1 Samuel 24
npioncb (NPIONCB) vs VC
1 शाऊलले पलिश्तीहरूसँग लडाइँ गरेर फर्किएपछि तिनलाई भनियो, “दावीद एन-गदीको उजाडस्थानमा छन्।”
1 Quando Saul voltou da perseguição aos filisteus, foi-lhe anunciado: Davi está no deserto de Engadi.
2 यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए।
2 Tomou então Saul três mil israelitas de escol e foi em busca de Davi com sua gente nos rochedos dos Cabritos Monteses.
3 तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए।
3 Chegando perto dos apriscos de ovelhas que havia ao longo do caminho, entrou Saul numa gruta para satisfazer suas necessidades. Ora, no fundo dessa mesma gruta se encontrava Davi com seus homens,
4 ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे।
4 os quais disseram-lhe: Eis o dia anunciado pelo Senhor, que te prometeu entregar o teu inimigo à tua discrição. Davi, arrastando-se de mansinho, cortou furtivamente a ponta do manto de Saul.
5 तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो।
5 E logo depois o seu coração bateu-lhe, porque tinha ousado fazer aquilo.
6 तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”
6 E disse aos seus homens: Deus me guarde de jamais cometer este crime, estendendo a mão contra o ungido do Senhor, meu senhor, pois ele é consagrado ao Senhor!
7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे।
7 Davi conteve os seus homens com estas palavras e impediu que agredissem Saul. O rei levantou-se, deixou a gruta e prosseguiu o seu caminho.
8 तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।”
8 Então Davi saiu por sua vez e bradou atrás de Saul: Ó rei, meu senhor! Saul voltou-se para ver, e Davi inclinou-se, prostrando-se até a terra.
9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्नुहुन्छ?
9 E disse ao rei: Por que dás ouvidos aos que te dizem: Davi procura fazer-te mal?
10 यस ओडारमा कसरी याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो, भनी तपाईंले आफ्नै आँखाले देख्नुभएको छ। मलाई कति जनाले तपाईंलाई मार्न दबाउ दिएका थिए; तर मैले मेरो मालिक तपाईंलाई छोडिदिएँ, र मैले भने, ‘म आफ्नो मालिकको विरुद्धमा हात उठाउनेछैनँ। किनकि उहाँ याहवेहका अभिषिक्त जन हुनुहुन्छ।’
10 Viste hoje com os teus olhos que o Senhor te entregou a mim na gruta. {Meus homens} insistiam comigo para que te matasse, mas eu te poupei, dizendo: Não levantarei a mão contra o meu senhor, porque é o ungido do Senhor.
11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा तपाईंको लुगाको टुक्रा हेर्नुहोस्! मैले तपाईंको खास्टोको किनार काटेँ, तर तपाईंलाई चाहिँ मारिनँ। म तपाईंको हानि गर्ने, अथवा तपाईंको विरोधी होइन भनी बुझ्नुहोस्। मैले तपाईंको हानि गरेको छैनँ; तर तपाईंचाहिँ मेरो प्राण लिन मलाई खेद्नुहुन्छ।
11 Olha, meu pai, vê a ponta de teu manto em minha mão. Se eu cortei este pano do teu manto e não te matei, reconhece que não há perversidade nem revolta em mim. Jamais pequei contra ti, e tu procuras matar-me.
12 याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ।
12 Que o Senhor julgue entre mim e ti! O Senhor me vingará de ti, mas eu não levantarei minha mão contra ti.
13 पुरानो उखानअनुसार, ‘दुष्टहरूबाट दुष्ट कामहरू नै निस्कन्छन्,’ यसकारण मेरो हातले तपाईंलाई छुनेछैनँ।
13 O mal vem dos malvados, como diz o provérbio; por isso não te tocará a minha mão.
14 “इस्राएलका राजा तपाईं कसको विरुद्धमा निस्केर आउनुभएको छ? तपाईंले कसलाई खेद्दैहुनुहुन्छ? के एउटा मरेको कुकुरलाई? के एउटा उपियाँलाई?
14 Afinal, contra quem saiu o rei de Israel? A quem persegues? Um cão morto! Uma pulga!
15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।”
15 Pois bem! O Senhor julgará e pronunciará entre mim e ti. Que ele olhe e defenda a minha causa, fazendo-me justiça contra ti!
16 दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए।
16 Acabando Davi de falar, Saul disse-lhe: É esta a tua voz, ó meu filho Davi? E pôs-se a chorar.
17 तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्यौ, तर मैले त तिमीलाई कुभलो गरेँ।
17 Tu és mais justo do que eu, replicou ele; fizeste-me bem pelo mal que te fiz.
18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।
18 Provaste hoje a tua bondade para comigo, pois o Senhor tinha-me entregue a ti e não me mataste.
19 के कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने उसले हानि नगरी त्यसलाई छोडिदिन्छ र? तिमीले मप्रति आज जुन किसिमको व्यवहार गरेका छौ, त्यसको निम्ति याहवेहले तिमीलाई यसको इनाम देऊन्।
19 Qual é o homem que, encontrando o seu inimigo, o deixa ir embora tranqüilamente? Que o Senhor te recompense o que hoje me deste!
20 तिमी निश्चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु।
20 Agora eu sei que serás rei, e que nas tuas mãos será firmada a realeza.
21 अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।”
21 Jura-me pelo Senhor que não eliminarás a minha posteridade, nem apagarás o meu nome da casa de meu pai.
22 यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्लातिर गए।
22 Davi jurou-lho. Depois disso, Saul voltou para a sua casa e Davi com a sua gente voltaram ao seu refúgio.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Samuel 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.