1 Samuel 7
npioncb (NPIONCB) vs BKJ
1 यसकारण किर्यत-यारीमका मानिसहरू आएर याहवेहको सन्दुक माथि लगे। तिनीहरूले त्यसलाई पहाडमा भएको अबीनादाबको घरमा लगे। अनि तिनको छोरो एलाजारलाई याहवेहको सन्दुकको सुरक्षाको निम्ति अर्पण गरे।
1 E os homens de Quiriate-Jearim vieram, e ergueram a arca do SENHOR, e a trouxeram para dentro da casa de Abinadabe, no outeiro, e santificaram Eleazar, o seu filho, para guardar a arca do SENHOR.
2 किर्यत-यारीममा सन्दुक रहेको धेरै समय अर्थात् बीस वर्ष भइसकेको थियो।
2 E sucedeu que, enquanto a arca permanecia em Quiriate-Jearim, o tempo foi longo; pois se passaram vinte anos; e toda a casa de Israel lamentava pelo SENHOR.
3 अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”
3 E Samuel falou a toda a casa de Israel, dizendo: Se, verdadeiramente, retornardes ao SENHOR de todo o vosso coração, então ponde de lado os deuses estranhos e removei Astarote do meio de vós, e preparai o vosso coração para o SENHOR, e servi a ele somente; e ele vos livrará da mão dos filisteus.
4 यसकारण इस्राएलीहरूले आफ्ना बाल-देवताहरू र अश्तोरेतका मूर्तिहरूलाई निकालिदिए। अनि याहवेहको मात्र सेवा गरे।
4 Então os filhos de Israel, verdadeiramente, puseram de lado os baalins e Astarote, e serviram somente o SENHOR.
5 तब शमूएलले भने, “सारा इस्राएल मिस्पामा भेला होओ, र म तिमीहरूका निम्ति याहवेहसँग अन्तर्बिन्ती गर्नेछु।”
5 E Samuel disse: Congregai todo o Israel em Mispá, e eu orarei por vós ao SENHOR.
6 जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे।
6 E eles se reuniram em Mispá, e tiraram água, e a derramaram diante do SENHOR, e jejuaram naquele dia, e ali disseram: Pecamos contra o SENHOR. E Samuel julgou os filhos de Israel em Mispá.
7 जब इस्राएलीहरू मिस्पामा भेला भएका छन् भनी पलिश्तीहरूले सुने, तब तिनीहरूका शासकहरू इस्राएलीहरूमाथि आक्रमण गर्न आए। अनि जब इस्राएलीहरूले पलिश्तीहरू आउँदैछन् भन्ने कुरा सुने, तब तिनीहरू डराए।
7 E quando os filisteus ouviram que os filhos de Israel estavam reunidos em Mispá, os senhores dos filisteus subiram contra Israel. E, quando os filhos de Israel ouviram aquilo, ficaram com temor dos filisteus.
8 इस्राएलीहरूले शमूएललाई भने, “याहवेह हाम्रा परमेश्वरकहाँ हाम्रा निम्ति पुकार गर्न नछाड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबाट छुटाऊन्।”
8 E os filhos de Israel disseram a Samuel: Não cesses de clamar por nós ao SENHOR nosso Deus, para que ele nos salve da mão dos filisteus.
9 तब शमूएलले दुधे थुमा लिए, र त्यसलाई पूर्ण होमबलिको रूपमा याहवेहलाई चढाए। तिनले इस्राएलको पक्षमा याहवेहलाई पुकारे; अनि याहवेहले तिनलाई जवाफ दिनुभयो।
9 E Samuel tomou um cordeiro que ainda mamava, e o ofereceu inteiramente como oferta queimada ao SENHOR; e Samuel clamou ao SENHOR por Israel; e o SENHOR o ouviu.
10 शमूएलले होमबलि चढाइरहेको बेला पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न अगि बढे। तर त्यस दिन याहवेह पलिश्तीहरूको विरुद्धमा ठूलो सोरले गर्जनुभयो; अनि तिनीहरू यति आतङ्कित भए कि तिनीहरू इस्राएलीहरूसँग पराजित भए।
10 E enquanto Samuel oferecia a oferta queimada, os filisteus se aproximaram para pelejar contra Israel; porém, naquele dia, o SENHOR trovejou com um grande trovão, naquele dia, sobre os filisteus, e os desmantelou; e eles foram feridos diante de Israel.
11 इस्राएलका मानिसहरू मिस्पाबाट निस्के, र पलिश्तीहरूलाई मार्दै तल बेथ-करसम्म तिनीहरूलाई खेद्दै गए।
11 E os homens de Israel saíram de Mispá, e perseguiram os filisteus, e os feriram, até eles chegarem abaixo de Bete-Car.
12 तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
12 Então Samuel pegou uma pedra, e a colocou entre Mispá e Sem, e chamou o seu nome de Ebenézer, dizendo: Até aqui o SENHOR nos ajudou.
13 यसरी पलिश्तीहरू परास्त भए। तब तिनीहरूले इस्राएलको जमिनमाथि फेरि आक्रमण गरेनन्। शमूएलको जीवनकालभरि नै याहवेहको हात पलिश्तीहरूको विरुद्धमा उठिरह्यो।
13 Assim, os filisteus foram subjugados, e eles não entraram mais no termo de Israel; e a mão do SENHOR esteve contra os filisteus todos os dias de Samuel.
14 पलिश्तीहरूले इस्राएलबाट खोसेका एक्रोनदेखि गातसम्मका सहरहरू इस्राएललाई फर्काइदिए। अनि इस्राएलले वरिपरिका इलाकाहरूलाई पलिश्तीहरूका हातबाट छुटाए। त्यसपछि इस्राएलीहरू र एमोरीहरूको बीचमा शान्ति स्थापना भयो।
14 E as cidades que os filisteus haviam tomado de Israel foram restauradas a Israel, desde Ecrom até Gate; e os seus termos Israel libertou das mãos dos filisteus. E houve paz entre Israel e os amorreus.
15 शमूएल आफ्नो जीवनकालभरि नै इस्राएलका न्यायकर्ता भए।
15 E Samuel julgou Israel todos os dias da sua vida.
16 हरेक वर्ष तिनी इस्राएलको न्याय गर्दै बेथेलदेखि मिस्पाहुँदै गिलगालसम्म सबै ठाउँहरूमा भ्रमण गर्थे।
16 E ele ia de ano a ano e rodeava a Betel, e Gilgal e Mispá, e julgava Israel em todos aqueles lugares.
17 तर तिनी सधैँ रामामा फर्कन्थे, जहाँ तिनको आफ्नो घर थियो; र तिनले त्यहाँ पनि इस्राएलका निम्ति न्यायकर्ताको काम गर्थे। अनि तिनले रामामा याहवेहका निम्ति एउटा वेदी बनाए।
17 E o seu retorno era para Ramá, pois lá estava a sua casa; e lá ele julgava Israel; e lá ele edificou um altar ao SENHOR.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.