1 Samuel 7

npioncb (NPIONCB) vs VC

Sair da comparação
VC Versão Católica
1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।
1 Vieram, pois, os habitantes de Cariatiarim, transportaram a arca do Senhor, puseram-na em casa de Aminadab, sobre a colina, e consagraram o seu filho Eleazar para que a guardasse.
2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो।
2 E o tempo passou. Decorridos vinte anos desde o dia em que a arca fora levada para Cariatiarim, todo o Israel se lamentava, invocando o Senhor.
3 अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”
3 E Samuel falou a todo o povo de Israel, dizendo: Se voltardes de todo o vosso coração para o Senhor, tirando do meio de vós os deuses estranhos e as Astarot, se vos apegardes de todo o vosso coração ao Senhor e só a ele servirdes, então ele vos livrar das mãos dos filisteus.
4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।
4 Os israelitas afastaram os Baal e as Astarot, e serviram só ao Senhor.
5 तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”
5 Convocai todo o Israel em Masfa, disse Samuel, e orarei por vós ao Senhor.
6 जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।
6 Reuniram-se em Masfa, tiraram água, derramaram-na diante do Senhor, e jejuaram aquele dia, dizendo: Pecamos contra o Senhor. Samuel era juiz de Israel em Masfa.
7 जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्‍ने कुरा सुने, तब तिनीहरू डराए।
7 Os filisteus foram informados de que os israelitas tinham-se juntado em Masfa, e os seus príncipes marcharam contra Israel. Os israelitas o souberam e ficaram aterrorizados.
8 इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्‍वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”
8 Disseram a Samuel: Não cesses de clamar por nós ao Senhor, nosso Deus, para que ele nos salve das mãos dos filisteus.
9 तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।
9 Samuel tomou um cordeiro de leite e ofereceu-o inteiro em holocausto ao Senhor; depois clamou ao Senhor por Israel, e o Senhor o ouviu.
10 शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।
10 Enquanto Samuel oferecia o holocausto, os filisteus começaram o combate contra Israel; o Senhor, porém, trovejou com a sua a voz fortíssima sobre os filisteus naquele momento, e eles se dispersaram, sendo batidos pelos israelitas.
11 इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्‌दै गए।
11 Os vencedores, saindo de Masfa, perseguiram os filisteus e feriram-nos até o lugar que está por baixo de Bet-Car.
12 तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
12 Tomou Samuel uma pedra e pô-la entre Masfa e Sen, dando-lhe o nome de Eben-Ezer, pois disse: Até aqui nos socorreu o Senhor.
13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्‍यो।
13 Humilhados dessa forma, os filisteus não tentaram mais voltar ao território de Israel. A mão do Senhor pesou sobre o filisteus durante toda a vida de Samuel.
14 पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।
14 Foram devolvidas a Israel as cidades que os filisteus lhes tinham tomado, desde Acaron até Get. Israel livrou sua terra das mãos dos filisteus, e havia paz entre Israel e os amorreus.
15 शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।
15 Samuel foi juiz em Israel durante toda a sua vida.
16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे।
16 Ia a cada ano visitar Betel, Gálgala e Masfa, onde pronunciava os seus juízos em favor de todo o Israel.
17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।
17 Voltava depois para Ramá, onde habitava. Ali também julgava Israel, e edificou naquele lugar um altar ao Senhor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.