशंसा प्रभुले गर्नुहुन्छ, त्यही मात्र ग्रहणयोग्य ठहरिन्छ।
18 Porque não é aprovado quem a si mesmo se louva, mas, sim, aquele a quem o Senhor louva.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Coríntios 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.